धर्मशास्त्रहरू
अब्राहाम ३


अध्याय ३

अब्राहामले सूर्य, चन्द्रमा र ताराहरूका सम्बन्धमा ऊरीम र तुम्मीमको माध्यमबाट ज्ञान प्राप्त गर्छन्—परमेश्वरले उनलाई आत्माहरूको अनन्त प्रकृतिका सम्बन्धमा जानकारी दिनुहुन्छ—उनले पृथ्वीको जीवनपूर्व, पूर्व नियुक्ति, सृष्टि, उद्धारकर्ताको छनोट र मानिसको अस्तित्वको दोस्रो चरणका सम्बन्धमा ज्ञान प्राप्त गर्छन् ।

अनि म, अब्राहामसँग ऊरीम र तुम्मीम थियो, जुन परमप्रभु मेरा परमेश्वरले मलाई कल्दीहरूको ऊरमा दिनुभएको थियो;

अनि मैले ताराहरू देखेँ कि तिनीहरू धेरै विशाल थिए र ती मध्ये एक परमेश्वरको सिंहासनको नजिक थियो; अनि त्यहाँ धेरै विशाल ताराहरू थिए जो यसको नजिक थिए;

अनि परमप्रभुले मलाई भन्नुभयो: यी शासन गर्नेहरू हुन्; र सबैभन्दा चहकिलोको नाम कोलोब हो किनभने यो मेरा नजिक छ, किनकि म परमप्रभु तिमीहरूका परमेश्वर हुँ: मैले यसलाई तिमी जसमाथि उभिन्छौ, त्यही क्रममा भएका सबैलाई शासन गर्न नियुक्त गरेको छु ।

अनि परमप्रभुले मलाई भन्नुभयो, ऊरीम र तुम्मीमद्वारा कि कोलोब परमप्रभुको तरिकाअनुसार थियो, त्यसको समय र मौसमअनुसार त्यसको अक्षको परिक्रमामा; कि एक परिक्रमा परमप्रभुका लागि एक दिन थियो, उहाँको लेखाजोखा गर्ने तरिकाअनुसार, जुनमा तिमी उभिएका छौ त्यही समयअनुसार यो एक हजार वर्ष हो । कोलोबको लेखाजोखा गर्ने तरिकाअनुसार यो परमप्रभुको समयको लेखाजोखा हो ।

अनि परमप्रभुले मलाई भन्नुभयो: त्यो ग्रह जुन कम चहकिलो छ, दिनमा शासन गर्ने भन्दा कम, रातमा पनि, त्यसभन्दा माथि वा ठूलो छ जसमा तिमी समयको हरहिसाबमा उभिएका छौ, किनकि यो क्रमशः धेरै ढिलो परिक्रमा गर्छ; यो क्रममा छ किनभने यो पृथ्वी भन्दा माथि खडा छ जसमा तिमी उभिएका छौ, त्यसैले यसको समयको हरहिसाब यसको दिन, महिना र वर्षहरूको सङ्ख्यामा धेरै छैन ।

अनि परमप्रभुले मलाई भन्नुभयो: अब, अब्राहाम, यी दुई तथ्यहरू अवस्थित छन्, हेर तिम्रो आँखाहरूले यसलाई देख्छन्; यो तिमीलाई लेखाजोखाको समय र निर्धारित समय बुझ्न दिइएको छ, हो, पृथ्वीको निर्धारित समय जसमा तिमी उभिएका छौ र दिनमा शासन गर्न निर्धारित गरिएको ठूलो ज्योति र रातमा शासन गर्न निर्धारित गरिएको कम ज्योति ।

अब कम ज्योति को निर्धारित समय तिमी उभिएको पृथ्वीको समयको लेखाजोखा भन्दा यसको लेखाजोखाका लागि लामो समय हो ।

अनि जहाँ यी दुई तथ्यहरू छन्, त्यहाँ तिनीहरूभन्दा माथि अर्को तथ्य हुने छ, त्यो हो, त्यहाँ अर्को ग्रह हुने छ जसको समयको गणना अझै लामो हुने छ;

अनि तसर्थ त्यहाँ एक ग्रहमाथि अर्को ग्रहको समयको गणना हुने छ, जबसम्म तिमी कोलोबको नजिक आउँदैनौ, जुन कोलोब परमप्रभुको समयको गणनाअनुसार हुन्छ; जुन कोलोब परमेश्वरको सिंहासनको नजिकै राखिएको छ, ती सबै ग्रहहरूलाई शासन गर्न जुन तिमी उभिएको जस्तै क्रमसँग सम्बन्धित छ ।

