धर्मशास्त्रहरू
अल्मा १९


अध्याय १९

लमोनीले अजर जीवनको प्रकाश प्राप्त गर्छन् र उद्धारकर्तालाई देख्छन्—उनको गृहस्थ अचेतन अवस्थामा पर्छन् र धेरैले स्वर्गदूतहरू देख्छन्—अम्मोनको आश्चर्यका साथ सुरक्षा गरिन्छ—उनले धेरैलाई बप्तिस्मा दिन्छन् र उनीहरूमाझ चर्चको स्थापना गर्छन्। लगभग ई.पू. ९०।

अनि यस्तो हुन गयो कि दुई दिनहरू र दुई रातहरूपछि उनीहरूले उनको शरीरलाई लगेर उनीहरूका मृतकहरूलाई गाड्ने प्रयोजनले बनाइएको चिहानमा गाड्न लागेका थिए।

अब रानीले अम्मोनको प्रसिद्धताका बारेमा सुनेकाले, त्यसकारण उनले पठाइन् र चाहाना गरिन् कि उनी उनीसामु आउनु पर्दछ।

अनि यस्तो हुन गयो कि अम्मोनले उनलाई आज्ञा दिइएअनुसार गरे र रानीसामु गए र उनीले तिनले के गरोस् भनी चाहन्छिन भनी जान्न चाहे।

अनि उनीले तीसामु भनिन्: मेरा श्रीमान्‌का सेवकहरूले मलाई अवगत गराएका छन् कि तिमी एक पवित्र परमेश्वरका अगमवक्ता हौ र तिमीसँग उहाँको नाउँमा धेरै शक्तिशाली कार्यहरू गर्ने शक्ति छ;

त्यसकारण, यदि त्यसो हो भने, म चाहान्छु कि तिमी भित्र जानुपर्छ र मेरा श्रीमान्‌लाई हेर्नु पर्छ, किनकि उनी दुई दिन र दुई रातको अन्तरालसम्म उनको बिस्तरामा सुतेका छन्; कोही भन्छन् उनी मरेका छैनन्, तर अरु भन्छन् कि उनी मरेका छन् र उनी गन्हाउँछन् र उनलाई चिहानमा राखिनु पर्छ; तर मेरा निम्ति भने, मलाई उनी गन्हाउँदैनन्।

अब, यो नै अम्मोनको चाहाना थियो, किनकि उनलाई थाहा थियो कि लमोनी राजा परमेश्वरको शक्तिको प्रभावमा थिए; उनलाई थाहा थियो कि अविश्वासको अन्धकारको पर्दा उनको मस्तिस्कबाट हटाइँदै थियो र उनको मस्तिष्कलाई उज्यालो पार्ने प्रकाश, जुन परमेश्वरको महिमाको प्रकाश थियो, जुन उहाँको कृपाको विष्मयकारी प्रकाश थियो—हो, यो प्रकाशले यस्तो खुसियाली उनको जीवात्मामा ल्यायो, अन्धकारको बादल हटाएकोले र उनलाई थाहा थियो कि अजर जीवनको प्रकाश उनको जीवात्मामा जलाइएको थियो, हो, उनलाई थाहा थियो कि यसले उनको प्राकृतिक स्वरुपलाई विह्वल पारेको थियो र उनलाई परमेश्वरमा लगिएको थियो—

त्यसकारण, रानीले गरेको चाहना उनको एक मात्र चाहान थियो। त्यसकारण, उनी रानीले उनीबाट गरेको चाहानाअनुसार राजालाई हेर्न भित्र गए; र उनले राजालाई देखे र उनलाई थाहा भयो कि उनी मरेका थिएनन्।

अनि उनले रानीसामु भने: उनी मरेका छैनन्, तर उहाँ परमेश्वरमा सुत्नुहुन्छ र भोलि उहाँ पुन: उठ्नुहुनेछ; त्यसकारण उहाँलाई नगाड्नुहोस्।

अनि अम्मोनले उनलाई भने: के तपाईँ यो विश्वास गर्नुहुन्छ? अनि उनीले उनलाई भनिन्: तिम्रा वचन र हाम्रा सेवकहरूको वचनबाहेक मसँग गवाही छैन; तैपनि म विश्वास गर्छु कि तिमीले भनेअनुसार हुनेछ।

