परमप्रभुमा विश्वास राख्नुहोस्
परमेश्वरसँगको हाम्रो सम्बन्ध हामी उहाँमा विश्वास राख्न इच्छुक हुने हदसम्म मात्र बढ्ने छ ।
हाम्रो परिवारमा, हामी कहिलेकाहीँ “पागल विश्वासको व्यायाम” भन्ने खेल खेल्छौँ ।” तपाईंहरूले पनि खेल्नुभएको हुन सक्छ । दुईजना मानिसहरू केही फिटको दूरीमा उभिन्छन्, एकले अर्कोलाई आफ्नो पीठ फर्काएर । पछाडिको व्यक्तिको सङ्केतमा, अगाडिको व्यक्ति पछाडि प्रतिक्षा गरिरहेको आफ्ना मित्रको बाहुमा फाल हाल्छ ।
विश्वास सबै सम्बन्धहरूको आधार हो । कुनै पनि सम्बन्धका लागि जानकारी प्राप्त गर्ने प्रश्न हो “के म अर्को व्यक्तिलाई विश्वास गर्न सक्छु?” सम्बन्ध तब बन्छ जब मानिसहरू एकअर्कामा विश्वास गर्न इच्छुक हुन्छन् । यदि एक व्यक्तिले पूर्ण रूपमा विश्वास गर्छ तर अर्कोले गर्दैन भने त्यो कुनै सम्बन्ध होइन ।
हामी हरेक प्रेमपूर्ण स्वर्गका पिताको प्यारो आत्मिक छोरा वा छोरी हौँ । परन्तु जब त्यो आध्यात्मिक वंशावलीले आधार प्रदान गर्छ, यसले आफैँले परमेश्वरसँगको अर्थपूर्ण सम्बन्ध सिर्जना गर्दैन । कुनै सम्बन्ध त्यतिबेला मात्र बनाउन सकिन्छ जब हामी उहाँमा विश्वास गर्न छनोट गर्छौँ ।
स्वर्गका पिताले आफ्ना हरेक आत्मिक सन्तानसँग नजिकको र व्यक्तिगत सम्बन्ध निर्माण गर्ने चाहना गर्नुहुन्छ । येशूले त्यो चाहना व्यक्त गर्नुभयो जब उहाँले प्रार्थना गर्नुभयो, “ताकि तिनीहरू सबै एक हुन सक्छन्; हे पिता, जसरी हजुर ममा हुनुहुन्छ र म हजुरमा, त्यसरी तिनीहरू पनि हामीमा एक हुन सक्छन् ।” परमेश्वरले हरेक आत्मिक सन्ततिसँग खोज्नुभएको सम्बन्ध यति नजिकको र व्यक्तिगत छ कि उहाँसँग भएका सबै विषयवस्तु र उहाँ जे हुनुहुन्छ हामी हरेकसँग बाँढ्न सक्नुहुने छ । त्यस प्रकारको गहिरो, सहनशील सम्बन्ध तब मात्र विकसित हुन सक्छ जब सिद्ध र पूर्ण विश्वासमा निर्माण हुन्छ ।
उहाँको सम्बन्धमा, स्वर्गका पिताले आफ्ना हरेक सन्तानको दैवी क्षमतामा उहाँको पूर्ण विश्वास बताउनका लागि सुरूदेखि नै कार्य गर्नुभएको छ । विश्वास त्यो योजनाको आधार हो जुन उहाँले हाम्रो पृथ्वीमा आउनु अघि हाम्रो विकास र प्रगतिको लागि प्रस्तुत गर्नुभएको थियो । उहाँले हामीलाई अनन्त नियमहरू सिकाउनुहुने छ, पृथ्वीको सृष्टि गर्नुहुने छ, हामीलाई नश्वर शरीरहरू प्रदान गर्नुहुने छ, हामीलाई आफ्नै लागि छनोट गर्ने उपहार दिनुहुने छ र हाम्रो आफ्नै छनोटहरू गरेर हामीलाई सिक्न र विकास गर्नका लागि अनुमति दिनुहुने छ । उहाँ चाहनुहुन्छ कि हामीले उहाँका नियमहरू अनुशरण गर्ने छनोट गर्छौँ र उहाँ र उहाँको पुत्रसँग अनन्त जीवनको आनन्द लिन फर्कन्छौँ ।
हामीले सदैव असल छनोट गर्दैनौँ भन्ने जानकारी प्राप्त गरेर, उहाँले हाम्रा खराब छनोटहरूको नतिजाबाट बच्ने एउटा मार्ग पनि तयार गर्नुभयो । उहाँले हामीलाई मुक्तिदाता प्रदान गर्नुभयो—उहाँको पुत्र, येशू ख्रीष्ट—हाम्रा पापहरूको प्रायश्चित गर्न र पश्चात्तापको अवस्थामा हामीलाई पुनः शुद्ध बनाउन । उहाँले हामीलाई पश्चात्तापको बहुमूल्य उपहार नियमित रूपमा प्रयोग गर्न आमन्त्रित गर्नुहुन्छ ।
