२०२२
मोशा र मन्न
अप्रिल २०२२


“मोशा र मन्न,” मासिक साथी सन्देशहरू, अप्रिल २०२२

“मोशा र मन्न”

मासिक साथी सन्देश, अप्रिल २०२२

मोशा र मन्न

छवि
मोशा र इस्राएलका सन्तानहरु

अप्रिल स्टटद्वारा चित्रण

मोशा एक अगमवक्ता हुनुहुन्थ्यो । उहाँले परमेश्वरका मानिसहरुलाई प्रतिज्ञाको भूमितर्फ लैजानु भयो। उनीहरु धेरै दिनसम्म हिँडे।

छवि
बालबालिकाहरू मन्नसँग

मानिसहरु भोकाएका थिए। उनीहरुसँग खानेकुरा थिएन। त्यसैले परमेश्वरले स्वर्गबाट खानेकुरा पठाइदिनु भयो। त्यसलाई मन्नभनियो।

छवि
छोरा र आमा मन्न तयार गर्दै

हरेक बिहानी, मानिसहरुले मन्न बटुलेर खान्थे। तर यो रातभर ताजा रहँदैनथ्यो। तिनीहरुने भोलिपल्ट थप जम्मा गर्नुपर्थ्यो।

छवि
येशू ख्रीष्ट बालबालिकाकाहरूका साथ

मन्नले हामीलाई येशू ख्रीष्टको सम्झना गराउँछ। परमेश्वरले मानिसहरुलाई बचाउन मन्न पठाइदिनु भयो। उहाँले येशूलाई पनि हाम्रो रक्षा गर्न पृथ्वीमा पठाउनुभयो। हामीलाई हरेक दिन खानाको आवश्यकता भए जस्तै येशूको आवश्यकता छ।

छवि
येशू ख्रीष्टको तस्वीर हेर्दै गरेका बालबालिकाहरू।

म येशूलाई अनुशरण गर्छु। उहाँले मलाई हरेक दिन शक्ति दिनुहुनेछ र उहाँको प्रेमको महसुस गराउनुहुनेछ।

रङ भर्ने पाना

हामीलाई हरेक दिन येशूको आवश्यकता छ ।

छवि
बालबालिकाकाहरूका साथमा येशू ख्रीष्ट

डाउनलोड गर्न चित्रमा क्लिक गर्नुहोस्।

अप्रिल स्टटद्वारा चित्रण

येशूले तपाईंलाई कसरी सहयोग गर्नुहुन्छ?

प्रिन्ट गर्नुहोस्