२०१९
के तपाईंले सेवाको यो महत्सवपूर्ण भाग छुटाउँदै हुनुहुन्छ ?
अक्टोबर २०१९


सेवाका सिद्धान्तहरू, अक्टोबर २०१९

के तपाईंले सेवाको यो महत्वपूर्ण भाग छुटाउँदै हुनुहुन्छ ?

सेवा गर्नु भनेको “रुनेहरुसँग रुनु” जत्तिकै “खुशी हुनेहरुसँग खुशी हुनु हो” (रोमी १२:१५)।

छवि
ministering

अगुस्टो ज़म्बोनाटोद्वारा तस्विरहरु

जब हामी सेवा गर्ने बारे सोच्छौं, आवश्यकता भएकाहरुलाई सहयोग गर्ने बारे सोच्न सजिलो हुन्छ। हामी विधवाहरुको लागि बगैचामा काम गर्ने, बिरामीको लागि खाना ल्याउने अथवा संघर्ष गरिरहेकाहरुलाई दिने कुरा गर्छौं। हामी पावलको सल्लाहलाई सम्झन्छौं “रुनेहरुसँग रुनु,” तर के हामीले त्यो पदको पहिलो भागलाई राम्ररी नियालेका छौँ — “खुशी हुनेहरुसँग खुशी हुने”? (रोमी १२:१५)। हामीले सेवा गर्नेहरुसँग खुशी हुने—यसको अर्थ उनीहरुको सफलताको उत्सव मनाउनु हो अथवा उनीहरुको दुखको समयमा खुशी खोज्न सहयोग गर्नु हो—यो मुक्तिदाले गर्ने सेवाको महत्वपूर्ण कुरा हो।

यहाँ तीन विचारहरु छन् जसले सहयोग गर्न सक्छ (र एकले बेवास्ता गर्न ) जब हामी परमेश्वरले हाम्रो जीवनमा राख्नुहुने राम्रो को ध्यान दिन्छौं।

१. सावधान हुनुहोस्

बोनी एच. कोर्डोन, युवतीहरुका साधारण अध्यक्षले, हामीलाई बुझ्न सहयोग गर्नुहुन्छ कि हामीले सेवा गर्नेहरुलाई—उनीहरुका बोझहरु र संघर्षहरुमात्र नभई उनीहरुका ताकतहरु, खुबीहरू र सफलताहरुलाई पनि हेर्न सहयोग गर्नुपर्छ। उहाँले भन्नुभयो कि हामी “सर्बश्रेष्ठ र विश्वस्त हुनुपर्छ—जो उनीहरुको परिस्थितिहरुको बारेमा सजग रहोस् र उनीहरुको आशाहरु र आकांक्षाहरुमा साथ दियोस्।”

भेंडा र बाख्राहरुको दृष्टान्तमा, मुक्तिदाताले भन्नुभयो कि जो उहाँको दाहिने हात तिर भेटिन्छन् उनीहरुले सोध्नेछन्: “परमप्रभु, हामीले कहिले हजुरलाई भोकाऊनुभएको देख्यौं, र खान दियौं? अथवा तिर्खाउनुभएको, र पिउन दियौं ?

“हामीले कहिले हजुरलाई अपरिचितका रुपमा देख्यौं, र हजुरलाई आश्रय दियौं ?” (मत्ती २५:३७-३८)।

“दाजुभाई र दिदीबहिनीहरु, यहाँको मुख्य शब्द देख्यो, हो” दिदी कर्डनले भन्नुभयो। “धर्मीहरुले अवश्यकतामा परेकाहरुलाई देखे किनकी उनीहरुले हेरिरहेका थिए र ध्यान दिईरहेका थिए। हामी पनि सहायता र सान्त्वना दिनका लागि, खुशी मनाउन र सपना देख्नका लागि ध्यान दिने आँखा बन्न सक्छौं।”

२. खुशी मनाउनका लागि कारणहरु खोज्नुहोस्

ठुला अथवा साना सफलताहरु मनाउनुहोस्। त्यो क्यान्सर भएको अवस्था अथवा कसैसँग को सम्बन्ध टुक्रिएको अवस्था, नयाँ जागीर खोज्ने अथवा हराएको जुत्ता खोज्ने, मनपरेको व्यक्तिलाई गुमाएपछि एक महिना टिक्नु अथवा बिना चिनी एक हप्ता बाँच्नु हुन सक्छ।

बधाई दिनकोलागि फोन गर्नुहोस्, कार्ड दिनुस अथवा खाना खान बाहिर जानुस्। हाम्रो आशिषहरु संगै बाँढेर, कृतज्ञतामा जिएर र अरुहरुको आशिषहरु र सफलताहरु मनाएर, हामीमा “हाम्रो दाजुभाईहरुको हर्षको खुशी हुन्छ” (अल्मा ३०:३४)।

