अल्माको पुस्तक
अल्माको छोरा
अल्माको विवरण, जो अल्माको छोरा थिए, नफीका जनमाथिको पहिलो र प्रधान न्यायकर्ता र चर्चमाथिको पहिलो उच्च पादरी पनि। न्यायकर्ताहरूको शासनको, र जनमाझका युद्ध र कलहको एक विवरण। अनि पहिलो र प्रधान न्यायकर्ता अल्माको अभिलेखअनुसार, नफीहरू र लमानीहरूबीचको युद्धको विवरण पनि।
अध्याय १
नाहोरले गलत सिद्धान्तहरू सिकाउँछ, एक चर्चको स्थापना गर्दछ, पुरोहित्याइँ ल्याउँदछ र गिदोनको बध गर्दछ—उसको अपराधहरूका निम्ति नाहोरलाई मृत्युदण्ड दिइन्छ—पुरोहित्याइँ र सतावटहरू जनमाझ फैलिन्छ—पादरीहरूले आफैँ जीविका चलाउँछन्, जनले गरिबको हेरविचार गर्छन् र चर्चको उन्नति हुन्छ। लगभग ई.पू. ९१–८८।
१ अब यस्तो हुन गयो कि नफीका जनमाथि न्यायकर्ताहरूको शासनको पहिलो वर्षमा, यस समयदेखि अगाडि, मोसीयाह राजा सारा पृथ्वीका मार्गहरूबाट गैसकेको हुनाले, युद्धमा एक असल लडाइँ लडेको हुनाले, परमेश्वरअगाडि सिधा भएर हिँडेकाले, उनको सट्टामा कसैलाई पनि शासन गर्न नछाडेकाले, तैपनि उनले व्यवस्थाहरूको स्थापना गरेका थिए र ती जनद्वारा स्वीकारिएका थिए; त्यसकारण उनीहरू उनले बनाएका नियमहरूद्वारा बाँधिन बाध्य थिए।
२ अनि यस्तो हुन गयो कि न्यायको आसनमा अल्माको शासनको प्रथम वर्षमा, उनका अगाडि न्याय गरिन एक मानिस ल्याइएको थियो, एक मानिस जो विशाल थियो र उसको अधिक शक्तिका लागि प्रसिद्ध थियो।
३ अनि ऊ, प्रचार गर्दै कि जसलाई उसले परमेश्वरका वचन भन्यो, चर्चको विरोध गर्दै; जनसामु घोषणा गर्दै कि प्रत्येक पादरी र शिक्षक लोकप्रिय बन्नुपर्छ; र उनीहरूले आफ्ना हातहरूले परिश्रम गर्नुहुँदैन, तर उनीहरूको जीविका जनद्वारा चलाइनु पर्छ भन्ने घोषणा गर्दै जनाहरूमाझ गएको थियो।
४ अनि उसले जनसामु यो पनि साक्षी दियो कि सबै मानवजाति अन्तिम दिनमा मुक्त हुनुपर्दछ र उनीहरूले डराउनु र काँप्न आवश्यक छैन, तर कि उनीहरूले आफ्नो शिर उच्च पारून् र खुशी होऊन्; किनकि परमप्रभुले सबै मानिसहरूको सृष्टि गर्नुभएको थियो र सबै मानिसहरूको उद्धार गर्नुभएको थियो; अनि, अन्त्यमा, सबै मानिसहरूले अनन्त जीवन पाउनेछन्।
५ अनि यस्तो हुन गयो कि उसले यी कुराहरू यति धेरै सिकायो कि धेरैले उसका वचनहरूमा विश्वास गरे, यति धेरै कि उनीहरूले उसको जीविकाको लागि सहयोग गर्न र उसलाई पैसा दिन थाले।