१० अनि तिमीलाई परमेश्वरको सिंहासनको नजिक नआउँदासम्म, ज्योति दिन निर्धारित गरिएका सबै ताराहरूको निर्धारित समय बुझ्नका लागि यो दिइएको छ ।

११ यसरी म, अब्राहामले परमप्रभुसँग आमनेसामने वार्तालाप गरेँ, जसरी एक मानिसले अर्कोसँग वार्तालाप गर्छ; अनि उहाँले मलाई आफ्ना हातहरूले बनाएका कार्यहरूका सम्बन्धमा बताउनुभयो;

१२ अनि उहाँले मलाई भन्नुभयो: मेरा पुत्र, मेरा पुत्र (र उहाँको हात तन्किएको थियो), हेर म तिमीलाई यी सबै देखाउने छु । अनि उहाँले मेरा आँखामा आफ्नो हात राख्नुभयो र मैले उहाँको हातले बनाउनुभएका ती विषयवस्तुहरू देखेँ, जुन धेरै थिए; अनि तिनीहरू मेरो आँखासामु बढ्दै गए र मैले यसको अन्त्य देख्न सकिन ।

१३ अनि उहाँले मलाई भन्नुभयो: यो शिनेहाह हो, जुन सूर्य हो । अनि उहाँले मलाई भन्नुभयो: कोकोब, जुन तारा हो । अनि उहाँले मलाई भन्नुभयो: ओलेया, जुन चन्द्रमा हो । अनि उहाँले मलाई भन्नुभयो: कोकाऊबम, जसले ताराहरू वा सबै ठूला ज्योतिहरूलाई जनाउँछ, जुन स्वर्गका आकाशमा थिए ।

१४ अनि रातको समय थियो जब परमप्रभुले मलाई यी वचनहरू भन्नुभयो: म तिमीलाई र तिमीपछिका तिम्रा सन्ततिको वृद्धि गराउने छु, यिनीहरू जस्तै; अनि यदि तिमीले बालुवाको सङ्ख्या गन्न सक्दैनौ भने तिम्रो सन्ततिको सङ्ख्या पनि त्यस्तै हुने छ ।

१५ अनि परमप्रभुले मलाई भन्नुभयो: अब्राहाम, म तिमीहरूलाई मिश्रदेशमा जानुपूर्व यी विषयवस्तुहरू देखाउँछु, ताकि तिमीले यी सबै वचनहरू घोषणा गर्न सक्छौ ।

१६ यदि दुई विषयवस्तुहरू अवस्थित छन् र त्यहाँ एक माथि अर्को छ, त्यहाँ तिनीहरू भन्दा ठूला विषयवस्तुहरू हुने छन्; त्यसकारण कोलोब तिमीहरूले देखेका सबै कोकाऊबममध्ये सबैभन्दा विशाल हो किनभने यो मेरो सबैभन्दा नजिक छ ।

१७ अब, यदि त्यहाँ दुई विषयवस्तुहरू छन्, एकमाथि अर्को र चन्द्रमा पृथ्वी माथि छ, त्यसो भने यसो हुन सक्छ कि यो भन्दा माथि एक ग्रह वा तारा अवस्थित हुन सक्छ; अनि परमप्रभु तिमीहरूका परमेश्वरले गर्न निर्णय गर्नुहुने बाहेक त्यहाँ अन्य केही छैन तर अनि उहाँले गर्नुहुने छ ।

१८ यद्यपि उहाँले ठूलो तारा बनाउनुभयो; जस्तै, साथै, यदि त्यहाँ दुई आत्माहरू छन् र एक अर्को भन्दा बढी बुद्धिमानी हुने छ भने तर यी दुई आत्माहरूको, एक अर्को भन्दा बढी बुद्धिमानी भए तापनि, कुनै प्रारम्भ छैन; तिनीहरू पहिले नै अस्तित्वमा थिए, तिनीहरूको कुनै अन्त हुने छैन, तिनीहरू पछि अस्तित्वमा हुने छन् किनभने तिनीहरू नोलम वा अनन्त छन् ।

