“अब ख्रीष्ट उठ्नुभयो,”, युवाहरूको शक्तिका लागि, सेप्टेम्बर २०२३ ।
मासिक युवाहरूको शक्तिका लागि सन्देश, सेप्टेम्बर २०२३
अब ख्रीष्ट उठ्नुभयो
येशू ख्रीष्टको पुनरुत्थानको बारेमा प्रेरित पावलले के सिकाए जान्नुहोस् ।
अब ख्रीष्ट मृत्युबाट उठ्नुभएको छ
येशू ख्रीष्ट क्रूसमा मर्नुभयो, चिहानमा राखिनुभयो र तेस्रो दिनमा मृत्युबाट उठ्नुभयो ।
सुतेकाहरू मध्येमा प्रथम फल
यहाँ प्रथम फल को लागि प्रयोग गरिएको ग्रीक शब्दको अर्थ वर्षको सबैभन्दा प्रारम्भिक बाली हो । यो काटिएको फसलको पहिलो हो—आउने धेरै मध्येको पहिलो ।
तिनीहरू जो सुतेका वाक्यांशको अर्थ “तिनीहरू जो मृत्यु भइसकेकाहरू” हो ।
येशू ख्रीष्ट पहिलो पुनरुत्थान हुनुहुन्थ्यो र उहाँको पुनरुत्थान पछि, सबै मानिसहरू पुनरुत्थान हुने छन् ।
मानिस द्वारा मृत्यु आयो
यो आदमको बारेमा कुरा गरिएको हो । उनको पतनको अर्थ संसारमा आउने सबै मानिसहरू मर्ने छन् । (हेर्नुहोस् मोशा ४।)
ख्रीष्टमा सबै जीवित हुने छन्
येशू ख्रीष्टको पुनरुत्थानको कारणले गर्दा, सबै मानिसहरूको पुनरुत्थान हुने छ । यसको मतलब यो हो कि जो पहिले जीवित थिए वा यस पछि जिउने छन् तिनीहरू पुनरुत्थान हुने छन् । हाम्रो आत्माहरू हाम्रो शरीरसँग पुनर्मिलन हुने छ र हाम्रो शरीर पूर्ण र अमर हुने छ । (हेर्नुहोस् अल्मा ११:४३–४५।)
© २०२३ Intellectual Reserve, Inc. द्वारा सर्वाधिकार सुरक्षित । संयुक्त राज्य अमेरिकामा मुद्रित । अङ्ग्रेजी अनुमोदन: ६/१९ । अनुवाद अनुमोदन: ६/१९ । Monthly For the Strength of Youth Message, September 2023 को अनुवाद । Language. 19047 372