धर्मशास्त्रहरू
अल्मा २२


अध्याय २२

हारुनले लमोनीका पितालाई सृष्टि, आदमको पतन र ख्रीष्ट मार्फत्‌को उद्धारको योजनाका बारेमा सिकाउँछन्—राजा र उनका सबै गृहस्थी परिवर्तित हुन्छन्—नफीहरू र लमानीहरूबीचको भूमि विभाजनको व्याख्या गरिन्छ। लगभग ई.पू. ९०–७७।

अब, यसरी अम्मोनले लमोनीका जनलाई निरन्तर रुपमा सिकाउँदै थिए, हामी हारुन र उनका बन्धुहरूको विवरणमा फर्किनेछौँ; किनकि उनी मिद्दोनीको भूमिबाट प्रस्थान गरेपछि उनलाई आत्माद्वारा नफीको भूमितिर अगुवाइ गरियो, इश्माएलको भूमिबाहेक सबै भूमिमाथिका राजाको घरमा समेत; र उनी लमोनीका पिता थिए।

अनि यस्तो हुन गयो कि उनी, उनका बन्धुहरूसँग राजाको दरवारमा राजासामु गए र राजासामु निहुरिए र उनीसामु भने: हेर, हे राजन्, हामी अम्मोनका बन्धुहरू हौँ, जसलाई तपाईँले कारागारबाट मुक्त गर्नुभएको हो।

अनि अब, हे राजन्, यदि तपाईँले हाम्रा जीवनलाई छाडिदिनुभयो भने हामी तपाईँका सेवक हुनेछौँ। अनि राजाले उनीहरूसामु भने: उठ, किनकि म तिमीहरूलाई तिमीहरूको जीवन दिनेछु र म सहनेछैन कि तिमीहरू मेरा सेवक हुनेछौ; तर म जोर गर्छु कि तिमीहरूले मलाई सेवा प्रदान गर; किनकि तिमीहरूका दाजु अम्मोनको दया र उनका वचनहरूको महान्‌ताका कारण म मेरो मस्तिष्कमा केही चिन्तित भएको छु; र उनी तिमीहरूसँग मिद्दोनी नआउनाको कारण म जान्न चाहन्छु।

अनि हारुनले राजासामु भने: हेर्नुहोस्, परमप्रभुको आत्माले उनलाई अर्को बाटो बोलाए; उनी इश्माएलको भूमिमा लमोनीका जनलाई सिकाउन गएका छन्।

अब राजाले उनीहरूसामु भने: यो के हो कि तिमीहरूले परमप्रभुको आत्मा बारे भनेका छौ? हेर, यो त्यो कुरा हो जसले मलाई चिन्तित बनाउँछ।

अनि यो पनि, अम्मोनले भनेको यो के हो कि—यदि तिमीहरूले पश्चात्ताप गऱ्यौ भने तिमीहरूले मुक्ति पाउनेछौ र यदि तिमीहरूले पश्चात्ताप नगरे, तिमीहरूलाई अन्तिम दिनमा निकाला गरिनेछ?

अनि हारुनले उनलाई उत्तर दिए र उनीसामु भने: के तपाईँ विश्वास गर्नुहुन्छ कि परमेश्वर हुनुहुन्छ? अनि राजाले भने: मलाई थाहा छ कि अमालेकीहरू भन्छन् कि परमेश्वर हुनुहुन्छ र मैले उनीहरूलाई अनुमति दिएको छु कि उनीहरूले आरक्षणहरू बनाऊन्, कि उनीहरू उहाँको आराधना गर्न आफैँ एक साथ भेला होऊन्। अनि यदि अब तिमीले भन्छौ परमेश्वर हुनुहुन्छ, हेर म विश्वास गर्नेछु।

अनि अब जब हारुनले यो सुने, उनको हृदयले खुसी मनाउन थाल्यो र उनले भने: हेर, निश्चितताका साथ जसरी तपाईँ जिउँदो हुनुहुन्छ, हे राजन्, परमेश्वर हुनुहुन्छ।

अनि राजाले भने: के परमेश्वर त्यो महान् आत्मा हुनुहुन्छ जसले हाम्रा पितापुर्खाहरुलाई यरुशलेमको भूमिबाट ल्याउनुभयो?

१० अनि हारुनले उनीसामु भने: हो उहाँ त्यो महान् आत्मा हुनुहुन्छ र उहाँले स्वर्गमा र पृथ्वी दुबैमा सबै कुराहरूको सृष्टि गर्नुभयो। के तपाईँ यो विश्वास गर्नुहुन्छ?

