धर्मशास्त्रहरू
मोशा १


मोशाको पुस्तक
बाट छनोट

अगमवक्ता जोसेफ स्मिथलाई जुन १८३०–फेब्रूवरी १८३१ मा प्रकट भएको बाइबलको अनुवादबाट उद्धरण ।

अध्याय १

(जुन १८३०)

परमेश्वरले आफूलाई मोशासामु प्रकट गर्नुहुन्छ—मोशा रूपान्तरण हुन्छन्—उनले सैतानको सामना गर्छन्—मोशाले असङ्ख्य बासिन्दा भएका संसारहरू देख्छन्—असङ्ख्य संसारहरू पुत्रद्वारा सृष्टि गरिएका थिए—परमेश्वरको कार्य र महिमा मानिसको अमरत्व र अनन्त जीवन ल्याउनु हो ।

परमेश्वरका वचनहरू, जुन उहाँले मोशासामु बोल्नुभएको थियो जब मोशालाई अति नै उच्च पहाडमा लगिएका थियो,

अनि उनले परमेश्वरलाई आमनेसामने देखे र तिनले उहाँसँग वार्तालाप गरे र परमेश्वरको महिमा मोशामाथि थियो; त्यसकारण मोशा उहाँको उपस्थितिमा रहन सक्षम थिए ।

अनि परमेश्वरले मोशासँग वार्तालाप गर्नुभयो, यसो भन्दै: हेर, म सर्वशक्तिमान् परमप्रभु परमेश्वर हुँ र अन्तहीन मेरो नाम हो; किनकि म दिनहरूको प्रारम्भ वा वर्षहरूको अन्त्यबिना छु र के यो अन्तहीन छैन?

अनि, हेर, तिमी मेरा पुत्र हौ; यसकारण हेर र म तिमीलाई मेरा बाहुको कारीगरी देखाउने छु तर सबै होइन, किनकि मेरा कार्यहरू अन्तहीन छन् र मेरा वचनहरू पनि, किनकि तिनीहरूको कहिल्यै अन्त्य हुँदैन ।

यसकारण, कुनै पनि मानिसले मेरा सबै कार्यहरू देख्न सक्दैन, जबसम्म उसले मेरो सबै महिमा देख्छ; र कुनै पनि मानिसले मेरो सबै महिमा देख्न सक्छ भने, त्यसपछि पृथ्वीमा शरीरमा रहन सक्दैन ।

मोशा, मेरा पुत्र, मसँग तिम्रा लागि एउटा कार्य छ; र तिमी मेरा जन्माइएका एकमात्रको समानतामा छौ; र मेरा जन्माइएका एकमात्र नै मुक्तिदाता हुन् र हुने छन्, किनकि उनी अनुग्रह र सत्यले भरिपूर्ण छन्; तर मबाहेक त्यहाँ कोही परमेश्वर छैन र सबै विषयवस्तुहरू मसँगै छन्, किनकि म ती सबैका सम्बन्धमा जानकार छु ।

अनि अब, हेर, यो एउटा विषय म तिमीलाई देखाउँछु, मोशा, मेरा पुत्र, किनकि तिमी संसारमा छौ र अब म तिमीलाई यो देखाउँछु ।

अनि यस्तो हुन गयो कि मोशाले हेरे र संसारलाई देखे जसमा उनलाई सृष्टि गरिएको थियो; र मोशाले संसार र यसका सीमान्तहरू देखे र मानिसहरूका सबै छोराछोरीहरू जो सृष्टि गरिएका छन् र गरिएका थिए; त्यसैमा उनी धेरै अचम्मित र आश्चर्यचकित भए ।

अनि परमेश्वरको उपस्थिति मोशाबाट हट्यो, कि उहाँको महिमा मोशामाथि थिएन; अनि मोशालाई उनकै सामर्थ्यमा छोडियो । अनि जब उनलाई आफ्नै सामर्थ्यमा छोडियो, उनी जमिनमा ढले ।

