पश्चात्ताप का सम्बन्धमा? यदि पश्चात्ताप गर्ने सोचले तपाईंहरूलाई आफ्नो सिरकभित्र लुक्न वा धेरै चकलेट खान मन लाग्छ भने, यो लेख तपाईंहरूका लागि हो ।
“कृपया भयभीत नहुनुहोस् वा पश्चात्ताप गर्न ढिलाइ नगर्नुहोस्,” अध्यक्ष रसल एम्. नेल्सनले भन्नुभयो । अनि सही कारण सहित । यहाँ केही विषयहरू छन् जुन अध्यक्ष नेल्सनकाअनुसार पश्चात्ताप हो र होइन ।
परमेश्वरको उत्तम उपहार स्वीकार गर्नुहोस्
त्यसोभए, के तपाईंहरू आफ्नो पश्चात्तापको भय हटाउन मुक्तिदातामा भरोसा गर्न तयार हुनुहुन्छ? तपाईंहरू यसका लागि पछुताउनु हुने छैन ।
अध्यक्ष नेल्सनले भन्नुहुन्छ: “किनभने संसारलाई रक्षा गर्नु आवश्यक थियो र तपाईंहरू र मलाई रक्षा गर्नु आवश्यक भएकाले, [स्वर्गका पिताले] हामीलाई मुक्तिदाता पठाउनुभयो ।
“… हामी परमेश्वरको पूर्ण र बहुमूल्य उपहार स्वीकार गरौँ । मुक्तिदाताका पाउमा हाम्रा बोझ र पापहरू फ्याँकौँ र पश्चात्ताप र परिवर्तनबाट आउने प्रसन्नताको अनुभव गरौँ ।”