“यदि हामी सबै यति भिन्न छौँ भने हामी कसरी एकताबद्ध हुन सक्छौँ?,” युवाहरूको शक्तिका लागि, अक्टोबर २०२४ ।
मासिक युवाको शक्तिका लागि सन्देश, अक्टोबर २०२४ ।
यदि हामी सबै यति भिन्न छौँ भने हामी कसरी एकताबद्ध हुन सक्छौँ?
हामी सबै भिन्न छौँ । परन्तु परमप्रभु हामी “एउटै” भएको चाहनुहुन्छ (सिद्धान्त र करार ३८:२७) । यहाँ एकताका केही सिद्धान्तहरू छन् जुन अगमवक्ताहरू र प्रेरितहरूले हामीलाई सिकाउनुभएको छ:
हामी येशू ख्रीष्ट, उहाँको सुसमाचार र उहाँको चर्चमा एकताबद्ध छौँ । “यो केवल येशू ख्रीष्टप्रति हाम्रो व्यक्तिगत इमान्दारिता अनि प्रेमका माध्यमबाट हुन सक्छ कि हामी एक हुने आशा गर्न सक्छौँ ।”
एकतामा प्रेम आवश्यक हुन्छ । “भाषाको विविधता र सुन्दर, उत्थान गर्ने सांस्कृतिक परम्पराहरू भए तापनि, हामीहरू सँग एकता र प्रेमले भरिपूर्ण हृदयहरू हुनु पर्छ ।”
एकता भनेको समानता होइन । “एकता र विविधता विपरीत होइनन् । हामीहरूले समावेशिता र विविधताको सम्मानको वातावरणलाई प्रोत्साहन दिँदा हामी अझै विशाल एकता प्राप्त गर्न सक्छौँ ।” “एकतालाई समानता आवश्यकता पर्दैन तर यसलाई सद्भाव आवश्यक हुन्छ ।”
एकतामा विवाद र पूर्वाग्रह हटाइनुआवश्यक छ । “त्यहाँ सबैका लागि स्थान छ । यद्यपि, पूर्वाग्रह, निन्दा वा कुनै पनि प्रकारका विवादका लागि कुनै स्थान छैन ।”
© 2024 Intellectual Reserve, Inc. द्वारा सर्वाधिकार सुरक्षित । संयुक्त राज्य अमेरिकामा मुद्रित । अङ्ग्रेजी अनुमोदन: ६/१९ । अनुवाद अनुमोदन: ६/१९ । Monthly For the Strength of Youth Message, October 2024 को अनुवाद । Nepali. 19344 372