साथी
परमेश्वरले अल्मा र अमुलेकलाई मुक्त गर्नुहुन्छ
जुन २०२४


“परमेश्वरले अल्मा र अमुलेकलाई मुक्त गर्नुहुन्छ,” साथी, जुन २०२४, २६-२७ ।

मासिक साथी सन्देश, जुन २०२४

परमेश्वरले अल्मा र अमुलेकलाई मुक्त गर्नुहुन्छ

छवि
अल्मा र अमुलेक प्रवचन गर्दै

एन्ड्रू बस्लीद्वारा चित्रण

अल्मा र अमुलेक अम्मोनिहाह भन्ने सहरमा गए । तिनीहरूले मानिसहरूलाई येशू ख्रीष्टका सम्बन्धमा सिकाए । परन्तु तिनीहरूले सिकाएका विषयप्रति मानिसहरू रिसाए । तिनीहरूले अल्मा र अमुलेकलाई कारागारमा हाले ।

छवि
अल्मा र अमुलेकलाई कारागारमा बाँधेर राखिएको

मानिसहरूले अल्मा र अमुलेकलाई चोट पुर्‍याए । उनीहरू धेरै दिनसम्म कारागारमा थिए ।

छवि
अल्मा र अमुलेक वरिपरिका कारागारका पर्खालहरू ढलिरहेका

अल्मा र अमुलेकले प्रार्थना गरे र सामर्थ्य मागे । परमेश्वरमा तिनीहरूको आस्था थियो । उहाँले तिनीहरूलाई आफ्ना नाडीहरूका डोरी छिनाल्ने शक्ति दिनुभयो ।

छवि
डोरीले नबाँधिएका अल्मा र अमुलेक भग्नावशेषमा उभिरहेका

त्यसपछि पृथ्वी हल्लियो । कारागारको पर्खाल ढले ! परमेश्वरले अल्मा र अमुलेकलाई मुक्त गर्न सहयोग गर्नुभयो । येशू ख्रीष्टका सम्बन्धमा अरू मानिसहरूलाई सिकाउन तिनीहरूले अम्मोनिहाह छाडे ।

रङ्ग भर्ने पाना

येशूले मलाई प्रेम गर्नुहुन्छ भनेर मलाई थाहा छ

छवि
प्रकृति, धर्मशास्त्रहरू र मन्दिरद्वारा घेरिएका दुई बालबालिका

एडम कोफोर्डद्वारा चित्रण

कुन विषयहरूले तपाईंहरूलाई येशू ख्रीष्टको प्रेमको स्मरण गराउँछ?

प्रिन्ट गर्नुहोस्