१० अनि यस्तो हुन गयो कि मोशाले मानिसले जस्तै आफ्नो प्राकृतिक शक्ति पुन: प्राप्त गर्नुपूर्व समयको धेरै अन्तराल थियो; र उनले आफूस्वयम् लाई भने: अब, यस कारणले मलाई जानकारी भएको छ कि मानिस केही पनि होइन, जुन विषय मैले कहिल्यै विचार गरेको थिइनँ ।

११ अनि अब मेरा आफ्नै नयनले परमेश्वरलाई देखेका छन्; तर मेरा प्राकृतिक नयनले होइन, तर मेरा आत्मिक नयनहरूले, किनकि मेरा प्राकृतिक नयनहरूले देख्न सक्दैनथे; किनकि उहाँको उपस्थितिमा म सुक्नु र मर्नु पर्थ्यो; तर उहाँको महिमा ममाथि थियो; अनि मैले उहाँको मुहार देखेँ, किनकि म उहाँका अगाडि रूपान्तरित भएको थिएँ ।

१२ अनि यस्तो हुन गयो कि जब मोशाले यी शब्दहरू भनेका थिए, हेर, सैतानले उनलाई प्रलोभनमा पार्न आयो, यसो भन्दै: मोशा, मानिसका पुत्र, मलाई आराधना गर ।

१३ अनि यस्तो हुन गयो कि मोशाले शैतानलाई हेरे र भने: तँ को होस्? किनकि हेर्, म परमेश्वरको पुत्र हुँ, उहाँको एकमात्र पुत्रको समानतामा; र तेरो महिमा कहाँ छ कि मैले तँलाई आराधना गर्नु पर्छ?

१४ किनकि हेर, केवल उहाँको महिमा ममाथि नआउँदा सम्म म परमेश्वरलाई हेर्न सक्दिनथेँ र म उहाँका अगाडि रूपान्तरित भएको थिएँ । परन्तु म तँलाई प्राकृतिक मानिसका रूपमा हेर्न सक्छु । के निश्चय नै त्यस्तो होइन र?

१५ मेरा परमेश्वरको नाम धन्य होस्, किनकि उहाँको आत्मा मबाट सम्पूर्ण रूपमा हटेको छैन वा अन्यथा तेरो महिमा कहाँ छ, किनकि यो मेरा लागि अन्धकार छ? अनि म तँ र परमेश्वरका बीचमा फरक छुट्याउन सक्छु; किनकि परमेश्वरले मलाई भन्नुभयो: परमेश्वरको आराधना गर, किनकि तिमीले उहाँलाई मात्र सेवा गर्ने छौ ।

१६ सैतान, तँ यहाँबाट जा; मलाई धोका नदे; किनकि परमेश्वरले मलाई भन्नुभयो: तिमी मेरा जन्माइएका एक मात्रको समानतामा छौ ।

१७ अनि उहाँले मलाई आज्ञाहरू पनि दिनुभयो जब उहाँले मलाई जलिरहेको झाडीबाट बोलाउनुभयो, यसो भन्दै: मेरा जन्माइएका एकमात्रको नाममा परमेश्वरलाई पुकार र मलाई आराधना गर ।

१८ अनि पुनः मोशाले भने: म परमेश्वरलाई पुकार्न छोड्ने छैन, उहाँसँग सोधपुछ गर्न मसँग अन्य विषयहरू छन्: किनकि उहाँको महिमा ममाथि रहेको छ, त्यसैले म उहाँ र तेरो बीचमा न्याय गर्न सक्छु । यहाँबाट जा, सैतान ।

१९ अनि अब, जब मोशाले यी शब्दहरू बोलेका थिए, सैतान ठूलो स्वरमा चिच्यायो र जमिनमा हिंसात्मक तरिकामा बोल्यो र आज्ञा दियो, यसो भन्दै: म जन्माइएका एकमात्र हूँ, मलाई आराधना गर ।

