योसेफ कठीन समयका लागि तयारी गर्छन्, मासिक साथी सन्देश, मार्च २०२२
योसेफ कठीन समयका लागि तयारी गर्छन्
मासिक साथी सन्देश, मार्च २०२२
योसेफ कठीन समयका लागि तयारी गर्छन्
अप्रिल स्टटद्वारा चित्रण
जोसेफ एक अगमवक्ता हुनुहुन्थ्यो । उहाँ इजिप्टमा बस्नुभयो। एक रात मिश्रका राजा फारोले एउटा अनौठो सपना देखे। तिनले योसेफलाई सपनाको अर्थ के हो भनी सोधे।
परमेश्वरले योसेफलाई सपना बुझ्न सहयोग गर्नुभयो। सात वर्षसम्म मानिसहरूले प्रशस्त खानेकुरा पाउनेछन्। त्यसपछिका सात वर्षसम्म, तिनीहरूले पर्याप्त पाउनेछैनन्। योसेफले फारोलाई भने।
योसेफले भने कि उनीहरूले अब खाना वचत गर्नुपर्छ। त्यसपछि तिनीहरू कठीन समयका लागि तयार हुनेछन्। फारोले योसेफलाई खाना वचत गर्ने जिम्मा दिए। योसेफले कडा परिश्रम गरे।
जब सात वर्षको अनिकाल आउँदा, मानिसहरूसँग खानका लागि पर्याप्त अन्न थियो। तिनीहरूसँग अरूहरूलाई बाँढ्न पर्याप्त थियो।
म अब तयारी गर्न सक्छु। परमेश्वरको सहयोगले, म कठीन समयहरू पार गर्न सक्छु!
रङ भर्ने पाना
स्वर्गका पिताले मलाई कठीन समयमा सहयोग गर्नुहुनेछ
डाउनलोड गर्न चित्रमा क्लिक गर्नुहोस्।
अप्रिल स्टटद्वारा चित्रण
स्वर्गका पिताले तपाईंलाई कहिले सहयोग गर्नुभएको छ?
© 2022 by Intellectual Reserve, Inc. All rights reserved. यूएसएमा मुद्रित। अङ्ग्रेजी अनुमोदन: ६/१९। अनुवाद अनुमोदन: ६/१९। Monthly Friend Message, March 2022को अनुवाद। Nepali. 18296 372