अध्याय ४
परमेश्वरहरूले पृथ्वी र यसमा भएका सबै जीवनको सृष्टिको योजना बनाउनु हुन्छ—सृष्टिको छ दिनका लागि उहाँहरूको योजनाहरू प्रस्तुत गरिन्छ ।
१ अनि परमप्रभुले भन्नुभयो: हामी तल जाऔँ? अनि उहाँहरू प्रारम्भमा तल जानुभयो र उहाँहरू, ती परमेश्वरहरूले, स्वर्गहरू र पृथ्वीको सङ्गठन र निर्माण गर्नुभयो ।
२ अनि पृथ्वी, यसको निर्माण पछि, खाली र उजाड थियो, किनभने उहाँहरूले पृथ्वी बाहेक अन्य केही बनाउनु भएको थिएन; र गहिराइको सतहमा अन्धकार छायो र परमेश्वरहरूको आत्मा पानीको सतहमा घुमिरहेको थियो ।
३ अनि उहाँहरूले (परमेश्वरहरू) भन्नुभयो: त्यहाँ उज्यालो होस्; अनि त्यहाँ उज्यालो भयो ।
४ अनि उहाँहरूले (परमेश्वरहरू) उज्यालो बुझ्नुभयो, किनभने त्यो चहकिलो थियो; अनि उहाँहरूले उज्यालोलाई विभाजन गर्नुभयो अथवा यसलाई अन्धकारबाट विभाजन हुन दिनुभयो ।
५ अनि परमेश्वरहरूले उज्यालोलाई दिन भन्नुभयो अनि अन्धकारलाई उहाँहरूले रात भन्नुभयो । अनि यस्तो हुन गयो कि साँझदेखि बिहानसम्म उहाँहरूले यसलाई रात भन्नुभयो; अनि बिहानदेखि साँझसम्म उहाँहरूले यसलाई दिन भन्नुभयो; अनि यो पहिलो वा सुरुवात थियो, जसलाई उहाँहरूले दिन र रात भन्नुभयो ।
६ अनि परमेश्वरहरूले यो पनि भन्नुभयो: पानीको बीचमा एउटा आकाश होस् र यसले पानीहरूबाट पानीहरूलाई विभाजित गर्ने छ ।
७ अनि परमेश्वरहरूले आकाशलाई विभाजित गर्नुभयो ताकि आकाशमुनिका पानीहरूलाई आकाशभन्दा माथिका पानीहरूबाट विभाजित गरियोस्; अनि यो उहाँहरूले आज्ञा गरेअनुसार जस्तै भयो ।
८ अनि परमेश्वरहरूले त्यो आकाशलाई स्वर्ग भन्नुभयो । अनि यस्तो हुन गयो कि साँझदेखि बिहानसम्म उहाँहरूले यसलाई रात भन्नुभयो; अनि यस्तो हुन गयो कि बिहानदेखि साँझसम्म उहाँहरूले यसलाई दिन भन्नुभयो; अनि यो दोस्रो पटक थियो कि उहाँहरूले रात र दिन भन्नुभयो ।
९ अनि परमेश्वरहरूले आज्ञा गर्नुभयो, यसो भन्दै: स्वर्ग मुनिको पानी एक स्थानमा जम्मा होस् अनि त्यहाँ सुख्खा जमिन होस्; अनि यो उहाँहरूले आज्ञा गरेअनुसार भयो;
१० अनि परमेश्वरहरूले त्यस सुख्खा जमिनलाई पृथ्वी भनेर नाम दिनुभयो; अनि सङ्कलन गरिएका पानीहरूलाई, उहाँहरूले विशाल पानी भनेर नाम दिनुभयो; अनि परमेश्वरहरूले देख्नुभयो कि तिनीहरूको पालना भएको थियो ।
११ अनि परमेश्वरहरूले भन्नुभयो: हामी पृथ्वीलाई तयार गरौँ घाँस, बिरुवा दिने बिउ, आ-आफ्नो जातअनुसार फल दिने फलको वृक्ष र वृक्ष दिने फल ल्याउन, जसको बीऊ यस पृथ्वीमा यसैमा हुनु पर्छ; र यो उहाँहरूले आज्ञा गर्नुभए जस्तै भयो ।
