“रुथ र नाओमी,” मासिक साथी सन्देशहरू, जुन २०२२
“रुथ र नाओमी”
मासिक साथी सन्देश, जुन २०२२
रूथ र नाओमी
अनिकालका कारण नाओमी र उनको परिवार एक नयाँ भूमिमा आए । उनीहरुले रुथ नाम गरेकी एक जवान युवतीलाई भेटे। रुथले नाओमीका छोरासँग विवाह गरे।
त्यसपछि रुथको श्रीमानको मृत्यु हुन्छ। रुथ एकदम दु:खी भए।
नाओमी पनि धेरै दु:खी भए। उनीसँग तिनको ख्याल राख्ने कुनै परिवार बाँकी रहेन। उनले आफू जहाँबाट आएको हो त्यही भूमिमा फर्कने निधो गरीन् ।
नाओमीले रुथलाई आफ्नो परिवारमा फर्केर जान भनिन् । तर रूथले नाओमीलाई मनपराउथिन्। उनीले नाओमीसँग आएर उनको हेरचाह गर्ने प्रतिज्ञा गरीन् ।
रूथ र नाओमी गरिब थिए। त्यसैले रुथले उनीहरुको खानाका लागि धेरै काम गरीन् ।
एक दिन बोज नाम गरेका मानिसले रुथलाई उनका खेतहरु मद्धेको एक खेतमा बाँकीरहेको अन्न बटुल्दै गरेको देखे।
बोज दयालु थिए। उनले तिनका कामदारहरुलाई अतिरिक्त खाना छोड्न भने।
पछि रुथ र बोजले विवाह गरे। उनीहरूको छोरा भयो। नाओमीले उनको हेरचाह गर्न सहयोग गरिन्।
म अरुको हेरचाह गर्न सहयोग गर्न सक्छु। म आवश्यकतामा परेकाहरुका लागि दयालु बन्न सक्छु।
© 2022 by Intellectual Reserve, Inc. All rights reserved. यूएसएमा मुद्रित। अङ्ग्रेजी अनुमोदन: ६/१९। अनुवाद अनुमोदन: ६/१९। Monthly Friend Message, June 2022को अनुवाद। Nepali. 18315 372