“हारुनले राजालाई सिकाउनुहुन्छ,” साथी, जुलाई २०२४, २६–२७ ।
मासिक साथी सन्देश, जुलाई २०२४
हारुन राजालाई सिकाउनुहुन्छ
हारुन मोसीयाहका छोराहरूमध्ये एक हुनुहुन्थ्यो । उहाँ एक सुसमाचार प्रचारक हुनुहुन्थ्यो । उहाँले भूमिका लमानीहरूका राजालाई सिकाउनुभयो ।
हारुनले राजालाई सोध्नुभयो कि के उहाँहरूले परमेश्वरमा विश्वास गर्नुहुन्छ । राजाले भने कि यदि हारुनले उनलाई परमेश्वर वास्तविक हुनुहुन्छ भनी बताउनुभयो भने उनले विश्वास गर्ने छन् । तिनले हारुनलाई परमेश्वरका सम्बन्धमा थप बताउन आग्रह गरे ।
हारुनले राजाका लागि धर्मशास्त्र पढ्नुहुन्छ । उहाँले पृथ्वीको सृष्टिका सम्बन्धमा सिकाउनुभयो । उहाँले परमेश्वरको योजनाका सम्बन्धमा सिकाउनुभयो । उहाँले राजालाई येशू ख्रीष्टका सम्बन्धमा भन्नुभयो ।
पछि, राजाले प्रार्थना गर्नुभयो । उनले परमेश्वरलाई सोधे कि के हारुनले भनेका विषयहरू सत्य हुन् । राजाले जवाफ प्राप्त गरे कि यो सत्य हो!
हारुनले सिकाएका विषयहरूमा राजाले विश्वास गरे । उनको घरमा पनि सबैले विश्वास गरे । तिनीहरूले बप्तिस्मा लिए र येशू ख्रीष्टलाई अनुशरण गर्ने छनोट गरे ।
© 2024 Intellectual Reserve, Inc. द्वारा सर्वाधिकार सुरक्षित । संयुक्त राज्य अमेरिकामा मुद्रित । अङ्ग्रेजी अनुमोदन: ६/१९ । अनुवाद अनुमोदन: ६/१९ । Monthly Friend Message, July 2024. को अनुवादNepali. 19348 ३७२