२० अनि यस्तो हुन गयो कि मोशा अत्यन्तै डराउन सुरु गरे; र जब उनी डराउन सुरु गरे, उनले नरकको तीतोपन देखे । यद्यपि, परमेश्वरलाई पुकार्दै, उनले सामर्थ्य प्राप्त गरे र उनले आज्ञा दिए, यसो भन्दै: मबाट टाढा जा, सैतान, किनकि म यी एक मात्र परमेश्वरको आराधना गर्ने छु, जो महिमाको परमेश्वर हुनुहुन्छ ।

२१ अनि अब सैतान काँप्न थाल्यो र जमिन हल्लियो; र मोशाले शक्ति प्राप्त गरे र परमेश्वरलाई पुकार्दै यसो भने: जन्माइएका एकमात्रको नाममा, यहाँबाट टाढा जा, सैतान ।

२२ अनि यस्तो हुन गयो कि सैतान चर्को स्वरमा चिच्यायो, रुवाइ र चिच्याहट र दाह्रा कटाइसहित; अनि मोशाको उपस्थितिबाट ऊ त्यहाँबाट गयो, कि उनले त्यसलाई देखेनन् ।

२३ अनि अब मोशाले यस घटनाको अभिलेख राखे; तरपनि दुष्टताका कारणले मानिसका छोराछोरीहरूका माझ यो छैन ।

२४ अनि यस्तो हुन गयो कि जब सैतान मोशाको उपस्थितिबाट गइसकेको थियो, कि पवित्र आत्माले भरिएर मोशाले आफ्ना आँखा स्वर्गतिर उठाए, जसले पिता र पुत्रको गवाही दिन्छ;

२५ अनि परमेश्वरको नाम पुकार्दै, उनले पुन: उहाँको महिमा देखे, किनकि त्यो उनीमाथि थियो; अनि उनले एक वाणी सुने, यसो भन्दै: मोशा, तिमी धन्य छौ, किनकि म, सर्वशक्तिमान् ले तिमीलाई छनोट गरेको छु र तिमी धेरै पानी भन्दा मजबुत बनाइने छौ; किनकि तिनीहरूले तिमी परमेश्वर भए जस्तैगरी तिम्रो आज्ञा पालना गर्ने छन् ।

२६ अनि हेर, म तिम्रो साथमा छु, तिम्रा दिनहरूका अन्त्यसम्म पनि; किनकि तिमीले मेरा जनहरूलाई दासत्वबाट छुटकारा दिने छौ, जो छनोट गरिएका मेरा इस्राएल हुन् ।

२७ अनि यस्तो हुन गयो, जब त्यो वाणी अझै आइरहेको थियो, मोशाले आफ्नो दृष्टि निर्दिष्ट गरे र यस पृथ्वीलाई हेरे, हो, यी सबैलाई समेत; अनि त्यहाँ त्यसको कुनै कण थिएन जुन परमेश्वरको आत्माद्वारा पहिचान गरेर उनले देखेनन् ।

२८ अनि उनले त्यहाँका बासिन्दाहरूलाई पनि देखे र त्यहाँ कुनै पनि आत्मा थिएन जुन उनले देखेनन्; अनि उनले तिनीहरूलाई परमेश्वरको आत्माद्वारा पहिचान गरे; र तिनीहरूको सङ्ख्या धेरै थियो, समुद्रको किनारमा बालुवा जस्तै अनगिन्ती ।

२९ अनि तिनले धेरै भूमिहरू देखे; र प्रत्येक भूमिलाई जमिन भनिन्थ्यो र त्यसको सतहमा त्यहाँ बासिन्दाहरू थिए ।

३० अनि यस्तो हुन गयो कि मोशाले परमेश्वरलाई पुकारे, यसो भन्दै: मलाई भन्नुहोस्, म हजुरलाई प्रार्थना गर्छु, यी वस्तुहरू किन यस्ता छन् र हजुरले तिनीहरूलाई कुन माध्यमले बनाउनुभयो?