१२ अनि परमेश्वरहरूले पृथ्वीलाई आफ्नै बिउबाट घाँस र बिरुवालाई आफ्नै बीउबाट बिरुवा उमार्नका लागि व्यवस्थित गर्नुभयो, आफ्नो जातअनुसारको बिउ उत्पादन गर्ने; र पृथ्वीले रूखलाई आफ्नै बिउबाट उमार्ने, फल फलाउने, जसको बिउले मात्र आफ्नो प्रकारको पछि, आफैमा उस्तै उत्पादन गर्न सक्छ; अनि परमेश्वरहरूले देख्नुभयो कि तिनीहरूको पालना गरियो ।
१३ अनि यस्तो हुन गयो कि उहाँहरूले दिनहरू गन्ती गर्नुभयो; साँझदेखि बिहानसम्म उहाँहरूले यसलाई रात भन्नुभयो; अनि यस्तो हुन गयो, बिहानदेखि साँझसम्म उहाँहरूले यसलाई दिन भन्नुभयो; अनि यो तेस्रो पटक थियो ।
१४ अनि परमेश्वरहरूले ब्रह्माण्डको आकाशमा प्रकाशहरू व्यवस्थित गर्नुभयो, अनि तिनीहरूलाई रातबाट दिनमा विभाजन गर्नुभयो; अनि ती सङ्केतहरू र मौसमहरू अनि दिन र वर्षहरूका लागि व्यवस्थित गर्नुभयो;
१५ अनि पृथ्वीमा उज्यालो दिनका लागि ब्रह्माण्डको आकाशमा प्रकाशहरू बनोस् भन्नका लागि तिनीहरूलाई व्यवस्थित गर्नुभयो; अनि यो त्यस्तै भयो ।
१६ अनि परमेश्वरहरूले दुईवटा ठूला ज्योतिहरूको व्यवस्थित गर्नुभयो, दिनमा शासन गर्नका लागि ठूलो प्रकाश र रातमा शासन गर्नका लागि कम प्रकाश; र कम प्रकाशसहित उहाँहरूले ताराहरू पनि राख्नुभयो;
१७ अनि परमेश्वरहरूले तिनीहरूलाई पृथ्वीमा उज्यालो दिन अनि दिन र रातमा शासन गर्न अनि उज्यालोलाई अन्धकारबाट विभाजन गर्नका लागि तिनीहरूलाई ब्रह्माण्डहरूको आकाशमा राख्नुभयो ।
१८ अनि परमेश्वरहरूले आज्ञा गर्नुभएका ती विषयवस्तुहरू तिनीहरूले पालना नगरेसम्म उहाँहरूले हेर्नुभयो ।
१९ अनि यस्तो हुन गयो कि साँझदेखि बिहानसम्म यो रात भयो; अनि यस्तो हुन गयो कि बिहानदेखि साँझसम्म यो दिन भयो; अनि यो चौथो पटक थियो ।
२० अनि परमेश्वरहरूले भन्नुभयो: जीवन भएको चल्ने प्राणीलाई प्रशस्त मात्रामा उत्पादन गर्न हामी पानीको तयारी गरौँ; अनि पक्षी ताकि तिनीहरू स्वर्गको खुला आकाशमा पृथ्वी माथि उड्न सक्छन् ।
२१ अनि परमेश्वरहरूले पानीहरू तयार पार्नुभयो ताकि तिनीहरूले ठूला ह्वेलहरू र चल्ने हरेक जीवित प्राणीहरू उत्पादन गर्न सक्छन्, जसलाई पानीले तिनीहरूको प्रकारअनुसार प्रशस्त मात्रामा ल्याउनु पर्छ; अनि पखेटा भएका प्रत्येक पक्षीहरू तिनीहरूका प्रकारअनुसार ल्याउनु पर्छ । अनि परमेश्वरहरूले देख्नुभयो कि तिनीहरूले आज्ञा पालना गर्ने छन्, अनि उहाँहरूको योजना सन्तोषजनक थियो ।
२२ अनि परमेश्वरहरूले भन्नुभयो: हामी तिनीहरूलाई आशीर्वाद दिने छौँ अनि तिनीहरूलाई लाभदायी हुन र वृद्धि गर्न अनि समुद्रमा पानी भरिँदै जान वा विशाल पानीहरू; अनि पक्षीहरूको पृथ्वीमा वृद्धि गराउन प्रभावित गर्ने छौँ ।
