धर्मशास्त्रहरू
मोशा ८


अध्याय ८

(फेब्रूवरी १८३१)

मेथुसेलहले अगमवाणी गर्छन्—नोआ र तिनका छोराहरूले सुसमाचार प्रचार गर्छन्—भयानक दुष्टता प्रबल देखिन्छ—पश्चात्तापको आह्वानलाई बेवास्ता गरिएको छ—परमेश्वरले जलप्रलयद्वारा सबै जीवित प्राणीहरूको विनाशको उर्दी जारी गर्नुहुन्छ ।

अनि हनोकका सबै दिनहरू चार सय तीस वर्ष थिए ।

अनि यस्तो हुन गयो कि हनोकका छोरा मेथुसेलहलाई लिइएन, ताकि परमप्रभुका करारहरू पूरा हुन सक्ने छन्, जुन उहाँले हनोकलाई दिनुभएको थियो; किनकि उहाँले हनोकसँग वास्तवमा नै प्रतिज्ञा गर्नुभएको थियो कि नोआ उनको सन्तति हुनु पर्छ ।

अनि यस्तो हुन गयो कि मेथुसेलहले भविष्यवाणी गरे कि उनका सन्ततिबाट पृथ्वीका सबै राज्यहरू (नोआ मार्फत) वंशक्रम आउनु पर्छ र उनले आफूस्वयम् मा महिमा लिए ।

अनि त्यस भूमिमा ठूलो अनिकाल आयो र परमप्रभुले पृथ्वीलाई कष्टदायक श्रापले श्रापित गर्नुभयो र त्यहाँका धेरै बासिन्दाहरूको मृत्यु भयो ।

अनि यस्तो हुन गयो कि मेथुसेलह एक सय सतासी वर्ष जिए र लेमेखलाई जन्माए;

अनि लेमेख जन्मेपछि मेथुसेलह सात सय बयासी वर्ष जिए र तिनले छोरा-छोरीहरू जन्माए;

अनि मेथुसेलहका सबै दिनहरू नौ सय उनानसत्तरी वर्षका थिए र तिनको मृत्यु भयो ।

अनि लेमेक एक सय बयासी वर्ष जिए र तिनले एउटा छोरा जन्माए,

अनि उनले तिनको नाम नोआ राखे, यसो भन्दै: यस छोराले हामीलाई हाम्रो कार्य र हाम्रा हातको कठिन परिश्रमका सम्बन्धमा सान्त्वना दिने छ, किनभने त्यो भूमिका कारण जसलाई परमप्रभुले श्राप दिनुभएको छ ।

१० अनि नोआलाई जन्म दिएपछि लेमेख पाँच सय पन्चान्नब्बे वर्ष जिए र तिनले छोरा-छोरीहरू जन्माए;

११ अनि लेमेखका सबै दिन सात सय सतहत्त वर्ष थिए र तिनको मृत्यु भयो ।

१२ नोआ चार सय पचास वर्षका थिए र तिनले येपेतलाई जन्माए; र बयालीस वर्षपछि तिनले शेमलाई जन्माए जो येपेतकी आमा थिईन् र जब उनी पाँच सय वर्षका थिए उनले हामलाई जन्माए ।

१३ अनि नोआ र तिनका छोराहरूले परमप्रभुलाई सुने र कान थापे र तिनीहरूलाई परमेश्वरका छोराहरू भनियो ।

१४ अनि जब यी मानिसहरूले पृथ्वीको सतहमा वृद्धि गर्न प्रारम्भ गरे र तिनीहरूका छोरीहरू जन्मिए, मानिसहरूका छोराहरूले देखे कि ती छोरीहरू सुन्दर थिए र उनीहरूले तिनीहरूलाई आफूहरूले छनोट गरेर पत्नीहरूका रूपमा लिए ।

१५ अनि परमप्रभुले नोआलाई भन्नुभयो: तिम्रा छोराहरूका छोरीहरूले तिनीहरूस्वयम् लाई बेचेका छन्; किनकि हेर, मानिसका सन्ततिहरूमाथि मेरो क्रोध उठेको छ, किनकि तिनीहरूले मेरो वाणी सुन्ने छैनन् ।

१६ अनि यस्तो हुन गयो कि नोआले अगमवाणी गरे र परमेश्वरका गवाहीहरू सिकाए, जस्तै यो प्रारम्भमा गरिएको थियो ।

१७ अनि परमप्रभुले नोआलाई भन्नुभयो: मेरो आत्माले सदैव मानिसलाई प्रभाव पार्न प्रयत्न गर्ने छैन, किनकि उसलाई जानकारी हुने छ कि सबै प्राणी मर्ने छन्; तर उसका दिनहरू एक सय बीस वर्षहरू हुने छन्; र यदि मानिसहरूले पश्चात्ताप गरेनन् भने, म तिनीहरूमाथि बाढीहरू पठाउने छु ।

