२०२०
आऊ मलाई अनुशरण गर मार्फत सेवा गर्ने
सेप्टेम्वर २०२०


आऊ मलाई अनुशरण गर मार्फत सेवा गर्ने,” लियाहोना, सेप्टेम्वर २०२०

छवि
सेवा गर्ने

सेवाका सिद्धान्तहरू, सेप्टेम्वर २०२०

आऊ मलाई अनुशरण गर मार्फत सेवा गर्ने

आऊ मलाई अनुशरण गर ले तपाईंलाई अरुको जीवनमा परिवर्तन ल्याउनका लागि कसरी सहयोग गर्न सक्छ?

चाहे तपाईं आफ्नो परिवारसँग आइतबारका कक्षामा शिक्षकका रुपमा हुनुहोस् अथवा विद्यार्थी अथवा विद्यालयमा, कार्यालयमा अथवा कुनै अरु ठाउँमा हुनुहोस् आऊ मलाई अनुशरण गर मार्फत धर्मशास्त्र अध्ययनले अरुको सेवा गर्न पर्याप्त अवसरहरु प्रदान गर्छ। पढाउनु भनेको, “आइतबारका कक्षामा छलफल गर्नु भन्दा पनि बढी हो; यसमा प्रेम सहित गर्ने र अरुलाई सुसमाचारका आशीष दिने कुरा समावेश छ।”

विद्यार्थीहरुसँग जोडिने

जब ओफेलिया त्रेजो दि कारदिन्सलाई उहाँको मेक्सिको सिटी वार्डमा युवाहरुलाई पढाउनका लागि बोलावट गरियो, उहाँलाई महसुस भयो कि उहाँका हरेक आइतबार कक्षाका विद्यार्थीहरु सँग नजिकको सम्बन्ध भएमा उहाँको पढाउने र उनीहरुलाई दरिलो बनाउने क्षमताको वृद्धि हुनेछ।

“यदि मेरा विद्यार्थीहरूसँग मेरो नजिकको सम्बन्ध छैन र उनीहरूले मेरो माया महसुस गर्दैनन् भने, मैले कक्षा पढाउँछु वा मेरो गवाही दिन्छु भने उनीहरू विश्वास गर्दैनन्।”उहाँ भन्नुहुन्छ। “उनीहरूले म केवल एक आइतबार कक्षाको शिक्षक हुँ भनी महसुस गर्न सक्छन्।”

तर यदि उहाँले हरेक दुई हप्तामा एक पटक मात्र पढाउनुभयो भने दिदी कारदिन्सले त्यस्तो सम्बन्ध कसरी विकास गर्नुहुन्छ? उहाँले प्रविधि मार्फत जवाफ पत्ता लगाउनुभयो। मोबाइल फोन अनुप्रयोग व्हाट्सयापको प्रयोग गरी उहाँ र उहाँका विद्यार्थीहरु तुरुन्तै दैनिक रुपमा लिखित र ध्वनी सन्देशहरु मार्फत जोडिए। अब, दैनिक रुपमा अर्को आइतबार कक्षा पाठ भन्दा अगाडि, एकजना कक्षा स्वयंसेवकले कक्षाका अरु सदस्यहरुलाई व्यक्तिगत विचार सहित अर्को पाठबाट धर्मशास्त्रको एक पद पढाउँछन्। त्यो पद र विचार पढिसकेपछि, कक्षाका सदस्यहरुले आफ्ना विचारहरु सहित प्रतिक्रिया दिन्छन्।

“जब तिनीहरुले धर्मशास्त्र पढ्छन्, तिनीहरुले खुशी मुहारको चित्र पठाउँछन् ता कि मैले तिनीहरुले धर्मशास्त्र पढ़िसके र तिनीहरुले त्यसको बारेमा सोचेका छन् भनेर थाहा पाउँछु,” दिदी कारदिन्स भन्नुहुन्छ। जब अर्को आइतबार कक्षाको समय आउँछ, विद्यार्थीहरु भाग लिनका लागि तयार हुन्छन्।

यो दैनिक जोडाइले हालै एक युवालाई आशीषित गरेको छ जसको आमा बुबा चर्चमा सक्रिय छैनन्।