११ अनि उनले भने: हो, म विश्वास गर्छु कि त्यो महान् आत्माले सबै कुराहरूका सृष्टि गर्नुभयो र म चाहन्छु कि तिमीले मलाई यी सबै कुराहरूका बारेमा भन्नुपर्छ र म तिम्रा वचनहरूमा विश्वास गर्नेछु।

१२ अनि यस्तो हुन गयो कि जब हारुनले देखे कि राजाले उनका वचनहरू विश्वास गर्नेछन्, उनले आदमको सृष्टिदेखि थाले, राजासामु धर्मशास्त्र पढ्दै—कसरी परमेश्वरले उहाँको आफ्नै स्वरुपमा मानिसको सृष्टि गर्नुभयो र परमेश्वरले उनलाई आज्ञाहरू दिनुभयो र उल्लङ्घनका कारण, मानिसको पतन भएको थियो।

१३ अनि हारुनले आदमको सृष्टिदेखि धर्मशास्त्रहरू उनीसामु व्याख्या गरे, मानिसको पतन उनी अगाडि राख्दै र उनीहरूको पापमय अवस्था र उद्धारको योजना, जुन संसारको उत्पत्तिदेखि तयार गरिएको थियो, ख्रीष्टमार्फत्, उहाँको नाउँमा विश्वास गर्ने सबैका निम्ति।

१४ अनि मानिसको पतन भएकाले ऊ आफैँ कुनै कुराको योग्य भएन; तर ख्रीष्टका कष्टहरू र मृत्युले उनीहरूका पापहरूको प्रायश्चित्त गर्नेछन्, आस्था र पश्चात्ताप र अरु यस्तै मार्फत्; अनि कि उहाँले मृत्युका बन्धनहरू तोड्नुहुनेछ, कि चिहानले विजय पाउनेछैन र मृत्युको खिल महिमाको आशामा निलिनेछ; र हारुनले राजासामु यी सबै कुराहरूको व्याख्या गरे।

१५ अनि यस्तो हुन गयो कि हारुनले यी कुराहरू उनीसामु व्याख्या गरेपछि, राजाले भने: तिमीले बोलेको यो अनन्त जीवन पाउन मैले के गर्नु पर्दछ?हो, मैले के गर्नुपर्दछ कि मेरो छातीबाट यो दुष्ट आत्मालाई उखालेर, म परमेश्वरबाट जन्माइयूँ र उहाँको आत्मा प्राप्त गरूँ, कि म हर्षले भरियूँ, कि मलाई अन्तिम दिनमा निकाला नगरियोस्? हेर, उनले भने, म मेरो अधीनमा भएको सबै दिनेछु, हो, म मेरो अधिराज्य त्याग्नेछु, कि म यो महान् खुसी प्राप्त गर्न सकूँ।

१६ तर हारुनले उनीसामु भने: यदि तपाईँ यो कुरा चाहानुहुन्छ, यदि तपाईँ परमेश्वरअगाडि निहुरनुहुन्छ, हो, यदि तपाईँ आफ्ना सबै पापहरूको पश्चात्ताप गर्नुहुन्छ र परमेश्वरअगाडि निहुरनुहुन्छ र उहाँको नाउँ आस्थाका साथ बोलाउनुहुन्छ, विश्वास गर्दै कि तपाईँ प्राप्त गर्नुहुन्छ, तब तपाईँले चाहेको आशा प्राप्त गर्नुहुनेछ।

१७ अनि यस्तो हुन गयो कि जब हारुनले यी वचनहरू बोलेका थिए, राजा परमप्रभुअगाडि निहुरिए, उनका घुँडाहरूमा; पृथ्वीमा आफैँ लम्पसारसमेत परे र शक्तिपूर्वक पुकारे, यसो भन्दै:

१८ हे परमेश्वर, हारुनले मलाई भनेका छन् कि परमेश्वर हुनुहुन्छ; र यदि परमेश्वर हुनुहुन्छ भने र यदि हजुर परमेश्वर हुनुहुन्छ भने, के तपाईँले आफैँ मलाई ज्ञात गराउनुहुनेछ र म हजुरलाई चिन्न मेरा सबै पापहरू दिनेछु र म मृतकहरूबाट उठ्न सकूँ र अन्तिम दिनमा मुक्ति पाऊँ। अनि अब जब राजाले यी कुराहरू भनेका थिए, उनी मरेको झैं मुर्छा परे।

