“हामीले बप्तिस्मा लिँदा वास्तवमा के प्रतिज्ञा गर्छौं?” युवाहरूको शक्तिका लागि, जुन २०२४ ।
मासिक युवाहरूको शक्तिका लागि सन्देश, जुन २०२४
हामीले बप्तिस्मा लिँदा वास्तवमा के प्रतिज्ञा गर्छौं?
धर्मशास्त्रहरूले हामीलाई सिकाउँछ कि जब हामी बप्तिस्मा लिन्छौँ, हामी येशू ख्रीष्टको नाम लिन, परमेश्वरको सेवा गर्न र उहाँका आज्ञाहरू पालना गर्न इच्छुक हुने करार (वा प्रतिज्ञा) गर्छौं (हेर्नुहोस् मोसीयाह १८:१०; सिद्धान्त र करारहरू २०:३७,७७) ।
धर्मशास्त्रहरूमा हामी यो पनि सिक्छौँ कि बप्तिस्माले हामीलाई “परमेश्वरको समुहमा आउन र उहाँका जन कहलाइने” इच्छा पूरा गर्न सहयोग गर्छ (मोसीयाह १८:८) । अर्को शब्दमा, हामीले बप्तिस्मा लिनुको एउटा कारण यो हो कि हामी येशू ख्रीष्टको चर्चमा सहभागी हुन चाहन्छौँ र ख्रीष्टमा एकतावद्ध भएर आएको प्रेम र सदस्य हुनुको आनन्द लिन चाहन्छौँ ।
परमप्रभुको सेवा गर्ने र उहाँका आज्ञाहरू पालना गर्ने प्रतिवद्धताले हाम्रो जीवनभर धेरै विषयहरूलाई समावेश गर्न सक्छ । उदाहरणका लागि, यसमा “एकअर्काको बोझ वहन गर्न इच्छुक हुनु, … शोक गर्नेहरूसँग शोक गर्नु; हो, र सान्त्वनाको आवश्यकता परेकाहरूलाई सान्त्वना दिने र सबै समय र सबै विषयहरूमा र सबै स्थानहरूमा परमेश्वरको साक्षीका रूपमा खडा हुने विषयलाई समावेश गर्छ” (मोसीयाह १८:८-९) ।
© 2024 Intellectual Reserve, Inc. द्वारा सर्वाधिकार सुरक्षित । संयुक्त राज्य अमेरिकामा मुद्रित । अङ्ग्रेजी अनुमोदन: ६/१९ । अनुवाद अनुमोदन: ६/१९ । Monthly For the Strength of Youth Message, June 2024 को अनुवाद ।Nepali. 19299 372