हरेक अभिभावकलाई जानकारी छ कि छोराछोरीलाई आफैले निर्णयहरू गर्न उनीहरूलाई अनुमति दिनका लागि पूर्ण विश्वास गर्न कत्तिको कठिनाइ हुन्छ, विशेष गरी जब अभिभावकलाई जानकारी छ कि उसले गल्ती गर्ने छ र परिणामको रूपमा पीडा भोग्ने छ । तैपनि स्वर्गका पिताले हामीलाई छनोटहरू गर्न अनुमति दिनुहुन्छ जसले हामीलाई हाम्रो दैवी सम्भाव्यतामा पुग्न सहयोग गर्ने छ! एल्डर डेल जी. रेनलन्डले सिकाउनुभए जस्तै, “[उहाँको] अभिभावकत्वको लक्ष्य आफ्ना छोराछोरीहरूलाई जे सही हो त्यो गर्न लगाउनु हैन; यो उहाँका छोराछोरीहरूलाई सही के हो त्यसको छनोट गर्न लगाउनु हो र अन्तत: उहाँ जस्तै बन्न लगाउनु हो ।”
हामीमाथि परमेश्वरको विश्वास भए तापनि, उहाँसँगको हाम्रो सम्बन्ध हामीले उहाँमा विश्वास राख्न चाहने हदसम्म मात्रै बढ्ने छ । चुनौती यो हो कि हामी पतित संसारमा बाँचिरहेका छौँ र सबैले बेइमानी, हेरफेर, दबाव वा अरू व्यक्तिबाट जबरजस्ती जस्ता व्यवहारको कारणले विश्वासघात पाएको अनुभव गरेका छौँ । एक पटक धोका पाएपछि, हामीलाई पुनः विश्वास गर्न गाह्रो हुन सक्छ । अपूर्ण नश्वरहरूसँगको यी नकारात्मक विश्वासका अनुभवहरूले एक परिपूर्ण स्वर्गका पितामा विश्वास गर्ने हाम्रो चाहनालाई पनि प्रभाव पार्न सक्छ ।
धेरै वर्ष पहिले, मेरा दुई साथीहरू, लियोनिड र भ्यालेन्टिनाले यस चर्चको सदस्य बन्न चाहने इच्छा बताए । जब लियोनिडले सुसमाचार सिक्न सुरू गरे, उनलाई प्रार्थना गर्न गाह्रो लाग्यो । आफ्नो जीवनमा पहिले, लियोनिडले वरिष्ठहरूद्वारा हेरफेर र नियन्त्रण भएको अनुभव गरेका थिए र अधिकारप्रति अविश्वासको विकास गरेका थिए । यी अनुभवहरूले उनलाई आफ्नो हृदय खोल्न र स्वर्गको पितालाई आफ्ना भावनाहरू व्यक्त गर्ने उनको क्षमतालाई असर पार्यो । समय र अध्ययनसँगै लियोनिडले परमेश्वरको चरित्रलाई राम्रोसँग बुझे र परमेश्वरको प्रेमलाई महसुस गरेको अनुभव गरे । अन्ततः प्रार्थना उनको लागि धन्यवाद व्यक्त गर्ने र परमेश्वरप्रति उनले महसुस गरेको प्रेम व्यक्त गर्ने एक प्राकृतिक तरिका बन्यो । उनको परमेश्वरमा बढ्दो विश्वासले उनी र उनकी पत्नीलाई पवित्र करारहरूमा प्रवेश गरेर परमेश्वरसँगको र एकआपसको सम्बन्धलाई मजबुत बनाउन नेतृत्व गर्यो ।
यदि पहिला अनुभव गरिएको विश्वासमा हानीले तपाईंहरूलाई परमेश्वरमा विश्वास गर्नबाट रोकिरहेको छ भने, कृपया लियोनिडको उदाहरण अनुशरण गर्नुहोस् । स्वर्गका पिता, उहाँको चरित्र, उहाँका गुणहरू र उहाँका उद्देश्यहरूका सम्बन्धमा धेरै अध्ययन गर्न धीरतापूर्वक जारी राख्नुहोस् । आफ्नो जीवनमा उहाँको प्रेम र शक्ति महसुस गर्ने अनुभवहरू खोज्नुहोस् र अभिलेख राख्नुहोस् । हाम्रा जीवित अगमवक्ता, अध्यक्ष रसल एम्. नेल्सनले सिकाउनुभएको छ कि हामीले परमेश्वरका सम्बन्धमा जति धेरै सिक्ने छौँ, उहाँलाई विश्वास गर्न हामीलाई त्यति नै सजिलो हुने छ ।
