राहत समाज र एल्डरहरूको गण
साधारण सम्मेलनका सन्देशहरूबाट सिकाउने, सिक्ने र लागू गर्ने


आऊ, मलाई अनुशरण गर

साधारण सम्मेलनका सन्देशहरूबाट सिकाउने, सिक्ने र लागू गर्ने

एल्डरहरूको गण र राहत समाजले मुक्ति र उन्नयनका कार्यमा महत्वपूर्ण भूमिका खेल्छन्। उनीहरूका आइतबारे सभाहरूमा, उनीहरूले हालको साधारण सम्मेलनका सन्देशहरूका शिक्षाहरूलाई यस कार्यमा तिनीहरूका प्रयासहरूमा कसरी प्रयोग गर्ने भनी छलफल गर्छन्। हरेक आइतबारे सभामा सिक्नका लागि, एल्डर्स् गण र राहत समाजका अध्यक्षताहरूले सदस्यहरूका आवश्यकता अनि आत्माको निर्देशन अनुसार सभाका सन्देश छनौट गर्नुहुन्छ । परिस्थिति अनुसार, विशप वा किला अध्यक्षले कुनै सन्देशका लागि सल्लाह दिन सक्नुहुन्छ। साधारणतया, अगुवाहरुले प्रथम अध्यक्षता र बाह्र प्रेरित गणका सदस्यहरूका सन्देशहरूबाट छनौट गर्नुपर्छ। येद्ध्यपि, हालैको सम्मेलनबाट कुनै पनि सन्देश छलफल गर्न सकिन्छ।

शिक्षकहरूले साधारण सम्मेलनका सन्देशहरूका शिक्षाहरूलाई तिनीहरूको जीवनमा उयोग गर्न सदस्यहरूलाई कसरी सहयोग गर्ने भनी जोड दिन्छन् । अगुवाहरु र शिक्षकहरुले सदस्यहरुलाई सभा अगावै छनौट गरिएको सन्देश पढ्न प्रोत्साहन गर्ने तरिकाहरु खोज्नुहुन्छ।

एल्डर्स् गण र राहत समाजका सभाहरूका बारेमा थप जानकारीहरूका लागि हेर्नुहोस् साधारण पुस्तिका: पछिल्ला-दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चमा सेवा गर्ने, 8.2.1.2, 9.2.1.2, ChurchofJesusChrist.org.

सिकाउनका लागि योजना

साधारण सम्मेलनका सन्देश प्रयोग गरी सिकाउने योजना बनाउँदा शिक्षकहरूलाई निम्न प्रश्नहरूले सहयोग गर्न सक्छन्। आवश्यकता अनुसार, शिक्षकहरूले एल्डरहरूको गण अथवा राहत समाजका अध्यक्षतासँग यी प्रश्नहरूका बारेमा विचार गर्नका लागि छलफल गर्छन्।

  • एल्डरहरूको गण अथवा राहत समाजका अध्यक्षताले छलफलका लागि यो सन्देशको छनौट किन गरे? यस सन्देशमा छलफल गरिसकेपछि सदस्यहरूले के बुझ्नेछन् र के गर्नेछन् भन्ने उहाँहरूले अपेक्षा गर्नुहुन्छ?

  • वक्ताले सदस्यहरूले के बुझून् भन्ने चाहनुहुन्छ ? सुसमाचारका कुन सिद्धानहरू उहाँले सिकाउँदै हुनुहुन्छ? यी सिद्धान्तहरू मेरा एल्डरहरूको गण र राहत समाजमा कसरी लागु हुन्छन्?

  • आफ्नो सन्देशलाई पुष्टि गर्न वक्ताले कुन धर्मशास्त्रहरू प्रयोग गर्नुभएको छ? के त्यहाँ अन्य धर्मशास्त्रहरू पनि छन् जुन आफ्ना बुझाइहरूलाई गहन बनाउन सदस्यहरूले अध्यन गर्न सक्छन्? (तपाईंले सन्देशको अन्तमा दिएका सूचीहरू वा धर्मशास्त्रहरूका गाइडमा केही चीज प्राप्त गर्न सक्नुहुन्छ [scriptures.ChurchofJesusChrist.org].)

