“प्रार्थना भनेको के हो?” साथी, अप्रिल २०२४, ४६–४७ ।
मासिक साथी सन्देश, अप्रिल २०२४
प्रार्थना भनेको के हो?
प्रार्थना भनेको हामी स्वर्गका पितासँग कसरी वार्तालाप गर्छौं भन्ने हो ।
हामी कुनै पनि समय, जहाँ पनि प्रार्थना गर्न सक्छौँ । स्वर्गका पिताले हामीलाई सदैव सुन्नुहुने छ ।
प्रार्थना गर्दा हामी प्रेम र आदर देखाउने शब्दहरू प्रयोग गर्छौं ।
हामी हाम्रा आशीर्वादहरूका लागि स्वर्गका पितालाई धन्यवाद दिन्छौँ । अनि हामी सहयोगका लागि उहाँसँग माग्न सक्छौँ ।
म हरेक पटक प्रार्थना गर्दा स्वर्गका पिताको प्रेम महसुस गर्न सक्छु!
© 2024 Intellectual Reserve, Inc. द्वारा सर्वाधिकार सुरक्षित । संयुक्त राज्य अमेरिकामा मुद्रित । अङ्ग्रेजी अनुमोदन: ६/१९ । अनुवाद अनुमोदन: ६/१९ । Monthly Friend Message, April 2024 को अनुवाद ।Language. 19288 372