२०१९
ख्रीष्टमस कथाले हामीलाई सेवा गर्ने बारेमा के सिकाउँछ
डिसेम्बर २०१९


सेवाका सिद्धान्तहरू, डिसेम्बर २०१९

ख्रीष्टमसको कथाले हामीलाई सेवा गर्ने बारेमा के सिकाउँछ

“यो मौसम वर्षको प्यारो हो । गीत गाउनुहोस्: ख्रीष्टमसको समय चाँडै आउँदैछ। येशूको जन्मको बारेमा सत्य कथा सुनाउनुहोस्, जब, उहाँ बालकको रुपमा, यो पृथ्वीमा आउनुभएको थियो” (“जन्म अवसरको गीत,” बालगीत पुस्तक, ५२)।

छवि
ministering

बिस्तृत परमेश्वरका थुमालाई हेर बाट, वाल्टर रेनद्वारा

ख्रीष्टमसको समय अद्भुत समय हो जब भेंडा, भेंडा गोठाला, डुँडहरु र ताराहरुले अचानक नयाँ अर्थ लिन्छ। मानव इतिहासको एउटा सबैभन्दा महत्वपूर्ण घटनाको पुन: वर्णन गर्न तिनीहरु महत्वपूर्ण पात्रहरु बन्छन्। धेरै परिवारहरुले आफ्नो घरमा जन्म अवसरको दृश्य सजाउँछ। अरुहरुले उहाँको जन्मको कथा पढ्छन् अथवा समारोहमा भाग लिन्छन्। ख्रीष्टका सबै कथाहरु जस्तै, उहाँको जन्मको कथा बाट हामीले सेवाको बारेमा सिक्न सकिने, संसारलाई उहाँको प्रकाश बाँढ्ने बारे पाठहरुले भरिएको छ। “ख्रीष्टमसको कथा मायाको कथा हो,” प्रथम अध्यक्षताका दोस्रो सल्लाहकार अध्यक्ष हेनरी बी. आइरिंगले भन्नुभयो।

“…ख्रीष्टका जन्मको कथाहरुमा, हामीले उहाँ को हुनुहुन्थ्यो र उहाँ को हुनुहुन्छ भन्ने देख्न र महसुस गर्न सक्छौं । त्यसले बाटोमा हाम्रो भारी हलुङ्गो बनाइदिन्छ । र यसले हामीलाई आफु स्वयंलाई बिर्सेर अरुको भारी हलुङ्गो बनाउने तीर दोहोर्याउछ।”

“पौवामा उनीहरुकोलागि ठाउँ थिएन” (लूका २:७)

पौवाको मालिकले मुक्तिदाताका लागि ठाउँ बनाउन असफल भए, तर हामीले त्यो गल्ती गर्नु पर्दैन ! हामीले हाम्रो दाजुभाईहरु र दिदीबहिनीहरुका लागि हाम्रो टेबलहरुमा, हाम्रो घरहरुमा र हाम्रो परम्पराहरुमा ठाउँ बनाएर हाम्रो हृदयमा मुक्तिदाताका लागि ठाउँ बनाउन सक्छौं। अरु मानिसहरुलाई समावेश गरेर धेरै पारिवारिक परम्पराहरुलाई अझै मिठा र अझै बढी यादगार बनाउन सकिन्छ। डायना र उनको परिवारले कसैलाई उनीहरुसँग ख्रीष्टमस मनाउन निमन्त्रणा गर्ने परम्परा छ। हरेक डिसेम्बरमा, उनीहरु कसलाई निमन्त्रणा गर्ने भनेर छलफल गर्छन् र निर्णय गर्छन् । तपाईंको परिवारले यस्तै परम्पराको सुरुवात गर्न सक्छ । हुनसक्छ तपाईंले सेवा गर्ने कसैलाई तपाईंको परिवारसँग मिलेर ख्रीष्टमसका मनपर्ने गीतहरु गाउन मन लागेकोछ । तपाईंले ख्रीष्टमसको रातीको खानामा कसैकोलागि ठाउँ बनाउन सक्नुहुन्छ जसको त्यो क्षेत्रमा परिवार छैन।