कहिलेकाहीँ परमेश्वरमा विश्वास गर्न सिक्ने सबैभन्दा राम्रो तरिका उहाँमा विश्वास गरेर मात्र हुन्छ । “पागल विश्वास” खेल जस्तै, कहिलेकाहीँ हामी पछाडी खस्नु पर्छ र उहाँलाई हामीलाई समात्न दिनु पर्छ । हाम्रो नश्वर जीवन एक परीक्षा हो । चुनौतीहरू जसले हामीलाई हाम्रो आफ्नै क्षमता भन्दा बाहिर तन्काउँछ बारम्बार आउँछ । जब हाम्रो आफ्नै ज्ञान र बुद्धि अपर्याप्त हुन्छ, हामी स्वाभाविक रूपमा अन्य स्रोतहरू हाम्रा सहायताका लागि खोज्छौँ । सूचना-संतृप्त संसारमा, हाम्रा चुनौतिहरूको समाधानलाई प्रवर्द्धन गर्ने स्रोतहरूको कुनै कमी छैन । यद्यपि, हितोपदेशको सरल, प्रमाणित सल्लाहले सबैभन्दा राम्रो सुझाव प्रदान गर्दछ: “आफ्नो सारा हृदयले परमप्रभुमा विश्वास राख ।” चुनौतीहरूको सामना गर्दा हामी पहिले परमेश्वरमा फर्केर उहाँमा हाम्रो भरोसा देखाउँछौँ ।
मैले यूटामा कानुनी शिक्षा पूरा गरेपछि, हाम्रो परिवारले हामीले कहाँ काम गर्ने र हाम्रो घर बनाउने भन्ने महत्त्वपूर्ण निर्णयको सामना गर्यो । एक-अर्का र परमप्रभुसँग सल्लाह गरेपछि, हामीले हाम्रो परिवारलाई आमाबाबु र दाजुभाइहरूबाट टाढा पूर्वी संयुक्त राज्य अमेरिकामा सार्न निर्देशन पाएको महसुस गर्यौँ । सुरूमा, अवस्थाहरू राम्रै बित्यो र हामीले हाम्रो निर्णय प्रमाणित भएको महसुस गर्यौं । परन्तु त्यसपछि अवस्थाहरू परिवर्तन भयो । कानुनी फर्ममा श्रमशक्तिको कटौती भएको थियो र गम्भीर चिकित्सा चुनौतीहरू र दीर्घकालीन विशेष आवश्यकताहरूको सामना गर्दै हाम्रो छोरी डोराको जन्म भएको अवस्थामा मैले जागिर र स्वास्थ्य बीमा गुमाउन सक्ने सम्भावनाको सामना गर्नुपर्यो । यी चुनौतीहरूको सामना गरिरहँदा, मलाई सेवा गर्नको लागि एक बोलावटको विस्तार गरिएको थियो जसमा महत्त्वपूर्ण समय र प्रतिवद्धता आवश्यक थियो ।
मैले यस्तो चुनौतीको सामना कहिल्यै गरेको थिइनँ र म व्याकुल भएँ । मैले हामीले गरेको निर्णय र यससँगैको प्रमाणीकरण प्रश्न गर्न सुरू गरेँ । हामीले परमप्रभुमा भरोसा गरेका थियौँ र चीजहरू काम गर्नु पर्ने थियो । म पछाडी खसेको थिएँ र अब यस्तो देखियो कि मलाई कसैले समात्ने छैन ।
एक दिन, “किन भनेर नसोध; म तिमीले के सिकेको चाहन्छु भनी सोध” भन्ने शब्दहरू मेरो मस्तिष्क र हृदयमा दृढतापूर्वक आयो । अब म अझै अन्योलमा परेँ । जुन क्षणमा म मेरो पहिलेको निर्णयसँग संघर्ष गरिरहेको थिएँ, परमेश्वरले मलाई उहाँमा अझ बढी विश्वास गर्न आमन्त्रण गरिरहनुभएको थियो । यो मेरो जीवनको एक महत्वपूर्ण बिन्दु थियो—यो त्यो क्षण थियो जुन मैले महसुस गरेँ कि परमेश्वरमा भरोसा गर्न सिक्ने सबैभन्दा उत्तम तरिका उहाँमा भरोसा राख्नु हो । त्यसपछि आउँदा हप्ताहरूमा, परमप्रभुले चमत्कारपूर्ण रूपमा हाम्रो परिवारलाई आशीर्वाद दिनका लागि उहाँको योजनालाई खुलासा गर्नुभएको देखेर म आश्चर्यचकित भएँ ।