२३ अनि यस्तो हुन गयो कि साँझदेखि बिहानसम्म उहाँहरूले यसलाई रात भन्नुभयो; अनि यस्तो हुन गयो कि बिहानदेखि साँझसम्म उहाँहरूले यसलाई दिन भन्नुभयो; अनि यो पाँचौँ पटक थियो ।
२४ अनि परमेश्वरहरूले जीवित प्राणीहरूलाई तिनीहरूको जातअनुसार, गाईवस्तुहरू र घस्रने प्राणीहरू अनि पृथ्वीका जनावरहरूलाई तिनीहरूको जातअनुसार जन्माउन पृथ्वीलाई तयार पार्नुभयो; अनि यो उहाँहरूले भन्नुभए जस्तै थियो ।
२५ अनि परमेश्वरहरूले पृथ्वीका जनावरहरूलाई तिनीहरूको जातअनुसार र गाईवस्तुहरूलाई तिनीहरूको जातअनुसार र पृथ्वीमा घस्रने सबै प्राणीहरूलाई तिनीहरूको जातअनुसार उत्पादन गर्न पृथ्वीलाई व्यवस्थित गर्नुभयो; अनि परमेश्वरहरूले हेर्नुभयो तिनीहरूले पालना गर्ने छन् ।
२६ अनि परमेश्वरहरूले एकआपसमा परामर्श गर्नुभयो र भन्नुभयो: हामी तल जाऔँ र मानिसलाई हाम्रो स्वरूपमा, हाम्रो प्रतिरूपमा बनाऔँ; अनि हामी तिनीहरूलाई समुद्रका माछाहरू र हावाका पक्षीहरू, गाईवस्तुहरू र सारा पृथ्वीमा अनि पृथ्वीमा घस्रने सबै घस्रने प्राणीहरूमाथि प्रभुत्व दिने छौँ ।
२७ अतः परमेश्वरहरू मानिसलाई आफ्नै स्वरूपमा सङ्गठित गर्न तल जानुभयो, परमेश्वरहरूको स्वरूपमा उहाँहरूले उसलाई बनाउन, पुरुष र नारी उहाँहरूले तिनीहरूलाई बनाउनका लागि ।
२८ अनि परमेश्वरहरूले भन्नुभयो: हामी तिनीहरूलाई आशीर्वाद दिने छौँ । अनि परमेश्वरहरूले भन्नुभयो: हामी तिनीहरूलाई उर्वर हुन र वृद्धि गर्न लगाउने छौँ र पृथ्वीलाई भर्न लगाउने छौँ र यसलाई वशमा पार्न लगाउने छौँ र समुद्रका माछाहरू र हावाका पक्षीहरू र पृथ्वीमा चल्ने हरेक जीवित प्राणीहरूमाथि आधिपत्य जमाउन दिने छौँ ।
२९ अनि परमेश्वरहरूले भन्नुभयो: हेर, हामी तिनीहरूलाई बिरुवाहरू उमार्ने हरेक बिउ दिने छौँ जुन सारा पृथ्वीको सतहमा आउने छ अनि प्रत्येक वृक्ष जसमा फल हुने छ; हो, वृक्ष उमार्ने बिउको फल तिनीहरूलाई हामी दिने छौँ; यो तिनीहरूका खाना हुने छ ।
३० अनि पृथ्वीका हरेक जनावर, हावाका हरेक पक्षी र पृथ्वीमा घस्रने सबै प्राणीलाई, हेर, हामी तिनीहरूलाई जीवन दिने छौँ, अनि त्यहाँ फलका लागि हामी हरेक हरियो बिरुवा तिनीहरूलाई दिने छौँ, अनि यी सबै विषयवस्तुहरू यसरी व्यवस्थित गरिने छ ।
३१ अनि परमेश्वरहरूले भन्नुभयो: हामीले भनेका सबै विषयहरू हामी गर्ने छौँ र तिनीहरूलाई व्यवस्थित गर्ने छौँ; अनि हेर, तिनीहरू धेरै आज्ञाकारी हुने छन् । अनि यस्तो हुन गयो कि साँझदेखि बिहानसम्म उहाँहरूले यसलाई रात भन्नुभयो; अनि यस्तो हुन गयो कि बिहानदेखि साँझसम्म उहाँहरूले यसलाई दिन भन्नुभयो; अनि उहाँहरूले छैटौँ पटक गन्ती गर्नुभयो ।