२०२१
येशूले बप्तिस्मा लिनुभयो
फेब्रुवरी २०२१


“येशूले बप्तिस्मा लिनुभयो” साथी, फेब्रुवरी २०२१

मासिक साथी सन्देश, फेब्रुवरी २०२१

येशूले बप्तिस्मा लिनुभयो

छवि
बप्तिस्मा दिने युहन्नाको शिक्षण

अप्रिल स्कटद्वारा चित्रण

बप्तिस्मा दिने युहन्ना एउटा महान अगमवक्ता हुनुहुन्थ्यो । उहाँले हामीलाई प्रायश्चित्त गर्ने र बप्तिस्मा लिने शिक्षा दिनुभयो ।

छवि
बप्तिस्मा दिने युहन्ना बप्तिस्मा दिँदै

एक दिन युहन्ना यर्दन नदीमा मानिसहरूलाई बप्तिस्मा दिँदै थिए । येशू आउनुभयो र युहन्नासँग आफूलाई बप्तिस्मा दिने आग्रह गर्नुभयो । युहन्नालाई येशूमा कुनै पनि पाप छैन भन्ने कुरा थाहा थियो । त्यसोभए येशूले किन बप्तिस्मा लिनुभयो त ?

छवि
येशू ख्रीष्ट

येशूले भन्नुभयो, उहाँले सबै आज्ञाहरूको पालना गर्नु आवश्य छ । बप्तिस्मा लिनु एउटा आज्ञा हो ।

छवि
बप्तिस्मा दिने युहन्ना येशूलाई बप्तिस्मा दिँदै

युहन्नाले येशूलाई बप्तिस्मा दिएपछि, पवित्र आत्मा त्यहाँ थियो भनेर देखाउन एउटा ढुकुर आयो । स्वर्गबाट स्वर्गमा रहनुहुने पिताको आवाज आयो, उहाँले भन्नुभयो “यी मेरा प्यारा पुत्र हुन् , जसप्रति म धेरै खुसी छु” (मात्ति ३:१७) ।

छवि
बप्तिस्मामा सहभागी पिता र पुत्री

हामी आज्ञाहरूको पालना गर्न र येशूले जस्तै गरी बप्तिस्मा लिने छनौट गर्न सक्छौँ । त्यसपछि हामी प्रमाणित हुनेछौँ र हामीसँग पवित्र आत्माको उपहार पनि हुनेछ ।

रङभर्ने पाना

म मेरो शरीरप्रति आभारी छु

छवि
रङभर्ने पाना

प्रिन्ट गर्नुहोस्