“म येशूलाई पछ्याउन चाहन्छु,”साथी, मार्च २०२१
येशूका कथाहरु
म येशूलाई पछ्याउन चाहन्छु
एक दिन येशू एउटा डुंगामा चड्नुभयो। उहाँले माझीहरुलाई पानीमा जान भन्नुभयो। उहाँ डुंगामा उभिनुभयो र किनारमा भएका मानिसका भिडलाई सिकाउनुभयो।
त्यस पछि येशूले पत्रुस नामक एक माझीलाई आफ्नो जाल पानिमा फाल्न भन्नुभयो । पत्रुसले भन्नुभयो कि उहाँले दिनभर कुनै माछा नसमातेको तर उहाँले फेरी प्रयाश गर्ने बताउनुभयो। यस पटक, पत्रुसले दुईवटा डुंगा भर्न मिल्ने प्रयाप्त माछा समाते !
येशूले माझीहरुलाई उनीहरुका डुंगाहरु छोडेर आफ्नो पछि लाग्न भन्नुभयो। उहाँले तिनीहरु आफ्ना शिष्यहरु बनेको चाहनुभएको थियो ।
“येशूका शिष्यहरुले उहाँले स्वर्गमा रहनुहुने पिताका बारेमा सिकाउदा सुने । उनीहरुले येशूले बिरामीलाई चंगाई पारेको र अरुलाई माया गरेको हेरे । येशूको मृत्यु पछि, शिष्यहरुले त्यही गरे जुन उनीहरुले येशूले गरेको देखेका थिए। उनीहरुले सिकाए, चंगाई गरे र माया गरे ।
मैले आफुले गरेको र भनेको कुराले अरुलाई येशूका बारेमा सिकाउन सक्छु। मैले अरुको चोट लागेका भावनालाई दयाले चंगाई गर्न सक्छु। मैले बिरामी वा गरिब मान्छेहरुको स्याहार गरि सहयोग गर्न सक्छु। मैले येशू जस्तै, माया देखाउन सक्छु ।
© 2021 by Intellectual Reserve, Inc. All rights reserved. संयुक्त राज्य अमेरिकामा मुद्रित अङ्ग्रेजी अनुमोदन: ६/१९। अनुवाद अनुमोदन: ६/१९। Monthly Friend Message, March, 2021 को अनुवाद। Nepali. 17466 372