अध्याय १४
अल्मा र अमुलेकलाई कारागारमा हालिन्छ र प्रहार गरिन्छ—विश्वासीहरूलाई र उनीहरूका पवित्र धर्मशास्त्रहरूलाई आगोद्वारा जलाइन्छ—यी सहिदहरूलाई परमप्रभुद्वारा महिमाका साथ प्राप्त गरिन्छ—कारागारका भित्ताहरू टुक्रा टुक्रा पारिन्छन् र ढल्छन्—अल्मा र अमुलेकलाई मुक्त गरिन्छ र उनीहरूलाई सताउनेहरूको बध गरिन्छ। लगभग ई.पू. ८२–८१।
१ अनि यस्तो हुन गयो उनले जनसामु बोल्न अन्त्य गरेपछि उनीहरूमध्ये धेरैले उनका वचनहरूमा विश्वास गरे र पश्चात्ताप गर्न र धर्मशास्त्रहरूको खोजी गर्न थाले।
२ तर उनीहरूमध्ये बढी भाग इच्छुक थिए कि उनीहरूले अल्मा र अमुलेकलाई विनाश गर्न सकून्; किनकि उनीहरू जिस्रोमसामुका उनका वचनहरूको स्पष्टताका कारण अल्मासँग रिसाए; र उनीहरूले यो पनि भने कि अमुलेकले उनीहरूलाई ढाँटेका थिए, उनीहरूको कानुनविरुद्ध र उनीहरूका वकिलहरू र न्यायकर्ताहरूविरुद्ध पनि निन्दा गरेका थिए।
३ अनि उनीहरू अल्मा र अमुलेकसँग पनि रिसाएका थिए; र किनभने उनीहरूले आफ्ना दुष्टताविरुद्ध स्पष्टका साथ गवाही दिएका थिए, उनीहरूले तिनीहरूलाई गोप्यरुपमा फ्याँक्न खोजे।
४ तर यस्तो हुन गयो कि उनीहरूले त्यसो गरेनन्; तर उनीहरूले तिनीहरूलाई लगे र बलियो डोरीहरूले तिनीहरूलाई बाँधे र उनीहरूलाई भूमिको प्रधान न्यायकर्ताअगाडि लगे।
५ अनि जन अघि गए र उनीहरूविरुद्ध गवाही दिए—गवाही दिँदै कि उनीहरूले आफ्ना कानुन र उनीहरूका वकिलहरू र भूमिका न्यायकर्ताहरू र भूमिमा भएका सबै जनविरुद्ध पनि निन्दा गरे; अनि यो पनि गवाही दिए कि यहाँ एक मात्र परमेश्वर हुनुहुन्छ र उहाँले आफ्नो पुत्रलाई जनसामु पठाउनुहुनेछ, तर उहाँले उनीहरूलाई बचाउनुहुनेछैन; अनि यस्ता धेरै कुराहरू जनले अल्मा र अमुलेकविरुद्ध गवाही दिए। अब यी भूमिको प्रधान न्यायकर्ताअगाडि गरिएको थियो।
६ अनि यस्तो हुन गयो कि जीस्रोम बोलिएका वचनहरूमा आश्चर्यचकित भयो; उसलाई उसका झुठा वचनहरूद्वारा जनमाझ आएको मस्तिस्कको अन्धोपनबारेमा पनि थाहा थियो; र उसको जीवात्मा उसको आफ्नो दोषको चेतनामुनि पीडित हुन थाल्यो; हो, ऊ नरकको पीडाहरूद्वारा घेरिन थाल्यो।
७ अनि यस्तो हुन गयो कि ऊ जनसामु कराउन थाल्यो, यसो भन्दै: हेर, म दोषी छु र यी मानिसहरू परमेश्वरअगाडि निष्कलङ्क छन्। अनि उसले त्यस समयदेखि उनीहरूका निम्ति बिन्ती गर्न थाल्यो; तर उनीहरूले उसकाविरुद्ध निन्दा गरे, यसो भन्दै: के तँ पनि सैतानको अधीनमा छस्? अनि उनीहरूले उसलाई थुके र उसलाई उनीहरूमाझबाट निकाला गरे र अल्मा र अमुलेकले बोलेका वचनहरूमा विश्वास गर्ने सबैलाई पनि; अनि उनीहरूले उनीहरूलाई निकाला गरे र उनीहरूलाई ढुङ्गाले हान्न मानिसहरू पठाए।