  • मैले कस्ता प्रश्नहरू सोध्नसक्छु जसले सदस्यहरूलाई सन्देशका शिक्षाहरू मनन गर्न र प्रयोग गर्न सहयोग गर्दछ। कस्ता प्रश्नहरूले तिनीहरूलाई आफ्नो जीवनमा, उनीहरूका परिवारहरूमा अनि परमप्रभुका कार्यमा यी शिक्षाहरूको सान्दर्भिकता महसुस गर्न सहयोग गर्दछ?

  • सभामा आत्मालाई आमन्त्रण गर्न मैले के गर्न सक्छु? छलफललाई अझै रोचक बनाउन कथाहरू, उपमाहरू, सङ्गीत र चित्रकला बाहेक मैले अरू के प्रयोग गर्न सक्छु? सदस्यहरूले आफ्नो सन्देशलाई बुझ्न सहयोग गर्नको लागि वक्ताले के गर्नुभएको छ?

  • के वक्ताले कुनै कार्य गर्न आमन्त्रण गर्नुभयो? सदस्यहरूलाई ती आमन्त्रणहरूमा कार्य गर्ने चाहना जगाउन मैले कसरी सहयोग गर्न सक्छु?

क्रियाकलापका विचारहरू

साधारण सम्मेलनका सन्देशहरूबाट सिक्न र लागु गर्न सदस्यहरूलाई शिक्षकहरूले सहयोग गर्न त्यहाँ धेरै तरिकाहरू छन् । यहाँ केही उदाहरणहरू छन्; शिक्षकहरूसँग आफ्ना एल्डरहरूको गण वा राहत समाजमा अझै असल कार्य गर्ने अन्य उपायहरू हुनसक्छ।

  • सत्यलाई हाम्रो जीवनमा लागू गर्नुहोस् । सत्यहरू खोज्दै सदस्यहरूलाई सम्मेलनका सन्देशको समीक्षा गर्न आमन्त्रणा गर्नुहोस् जसले तिनीहरूलाई परमेश्वरले व्यक्तिगत वा एल्डरहरूको गण वा राहत समाजका रुपमा दिनुभएका कार्य पूरा गर्न सहयोग गर्न सक्छ । उदाहरणका लागि, सेवा गर्नेहरूका रुपमा, अभिभावकका रुपमा अनि सदस्य सुसमाचार प्रचारकका रुपमा सहयोग गर्न हामीले के सिक्छौं? यो सन्देशले हाम्रा विचार, भावना र कार्यहरूलाई कसरी प्रभाव पार्छ?

  • समूहमा छलफल गर्नुहोस् । सदस्यहरूलाई साना समूहरूमा विभाजन गर्नुहोस् र अध्यन अनि छलफल गर्नका लागि हरेक समुहलाई सम्मेलनको सन्देशका फरक खण्ड दिनुहोस् । त्यस पछि हरेक समूहलाई तिनीहरूले पत्ता लगाएको एउटा सत्यका बारेमा बताउन लगाउनुहोस् । वा तपाईंले सन्देश भिन्न खण्डहरू अध्यन गरेका सदस्यहरूको समूह बनाउन सक्नुहुन्छ र तिनीहरूले पत्तालगाएका विषयहरू एक-अर्कालाई बताउन लगाउन सक्नुहुन्छ ।

  • प्रश्नहरुको उत्तर खोज्नुहोस् । सम्मेलका सन्देशका निम्न जस्तै प्रश्नहरूको उत्तर दिन सदस्यहरूलाई आमन्त्रण गर्नुहोस्: यो सन्देशमा सुसमाचारका कस्ता सत्यहरू पाउन सकिन्छ? हामीले यी सत्यहरूलाई कसरी लागु गर्न सक्छौँ ? कस्ता आमन्त्रणहरू र प्रतिज्ञा गरिएका आशीषहरू गरिएको छ? परमेश्वरले हामीलाई गरून् भनेर चाहनुभएका कार्यका बारेमा यो सन्देशले हामीलाई के सिकाउँछ ? वा आफै केही प्रश्नहरूको सृजना गर्नुहोस् जसले सदस्यहरूलाई सन्देशका बारेमा गहन रुपमा सोच्न अथवा त्यसले सिकाएका सत्यताहरू लागू गर्न प्रोस्त्सहन गर्छ। सदस्यहरूलाई यी प्रश्नहरू मध्ये एउटा प्रश्न छनौट गरी सन्देशमा उत्तरहरू खोज्न अनुमति दिनुहोस्।

