“येशूले बप्तिस्मा लिनुभयो” साथी, फेब्रुवरी २०२१
मासिक साथी सन्देश, फेब्रुवरी २०२१
येशूले बप्तिस्मा लिनुभयो
बप्तिस्मा दिने युहन्ना एउटा महान अगमवक्ता हुनुहुन्थ्यो । उहाँले हामीलाई प्रायश्चित्त गर्ने र बप्तिस्मा लिने शिक्षा दिनुभयो ।
एक दिन युहन्ना यर्दन नदीमा मानिसहरूलाई बप्तिस्मा दिँदै थिए । येशू आउनुभयो र युहन्नासँग आफूलाई बप्तिस्मा दिने आग्रह गर्नुभयो । युहन्नालाई येशूमा कुनै पनि पाप छैन भन्ने कुरा थाहा थियो । त्यसोभए येशूले किन बप्तिस्मा लिनुभयो त ?
येशूले भन्नुभयो, उहाँले सबै आज्ञाहरूको पालना गर्नु आवश्य छ । बप्तिस्मा लिनु एउटा आज्ञा हो ।
युहन्नाले येशूलाई बप्तिस्मा दिएपछि, पवित्र आत्मा त्यहाँ थियो भनेर देखाउन एउटा ढुकुर आयो । स्वर्गबाट स्वर्गमा रहनुहुने पिताको आवाज आयो, उहाँले भन्नुभयो “यी मेरा प्यारा पुत्र हुन् , जसप्रति म धेरै खुसी छु” (मात्ति ३:१७) ।
हामी आज्ञाहरूको पालना गर्न र येशूले जस्तै गरी बप्तिस्मा लिने छनौट गर्न सक्छौँ । त्यसपछि हामी प्रमाणित हुनेछौँ र हामीसँग पवित्र आत्माको उपहार पनि हुनेछ ।
© 2021 by Intellectual Reserve, Inc. All rights reserved. संयुक्त राज्य अमेरिकामा मुद्रित अङ्ग्रेजी अनुमोदन: ६/१९। अनुवाद अनुमोदन: ६/१९। मासिक साथी सन्देश, जनवरी २०२१ को अनुवाद । भाषा । 17464 000