२०२१
सोध्न अनि कार्य गर्नका लागि आस्था
नोभेम्वर २०२१


“सोध्न अनि कार्य गर्नका लागि आस्था,” लियाहोना, नोभे. २०२२

मासिक लियाहोना सन्देश, नोभेम्वर २०२१

सोध्न अनि कार्य गर्नका लागि आस्था

उद्धरणहरू

छवि
मानिस प्रार्थना गर्दै

आदम र हव्वाको दिनदेखि परमेश्वरबाट प्रकाश प्राप्त गर्ने तरिका परिवर्तन भएको छैन। सुरुदेखि आजका दिनसम्म परमप्रभुका बोलावट गरिएका सबै सेवकहरूको हकमा यो समान छ। यो यो तपाईं र म दुबैका लागि उस्तै हो। यो सधैँ आस्थाको अभ्यासद्वारा गरिन्छ।

… तपाईंसँग प्रश्नहरू छन् जसका लागि तपाईंले जवाफ खोज्नुहुन्छ। तपाईंले उहाँका सेवकहरू मार्फत परमप्रभुबाट जवाफहरू प्राप्त गर्नुहुनेछ भनी आशा गर्न तपाईंसँग कम्तिमा पनि पर्याप्त आस्था छ। तपाईंलाई वक्ताहरूबाट जवाफ प्राप्त गर्नका लागि ठूलो स्वरमा सोध्ने मौका मिल्ने छैन, तरपनि तपाईंले आफ्ना प्रिय पितालाई प्रार्थनामा सोध्न सक्नुहुन्छ।

मलाई अनुभवबाट थाहा छ कि जवाफहरू तपाईंका आवश्यकताहरू र तपाईंको आध्यात्मिक तयारीसँग उपयुक्त हुनेगरी आउँछ। …

यदि येशू ख्रीष्टमा तपाईंको आस्थाले उहाँको प्रायश्चित्तको प्रभावबाट हृदयलाई कोमल बनाइदिएको छ भने, तपाईंले आफ्नो प्रार्थनाको जवाफमा आत्माको मसिनो आवाजहरू महसुस गर्न सक्षम हुनुहुनेछ। …

जसरी येशू ख्रीष्टमा हाम्रो आस्थाले हामीलाई पितासँग जवाफहरू सोध्न प्रेरित गर्नेछ, त्यही आस्थाले हामीलाई उहाँको निर्देशन सुन्न र पालन गर्न कटिबद्ध र उत्साहित हुनका लागि मुक्तिदाताको कोमल स्पर्श ल्याएको छ। …

यो मेरो गवाही हो कि हामी उभिएको चट्टान येशू नै ख्रीष्ट हुनुहुन्छ भन्ने हाम्रो साक्षी हो; यो उहाँको चर्च हो, जसलाई उहाँले व्यक्तिगत रूपमा नेतृत्व गर्नुहुन्छ; र अध्यक्ष रसल एम. नेल्सन आज उहाँको जीवित अगमवक्ता हुनुहुन्छ। …

म प्रार्थना गर्दछु कि तपाईंसँग पनि त्यस्तै साक्षी होस्।

छवि
मन्दिर

कोर्डोबा अर्जेन्टिना मन्दिरको समर्पण

प्रिन्ट गर्नुहोस्