२०२१
पावलका सुसमाचार प्रचारका यात्राहरू
अक्टोवर २०२१


“पावलका सुसमाचार प्रचारका यात्राहरू,” साथी, अक्टोवर २०२१

“पावलका सुसमाचार प्रचारका यात्राहरू”

मासिक साथी सन्देश, सेप्टेम्वर २०२१

पावलका सुसमाचार प्रचारका यात्राहरू

फिलिप्पी ४

प्रेरित पावलले येशूका बारेमा मानिसहरूलाई सिकाउन विभिन्न देशहरूमा यात्रा गर्नुभयो। त्यति बेला कुनै कारहरू वा हवाई जहाजहरू थिएनन्, त्यसैले उहाँ धेरै हिँड्नुभयो! कहिलेकाहीँ उहाँले पानीजहाजबाट यात्रा गर्नुभयो।

छवि
पावल शहरको सडकमा मानिसहरूलाई सिकाउँदै

पावलले चर्च र घरहरूमा मानिसहरूलाई सिकाउनुभयो। उहाँले चट्टानी पहाडहरू र शहरको सडकहरूमा मानिसहरूलाई सिकाउनुभयो।

छवि
पावल जेलको भित्रबाट एउटा चरालाई हेर्दै

धेरै मानिसहरूलाई पावलले सिकाएको कुरा मन परेन। कहिलेकाहीं पावललाई जेल पठाइयो। कहिलेकाहीँ पावल बिरामी पर्नुभयो ।

छवि
पावल एक बाटोमा तल हिड्दै

तर यी सबै कठीन समयहरूमा, पावलमा आस्था थियो। उहाँले भन्नुभयो, “म ख्रीष्टको माध्यमबाट सबै कुरा गर्न सक्छु।” उसलाई थाहा थियो कि येशूले उसलाई बलियो हुन सहयोग गर्नुहुन्छ।

छवि
अभिभावकहरूले एक केटीलाई साइकल चलाउन सहयोग गर्दै

येशू ख्रीष्टले मलाई पनि बलियो हुन सहयोग गर्न सक्नुहुन्छ। उहाँ मलाई माया गर्नुहुन्छ, र म उहाँलाई माया गर्छु!

रङभर्ने पाना

येशूले कठिन काम गर्न मलाई सहयोग गर्न सक्नुहुन्छ

छवि
बाहिर एक तूफान आइरहँदा बालक प्रार्थना गर्दै

डाउनलोड गर्न चित्रमा क्लिक गर्नुहोस्।

अप्रिल स्कटद्वारा चित्रण

प्रिन्ट गर्नुहोस्