२०२१
पावलका पत्रहरू
सेप्टेम्वर २०२१


“पावलका पत्रहरू,”साना उमेरका पाठकहरूका लागि नयाँ करारका कथाहरू, २०१९

“पावालका पत्रहरू“

मासिक साथी सन्देश, सेप्टेम्वर २०२१

पावलका पत्रहरू

१ कोरिन्थी १ गलाती १

येशू स्वर्गमा फर्केपछि प्रेरित पावलले चर्चको नेतृत्व गर्न सहयोग गरे। त्यतिबेला, कुनै टेलिफोन वा इन्टरनेट थिएन। त्यसैले पावलले चर्चका सदस्यहरूलाई पत्र लेखे।

छवि
महिला पत्र पढ्दै

पावलले कोरिन्थ सहरका मानिसहरूलाई लेखे। उनले तिनीहरूलाई अरूहरूलाई क्षमा दिन भने। उनले तिनीहरूलाई धैर्यधारण गर्न भने। उनले येशूका बारेमा लेखे।

छवि
पुरुष पत्र पढ्दै

पावलले गलातिया भनिने ठाउँका मानिसहरूलाई लेखे। उनले तिनीहरूलाई आफ्ना छिमेकीलाई प्रेम गर्न भने। आत्मा कस्तो महसुसहुन्छ भनेर उनले तिनीहरूलाई बताए।

छवि
बालक पुस्तक पढ्दै

पावलका पत्रहरू यति महत्त्वपूर्ण थिए कि ती बाइबलका अंश बने। तपाईं तिनलाई नयाँ करारमा पढ्न सक्नुहुन्छ।

छवि
बालबालिकाहरू साधारण सम्मेलन हेर्दै

म पावलको शिक्षाबाट सिक्न सक्छु। अगमवक्ता र प्रेरितहरूले आज सिकाएका कुरा म सुन्नेछु !

रङभर्ने पाना

मलाई बाइवल मन पर्छ!

छवि
बालक बुबासँग बाइवल पढ्दै

डाउनलोड गर्न चित्रमा क्लिक गर्नुहोस्।

अप्रिल स्कटद्वारा चित्रण

प्रिन्ट गर्नुहोस्