३. परमप्रभुको हात हेर्नुहोस्

कहिलेकाँही अरुसँग रमाउनुको अर्थ उनीहरुलाई खुशी हुने कारणहरु हेर्न सहयोग गर्नु हो—हाम्रो जीवनमा जस्तोसुकै कठिनाई अथवा खुशी आएतापनि । स्वोर्गमा रहनुहुने पिता हाम्रो बारेमा सजग हुनुहुन्छ र हाम्रो उत्थान गर्न तयार हुनुहुन्छ भन्ने सरल सत्य खुशीको अविश्वसनीय स्रोत हुनसक्छ।

तपाईंको आफ्नो जीवनमा परमप्रभुको हात कसरी देख्नुभयो भनि बाँढेर तपाईंले अरुहरुलाई उनीहरुको जीवनमा त्यो देख्न सहयोग गर्न सक्नुहुन्छ। स्वोर्गमा रहनुहुने पिताले तपाईंलाई तपाईंका कठिनाईहरुमा कसरी सहयोग गर्नुभयो भन्ने बारेमा विनम्र भएर बाँढ्नुस् । यो गवाहीले उनीहरुलाई उहाँले कसरी सहयोग गर्नुभयो भन्ने बारे जान्न र स्वीकार्न सहयोग गर्छ (हेर्नुहोस् मोसीयाह २४:१४)।

४. तपाईंको खुशीहुने क्षमतालाई सीमित नराख्नुस्

दुर्भाग्यवस, कहिलेकाँही हामी अरुसँग खुशी हुने क्षमतालाई सीमित गर्न सक्छौं, विशेष गरि जब हामीले दिनुपर्ने कुरा अथवा हाम्रो जीवनको परिस्थितिको बारेमा असुरक्षित महसुस गर्छौं। अरुहरुको खुशीमा हर्ष पाउनुको सट्टा, हामी तुलनाको फन्दामा पर्छौं। र बाह्र प्रेरित गणका एल्डर कुइन्टिन् एल. कुकले सिकाउनुभएको जस्तै: “आशिषहरुको तुलनाले निश्चत रुपमा नै खुशीलाई भगाउँछ। हामी एकै पटकमा कृतज्ञ र इर्ष्यालु हुन सक्दैनौं।”

“हामी लगभग सबैमा पाउने त्यस्तो प्रवृत्तिबाट कसरी मुक्त हुन सक्छौं? बाह्र प्रेरित गणका एल्डर जेफ्री आर. होल्याण्डले सोध्नुभयो।”… हामी हाम्रो धेरै आशिषहरु गन्न सक्छौं र अरुको उपलब्धिहरुको प्रशंसा गर्न सक्छौं। सबैभन्दा उत्तम, हामी अरुको सेवा गर्न सक्छौं, हृदयका लागि निर्धारित सर्वोत्तम ब्यायाम।” तुलना गर्नुको सट्टा, हामीले सेवा गर्नेहरुको प्रशंसा गर्न सक्छौं। तपाईंलाई उनीहरुको अथवा उनीहरुको परिवारका सदस्यहरुका बारे राम्रो लागेको कुरा खुलेर बाँढ्नुहोस्।

पावलले सम्झना गराए जस्तै, हामी सबै ख्रिस्टका शरीरका सदस्यहरु हौँ, र जब “एक सदस्यको सम्मान गरिन्छ, सबै सदस्यहरु त्योसँग खुशी हुन्छन्” (१ कोरिन्थी १२:२६)। स्वोर्गमा रहनुहुने पिताको सहयोगले हामी अरुको अनुभवहरुको बारेमा सजग हुन सक्छौं, ठुला र साना सफलताहरुको खुशी मनाउन सक्छौं, उनीहरुलाई परमप्रभुको हात चिन्न सहयोग गर्न सक्छौं र इर्ष्याबाट मुक्त हुन सक्छौँ ताकी हामी अरुको आशिषहरुमा, खुबीहरुमा र खुशीहरुमा साँच्चै संगै रमाउन सकौं।

सूचीहरुः

  1. बोनी एच. कोर्डोन, “भेडा गोठालो हुने,” Liahona, नोभ. २०१८, 75।

  2. बोनी एच. कोर्डोन, “भेडा गोठालो हुने,” ७५।

  3. कुइन्टिन् एल. कुक, “खुशी हुने!” Ensign, नोभ. १९९६, ३०।

  4. जेफ्री आर हल्याण्ड, “The Other Prodigal,” Liahona, मे २००२, ६४।

प्रिन्ट गर्नुहोस्