साथी
मन्दिरका करारहरूका कारण सबै राम्रो हुने छ ।
मे २०२४


मासिक युवाहरूको शक्तिका लागि सन्देश, मे २०२४

मन्दिरका करारहरूका कारण सबै राम्रो हुने छ ।

केही अंशहरू

छवि
alt text

यूएस्ए

दाजुभाइ तथा दिदीबहिनीहरू, म विनम्रताका साथ गवाही दिन्छु कि जब हामी मन्दिरमा उपस्थित हुन्छौँ, हामीलाई हाम्रो आत्माको अनन्त स्वरूपका, पिता र उहाँका दैवी पुत्रसँगको हाम्रो सम्बन्ध र स्वर्गका गृहमा फर्कने हाम्रो उत्कृष्ट चाहनाको स्मरण गराउन सकिन्छ । …

अध्यक्ष नेल्सनका प्रेरणादायक नेतृत्वको मातहतमा, संसार भरी मन्दिरहरूको निर्माण गर्न परमप्रभुले द्रुत गर्नुभएको छ र द्रुत गर्न निरन्तरता दिनुहुने छ । यसले परमेश्वरका सबै सन्ततिहरूलाई मुक्तिका र उत्कर्षका विधिहरू प्राप्त गर्ने र पवित्र करार गर्ने र पालना गर्ने अवसर प्रदान गर्छ । …

मन्दिरका विधिहरूमा बारम्बार सहभागी हुने कार्यले परमप्रभुतर्फको श्रद्धाको नमूना सृजना गर्न सक्छ । जब तपाईंहरूले मन्दिरका करारहरूको पालना गर्नुहुन्छ र तिनीहरूलाई सम्झनुहुन्छ, तपाईंहरूले आफूहरूलाई मजबुत बनाउन र पवित्र पार्न पवित्र आत्माको साहचर्यलाई आमन्त्रण गर्नुहुन्छ । …

मन्दिरमा बाँध्ने करारहरूद्वारा कि हामीले परिवारको प्रेमयुक्त सम्बन्धको आश्वासन प्राप्त गर्न सक्छौँ जुन मृत्यु पछि पनि निरन्तर रूपमा रहने छ र अनन्तकालसम्म रहने छ । … परमेश्वरका मन्दिरहरूमा गरिएका विवाह र पारिवारिक करारहरूको सम्मानले स्वार्थी र घमण्डको दुष्टताबाट सुरक्षा प्रदान गर्छ । …

हामी सबैलाई परीक्षाहरू, चुनौतीहरू र मानसिक व्यथाहरू अवश्य आउने छन् । हामी मध्ये कोही पनि “शरीरका काँडाहरूबाट” मुक्त छैनौँ [हेर्नुहोस् २ कोरिन्थी १२:७–१०] । तापनि, जब हामी मन्दिरमा उपस्थित हुन्छौँ र आफ्ना करारहरूको स्मरण गर्छौँ, हामीले परमप्रभुबाट व्यक्तिगत निर्देशन प्राप्त गर्नका लागि तयारी गर्न सक्छौँ । …

मेरा प्यारा दाजुभाइ तथा दिदीबहिनीहरू, म गवाही व्यक्त गर्छु कि तपाईंहरूले गर्नुभएका वा मन्दिरमा गर्नुहुने करारहरूको सम्मान गर्नु भन्दा महत्वपूर्ण अरू कुनै कार्य छैन ।

प्रिन्ट गर्नुहोस्