“जब म उसलाई चर्चमा देख्छु मलाई मनपर्छ किनकि मलाई थाहा छ त्यहाँ पुग्न, उसले धेरै चुनौतीहरुको सामना गर्नु परेको थियो,” दिदी कारदिन्स भन्नुहुन्छ। “म निश्चित छु कि ती धर्मशास्त्रहरु र विचारहरु जुन उनका सहपाठीहरुले पठाएका थिए र आफ्नो पालो आएको बेला उसले पठाएका धर्मशास्त्रहरु र विचारहरुले उसलाई दरिलो बनाएको छ।”

दिदी कारदिन्स भन्नुहुन्छ धर्मशास्त्र मार्फत सेवाले उहाँको आइतबारको पाठ र कक्षाको दैनिक धर्मशास्त्रको सम्बन्धलाई रोक्दैन।

“मेरो तयारीमा मेरा विद्यार्थीहरूका लागि प्रार्थना समावेश हुन्छ.” उहाँ भन्नुहुन्छ। “म उनीहरूका बारेमा आइतबार मात्रै नभई हप्ताका हरेक दिन सोच्छु। उनीहरु हरेकका विशेष र भिन्न आवश्यकताहरु हुन्छन्। हरेक परमेश्वरका सन्तान हुन्। म पाठहरुको तयारी गरिरहँदा उनीहरूका बारेमा सोच्छु।

अनि जब उहाँ पढाउनुहुन्छ, —उहाँका विद्यार्थीहरु र पवित्र आत्मा दुबैलाई उहाँले सुन्नुहुन्छ।

“शिक्षक आत्मा हुनुहुन्छ,” जसलाई उहाँले प्राय आफ्ना विद्यार्थीहरुको आवाजमा सुन्नुहुन्छ। “मैले ध्यान दिनु पर्ने हुन्छ किनकि उनीहरुले जे भन्छन् त्यो प्रकाश हो जुन आत्माले उनीहरुलाई दिइरहेको हुन्छ।

हाम्रो कक्षा “गृहसाँझ जस्तै” छ

पोषण र सेवाको वातावरण भएकोले दिदी कारदिन्सको आइतबार कक्षाका सदस्य हुन पाएकोमा क्लारा गुतेरेज़ ओर्तेगा कोर्दोबाले आशीषित भएको महसुस गर्नुहुन्छ। क्लाराले त्यो वातावरणलाई विभिन्न कारकहरु सहित व्याख्या गर्नुहुन्छ:

  • तयारी: धर्मशास्त्रहरु र विचारहरु बाँढ्नाले विद्यार्थीहरुलाई अर्को कक्षाका लागि तयारी गर्न सहयोग हुन्छ। “दैनिक धर्मशास्त्रहरुले हामीलाई पोषण दिन्छन् र हाम्रो ज्ञानको वृद्धि हुन्छ,” उहाँ वर्णन गर्नुहुन्छ।

  • सहभागिता: “हामी सबै बोल्छौं। यसले गर्दा मैले मेरा सहपाठीहरुसाथीहरुलाई , दिदीबहिनीहरु र दाजुभाइहरुका रुपमा अझै राम्ररी चिन्न पाउँछु ।”

  • प्रेम: “दिदी कारदिन्सले तपाईंलाई हातमा समाएर लैजानु हुन्छ। दाजुभाइहरु र दिदीबहिनीहरुका साथमा, हाम्रो कक्षा गृह साँझ जस्तो महसुस हुन्छ। यो ज्यादै विशेष छ।”

  • पवित्र आत्मा: “हामीसँग हाम्रो कक्षामा शान्त, सामञ्जस्यपूर्ण आत्मा छ किनकी हामी आत्मासँग सँगै छौँ।

  • गवाही: “आऊ, मलाई अनुशरण गरले मलाई गवाही दिन तयार रहनका लागि सहयोग गर्यो । मसँग बाईबल र मोर्मोनको पुस्तकको अझ गहिरो ज्ञान छ। त्यसले गर्दा मेरा सहपाठीहरुसँग विद्यालयमा र मानिसहरुसँग कार्यालयमा मैले के सिकिरहेको छु भनेर बाँढ्न पाउँछु।”