१९ अनि यस्तो हुन गयो कि उनका सेवकहरू दौडे र राजामा भएको सबै कुरा रानीलाई भने। अनि उनी राजासामु आइन्; र जब उनले राजा मरेजस्तै गरी लडेको र हारुन र उनका बन्धुहरू उनी ढल्नाको कारण भएजस्तै गरी खडा भएको देखिन्, उनी उनीहरूसँग रिसाइन् र आज्ञा दिइन् कि उनका सेवकहरूले, अथवा राजाका सेवकहरूले उनीहरूलाई लैजानु पर्दछ र उनीहरूको बध गर्नु पर्दछ।

२० अब सेवकहरूले राजा ढल्नाको कारण देखेका थिए, त्यसकारण उनीहरूले हारुन र उनका बन्धुहरूमाथि आफ्ना हातहरू हाल्न आँटेनन्; र उनीहरूले रानीसँग यसो भन्दै बिन्ती गरे: तपाईँ किन आज्ञा दिनुहुन्छ कि हामीले यी मानिसहरूको बध गर्नुपर्छ, जब उनीहरूमध्ये एक हामी सबैभन्दा शक्तिशाली छ? त्यसकारण हामी उनीहरूअगाडि झुक्छौँ।

२१ अब जब रानीले सेवकहरूको डरलाई देखिन् उनी पनि अत्यन्त डराउन थालिन्, कथंकदाचित् उनीमाथि केही विपत्ति आउनेछ। अनि उनले उनका सेवकहरूलाई आज्ञा दिइन् कि उनीहरू जानु पर्दछ र जनलाई बोलाउनु पर्दछ, कि उनीहरूले हारुन र उनका बन्धुहरूको बध गर्न सकून्।

२२ अब जब हारुनले रानीको दृढतालाई देखे, उनी, जनको हृदयहरूको कठोरता थाहा भएकोले पनि, डराए कि कथंकदाचित् भीड एकसाथ आफैँ भेला हुनुपर्छ र उनीहरूमाझ ठूलो कलह र विघ्नवाधा हुनुपर्छ; त्यसकारण उनले आफ्नो हातअगाडि राखे र राजालाई पृथ्वीबाट उठाए र उनीसामु भने: खडा हुनुहोओस्। अनि उनी आफ्नो शक्ति प्राप्त गरेकाले आफ्नो खुट्टामा खडा भए।

२३ अब रानीको र सेवकहरूमध्ये धेरैको उपस्थितिमा यो गरिएको थियो। अनि जब उनीहरूले यो देखे उनीहरू अत्यन्तै आश्चर्यचकित भए र डराउन थाले। अनि राजा खडा भए र उनीहरूलाई सिकाउन थाले। अनि उनले उनीहरूलाई यतिसम्म सिकाए कि उनको पूरै गृहस्थ परमप्रभुमा परिवर्तित भयो।

२४ अब रानीको आज्ञाको कारणले त्यहाँ एक भीड एकसाथ जम्मा भयो र हारुन र उनका बन्धुहरूका कारण उनीहरूमाझ ठूलो गनगन हुन थाल्यो।

२५ तर राजा उनीहरूमाझ खडा भए र उनीहरूको सेवा गर्न थाले। अनि उनीहरू हारुन र उनीसँग भएकाहरूप्रति शान्त भए।

२६ अनि यस्तो हुन गयो कि जब राजाले देखे कि जन शान्त भए, उनले अह्राए कि हारुन र उनका बन्धुहरू भीडबीच खडा हुनुपर्छ र तिनीहरूले उनीहरूसामु वचनको प्रचार गर्नुपर्छ।

२७ अनि यस्तो हुन गयो कि राजाले सम्पूर्ण भूमिभरि घोषणा पठाए, उनको सम्पूर्ण भूमिमा भएका उनका सबै जनमाझ, जो वरिपरिका सबै क्षेत्रहरूमा थिए, जसको सिमाना समुद्रमा समेत पुगेको थियो, पूर्वमा र पश्चिममा र जुनलाई जरहेम्लाको भूमिबाट एक साँघुरो टुक्रा उजाड स्थानले छुट्याइएको थियो, जुन पूर्वको समुद्रदेखि पश्चिमको समुद्र र वरिपरि समुद्रको तटका सिमानाहरू र मन्टीका सिमानाहरू हुँदै, जरहेम्लाको भूमिनजिक उत्तरमा भएको उजाड स्थानको सिमानाहरूसम्म पुगेको थियो, सिदोनको नदीको शिर नजिक, पूर्वबाट पश्चिम हुँदै—अनि यसरी लमानीहरू र नफीहरू छुट्याइएका थिए।

