धर्मशास्त्रहरू
प्रतिकृति २


अब्राहामको पुस्तकबाट एक प्रतिकृति ।

नं. २

प्रतिलिपि २

व्याख्या

चित्र १ कोलोब, पहिलो सृष्टिलाई सङ्केत गर्दै, सेलेस्टियल राज्य नजिकै वा परमेश्वरको निवासको नजिक । प्रशासनमा पहिलो, समय मापन सम्बन्धि अन्तिम । सेलेस्टियल राज्यको समयअनुसारको नाप, जुन सेलेस्टियल राज्यको समयले एक दिनलाई एक हातलाई जनाउँछ । कोलोबमा एक दिन यो पृथ्वीको नापअनुसार एक हजार वर्ष बराबर हुन्छ, जसलाई मिश्रीहरूले जाह-ओह-एह भन्छन् ।

चित्र २ कोलोबको छेउमा उभिन्छ, जसलाई मिश्रीहरू ओलिब्लिश भन्छन्, जुन सेलेस्टियल राज्य वा परमेश्वर बस्नुहुने स्थानको नजिकैको अर्को प्रमुख शासनको सृष्टि हो; शक्तिको साँचो पनि धारण गर्दै, अन्य ग्रहहरूसँग सम्बन्धित; जसरी परमेश्वरले अब्राहामलाई प्रकट गर्नुभयो, जब उनले परमप्रभुका लागि बनाएको वेदीमा बलिदान अर्पण गरे ।

चित्र ३ शक्ति र अधिकारको वस्त्र पहिरिएर र उहाँको सिंहासनमा विराजमान, परमेश्वरको प्रतिनिधित्व गर्न बनाइएको छ; उनको शिरमा अनन्त प्रकाशको मुकुटको साथ; अदनको बगैँचामा आदमलाई प्रकट गरिएको, जसरी शेत, नोआ, मल्कीसेदेक, अब्राहाम र सबै जसलाई पनि पादरित्व प्रकट गरिएको थियो, पवित्र पादरित्वका महान् विशेष शब्दहरू पनि प्रतिनिधित्व गर्दै ।

चित्र ४ हिब्रू शब्द राउकीयान्गको जवाफमा, आकाशमण्डल अथवा स्वर्गको आकाशलाई जनाउने; एक हजारलाई जनाउँदै मिश्री भाषामा एक सङ्ख्यात्मक आकृति पनि; ओलिब्लिशको समयको मापनको जवाफ दिँदै, जुन यसको परिक्रमा र समयको मापनमा कोलोबसँग बराबर छ ।

चित्र ५ मिश्री भाषामा एनिश-गो-अन-दोश भनिन्छ; यो शासित ग्रहहरूमध्ये एक पनि हो र मिश्रीहरूले यो सूर्य हो भनेका छन् र यसको प्रकाश कोलोबबाट काई-ए-वानराशको माध्यमबाट उधारो लिन्छन्, जुन ठूलो साँचो हो अथवा अर्को शब्दमा, शासित शक्ति, जसले पन्ध्र अन्य स्थिर ग्रह वा ताराहरू, साथै फ्लोइस वा चन्द्रमा, पृथ्वी र सूर्यलाई तिनीहरूको वार्षिक परिक्रमामा शासन गर्छ । यस ग्रहले क्ली-फ्लोस-इस्-एस् वा हा-को-काउ-बीमको माध्यमबाट आफ्नो शक्ति प्राप्त गर्छ, २२ र २३ अङ्कले प्रतिनिधित्व गरेको ताराहरू, कोलोबको परिक्रमाबाट प्रकाश प्राप्त गर्दै ।

चित्र ६ यस पृथ्वीलाई यसका चार दिशामा प्रतिनिधित्व गर्छ ।

चित्र ७ आफ्नो सिंहासनमा विराजमान हुनुहुने परमेश्वरको प्रतिनिधित्व गर्छ, स्वर्गमा पादरित्वका महान् विशेष शब्दहरू प्रकट गर्दै; जस्तै, ढुकुरका रूपमा अब्राहामलाई पवित्र आत्माको सङ्केत ।

चित्र ८ संसारसामु प्रकट गर्न नसकिने लेखहरू समावेश छन्; परन्तु परमेश्वरको पवित्र मन्दिरमा हुनु पर्छ ।

चित्र ९ वर्तमान समयमा प्रकट गरिनु हुँदैन ।

चित्र १० साथै ।

चित्र ११ साथै । यदि संसारले यी सङ्ख्याहरू पत्ता लगाउन सक्छ भने, त्यस्तै हुन अनुमति दिइयोस् । आमीन ।

चित्रहरू १२, १३, १४, १५, १६, १७, १८, १९, २० र २१ परमप्रभुको आफ्नै समयमा दिइने छ ।

माथिको अनुवाद त्यो हदसम्म दिइएको छ जुन हदसम्म हामीसँग वर्तमान समयमा दिने अधिकार छ ।