आत्मिक आवश्यकताहरुका लागि सेवा गर्ने

जब केन्टकी, युएसए बाट ग्रेग र निक्की क्रिस्टेनसन्ले उनीहरुका तीन छोराहरुसँग अब्राहामको करारका बारेमा धर्मशास्त्रहरुमा पढे, यो तिनीहरूलाई बुझाउन कठीन छ भनेर उनीहरूलाईलाग्यो । एक परिवारका रुपमा तिनीहरू प्रत्येकले अब्राहमका करार आफैले अध्ययन गर्नेछन् अनि आफुले पत्ता लगाएका कुरा उनीहरूले बाँढ्नेछन् भनेर निर्णय गरे।

“हामीले केही रोचक टिप्पणीहरु पायौं,” ग्रेग भन्नुहुन्छ। “हाम्रो आठ वर्षको छोराले अब्राहामको नाम अब्राम थियो भनेर सिक्यो। उनको नाम अब्राहाममा परिणत भयो किनकि उनले परमप्रभुलाई पापलाई छोडेर धार्मिकताको जीवन जिउने वाचा गरेका थिए। म साँच्चै नै अच्चम भएँ कि उसले यो कुरा ल्याउन सक्यो।

उनीहरु सबैले केही नयाँ कुरा सिके र अब्राहामको करार भनेको के हो र पछिल्ला दिनका सन्तहरुको लागि यसको कति महत्व छ भन्ने बारे राम्रो छलफल गरे ।

“हाम्रो पारिवारिक धर्मशास्त्र अध्ययनमा हामी केवल कोठा वरिपरि जान्थ्यौं र धर्मशास्त्रका पदहरु पालै पालो “पढ्थ्यौं,” निक्की भन्छिन्। आऊ मलाई अनुशरण गर आत्माद्वारा पढाउनका लागि तयार गरिएको छ। अहिले जब हामी संगै पढ्छौं, मलाई आत्माले हाम्रो छलफललाई परिवारको आवश्यकताहरु अनुरुप अर्कै दिशामा लैजानको लागि जोड दिइरहेको महसुस हुन्छ।

आऊ मलाई अनुशरण गरको प्रयोगले उनीहरुको परिवारलाई सुसमाचारमा अझ बढी संलग्न र इच्छुक हुन सहयोग गर्ने मात्र नभई, यसले ग्रेग र निक्कीलाई आफ्ना केटाकेटीहरुको आत्मिक अवश्यकताहरुमा सेवा गर्न पनि सहयोग गर्यो।

आऊ मलाई अनुशरण गरले मलाई मेरा केटाकेटीहरुलाई पढाउन सहयोग गर्छ,” निक्की भन्छिन्। “यसले केटाकेटीहरुसँग कहिलेकाँही हुने मेरा विभिन्न चुनौतीहरुलाई सम्हाल्न पनि मलाई सहयोग गर्छ। म आत्मासँग अझ बढी नजिक भएको महसुस गर्छु, म अझ नजिकबाट सुन्छु र मैले कसरी हरेक केटाकेटीलाई सहयोग गर्न सक्छु भनेर सङ्केतहरु प्राप्त गरेको छु।

ग्रेग लामो सुसमाचार छलफलमा रमाउँछ जुन आऊ मलाई अनुशरण गरले परिवारमा उत्पन्न गराउनमा सहयोग गर्छ। “हाम्रा सबै छोराहरु सुसमाचारका आफ्ना ज्ञानमा भिन्न छन्,” उनी भन्छन्। “आऊ मलाई अनुशरण गरले हामीलाई उनीहरुको आवश्यकता अनुसार तिनीहरु हरेकको सहयोग गर्न बाटो प्रदान गरेको छ। सुसमाचार प्रति उनीहरुको मायामा वृद्धि भएको देख्नु र उनीहरुले सुसमाचारको ज्ञानलाई आफ्नो जीवनमा कसरी प्रयोग गर्ने भनेर पत्ता लगाएको हेर्नु अद्भुत आशीष भएको छ।”

सूची

  1. आऊ मलाई अनुशरण गर—आइतबार काक्षाका लागि: मोर्मोनको पुस्तक २०२० (२०१९), १९।

प्रिन्ट गर्नुहोस्