मुक्तिदाताको उत्सव मनाउनकोलागि उहाँको समावेश गर्ने उदाहरण अनुसरण भन्दा अरु राम्रो कुन बाटो हुनसक्छ ? याद राख्नुहोस् कि उहाँले “सबैलाई उहाँमा आउन र उहाँको असलपनामा भाग लिन निमन्त्रणा गर्नुहुन्छ; र उहाँले उहाँमा आउने कसैलाई पनि अस्वीकार गर्नुहुन्न, कालो होस् वा गोरो, बन्धी होस् वा स्वतन्त्र, पुरुष वा महिला; र उहाँले बेधर्मीलाई सम्झनुहुन्छ; र परमेश्वर सामु सबै बराबर हुन्छन्, दुवै यहूदी र गैरयहूदीहरु” (२ नफी २६:३३)। ठाउँ बनाउनुहोस् र समावेशीकारणको सृजना गर्नुहोस्।

“अनि त्यही ठाउँमा गोठालाहरु थिए, जसले राती आफ्ना बथानको हेरचाह गर्थे” (लूका २:८)

शिशु मुक्तिदातालाई अभिवादन गर्ने गोठालाहरुनै पहिलो हुनु सहि देखिन्छ । प्राचीन अगम्बक्ताहरुले येशू ख्रीष्टलाई “इस्राएलको गोठाला” (भजनसंग्रह ८०:१ र “सारा पृथ्वीका गोठाला” (१ नफी १३:४१) भनेर उल्लेख गर्थे। र ख्रीष्ट आफैले भन्नुभयो, “म असल गोठालो हुँ, र म मेरा भेडाहरुलाई चिन्दछु” (यूहन्ना १०:१४। आफ्ना भेडालाई चिन्नु र हेरचाह गर्नु भनेको मुक्तिदाताले जस्तै गोठालो गर्ने र सेवा गर्ने मुख्य भाग हो ।

चम्किला बत्तीहरु र अलंकृत सजावटको साथमा, ख्रीष्टमसको समयमा हेर्नुपर्ने धेरै कुराहरु छन्। तर यो मौसमको सबैभन्दा ठुलो सुन्दरता त्यो बेला भेट्टाउन सकिन्छ जब हामी हामीले सेवा गर्नेहरुप्रति ध्यान दिन सम्झन्छौँ र आफ्ना बथानहरुको हेरचाह गर्छौं। हेरचाह गर्नु भनेको कसैको मनपर्ने खानेकुराको विचार गर्नु अथवा कसैको छुट्टीको योजना बारे सोध्ने हुनसक्छ। हामी हेरचाह गर्छौं जब हामी अरुको आवश्यकताको बारे हेर्छौं र पूरा गर्छौं—अति आवश्यक र त्यती आवश्यक नभएका दुवै।

जब चेरिलले अचानक आफ्नो श्रीमान, माईकलाई गुमाइन्, उनी बिचलित भइन्। उनको श्रीमान बिनाको पहिलो ख्रीष्टमस नजिकिंदै गयो, एक्लोपन बढ्न थाल्यो। भाग्यबश, उनको सेवागर्ने दिदी शना आउनुभयो। शना र उनको श्रीमान, जीमले चेरिललाई धेरै छुट्टिहरु मनाउन निमन्त्रणा गरे। उनीहरुले चेरिलको पुरानो कोट देखे र तेस्लाई केहि गर्ने निर्णय गरे। ख्रीष्टमसको केहि दिन अगाडी, शना र जीमले चेरिलका लागि ख्रीष्टमस उपहार ल्याए: एउटा सुन्दर नयाँ कोट। उनीहरु चेरिलको न्यानो कोटको भौतिक आवश्यकताको बारेमा सचेत थिए र उनको सान्त्वना र साथको भावनात्मक आवश्यकताको बारे पनि। उनीहरु ती आवश्यकताहरु सक्दो पूरा गर्न अघि बढे र हामीले पनि कसरी आफ्नो बथानको हेरचाह गर्न सक्छौं भनेर राम्रो उदाहरण दिए।

“गोठालाहरुले एकअर्कालाई भने, हामी बेथलेहेमसम्म जाऔं” (लूका २:१५)

“हामी जाऔं” एउटा उत्साहजनक निमन्त्रणा हो! गोठालाहरुले सोचेन कि उनीहरुका साथीहरु यात्रा गर्नकालागि अती थकित हुनेछन्। उनीहरु आफै चुपचाप बेथलेहेममा गएनन्। उनीहरु खुशीसाथ एकअर्कातिर फर्के र भने, “अब हामी जाऔं!”

