मोर्मोनको पुस्तकले सिकाउँछ कि “परमेश्वरका लागि सबै समान छन्,” “कालो र गोरो, बन्धी र स्वतन्त्र, पुरुष र महिला” सहित (२ नफी २६:३३) । चर्चको इतिहासभरि, धेरै देशहरूमा हरेक जात र जातियताका मानिसहरूले बप्तिस्मा लिएका छन् र चर्चका आस्थावान् सदस्यहरूका रूपमा जीवन यापन गरेका छन् । जोसेफ स्मिथको जीवनकालमा, चर्चका केही काला पुरुष सदस्यहरूलाई पादरित्वमा नियुक्त गरिएको थियो । यसको इतिहासको प्रारम्भमा, चर्चका अगुवाहरूले अफ्रिकी मूलका काला पुरुषहरूलाई पादरित्व प्रदान गर्न बन्द गरे । चर्चका अभिलेखहरूले यस अभ्यासको उत्पत्तिका सम्बन्धमा कुनै स्पष्ट अन्तर्दृष्टिहरू प्रदान गर्दैनन् । चर्चका अगुवाहरूले विश्वास गरे कि यो अभ्यासलाई परिवर्तन गर्नका लागि परमेश्वरबाट प्रकाश आवश्यक थियो र प्रार्थनापूर्वक मार्गदर्शन खोजे । यो प्रकाश चर्चका अध्यक्ष स्पेन्सर डबल्यू. किमबललाई आएको थियो र जुन १, १९७८ मा सल्ट लेक मन्दिरमा चर्चका अन्य अगुवाहरूलाई यसको पुष्टि गरिएको थियो । प्रकाशले जातका सन्दर्भमा सबै प्रतिबन्धहरू हटायो जुन कुनै समय पादरित्वमा लागू भएको थियो ।