२०२२
नडराओ—परमप्रभु तिम्रो साथमा हुनुहुन्छ
जुलाई २०२२


“नडराओ—परमप्रभु तिम्रो साथमा हुनुहुन्छ,” यूवाको शक्तिका लागि, जुलाई २०२२।

मासिक यूवाको शक्तिका लागि सन्देश, जुलाई २०२२

नडराओ—परमप्रभु तिम्रो साथमा हुनुहुन्छ

अक्टोबर २०१८ साधारण सम्मेलन सम्बोधनबाट ।

डर नौलो होइन। प्राचीन समय देखि, डरले परमेश्वरका सन्तानहरुको दृष्टिकोणलाई सीमित गरेको छ। २ राजाहरुमा, सिरियाका राजाले अगमवक्ता एलिशालाई बन्दी बनाउन र मार्नका लागि सिपाही पठाएका थिए ।

“अनि जब [एलिशाको] चाकर बिहानै उठेर बाहिर गयो, तब घोडाहरु र रथहरुको एउटा फौजले सहरलाइ घेरिरहेको थियो। अनि [एलिशा]को चाकरले उनलाई भने, हे, मेरा प्रभु! हामीले कसरी गर्ने?” (२ राजाहरू ६:१५)।

त्यो डर बोलिरहेको थियो।

“अनि [एलिशा]ले जवाफ दियो, नडराओ: हामीसँग भएकाहरु उनीहरुसँग भएकाहरु भन्दा धेरै छन् ।

“अनि एलिशाले प्रार्थना गरे र भने, परमप्रभु, यसको आँखा खोलिदिनुहोस्, ताकि यसले देखोस् । अनि परमप्रभुले ती जवान केटाको आँखा खोलिदिनुभयो; अनि उसले देख्यो: र, हेर, एलिशाको वरिपरीको डाँडा अग्निमय घोडाहरु र रथहरुले भरिएका थिए” (२ राजाहरु ६:१६–१७)

हामीलाई हाम्रो डर हटाउन र हाम्रा दानबहरूलाई कब्जा गर्नका लागि आगोको रथहरू पठाइन सक्छ वा सक्दैन, तर पाठ स्पष्ट छ। परमप्रभु हामीसँग हुनुहुन्छ, हाम्रो बारेमा थाहा छ, र उहाँले मात्र गर्न सक्ने तरिकाहरूमा हामीलाई आशीष दिइरहनुभएको छ ।

यदि हामीले परमप्रभु र उहाँका तरिकाहरूमा सक्रिय रूपमा भरोसा राख्यौं भने, यदि हामी उहाँको काममा लाग्यौं भने, हामी संसारका प्रवृतिहरूबाट डराउने छैनौं वा तिनीहरूबाट विचलित हुनेछैनौं। परमप्रभुले हामीलाई हेर्दै हुनुहुन्छ, हाम्रो हेरचाह गर्नुहुन्छ, र हाम्रो साथमा उभिरहनुभएको छ।

प्रिन्ट गर्नुहोस्