६ अनि ऊ आफ्नो हृदयको घमण्डमा उचालिन र ज्यादै महङ्गा वस्त्रहरू लाउन थाल्यो, हो र उसको प्रवचनअनुसार एक चर्चको स्थापना गर्न थाल्यो।
७ अनि यस्तो हुन गयो कि जब ऊ, आफ्ना वचनमा विश्वास गर्नेहरूलाई प्रवचन दिन गइरहेको थियो, उसले परमेश्वरको चर्चको अन्तर्गतका एक मानिसलाई भेट्यो, हो, शिक्षकहरूमध्येको एकलाई समेत; अनि उसले उनीसँग तिव्रतापूर्वक झगडा गर्न थाल्यो, कि उनले चर्चका जनलाई अगुवाइ गरेर लैजाओस्; तर ती मानिसले, उसलाई परमेश्वरका वचनद्वारा चेतावनी दिँदै, उसको सामना गरे।
८ अब त्यो मानिसको नाउँ गिदोन थियो; र ती उनी थिए जो लिम्हीका जनलाई दासत्वबाट मुक्त गर्नमा परमेश्वरका हातको औजार थिए।
९ अब, किनभने गिदोनले परमेश्वरका वचनहरूद्वारा उसको सामना गरेकाले ऊ गिदोनसँग क्रुद्ध भयो र उसले आफ्नो तरबार निकाल्यो र उनीलाई प्रहार गर्न थाल्यो। अब गिदोनको उमेर ढल्किसकेको हुनाले, त्यसकारण उनले उसको प्रहारको सामना गर्न सकेनन्, त्यसकारण तरबारद्वारा उनको बध गरियो।
१० अनि उनलाई बध गर्ने मानिसलाई चर्चका जनद्वारा लगियो र उसले गरेको अपराधअनुसार न्याय गरिन, अल्माअगाडि ल्याइयो।
११ अनि यस्तो हुन गयो कि ऊ अल्माअगाडि खडा भयो र आफ्ना लागि सहासकासाथ वकालत गऱ्यो।
१२ तर अल्माले उससामु भने: हेर, यो नै पहिलो पटक हो कि यी जनमाझ पुरोहित्याइँ ल्याइएको छ। अनि हेर, तँ पुरोहित्याइँको मात्र दोषी छैनस्, तर यसलाई तरबारद्वारा लागू गर्न प्रयास गरिस्; र यदि पुरोहित्याइँ यी जनमाझ लागू गरिने हो भने यो उनीहरूको पूर्ण विनाश प्रमाणित हुनेछ।
१३ अनि तैँले एक धर्मी मानिसको रगत बगाइस्, हो एक मानिस जसले यी जनमाझ धेरै असल गरेको छ; र यदि हामीले तँलाई छाडिदियौँ भने उसको रगतको बदलाका निम्ति हामीमाथि आउनेछ।
१४ त्यसकारण तँलाई मर्न दोषी ठहऱ्याइएको छ, हाम्रा अन्तिम राजा, मोसीयाहद्वारा दिइएको नियमहरूअनुसार; र यसलाई यी जनद्वारा स्वीकारिएको छ; त्यसकारण यी जन नियमद्वारा बाँधिनु पर्छ।
१५ अनि यस्तो हुन गयो कि उनीहरूले उसलाई लगे; र उसको नाउँ नेहोर थियो; अनि उनीहरूले उसलाई मन्टी डाँडाको टुप्पोमा बोकेर लगे; र त्यहाँ उसलाई अह्र्याइयो, अर्को शब्दमा भन्ने हो भने उसले स्वीकाऱ्यो, स्वर्ग र पृथ्वीको बीच, कि उसले जनलाई सिकाएको परमेश्वरको वचन विपरित थियो; र त्यहाँ उसले एक अपमानजनक मृत्यु सह्यो।
१६ तैपनि, यसले भूमिमा पुरोहित्याईँ फैलन अन्त्य गरेन; किनकि संसारका व्यर्थका कुराहरू मन पराउने त्यहाँ धेरै थिए र उनीहरू गलत सिद्धान्तहरू सिकाउँदै अघि गए; र यो उनीहरूले धन र सम्मानका निम्ति गरे।