२८ अब, लमानीहरूमध्ये बढी अल्छी भाग उजाड स्थानमा बस्थे र पालमा बस्थे; अनि उनीहरू नफीको भूमिमा, पश्चिमको उजाड स्थानमा हुँदै फैलिएका थिए; हो, अनि पश्चिमको जरहेम्लाको भूमिमा पनि, समुद्र तट नजिकको सिमानामा र पश्चिमको नफीको भूमिमा, उनीहरूका पितापुर्खाहरुको पहिलो रिक्थको स्थानमा र यसरी समुद्रको तटका सिमानाहरू बनाएका थिए।

२९ अनि समुद्र तटनजिक पूर्वमा धेरै लमानीहरू थिए, जहाँ नफीहरूले उनीहरूलाई धपाएका थिए। अनि यसरी नफीहरू झन्डै लमानीहरूद्वारा घेरिएका थिए; तैपनि नफीहरूले सिदोन नदीको शिरमा, पूर्वदेखि पश्चिमसम्म, उजाड स्थानपट्टि वरिपरि उजाड स्थानको सिमानाभएको भूमिको उत्तरी भागहरू सबै अधीनमा लिएका थिए; उत्तरमा, बाउन्टिफुल भनिने भूमि नआइन्जेलसम्म।

३० अनि यसको सिमाना उजाड भनिने भूमिमाथि थियो, यो यति पर उत्तरमा थियो कि यो जनले बास गरेर विनाश गरिएको भूमिसम्म आयो, जसका हाड़हरू हामीले बोलेका छौँ, जुनलाई जरहेम्लाका जनद्वारा पत्ता लगाइएको थियो, यो उनीहरूको पहिलो अवतरणको स्थान भएकाले।

३१ अनि उनीहरू त्यहाँबाट दक्षिण उजाड स्थानमा आए। यसरी उत्तरको भूमिलाई उजाड भनिन्थ्यो र दक्षिणको भूमिलाई बाउन्टिफुल भनिन्थ्यो, यो सबै प्रकारका हरेक किसिमका जङ्गली जनावरले भरिएको उजाड स्थान भएर, जसको एक भाग उत्तरी भूमिबाट आहाराको लागि आएका थिए।

३२ अनि अब, यो एक नफीलाई एक दिन र आधा लाग्ने यात्राको दुरीमात्रा थियो, बाउन्टिफुल र उजाड भूमिको सिमानामा, पूर्वदेखि पश्चिम समुद्रसम्म; र यसरी नफीको भूमि र जरहेम्लाको भूमि झन्डै पानीले घेरिएको थियो, उत्तरी भूमि र दक्षिणी भूमिबीच त्यहाँ एक सानो घाँटी भएकाले।

३३ अनि यस्तो हुन गयो कि नफीहरूले बाउन्टिफुल भूमिमा, पूर्वदेखि पश्चिम समुद्रसम्म बास गरेका थिए र यसरी नफीहरू उनीहरूका विवेकमा, उनीहरूका रक्षकहरू र उनीहरूका सेनाहरूद्वारा, लमानीहरूलाई दक्षिणमा सीमित गरेका थिए, कि उनीहरूले उत्तरमा अब अरु अधीनमा लिनु हुँदैन, कि उनीहरूले उत्तरतिरको भूमिलाई नियन्त्रण गर्न नसकून्।

३४ त्यसकारण लमानीहरूले नफीको भूमि र वरिपरिको उजाड स्थानमा मात्र अब अरु स्वामित्वमा लिन सकेनन्। अब यो नफीहरूको विवेक थियो—जसरी लमानीहरू उनीहरूका शत्रु थिए, उनीहरूले हरेकतिर आफ्ना कष्टहरू सहन नपरोस् र यो पनि कि उनीहरूसँग तिनीहरू भाग्नका लागि एक देश होस्, उनीहरूका चाहानाहरूअनुसार।

३५ अनि अब, म, यो भनेपछि, अम्मोन र हारुन, ओम्नेर र हिम्नी र उनीहरूका बन्धुहरूको विवरणमा फर्कन्छु।