२०२३
उहाँकहाँ आओ
मार्च २०२३


“उहाँकहाँ आओ,” युवाहरूको शक्तिका लागि, मार्च २०२३ ।

मासिक युवाहरूको शक्तिका लागि सन्देश, मार्च २०२३

उहाँकहाँ आओ

मुक्तिदाताले हामीलाई हाम्रा बोझहरू उहाँमाथि राख्नका लागि आमन्त्रण गर्नुहुन्छ ।

छवि
येशू ख्रीष्ट

एनी हेनरी नाडरद्वारा चित्रण

मकहाँ आओ

हामी उहाँको सुसमाचार सिकेर, उहाँमा विश्वास गरेर, पश्चात्ताप गरेर, करारहरू बनाएर र उहाँको उदाहरण अनुशरण गरेर मुक्तिदाताकहाँ आउन सक्छौँ ।

परिश्रम गर्ने … बोझले दबिएका

शारीरिक श्रम र शारीरिक बोझले हामीलाई थकाउन सक्छ, परन्तु यही कार्य मानसिक, भावनात्मक र आध्यात्मिक विषयहरूले पनि गर्छन् । मुक्तिदाताले हामीलाई आफ्नो शान्ति प्रदान गर्नुहुन्छ, चाहे हामी जस्तोसुकै बोझ किन वहन नगरौँ ।

जुवा

जुवा भनेको हलो वा गाडाजस्ता भारलाई एकसाथ तान्न सकियोस् भनेर दुई जनावरहरूलाई सँगै प्रयोग गर्ने औजार हो । जुवामा सामान्यतया काठको बीम हुन्छ जसको तौल वितरण गर्दै प्रत्येक जनावरको काँधमा राखिएको हुन्छ ।

सिक्नुहोस्

हामी येशू ख्रीष्टका शिक्षाहरू र उहाँका उदाहरणको अध्ययन गरेर र तिनीहरूको अनुशरण गर्ने प्रयास गरेर उहाँका सम्बन्ध सिक्न सक्छौँ ।

विश्राम

मुक्तिदाताको विश्राम उहाँको शान्ति हो, जसले हाम्रो मस्तिष्क र आत्मालाई शान्त पार्छ । उहाँले हामीलाई सांसारिक चिन्ताहरू हटाउन सहयोग गर्नुहुन्छ र हामीलाई कमजोर महसुस गर्दा आत्मिक शक्ति प्रदान गर्नुहुन्छ ।

सजिलो … हलुका

मुक्तिदाताको जुवा हामीमाथि लिनु भनेको करारहरूद्वारा आफूलाई उहाँसँग बाँध्नु हो । यसको अर्थ उहाँ र उहाँको कार्यमा हाम्रो हृदय लगाउनु । यसो गर्दा हामीले हाम्रो बोझ हलुका भएको महसुस गर्दछौँ किनभने उहाँले हामीलाई सहयोग गर्दै हुनुहुन्छ ।

प्रिन्ट गर्नुहोस्