३१ अनि हेर, परमप्रभुको महिमा मोशामाथि थियो, ताकि मोशा परमेश्वरसामु खडा भए र उहाँसँग आमनेसामने वार्तालाप गरे । अनि परमप्रभु परमेश्वरले मोशालाई भन्नुभयो: मेरो आफ्नै उद्देश्यका लागि मैले यी वस्तुहरू सृष्टि गरेको छु । यहाँ ज्ञान छ र यो ममा नै रहिरहन्छ ।

३२ अनि मेरो शक्तिका वचनद्वारा, मैले तिनीहरूलाई सृष्टि गरेको छु, जुन मेरा जन्माइएका एकमात्र पुत्र हुन्, जो अनुग्रह र सत्यले भरिपूर्ण छन् ।

३३ अनि गन्तीबिनाको संसारको मैले सृष्टि गरेको छु; र मैले तिनीहरूलाई मेरो आफ्नै उद्देश्यका लागि पनि सृष्टि गरेँ; र पुत्रद्वारा मैले तिनीहरूलाई सृष्टि गरेँ, जुन मेरा जन्माइएका एकमात्र हुन् ।

३४ अनि मैले सबै मानिसहरूका प्रथम मानिसलाई आदम भनेको छु, जुन धेरै छ ।

३५ परन्तु यस पृथ्वी र त्यहाँका बासिन्दाहरूको विवरण मात्र म तिमीलाई दिन्छु । किनकि हेर, त्यहाँ धेरै संसारहरू छन् जुन मेरो शक्तिका वचनद्वारा अस्तित्वमा छैनन् । अनि त्यहाँ धेरै छन् जो अहिले खडा छन् र तिनीहरू मानिससामु अनगिन्ती छन्; तर सबै वस्तुहरू मैले गणना गरेको छु, किनकि ती मेरा हुन् र म तिनीहरूलाई चिन्छु ।

३६ अनि यस्तो हुन गयो कि मोशाले परमप्रभुसँग वार्तालाप गरे, यसो भन्दै: हे परमेश्वर, हजुरको सेवक प्रति दयालु हुनुहोस् र मलाई यस पृथ्वी र यसका बासिन्दाहरू र स्वर्गका सम्बन्धमा पनि बताउनुहोस् र त्यसपछि हजुरको सेवक सन्तुष्ट हुने छ ।

३७ अनि परमप्रभु परमेश्वरले मोशासँग बोल्नुभयो, यसो भन्दै: स्वर्गहरू, तिनीहरू धेरै छन् र तिनीहरूको मानिसले गणना गर्न सक्दैन; तर तिनीहरू मैले गणना गर्न सक्छु, किनकि तिनीहरू मेरा हुन् ।

३८ अनि जसरी एउटा पृथ्वी बितेर जाने छ र त्यसका स्वर्गहरू सोहीअनुसार त्यसै गरी अर्को आउने छ; र मेरो कार्यको कुनै अन्त छैन, न मेरा वचनहरूको ।

३९ किनकि हेर, यो मेरो कार्य र मेरो महिमा हो—मानिसको अमरत्व र अनन्त जीवन ल्याउनका लागि ।

४० अनि अब, मोशा, मेरा पुत्र, म तिमीसँग यस पृथ्वीका सम्बन्धमा बोल्ने छु जसमा तिमी खडा छौ; अनि तिमीले ती विषयहरू लेख्ने छौ जुन मैले बोल्ने छु ।

४१ अनि कुनै दिन जब मानिसहरूका छोराछोरीहरूले मेरा वचनहरूलाई शून्यका रूपमा मूल्याङ्कन गर्ने छन् र तिमीले लेख्ने पुस्तकबाट धेरै हटाउने छन्, हेर, म तिमीजस्तै अर्कोलाई खडा गर्ने छु; र तिनीहरू पुनः मानिसहरूका छोराछोरीहरू माझ हुने छन्—विश्वास गर्नेहरू जति सबैका माझमा ।

४२ (यी वचनहरू पर्वतमा मोशासँग बोलिएका थिए, जसको नाम मानिसहरूका छोराछोरीहरू माझ चिनिने छैन । अनि अब तिनीहरू तिमीलाई भनिएका छन् । तिनीहरूलाई विश्वास गर्नेहरू बाहेक अरू कसैलाई नदेखाऊ । तसर्थ यस्तै हुने छ । आमिन ।)