१० अनि अम्मोनले उनीसामु भने: तपाईँ अत्यन्त आस्थाका कारण तपाईँ आशीषित हुनुहोओस्; म तपाईँसामु भन्छु, नारी, सम्पूर्ण नफीका जनमाझ यस्तो महान् आस्था पाइएको छैन।

११ अनि यस्तो हुन गयो कि उनी त्यो समयदेखि भोलिपल्ट अम्मोनले उनको श्रीमान उठ्नेछन् भनेर तोकेको समयसम्म समेत, आफ्नो श्रीमानलाई बिस्तरामा कुरेर बसिन्।

१२ अनि यस्तो हुन गयो कि उनी उठे, अम्मोनका वचनहरूअनुसार; र जब उनी उठे, उनले आफ्ना हात ती नारीसामु फैलाए र भने: परमेश्वरको नाउँ आशीषित होओस् र तिमी आशीषित होऊ।

१३ किनकि जसरी तिमी जिउँदो छ्यौ, त्यसरी मैले मेरो उद्धारकर्तालाई देखेँ; अनि उहाँ आउनुहुनेछ र एक स्त्रीबाट जन्माइनुहुनेछ र उहाँले आफ्ना नाउँमा विश्वास गर्ने सबै मानवमात्रलाई उद्धार गर्नुहुनेछ। अब, जब उनीद्वारा यी वचनहरू बोलिएको थिए, उनको हृदय उनीभित्र फुल्यो र आत्माद्वारा बसमा लिएर, उनी खुसीले फेरि डुबे र रानी पनि डुबिन्।

१४ अब अम्मोनले उनको प्रार्थनाअनुसार, नफीहरूकामाझ अथवा परमेश्वरका सबै जनमाझ उनीहरूका दुष्टताहरू र उनीहरूका परम्पराहरूका कारण यति धेरै शोकका कारण भएका, उनका बन्धु, लमानीहरूमाथि परमप्रभुको आत्मा खनिएको देखेर, उनी आफ्ना घुँडामा परे र परमेश्वरसामु उनका बन्धुहरूलाई परमेश्वरले गरेका कुराहरूका निम्ति प्रार्थना र कृतज्ञतामा उनको आत्मा खन्याउन थाले; र उनलाई हर्षले पनि बसमा लियो; र यसरी उनीहरू तीनै जना पृथ्वीमा डुबेका थिए।

१५ अब, जब राजाका सेवकहरूले देखेका थिए कि उनीहरू ढले, उनीहरू पनि परमेश्वरसामु आवाज उठाएर पुकार्न थाले, किनकि परमेश्वरप्रतिको भय उनीहरूमा आयो; किनकि उनीहरू ती थिए जसले अम्मोनको महान् शक्तिको बारेमा राजाअगाडि खडा भएर उनीसामु गवाही दिएका थिए।

१६ अनि यस्तो हुन गयो कि उनीहरूले परमेश्वरको नाउँमा पुकारे, उनीहरूको शक्तिकासाथ, उनीहरू सबै पृथ्वीमा नढलुन्जेलसम्म, एक लमानी स्त्रीबाहेक, जसको नाउँ अविश थियो, उनका पिताको एक उल्लेखनीय दर्शन विवरणको आधारमा उनी धेरै वर्षहरूअगाडि परमप्रभुमा परिवर्तित भएकाले—

१७ त्यसरी, परमप्रभुमा परिवर्तित भएर र कहिल्यै यो थाहा नदिएर, त्यसकारण, जब उनले देखिन् कि लमोनीका सबै सेवकहरू पृथ्वीमा ढलेका थिए र उनकी मालिक्नी, रानी पनि र राजा र अम्मोन पृथ्वीमाथि लमतन्न पल्टेका थिए, उनलाई थाहा भयो कि यो परमेश्वरको शक्ति थियो; अनि ठान्दै कि यो अवसर, उनीहरूमाझ जे भएको थियो त्यो अवगत गराएर, कि यो दृश्य देखेर उनीहरूलाई परमेश्वरको शक्तिमा विश्वास गर्न लगाउने छ, त्यसकारण उनी एक घरबाट अर्को घरतिर दौडिन्, जनलाई अवगत गराउँदै।