१७ तैपनि, उनीहरूले झुटो बोल्ने आँट गरेनन्, यदि थाहा पाइयो भने, नियमको डरका कारण, किनकि झुटो बोल्नेहरूलाई संजाय दिइन्थ्यो; त्यसकारण उनीहरूले आफ्नो विश्वासअनुसार प्रवचन दिएको स्वाङ पारे; अनि अब कुनै पनि मानिसलाई उसको विश्वासका लागि कानूनको कुनै शक्ति थिएन।
१८ अनि उनीहरूले चोरी गर्न आँट गरेनन्, नियमको डरका कारण, किनकि त्यस्तालाई सजाँय दिइन्थ्यो; न त उनीहरूले लुट्न नै आँट गरे, न त हत्या गर्ने नै, किनकि हत्या गर्नेलाई मृत्युको सजाय दिइन्थ्यो।
१९ तर यस्तो हुन गयो कि जो जो परमेश्वरको चर्चका मातहतमा थिएनन् उनीहरूले चर्चको मातहतमा हुनेलाई र आफैँमा ख्रीस्टको नाउँ लिनेहरूलाई सताउन थाले।
२० हो, तिनीहरूले उनीहरूलाई सताए र हरेक प्रकारका वचनहरूका साथ उनीहरूलाई दु:ख दिए र यो किनभने उनीहरूका विनम्रताका कारण; किनभने उनीहरू उनीहरूको आफ्नो आँखामा घमण्डी थिएनन् र किनभने उनीहरूले परमेश्वरको वचनहरू बाँडे, एक अर्कालाई, विनापैसा र विनामूल्य।
२१ अब त्यहाँ चर्चका जनमाझ एउटा कडा कानून थियो, कि त्यहाँ कुनै मानिस हुनुहुँदैन, चर्च अनतर्गत हुनेले चर्चभन्दा बाहिर हुनेलाई सताउन हुँदैन र आफूहरूमाझ पनि कसैलाई सताउनहुँदैन।
२२ तैपनि, उनीहरूमाझ धेरै थिए जो घमण्डी हुन थाले र रिसले उनीहरूका शत्रुहरूसँग झगडा गर्न थाले, मुक्काका साथ समेत; हो, उनीहरूले एक अर्कालाई उनीहरूका मुड्कीले प्रहार गरे।
२३ अब यो अल्माको शासनको दोस्रो वर्षमा थियो र यो चर्चको धेरै दु:खको एक कारण थियो; हो, यो चर्चको धेरै परीक्षाको कारण थियो।
२४ किनकि धेरैका हृदयहरू कठोर भएका थिए र उनीहरूका नाउँहरू मेटाइए, कि उनीहरूलाई परमेश्वरका जनमाझ अरु सम्झिएन। अनि धेरैले आफैँलाई पनि उनीहरूमाझबाट निकाला गरे।
२५ अब यो एक महान् परीक्षा थियो उनीहरूका लागि जो विश्वासमा अडिग थिए; तैपनि उनीहरू परमेश्वरका आज्ञाहरू पालना गर्नमा अडिग र अचल थिए, अनि उनीहरूले धीरताकासाथ आफूमाथि थुपारिएको सतावटलाई सहे।
२६ अनि जब पादरीहरूले परमेश्वरका वचन बाँड्न आफ्नो परिश्रम छाडे, जनले पनि परमेश्वरका वचन सुन्न आफ्ना परिश्रमहरू छाडे। अनि जब पादरीहरूले उनीहरूसामु परमेश्वरका वचन बाँडेका थिए उनीहरू सबै लगनशीलतापूर्वक उनीहरूका परिश्रमहरूमा पुन: फर्के; र पादरीहरू, आफैँलाई श्रोताहरूभन्दा माथिको नठानी, किनकि प्रवचक श्रोताभन्दा माथिको थिएन, न त शिक्षक सिक्नेभन्दा माथिको थियो; अनि यसरी उनीहरू समान थिए र उनीहरू सबैले परिश्रम गरे, प्रत्येक मानिसले आफ्नो शक्तिअनुसार।