हामी आफ्ना साथीहरुलाई शिशु मुक्तिदातालाई हेर्न आउनको लागि आमन्त्रण गर्न नसकौंला, हामीले उनीहरुलाई हामीसँग सेवा गरेर ख्रीष्टमसको आत्मा (अथवा ख्रीष्टको आत्मा) महसुस गर्न आमन्त्रण गर्न सक्छौं। “ख्रीष्टमसको आत्मा बढाउनको लागि हामी उदारतापूर्वक ती व्यक्तिहरुमा पुग्नुपर्छ जो हाम्रो वरिपरी छन् र आफु स्वयंलाई दिनुपर्छ,” युवतीहरुका पुर्व साधारण अध्यक्ष बोनी एल. ओस्कर्सनले भन्नुभयो। तपाईंले मैनबत्ती समातीरहनुभएको कल्पना गर्नुहोस्। तपाईंको मैनबत्तीको प्रकाशबाट अरुहरुले अवश्य देख्न र फाइदा लीन सक्ने छन्, तर यदि तपाईंले आफ्नो मैनबत्ती उनीहरुको मैनबत्ती बाल्नकोलागि प्रयोग गर्नुभयो भने र उनीहरुलाई आफु स्वयंका लागि त्यो प्रकाश समाउन लगाउनुभयो भने उनीहरुले महसुस गर्न सक्ने न्यानोपनको कल्पना गर्नहोस्।

ख्रीष्ट स्वयंले सिकाउनुभयो कि जसले उहाँलाई पछ्याउँछ उसले जीवनको प्रकाश पाउँछ (हेर्नुहोस् यूहन्ना ८:१२)। हामीले उहाँलाई पछ्याउने र त्यो वाचा गरिएको प्रकाशको आनन्द लिने एउटा तरिका उहाँले जस्तो सेवा गरेर हो । त्यसैले अरुलाई तपाईंसँग सेवा गर्न आमन्त्रण गरेर प्रकाश बाँढ्नुहोस्! तपाईं र तपाईंले सेवागर्नेहरु सँगै मिलेर कसरी सेवा गर्न सक्नुहुन्छ? तपाईंहरु सँगै मिलेर तपाईंहरुको मनपर्ने खाना बनाउन सक्नुहुन्छ अथवा कसैलाई सानो उपहार वा नोट दिएर चकित पार्न सक्नुहुन्छ । तपाईंहरु दुबैले सँगै त्यो प्रकाशको महसुस गर्न सक्नुहुन्छ जुन ख्रीष्टको सेवाको उदाहरणलाई पछ्याउदा आउँछ।

“यो बालकको विषयमा तिनीहरुलाई जे कुरा भनिएको थियो त्यो तिनीहरुले बताईदिए” (लूका २:१७)

गोठालाहरुले ख्रीष्टको जन्मको अचम्मको समाचार आफुले सक्दो धेरै भन्दा धेरै मानिसहरुसँग बाँढेको रमाइलो उत्साहको बारेमा कल्पना गर्न सजिलो छ। देवदुतहरु द्वारा संकेत गरिएको, अगम्बाणी गरिएको मसियाह आइसक्नुभयो! उहाँ यहाँ हुनुहुन्थ्यो! वास्तबमा, मुक्तिदाताको सुभ समाचार बाँढ्नु जन्म उत्सव कथाको ठुलो विषयबस्तु हो। देवदुतहरुले गाए। ताराले बाटो देखायो। अनि गोठालाहरुले सबैलाई भने।

सुसमाचार बाँढेर र मुक्तिदाताको गवाही दिएर हामीले आफ्नो आवाजहरु त्यो ख्रीष्टमस कथामा जोड्न सक्छौं । “तपाईंसँग तपाईंको सेवा गर्ने प्रयासमा मुक्तिदातालाई प्रतिनिधित्व गर्ने अवसर भएकोले, आफैलाई सोध्नुस्, ‘मैले सुसमाचारको प्रकाश यो परिवारसँग अथवा व्यक्तिसँग कसरी बाँढ्न सक्छु?’” राहत समाजका साधारण अध्यक्ष, दिदी जीन बी. बिन्घम ले सिकाउनुभयो। “आत्माले मलाई के गर्न प्रेरित गरिराखेको छ?”