१९ अनि परमप्रभुले मलाई भन्नुभयो: यी दुई तथ्यहरू अवस्थित छन्, कि त्यहाँ दुई आत्माहरू छन्, एउटा अर्को भन्दा धेरै बुद्धिमानी छ; तिनीहरूभन्दा धेरै बुद्धिमानी अर्को हुने छ; म परमप्रभु तिम्रा परमेश्वर हुँ, म तिनीहरू सबैभन्दा बुद्धिमान्‌ छु ।

२० परमप्रभु तिम्रा परमेश्वरले तिमीलाई एल्केनाहका पादरीको हातबाट मुक्त गर्न आफ्नो स्वर्गदूत पठाउनुभयो ।

२१ म तिनीहरू सबैका माझमा बस्छु; त्यसकारण, अब, म तिमीहरूलाई मेरो बाहुले बनाएका कार्यहरू बताउन तिमीहरूकहाँ तल आएको छु, जहाँ मेरो ज्ञान ती सबैभन्दा उत्कृष्ट छ, किनकि ममाथि स्वर्गमा र तल पृथ्वीमा, सम्पूर्ण ज्ञान र विवेकमा शासन गर्छु, प्रारम्भदेखि तिम्रा आँखाले देखेका सबै आत्मिक प्राणीहरूभन्दा माथि; प्रारम्भदेखि तिमीले देखेका सबै आत्मिक प्राणीहरू माझ म तल आएको हुँ ।

२२ अब परमप्रभुले म, अब्राहामलाई देखाउनुभएको थियो, संसारपूर्व सङ्गठित आत्मिक प्राणीहरू; अनि यी सबै मध्ये त्यहाँ धेरै सम्माननीय र महान् व्यक्तिहरू थिए;

२३ अनि परमेश्वरले यी आत्माहरूलाई देख्नुभयो कि तिनीहरू असल छन् र उहाँ तिनीहरूका बीचमा उभिनुभयो र उहाँले भन्नुभयो: तिनीहरूलाई म मेरा शासकहरू बनाउने छु; किनकि उहाँ आत्माहरू भएकाहरूका माझमा उभिनुभयो र तिनीहरू असल छन् भनी उहाँले देख्नुभयो; अनि उहाँले मलाई भन्नुभयो: अब्राहाम, तिमी तिनीहरूमध्ये एक हौ; तिमी जन्मनुपूर्व तिमीलाई चुनिएको थियो ।

२४ अनि त्यहाँ तिनीहरूमध्ये एकजना खडा भयो जो परमेश्वर जस्तै थियो, अनि उहाँले उहाँसँग भएकाहरूलाई भन्नुभयो: हामी तल जाने छौँ, किनकि त्यहाँ स्थान छ र हामी यी केही सामग्रीहरू लिने छौँ र हामी पृथ्वी बनाउने छौँ जहाँ यी बस्न सक्छन्;

२५ अनि हामी तिनीहरूलाई यसरी परीक्षण गर्ने छौँ यो हेर्न कि तिनीहरूले परमप्रभु तिनीहरूका परमेश्वरले तिनीहरूलाई आज्ञा गर्नुभएका सबै कार्यहरू गर्छन् कि गर्दैनन्;

२६ अनि आफ्नो अस्तित्वको पहिलो चरण राख्नेहरूलाई थप दिइने छ; र जसले आफ्नो अस्तित्वको पहिलो चरण राख्दैनन् तिनीहरूले आफ्नो अस्तित्वको पहिलो चरण राख्नेहरूसँग एउटै अधिराज्यमा महिमा पाउने छैनन्; र तिनीहरू जसले आफ्नो अस्तित्वको दोस्रो चरण राख्छन् तिनीहरूको शिरमा सदा र सदासर्वदाका लागि महिमा थपिने छ ।

२७ अनि परमप्रभुले भन्नुभयो: म कसलाई पठाऊँ? अनि एकजनाले जवाफ दिए जो मानिसका पुत्र जस्तै थिए: म यहाँ छु, मलाई पठाउनुहोस् । अनि अर्कोले जवाफ दियो र भन्यो: म यहाँ छु, मलाई पठाउनुहोस् । अनि परमप्रभुले भन्नुभयो: म पहिलोलाई पठाउने छु ।

२८ अनि दोस्रो रिसाए र आफ्नो अस्तित्वको पहिलो चरण राखेनन्; र त्यस दिन, धेरैजना उनको पछि लागे ।