२०२१
येशूले हामीलाई प्रभूभोज दिनुभयो ।
जुन २०२१


“येशूले हामीलाई प्रभूभोज दिनुभयो,” साथी, जुन २०२१

मासिक साथी सन्देश, जुन २०२१

येशूले हामीलाई प्रभूभोज दिनुभयो ।

लुका २२–२४

छवि
अन्तिम भोज

अप्रिल स्टट्द्वारा चित्रण

पृथ्वीमा उहाँको समय लगभग सकिदैछ भनेर येशूलाई थाहा थियो । उहाँले आफ्ना प्रेरितहरुलाई अन्तिम भोजका लागि जम्मा गर्नुभयो। उहाँले उनीहरुलाई प्रभुभोज दिनुभयो अनि उनीहरुलाई सधैं उहाँलाई सम्झिन भन्नुभयो।

छवि
येशू गेत्समनीको बगैचामाग।

येशू एउटा बगैचामा प्रार्थना गर्न जानुभयो। उहाँले हरेक व्यक्तिको जीवनका सबै पापहरु र दुखका कुराहरुका लागि चोट लिनुभयो। त्यसपछि उहाँले क्रूसमा मृत्यु वरण गर्नुभयो र चिहानमा दफनाइयो।

छवि
महिलाहरु येशूको चिहानमा जाँदै

येशूको मृत्यु पछिको आइतबार बिहान, केही महिलाहरु चिहानमा आए । ढोकाको पत्थर हटाइएको थियो, र चिहान खाली थियो ! येशू कहाँ हुनुहुन्थ्यो ?

छवि
येशू मरियम मग्दलिनीसँग कुरा गर्दै

उहाँ पून: जीवित हुनुभएको थियो ! मरियम मग्दलिनीले येशूलाई देख्नुभयो। उहाँ आफ्ना प्रेरितहरुलाई भेट्न जानुभयो ताकि उहाँ स्वर्गमा फिर्ता गएपछि उनीहरु सुसमाचारको प्रचार गर्न तयार हुन्।

छवि
परिवारले प्रभुभोज ग्रहण गर्दै

जब म प्रभूभोज लिन्छु, मैले येशूलाई सम्झन्छु। म सम्झन्छु कि उहाँ मेरा लागि जिउनुभयो, मर्नुभयो र पुनरुत्थान हुनुभयो।

रङभर्ने पाना

मेरो परिवार विशेष छ

छवि
खाना खाने टेबलमा परिवार

प्रिन्ट गर्नुहोस्