२०२२
येशू ख्रीष्टका बारेमा सिक्न्नुहोस् र उहाँको शक्तिमा पहुँच राख्नुहोस्
सेप्टेम्वर २०२२


“येशू ख्रीष्टका बारेमा सिक्न्नुहोस् र उहाँको शक्तिमा पहुँच राख्नुहोस्,” युवाको शक्तिका लागि सेप्टे २०२२

मासिक युवाहरुको शक्तिका लागि सन्देश, सेप्टेम्वर २०२२

येशू ख्रीष्टका बारेमा सिक्न्नुहोस् र उहाँको शक्तिमा पहुँच राख्नुहोस्

अप्रिल २०१७ साधारण सम्मेलन सम्बोधनबाट ।

म बाँढ्न चाहन्छु कसरी हामीले हाम्रो जीवनमा हाम्रा परमप्रभु र मालिक, येशू ख्रीष्टको शक्तिलाई आकर्षित गर्न सक्छौं ।

हामी उहाँका बारेमा सिकेर सुरु गर्छौं। “[हामीलाई] अज्ञानतामाबचाउन असम्भव छ” (सिद्धान्त र करार १३१:६) । मुक्तिदाताको सिद्धान्त र उहाँले हाम्रा लागि के गर्नुभयो भनेर हामीले जति धेरै बुझ्छौं, त्यति नै हामीलाई थाहा हुन्छ कि उहाँले हाम्रो जीवनका लागि आवश्यक पर्ने शक्ति प्रदान गर्न सक्नुहुन्छ ।

पछिल्ला-दिनका सन्तहरूका रुपमा, हामीले उहाँको उद्देश्यलाई येशू ख्रीष्टको प्रायश्चितका रुपमा उल्लेख गर्छौं, जसले पूनरुत्थानलाई सबैका लागि वास्तविकता बनायो र आफ्ना पापहरूबाट पश्चात्ताप गर्ने र आवश्यक विधि र करारहरू प्राप्त गर्ने अनि पालन गर्नेहरूका लागि अनन्त जीवन सम्भव बनायो ।

पिताको महान् अनन्त योजना अन्तर्गत, उहाँ मुक्तिदाता हुनुहुन्छ जसले दुःख भोग्नु भएको छ । उहाँ मुक्तिदाता हुनुहुन्छ जसले मृत्युका बन्धनहरू तोड्नुभयो । उहाँ मुक्तिदाता नै हुनुहुन्छ जसले हाम्रा पापहरू र उल्लङ्घनहरूको मूल्य तिर्नु भयो अनि हाम्रो पश्चात्तापको सर्त मा तिनीहरूलाई मेटाउनुभयो । उहाँ मुक्तिदाता हुनुहुन्छ जसले हामीलाई शारीरिक र आत्मिक मृत्युबाट छुटकारा दिनुहुन्छ ।

प्रायश्चितपूनरुत्थान जस्ता पवित्र शब्दहरूले पिताको योजना अनुसार मुक्तिदाताले के गर्नुभयो भनेर वर्णन गर्दछन्, ताकि हामी यस जीवनमा आशाका साथ जिउन सकौं र आउने संसारमा अनन्त जीवन प्राप्त गर्न सकौं ।

नोट

  1. तपाईंले “येशू ख्रीष्ट” र “जीवित ख्रीष्ट: प्रेरितहरूको गवाही,” ChurchofJesusChrist.org शीर्षकका लागि विषयगत निर्देशिका वा धर्मशास्त्रको निर्देशिका सन्दर्भहरू अध्ययन गर्न सक्नुहुन्छ ।

प्रिन्ट गर्नुहोस्