२०२१
इस्टरको कथा
अप्रिल २०२१


“इस्टरको कथा,” साथी, अप्रिल २०२१

मासिक साथी सन्देश, अप्रिल २०२१

इस्टरको कथा

छवि
येशूले प्रेरितहरूको गोडा धुनुभयो

अप्रिल स्टट्द्वारा चित्रण

येशू आफ्ना साथीहरूलाई माया गर्नुहुन्थ्यो। उहाँले तिनीहरूको गोडा धुनुभयो तब उहाँले तिनीहरूलाई प्रभुभोज दिनुभयो। उहाँले तिनीहरूलाई परमप्रभुलाई सम्झिन भन्नुभयो। उहाँले तिनीहरूलाई एकअर्कालाई माया गर्न भन्नुभयो।

छवि
गेत्समनी प्रार्थना गर्दै येशू

पछि, येशू बगैँचामा जानुभयो। उहाँले हामी सबैका लागि प्रार्थना गर्नुभयो। उहाँले हाम्रो बिरामी अवस्थाको पीडा महसुस गर्नुभयो। उहाँले हाम्रा पानहरूको पीडा महसुस गर्नुभयो।

छवि
चिहानमा सुतिरहेको येशूको शरीर

क्रोधित मानिसहरूले येशूलाई लिएर गए। तिनीहरूले उहाँलाई चोट पुर्याए। हाम्रा लागि उहाँ क्रसमा मर्नुभयो। उहाँका साथीहरूले उहाँको शरीर समाधिमा राखे।

छवि
महिलाहहरूलाई येशू पूनरुत्थान हुनुभएको घोषणा गर्दै स्वर्गदूत

तीन दिनपछि, उहाँका साथीहरू फिर्ता आए। उक्त समाधि खाली थियो ! स्वर्गदूतहरू भने, “उहाँ उठ्नुभयो।” येशू पूनर्जीवित हुनुभयो ! येशूका कारण, हामी सबै मरेपछि पनि फेरी जिउनेछौँ।

छवि
चर्चमा बालबालिकाहरू

येशूले मलाई माया गर्नुहुन्छ। उहाँलाई सम्झेर म इस्टरलाई विशेष बनाउन चाहन्छु।

रङ भर्ने पाना

इस्टर येशूको बारेमा हो

छवि
येशू ख्रीष्ट

प्रिन्ट गर्नुहोस्