८ अनि उनीहरूले तिनीहरूका पत्नीहरू र छोराछोरीहरू एकसाथ् ल्याए र जसले विश्वास गऱ्यो अथवा जसलाई परमेश्वरका वचनमा विश्वास गर्न सिकाइएको थियो, उनीहरूलाई आगोमा फ्याँकिनुपर्दछ भनी अह्राए; र उनीहरूले तिनीहरूका अभिलेखहरू पनि ल्याए जुनमा पवित्र धर्मशास्त्रहरू थिए र तिनलाई पनि आगोमा फ्याँके, कि ती जलाइयून र आगोद्वारा विनाश होऊन्।
९ अनि यस्तो हुन गयो कि उनीहरूले अल्मा र अमुलेकलाई लगे र उनीहरूलाई साहदतको स्थानमा ल्याए कि उनीहरूले आगोद्वारा भष्म भइरहेका तिनीहरूको विनाश हेर्न सकून्।
१० अनि जब अमुलेकले आगोमा भष्म भइराखेका स्त्रीहरू र बालबालिकाहरूको पीडालाई देखे, उनी पनि पीडित भए; र उनले अल्मासामु भने: हामी कसरी यस्तो भयावह दृश्य हेर्न सक्दछौँ? त्यसकारण हामीले हाम्रा हातहरू फैलाऔँ र हामीमा भएको परमेश्वरको शक्तिको अभ्यास गरौँ र तिनीहरूलाई ज्वालाहरूबाट बचाऔँ।
११ अल्माले उनीसामु भने: आत्माले मलाई बाध्य गराउँछ कि मैले मेरा हात फैलाउनु हुँदैन; किनकि परमप्रभुले उनीहरूलाई आफैँ, महिमामा, ग्रहण गर्नुहुन्छ; र उहाँले सहनुहुन्छ कि उनीहरूले यो कुरा गरून्, अथवा कि जनले उनीहरूलाई यो कुरा गरून्, उनीहरूका हृदयका कठोरताअनुसार, कि उहाँले आफ्नो क्रोधमा उनीहरूमा अभ्यास गर्ने न्यायहरू न्यायिक हुनेछन्; र निर्दोषको रगत उनीहरूका विरुद्ध गवाहीका रुपमा खडा हुनेछ, हो र अन्तिम दिनमा उनीहरूका विरुद्ध शक्ति पूर्वक कराउनेछ।
१२ अब अमुलेकले अल्मालाई भने: हेर, सम्भवत: उनीहरूले हामीलाई पनि जलाउनेछन्।
१३ अनि अल्माले भने: परमप्रभुको इच्छाअनुसार होओस्। तर, हेर, हाम्रो कार्य सकिएको छैन, त्यसकारण उनीहरूले हामीलाई जलाउनेछैनन्।
१४ अनि यस्तो हुन गयो कि जब आगोमा फ्याँकिएकाहरूका शरीरहरू र तिनीहरूसँगै फ्याँकिएका अभिलेखहरू पनि भष्म भए, भूमिको प्रधान न्यायकर्ता बाँधिएका अल्मा र अमुलेक अगाडि आएर खडा भयो; अनि उसले उसको हातले उनीहरूलाई उनीहरूका गालामा प्रहार गऱ्यो र उनीहरूसामु भन्यो: तिमीहरूले यो देखेपछि, के तिमीहरूले यी जनसामु फेरि प्रवचन गर्छौ, कि उनीहरूलाई आगो र गन्धकको एक कुण्डमा फ्याकिनेछ?
