२०२३
महिमाका अधिराज्यहरू
नोभेम्बर २०२३


मासिक लियाहोना सन्देश, मे २०२३

महिमाका अधिराज्यहरू

उद्धरणहरू

छवि
alt text

मेडागास्कर

पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको पुनर्स्थापित चर्चको प्रकट गरिएका सिद्धान्तले सिकाउँछ कि परमेश्वरका सबै सन्ततिहरू—यहाँ मननयोग्य केही सीमित अपवादहरू बाहेक —अन्ततः महिमाका तीन अधिराज्यहरू मध्ये एकको उत्तराधिकारी हुने छन्, जसमध्ये सबैभन्दा न्यून तहकाले पनि “सबै समझलाई पार गर्छ । “ [सिद्धान्त र करार ७६:८९] । …

पुनर्स्थापित चर्चको अर्को अद्वितीय सिद्धान्त र अभ्यास भनेको प्रकट गरिएका आज्ञाहरू र करारहरू हुन् जसले परमेश्वरका सबै सन्ततिहरूलाई सेलेस्टियल अधिराज्यमा महिमाको उच्चतम स्तरका लागि योग्य हुने पवित्र विशेषाधिकार प्रदान गर्छ । त्यो उच्चतम गन्तव्य—सेलेस्टियल अधिराज्यमा उत्कर्ष—पछिल्ला दिनका सन्तहरूको चर्चको येशू ख्रीष्टको केन्द्रबिन्दु हो । …

… “सेलेस्टियल” महिमामा तीन स्तरहरू छन्, जसमध्ये सेलेस्टियल अधिराज्यमा उत्कर्ष सबै भन्दा उच्चतम हो । …

अनन्त सत्यमा आधारित परमेश्वरको योजनाका लागि पवित्र मन्दिरमा एक पुरुष र एक महिला बीचको अनन्त विवाहका करारहरूप्रतिको आस्थावादिताद्वारा मात्र उत्कर्ष प्राप्त गर्न सकिन्छ जुन विवाह अन्ततः सबै आस्थावान् हरूलाई उपलब्ध हुने छ भन्ने विषय आवश्यक छ । …

अन्तिम फैसला भनेको हामीले गरेका असल र खराब कार्यहरूको कूल योगको मूल्याङ्कन मात्र होइन । हामी के बनेका छौँ—भन्ने विषय हाम्रो कार्य र विचारको अन्तिम प्रभावमा आधारित हुन्छ । हामी परिवर्तनको प्रक्रियाद्वारा अनन्त जीवनका लागि योग्य हुन्छौँ । …

येशू ख्रीष्ट र उहाँको प्रायश्चितका कारण, जब हामी यस जीवनमा कमजोर हुन्छौँ, हामी पश्चात्ताप गर्न सक्छौँ र स्वर्गका हाम्रा पिताले हाम्रा लागि चाहना गर्नु भएको करार मार्गमा अगुवाइ गर्ने मार्गमा पुन: सहभागी हुन सक्छौँ ।

प्रिन्ट गर्नुहोस्