राम्रो शिक्षक र प्रशिक्षकहरूलाई जानकारी हुन्छ कि बौद्धिक वृद्धि र शारीरिक सामर्थ्य र मांसपेशिहरूलाई फैलाउने मात्रै सम्भावना हुन सक्छ । त्यसैगरी, परमेश्वरले हामीलाई आत्मा-तन्क्याई गरिने अनुभवहरूका माध्यमबाट उहाँको आत्मिक शिक्षामा विश्वास गरेर बढ्न आमन्त्रण गर्नुहुन्छ । त्यसकारण, हामी निश्चित हुन सक्छौँ कि हामीले विगतमा परमेश्वरलाई जस्तोसुकै विश्वास देखाएको भएतापनि, अर्को विश्वासलाई फैलाउने अनुभव अझै अगाडि आउने छ । परमेश्वर हाम्रो विकास र प्रगतिमा केन्द्रित हुनुहुन्छ । उहाँ सर्वश्रेष्ठ शिक्षक हुनुहुन्छ, पूर्ण प्रशिक्षक जसले हामीलाई हाम्रो दैवी क्षमता थप बढी मात्रामा महसुस गराउन सहायता गर्न हामीलाई सदैव फैलाइरहनुहुन्छ । यसले सदैव उहाँमा अलिकति बढी विश्वास गर्नको लागि भविष्यको आमन्त्रणलाई समावेश गर्छ ।
हामीसँग बलियो सम्बन्ध बनाउनका लागि परमेश्वरले हामीलाई फैलाउन प्रयोग गर्ने नमूना मोर्मोनको पुस्तकले सिकाउँछ । आऊ, मलाई अनुशरण गरमा, हामीले भर्खरै परमेश्वरमा नफीको विश्वासको जाँच कसरी भयो भन्ने सम्बन्धमा अध्ययन गर्यौं जब उनी र उनका दाजुभाइहरूलाई काँसका पाताहरू प्राप्त गर्न यरूशलेम फर्कन आदेश दिइयो । तिनीहरूको प्रारम्भिक प्रयासहरू असफल भएपछि, तिनका दाजुभाइहरूले हार खाए र पाताहरू बिना फर्कन तयार भए । परन्तु नफीले परमप्रभुमा आफ्नो पूर्ण विश्वास राख्न छनोट गरे र पाताहरू प्राप्त गर्न सफल भए । उसको धनु भाँचिदा र परिवारले उजाडस्थानमा भोकमरीको सामना गर्नुपर्दा त्यो अनुभवले गर्दा नफीको परमेश्वरप्रतिको विश्वासलाई मजबुत बनाएको हुन सक्छ । पुनः, नफीले परमेश्वरमा विश्वास गर्न छनोट गरे र परिवारलाई बचाइयो । यी क्रमिक अनुभवहरूले नफीलाई जहाज निर्माण गर्ने ठूलो, विश्वास-फैलाउने कार्यका लागि परमेश्वरमा अझ बढी विश्वास प्रदान गर्यो ।
यी अनुभवहरूद्वारा, नफीले निरन्तर र बारम्बार परमेश्वरमा विश्वास राखेर उहाँसँगको आफ्नो सम्बन्धलाई मजबुत बनायो । परमेश्वरले हामीसँग पनि यस्तै नमूना प्रयोग गर्नुहुन्छ । उहाँमा हाम्रो विश्वास मजबुत र गहन बनाउन उहाँले हामीलाई व्यक्तिगत आमन्त्रणहरू विस्तार गर्नुहुन्छ । हरेक पटक जब हामीले आमन्त्रणलाई स्वीकार गर्छौं र कार्य गर्छौं, परमेश्वरमा हाम्रो विश्वास बढ्छ । यदि हामीले आमन्त्रणलाई बेवास्ता गर्छौं वा अस्वीकार गर्छौं भने, हामीले नयाँ निमन्त्रणामा कार्य गर्न तयार नभएसम्म हाम्रो प्रगति रोकिन्छ ।
राम्रो समाचार यो हो कि हामीले विगतमा परमेश्वरमा राख्नका लागि छनोट गरेको वा नगरेको विश्वासको बाबजुद पनि, हामी आज र हरेक दिन अब देखि परमेश्वरमा विश्वास गर्न छनोट गर्न सक्छौँ । म प्रतिज्ञा गर्छु कि प्रत्येक पटक हामीले यसो गर्दा, परमेश्वर हामीलाई समात्न त्यहाँ हुनुहुने छ र हाम्रो विश्वासको सम्बन्ध त्यो दिनसम्म मजबुत हुँदै जाने छ जबसम्म हामी उहाँ र उहाँको पुत्रसँग एक हुँदैनौ । त्यसपछि हामी नफी जस्तै घोषणा गर्न सक्छौँ , “हे परमप्रभु, मैले हजुरमा भरोसा गरेको छु र म सदासर्वदा हजुरमा निभर गर्ने छु ।” येशू ख्रीष्टको नाममा, आमीन ।