२०२३
येशू ख्रीष्टले आँधीलाई शान्त पार्नुहुन्छ
मार्च २०२३


“येशू ख्रीष्टले आँधीलाई शान्त पार्नुहुन्छ,” साथी, मार्च २०२३, ४६–४७

मासिक साथी सन्देश, मार्च २०२३

येशू ख्रीष्टले आँधीलाई शान्त पार्नुहुन्छ

छवि
येशू ख्रीष्ट डुङ्गामा सुत्नु भएको समयमा उहाँका शिष्यहरूले समुद्रलाई हेर्छन्

अप्रिल स्टटद्वारा चित्रण

एक रात येशू ख्रीष्ट र उहाँका शिष्यहरूले डुङ्गामा समुद्र पार गर्नुभयो । येशू थकित हुनुहुन्थ्यो र निदाउनुभयो ।

छवि
येशू र उहाँका शिष्यहरूको डुङ्गा ढलफल पार्दै आँधी

आँधी आयो । छालहरू ठूला अनि अझै ठूला भए! शिष्यहरू डराए । तिनीहरूले येशूलाई ब्यूँझाएर आफूहरूलाई बचाउन उहाँलाई आग्रह गरे ।

छवि
आँधीलाई शान्त पार्दै येशू

येशू उठ्नुभयो र भन्नुभयो, “शान्ति, स्थिर होऊ।” हावा रोकियो । पानी शान्त भयो ।

छवि
आँखा बन्द गरेर आफ्नो हात जोड्दै सानो बालक

येशू ख्रीष्टमा मेरो आस्थाले ममा शान्ति ल्याउन सक्छ । जब म डराउँछु, येशूले मलाई शान्त महसुस गर्न सहयोग गर्न सक्नुहुन्छ।

रङ भर्ने पाना

मलाई येशूका सम्बन्धमा बुझ्न मन पर्छ

छवि
येशूका सम्बन्धमा पुस्तक हेर्दै गरेकी युवतीको रङ भर्ने पाना

पेट्रिसिया गेइसद्वारा चित्रण

येशूका सम्बन्धमा तपाईंले के थाहा छ?

प्रिन्ट गर्नुहोस्