२७ अनि उनीहरूले आफ्नो सम्पत्ति, प्रत्येक मानिस उससँग भएकोअनुसार, गरिबलाई र आवश्यकतामा परेकालाई र विरामीलाई र पीडितलाई, दिए; र उनीहरूले महङ्गा वस्त्रहरू लगाएनन्, तैपनि उनीहरू सफा र आकर्षित थिए।
२८ अनि यसरी उनीहरूले चर्चका कारोबारहरू स्थापना गरे; अनि यसरी उनीहरूले पुन: निरन्तर शान्ति प्राप्त गर्न थाले, उनीहरूका सबै सतावटहरू हुँदाहुँदै।
२९ अनि अब, चर्चको स्थिरताको कारणले गर्दा उनीहरू अत्यन्त धनी हुन थाले, उनीहरूको आवश्यकतामा खडा भएका सबै कुराहरूको प्रशस्त भएकाले—बथान र झुण्डको प्रशस्तता र प्रत्येक प्रकारका मोटा गाईवस्तुहरूको र अन्नहरूको पनि प्रशस्तता र सुनको र चाँदीको र मूल्यवान् कुराहरूको र रेशम र मसिनो गरी बाटीएका सुती कपडाहरू र हरेक प्रकारका साधारण वस्त्रहरूका प्रशस्तता।
३० अनि यसरी, उनीहरूको उन्नतिको परिवेशमा, उनीहरूले कुनै पनि नाङ्गाहरूलाई, अथवा भोकाहरूलाई, अथवा तिर्खाएकाहरूलाई, अथवा विरामीलाई, अथवा पालनपोषण नगरिएकाहरूलाई त्यसै पठाएनन्; र उनीहरूले आफ्ना हृदयहरू धनमा राखेनन्; त्यसकारण उनीहरू सबैप्रति उदार थिए, वृद्ध र तरुण दुबैप्रति, स्वन्तत्र र दास दुबै प्रति, पुरुष र महिला दुबै प्रति, चर्च बाहिरका र चर्च भित्रका प्रति, आवश्यकतामा खडा भएका व्यक्तिहरूप्रति कुनै भेदभाव नगरी।
३१ अनि यसरी उनीहरूले उन्नति गरे र चर्चका मातहतमा नभएकाहरूभन्दा धेरै धनी भए।
३२ किनकि तिनीहरू जो चर्चको मातहतमा थिएनन् उनीहरू आफैँ जादुगरीमा र मूर्तिपूजामा, अथवा अल्छीपनामा र बकबकाइमा र ईर्ष्या र कलहमा आसक्त थिए; महङ्गा वस्त्रहरू पहिरीँदै; आफ्नै आँखाहरूका घमण्डमा उचालिएर; सताउँदै, झुटो बोल्दै, चोरी गर्दै, लुट्दै, वेश्यावृति गर्दै र हत्या गर्दै र सबै प्रकारका दुष्टताहरू गर्दै; तैपनि, सम्भव भएसम्म यसलाई उल्लङ्घन गर्नेहरू सबैमाथि कानून लागू गरिएको थियो।
३३ अनि यस्तो हुन गयो कि यसरी उनीहरूमाथि नियमको अभ्यासद्वारा, प्रत्येक मानिसले उसले गरेअनुसार सहेर, उनीहरू अझैं स्थिर भए र यदि थाहा भए कुनै दुष्टता गर्ने आँट गरेनन्; त्यसकारण, न्यायकर्ताहरूको शासनको पाँचौवर्षसम्म नफीका जनमाझ धेरै शान्ति भयो।