  • सन्देशबाट उद्धरणहरू बाढ्नुहोस् । सम्मेलनका सन्देशबाट ती उद्धरणहरू बाढ्न सदस्यहरूलाई आमन्त्रण गर्नुहोस् जसले मुक्ति र उन्नयनका कार्यमा तिनीहरूका जिम्मेवारी पूरा गर्न प्रेरणा दिन्छन् । उनीहरूले प्रेम गर्ने र सेवा गर्ने लगायत अरूहरूलाई आशीषित गर्न यी उद्धरणहरू कसरी बाँढ्न सकिन्छ भन्ने बारेमा मनन गर्न उनीहरूलाई प्रोत्साहन गर्नुहोस् ।

  • पाठको विषयवस्तु बाँढ्नुहोस् । अग्रिम रुपमा, केही सदस्यहरूलाई सम्मेलनका सन्देश सिकाउनका लागि प्रयोग गर्न सकिने विषयवस्तुहरू घरबाट ल्याउन आग्रह गर्नुहोस् । सभाको समयमा, सदस्यहरूलाई ती विषयवस्तुहरू कसरी ती सन्देशसँग सान्दर्भिक छन् अनि आफ्नो जीवनमा लागू हुन्छन् भनी वर्णन गर्न आग्रह गर्नुहोस् ।

  • घरमा सिकाउन पाठ तयार पार्ने । सम्मेलनका सन्देशलाई आधार बनाई गृह साँझका पाठ योजना तयार गर्नका लागि जोडीमा काम गर्न सदस्यहरूलाई आग्रह गर्नुहोस् । उनीहरूले यी प्रश्नहरू जस्ता उत्तर दिन सक्नेछन्: कसरी यो सन्देशलाई हामीले हाम्रो परिवारसँग सान्दर्भिक बनाउन सक्छौँ ? हामीले सेवा गर्नेहरूसँग यो सन्देश कसरी बाँढ्ने?

  • अनुभवहरू बाँढ्ने । सम्मेलनका सन्देशबाट केही उद्दरणहरू सँगै पढ्नुहोस्। यी उद्दरणहरूमा सिकाइएका सिद्धान्तलाई चित्रण गर्ने वा मजबुत बनाउने उदाहरणहरू धर्मशास्त्रहरूबाट अनि तिनीहरूका जीवनबाट बाँढ्न सदस्यहरूलाई आग्रह गर्नुहोस् ।

  • वाक्यांश खोज्ने। आफूलाई अर्थ लाग्ने वाक्यांशहरू सम्मेलनका सन्देशमा खोज्न सदस्यहरूलाई आमन्त्रण गर्नुहोस् । उनीहरूलाई ती वाक्यांशहरू र तिनीहरूबाट उनीहरू सिकेका कुरा सुनाउन भन्नुहोस् । यी शिक्षाहरूले परमप्रभुका कार्य पूरा गर्न उनीहरूलाई कसरी सहयोग गर्छन् भन्ने कुरा बाँढ्न लगाउनुहोस्।

साधरण सम्मेलनका सन्देशहरूबाट कसरी अध्ययन गर्ने र सिकाउने बारेमा थप विचारहरूका लागि, हेर्नुहोस् “साधारण सम्मेलनबाट सिक्ने र सिकाउने उपायहरू।” (“पढ्ने उपायहरूका लागि” सुसमाचार पुस्तकालयको “साधारण सम्मेलन” मा क्लिक गर्नुहोस् ।)

प्रिन्ट गर्नुहोस्