१५ हेर, तिमीहरू देख्छौ कि तिमीहरूसँग आगोमा फ्याँकिएकाहरूलाई जोगाउने शक्ति छैन; न त परमेश्वरले उनीहरूको संरक्षण गर्नुभयो किनभने उनीहरू तिमीहरूको आस्थाका थिए। अनि न्यायकर्ताले उनीहरूलाई फेरि उनीहरूका गालामा प्रहार गऱ्यो र सोध्यो: तिमीहरूले आफ्ना निम्ति के भन्दछौ?
१६ अब यो न्यायकर्ता गिदोनलाई बध गर्ने नेहोरको अनुक्रम र आस्थाअनुसार थियो।
१७ अनि यस्तो हुन गयो कि अल्मा र अमुलेकले केही उत्तर दिएनन्; र उसले उनीहरूलाई फेरि प्रहार गऱ्यो र कारागारमा फ्याँक्न उनीहरूलाई आधिकारीहरूसमक्ष हस्तान्तरण गरे।
१८ अनि जब उनीहरूलाई कारागारभित्र फ्याँकेको तीन दिन भएको थियो, त्यहाँ नेहोरका घोषित आस्थाका धेरै वकिलहरू र न्यायकर्ताहरू र पादरीहरू र शिक्षकहरू आए; र तिनीहरू कारागारमा उनीहरूलाई हेर्न आए र तिनीहरूले उनीहरूलाई धेरै वचनहरूका बारेमा प्रश्न सोधे; तर उनीहरूले तिनीहरूलाई केही उत्तर दिएनन्।
१९ अनि यस्तो हुन गयो कि न्यायकर्ता उनीहरूसामु खडा भए र भने: तिमीहरूले किन यी जनका प्रश्नहरूको उत्तर दिँदैनौ? के तिमीहरूलाई थाहा छैन कि मसँग तिमीहरूलाई ज्वालाहरूमा हालिदिने शक्ति छ? अनि उसले उनीहरूलाई बोल्न आज्ञा दियो; तर उनीहरूले केही उत्तर दिएनन्।
२० अनि यस्तो हुन गयो कि उनीहरू फर्के र आफ्नो बाटो लागे, तर भोलिपल्ट फेरि आए; र न्यायकर्ताहरूले पनि उनीहरूका गालाहरूमा फेरि प्रहार गरे। अनि धेरैजना पनि अघि आए र उनीहरूलाई प्रहार गरे, यसो भन्दै: के तिमीहरू फेरि खडा भएर यी जनको मूल्याङ्कन गर्छौ र हाम्रा कानुनलाई दोषी ठहऱ्याउँछौ? यदि तिमीहरूसँग यस्तो महान् शक्ति छ भने किन तिमीहरूले आफैँलाई मुक्त गर्दैनौ?
२१ अनि उनीहरूले यस्ता महान् कुराहरू उनीहरूसामु भने, उनीहरूप्रति उनीहरूका दाह्रा किट्दै, उनीहरूलाई थुक्दै र यसो भन्दै: हामी दोषी ठहरिँदा कस्तो देखिनेछौ?