१८ अनि ती दिनहरूमा पृथ्वीमा दैत्यहरू थिए र तिनीहरूले नोआलाई उनको जीवन लिन खोजे; परन्तु परमप्रभु नोआसँग हुनुहुन्थ्यो र परमप्रभुको शक्ति उनीमाथि थियो ।

१९ अनि परमप्रभुले नोआलाई उहाँको रीतअनुसार नियुक्त गर्नुभयो र उनलाई आज्ञा दिनुभयो कि उनले अगाडि जानु पर्छ र मानिसका छोराछोरीहरूलाई उहाँको सुसमाचार घोषणा गर्नु पर्छ, जसरी यो हनोकलाई दिइएको थियो ।

२० अनि यस्तो हुन गयो कि नोआले मानिसहरूका छोराछोरीहरूलाई तिनीहरूले पश्चात्ताप गर्नु पर्छ भने; तर तिनीहरूले उनका सन्देशहरू सुनेनन्;

२१ अनि साथै, तिनीहरूले उहाँलाई सुने पछि, तिनीहरू उहाँका अगाडि आए, यसो भन्दै: हेर, हामी परमेश्वरका पुत्रहरू हौँ; के हामीले मानिसहरूका छोरीहरूलाई आफूमा लिएका छैनौँ? अनि के हामी खाने र पिउने र विवाह गर्ने र विवाहमा दिने गरिरहेका छैनौँ र? अनि हाम्रा पत्नीहरूले हाम्रा लागि छोराछोरीहरू जन्माउँछन् र तिनीहरू नै शक्तिशाली पुरुषहरू हुन्, जो पुराना मानिसहरूजस्तै, महान् प्रसिद्धि प्राप्त मानिसहरू हुन् । अनि तिनीहरूले नोआका वचनहरू सुनेनन् ।

२२ अनि परमेश्वरले देख्नुभयो किपृथ्वीमा मानिसहरूको दुष्टता तीव्र भएको थियो; र केवल निरन्तर दुष्ट भएर, हरेक मानिस आफ्नो हृदयका विचारहरूको कल्पनामा उचालियो ।

२३ अनि यस्तो हुन गयो कि नोआले ती जनहरूमा आफ्नो प्रवचन जारी राखे, यसो भन्दै: सुन र मेरा वचनहरूमा कान थाप;

२४ विश्वास गर र आफ्ना पापहरूको पश्चात्ताप गर र हाम्रा पिता-पुर्खाहरूजस्तै, परमेश्वरका पुत्र येशू ख्रीष्टका नाममा बप्तिस्मा लिय र तिमीहरूले पवित्र आत्मा प्राप्त गर्ने छौ, ताकि तिमीहरूलाई सबै विषयवस्तुहरू प्रकट गर्न सकिन्छ; र यदि तिमीहरूले यसो गरेनौ भने बाढीहरू तिमीहरूमाथि आउने छन्; यद्यपि तिनीहरूले सुनेनन् ।

२५ अनि यसले नोआ पछुताए र उनको हृदय दुःखित भयो कि परमप्रभुले पृथ्वीमा मानिसलाई बनाउनुभएको थियो र यसले उनलाई हृदयमा विच्छिप्त बनायो ।

२६ अनि परमप्रभुले भन्नुभयो: मैले सृष्टि गरेको मानिसलाई, मानिस र पशु दुबै र घस्रने प्राणीहरू र हावाका चराहरूलाई म पृथ्वीको सतहबाट नष्ट गर्ने छु; किनकि तिनीहरूलाई मैले सृष्टि गरेको हुँ र मैले तिनीहरूलाई सिर्जना गरेको हुँ भनेर नोआ पछुताउँछन्; र उनले मलाई अनुरोध गरेको छ; किनकि तिनीहरूले उनको जीवन लिन खोजेका छन् ।

२७ अनि यसरी नोआले परमप्रभुको दृष्टिमा अनुग्रह प्राप्त गरे; किनभने नोआ एक न्यायी मानिस थिए र आफ्नो समयावधिमा परिपूर्ण थिए; र परमेश्वरको आज्ञा पालना गरे, तिनका तीन छोराहरू शेम, हाम र येपेतले पनि त्यसै गरे ।

२८ पृथ्वी परमेश्वरसामु भ्रष्ट थियो र यो हिंसाले भरिएको थियो ।

२९ अनि परमेश्वरले पृथ्वीमा हेर्नुभयो र हेर, यो भ्रष्ट थियो, किनकि सबै प्राणीले पृथ्वीमा आफ्नो बाटो भ्रष्ट पारेको थियो ।

३० अनि परमेश्वरले नोआलाई भन्नुभयो: मेरासामु सबै प्राणीको अन्त्य हुने समय आएको छ, किनकि पृथ्वी हिंसाले भरिएको छ अनि हेर म पृथ्वीबाट सबै प्राणीलाई नष्ट गर्ने छु ।