तपाईंले मुक्तिदाताको र उहाँको सुसमाचारको गवाही कसरी बाँढ्ने भन्ने थाहा पाउने तपाईको खोजिमा तपाईंलाई विचार गर्नको लागि यहाँ केहि सुझावहरु छन् :

  • कुनै धर्मशास्त्र पत्ता लगाउनुहोस् जसले तपाईंलाई मुक्तिदाता प्रतिको तपाईका भावनाहरुलाई कैद गर्छ अथवा उहाँ प्रति किन तपाई कृतज्ञ हुनुहुन्छ भनेर व्यक्त गर्छ । तपाईंले सेवा गर्नेहरुसँग यो बाँढ्नुहोस्।

  • ख्रीष्टमसको भिडीयोको साथमा कुनै सन्देश वा सामाजिक मिडिया सन्देश पठाउनुहोस्। ChurchofJesusChrist.org मा केहि राम्रा भिडीयोहरु छन्!

  • कुनै साथीलाई एक बिशेष सम्झना वा परम्पराको बारेमा भन्नुहोस् जसले तपाईंलाई ख्रीष्टको बारेमा सम्झना गराउँछ।

आस्था राख्नुहोस् कि पवित्र आत्माले तपाईंको गवाहीको सत्यताको गवाही दिनुहुनेछ, जसरी उहाँले शिमियोन र अनालाई बालक येशू मुक्तिदाता हुनुहुन्छ भनेर गवाही दिनुभएको थियो (हेर्नुहोस्लूका २:२६,३८

“[येशू ख्रीष्टको] संसारमा आगमनको साँच्चै सम्मान गर्नको लागि, हामीले उहाँले गर्नुभएको जस्तै गर्नुपर्छ र हाम्रो साथीहरुमा दया र करुणाका साथ पुग्नु पर्छ,” बाह्र प्रेरित गणका एल्डर डिटर एफ. उक्दोर्फले भन्नुभयो। “यो हामीले दैनिक रुपमा गर्नसक्छौं, शब्द र कार्यद्वार। यसलाई हाम्रो ख्रीष्टमसको परम्परा बनाऔं, हामी जहाँ भएतापनि—अलिकति दयालु , अझै बढी क्षमावान, कम आलोचक, बढी कृतज्ञ र अवश्यकतामा परेकासँग आफ्नो प्रचुरता अझ बढी उदार भएर बाँढ्ने बन्नको लागि।”

सूचीहरुः

  1. हेनरी बी. आइरिंग,“ख्रीष्टमसका कथाहरु” (First Presidency Christmas devotional, डिसे. ६, २००९), broadcasts.ChurchofJesusChrist.org

  2. हेर्नुहोस् डाएना मेलिना अल्बोर्नोज डिया, “ख्रिसमस बाँढ्ने,” लियाहोना, डिसे. २००७,१७।

  3. हेर्नुहोस् चेरिल बोएल, “उहाँले तपाईंको लागि किनिदिनु हुन्थ्यो,” एन्साइन्, डिसे. 2001, ५७।

  4. बोनी एल. ओस्कार्सन्, “ख्रीष्टमस ख्रीष्टरूपी माया हो” (First Presidency Christmas devotional, डिसे. ७, २०१७), broadcasts.ChurchofJesusChrist.org

  5. जीन बी. बिन्घम, “मुक्तिदाताले जस्तै सेवा गर्न,” लियाहोना, मे २०१८,१०४।

  6. डिटर एफ. उक्दोर्फ, “तपाईंका टुक्राहरु छर्नुहोस्” (First Presidency Christmas devotional, डिसे. ३, २०१७), broadcasts.ChurchofJesusChrist.org

प्रिन्ट गर्नुहोस्