२२ अनि धेरै यस्ता कुराहरू, हो, सबै प्रकारका यस्ता कुराहरू उनीहरूले उनीहरूसामु गरे; अनि यसरी उनीहरूले धेरै दिनसम्म उनीहरूको खिल्ली उडाए। अनि उनीहरूले तिनीहरूबाट खान रोके कि उनीहरू भोकाऊन्, पानी रोके कि उनीहरू तिर्खाऊन्; र उनीहरूले तिनीहरूको वस्त्रहरू पनि खोसे कि उनीहरू नाङ्गा होऊन्; र उनीहरूले तिनीहरूलाई बलिया डोरीहरूले बाँधे र कारागारमा बन्ध गरे।
२३ अनि यस्तो हुन गयो धेरै दिनसम्म उनीहरूले सहेपछि, (अनि यो नफीका जनमाथि न्यायकर्ताहरूको शासनको दशौँ वर्षको दशौँ महिनाको बाह्रौँ दिनमा थियो) कि अम्मोनीहाहको भूमिका प्रधान न्यायकर्ता र उनीहरूका धेरै शिक्षकहरू र उनीहरूका वकिलहरू अल्मा र अमुलेकलाई डोरीहरूले बाँधेर राखेको कारागारमा गए।
२४ अनि प्रधान न्यायकर्ता उनीहरूअगाडि खडा भयो र उनीहरूलाई फेरि प्रहार गऱ्यो र उनीहरूसामु भन्यो: यदि तिमीहरूसँग आफैँलाई यी बन्धनहरूबाट मुक्त गर्ने परमेश्वरको शक्ति छ भने र तब हामी विश्वास गर्दछौँ कि परमप्रभुले तिमीहरूका वचनहरूअनुसार यी जनको विनाश गर्नुहुनेछ।
२५ अनि यस्तो हुन गयो कि उनीहरू सबै अघि गए र उनीहरूलाई प्रहार गरे, उही वचनहरू भन्दै, अन्तिमसम्म समेत; र जब अन्तिमले बोलेको थियो, परमेश्वरको शक्ति अल्मा र अमुलेकमाथि थियो र उनीहरू उठे र उनीहरूका खुट्टाहरूमा खडा भए।
२६ अनि अल्मा कराए यसो भन्दै: यी महान् कष्टहरू हामी कतिन्जेल सहौँ, हे परमप्रभु? हे परमप्रभु, हामीलाई ख्रीष्टमा भएको हाम्रो विश्वासअनुसार, मुक्तिसम्म समेत शक्ति दिनुहोस्। अनि उनीहरूले आफूलाई बाँधेका डोरीहरू तोडे; र जब जनले यी देखे, उनीहरू भाग्न थाले, किनकि विनाशको डर उनीहरूमा आयो।
२७ अनि यस्तो हुन गयो कि उनीहरूको डर यति ठूलो थियो कि उनीहरू पृथ्वीमा ढले र कारागारको बाहिरको ढोकासम्म पुगेनन्; र पृथ्वी शक्तिपूर्वक हल्लियो र कारागारका भित्ताहरू टुक्रिएर दुइटा भए, त्यसकारण ती पृथ्वीमा ढले; र ती ढलेका भित्ताबाट अल्मालाई र अमुलेकलाई प्रहार गर्ने प्रधान न्यायकर्ता र वकिलहरू र पादरीहरू र शिक्षकहरूको बध भयो।
२८ अनि अल्मा र अमुलेक कारागारबाट बाहिर आए र उनीहरू घाइते भएका थिएनन्; किनकि परमप्रभुले ख्रीष्टमा भएको उनीहरूको आस्थाअनुसार उनीहरूलाई शक्ति दिनुभयो। अनि उनीहरू सिधै कारागारबाट बाहिर आए; र उनीहरूका बन्धनहरू फुकालिए; र कारागार पृथ्वीमा ढलेको थियो र अल्मा र अमुलेक बाहेक ती भित्ताहरू भित्रका प्रत्येक जीवात्माहरूको बध गरिएको थियो; अनि उनीहरू सिधै सहरतिर आए।
२९ अब जनले ठूलो आवाज सुनेकाले त्यसको कारण के हो भनी जान्न भिडमा एक साथ दौडेर आए; र जब उनीहरूले अल्मा र अमुलेक कारागारबाट बाहिर आउँदै गरेको र कारागारका भित्ताहरू पृथ्वीमा ढलेको देखे, उनीहरू भयङ्कर डरले आत्तिए र अल्मा र अमुलेकको उपस्थितिबाट जसरी एउटा बाख्रो उनका पाठाहरूसँग दुई सिंहबाट भाग्छ त्यसरी समेत भागे; अनि यसरी उनीहरू अल्मा र अमुलेकको उपस्थितिबाट भागे।