१८ अनि उनीहरू राजाको घरमा एक साथभेला हुन थाले। अनि त्यहाँ एक भीड आयो र उनीहरूका आश्चर्यमा उनीहरूले राजालाई, रानीलाई र उनीहरूका सेवकहरूलाई पृथ्वीमा लमतन्न परेको देखे र उनीहरू सबै पृथ्वीमा मरेजस्तै गरी पल्टेका थिए, उनीहरूले अम्मोनलाई पनि देखे र हेर, उनी एक नफी थिए।

१९ अनि अब जनले आफूमाझ गनगनाउन थाले; कोही भन्थे कि उनीहरूमाथि, अथवा राजा र उनका घरमाथि आएको यो महान् विपत्ति थियो, किनभने उनले सहेका थिए कि नफीहरू यो भूमिमा रहनु पर्छ।

२० तर अरुले उनीहरूलाई हप्काए, यसो भन्दै: राजाले उनको घरमा विपत्ति ल्याएका छन् किनभने उनले आफ्ना सेवकहरूको बध गरे जसका बथान सेबसका पानीमा तितर-वितर गरिएका थिए।

२१ अनि उनीहरूलाई सेबसको पानीमा खडा भएर राजाका बथानलाई तितर-वितर गर्ने ती मानिसहरूले पनि हप्काए, किनकि अम्मोनले उनीहरूका बन्धुहरूलाई सेबसको पानीमा राजाका बथानको संरक्षण गरिरहँदा बध गरिएका उनीहरूका बन्धुहरूको सङ्ख्याका कारण उनीहरू उनीसँग रिसाएका थिए।

२२ अब, उनीहरूमध्ये एक, जसको दाजुलाई अम्मोनको तरबारले बध गरिएको थियो, अम्मोनसँग अत्यन्त रिसाएकोले, आफ्नो तरबार निकाल्यो र अम्मोनमाथि परोस् भनी अघि गयो, उनको बध गर्न; अनि जब उसले उनीमाथि प्रहार गर्न तरबार उचाल्यो, हेर, ऊ मरेर ढल्यो।

२३ अब हामी देख्न सक्छौँ कि अम्मोनको बध गर्न सकिँदैन, किनकि परमप्रभुले मोसीयाह, उनका पितासामु भन्नुभएको थियो: म उनलाई छाडिदिनेछु र उनलाई तिम्रो आस्थाअनुसार हुने छ—त्यसकारण, मोसीयाहले उनलाई परमप्रभुमा सुम्पिदिए।

२४ अनि यस्तो हुन गयो कि जब भीडले देख्यो कि अम्मोनको बध गर्न तरबार उठाउने मानिस मरेर ढल्यो, उनीहरू सबैमाथि डर आयो र उनलाई र ढलेका कसैलाई पनि छुन उनीहरूले हात बढाउन आँट गरेनन्; र उनीहरूले आफैँमाझ आश्चर्य मान्न थाले कि यो महान् शक्तिको कारण के हुन सक्छ, अथवा यी सबै कुराहरूको अर्थ के हो?

२५ अनि यस्तो हुन गयो कि उनीहरूमाझ धेरै थिए जसले भने कि अम्मोन महान् आत्मा थिए र अरुले भने उनलाई महान् आत्माद्वारा पठाइएको थियो।

२६ तर अरुले उनीहरू सबैलाई हप्काए, भन्दै कि उनी नफीहरूले उनीहरूलाई पीडा दिन पठाएका एक राक्षस थिए।

२७ अनि त्यहाँ कोही थिए जसले भने कि अम्मोनलाई उनीहरूको दुष्टताहरूका कारण उनीहरूलाई कष्ट दिन महान् आत्माद्वारा पठाइएको थियो; र यी महान् आत्मा थिए जसले नफीहरूको हेरचाह गरेका थिए, जसले उनीहरूलाई सदैव उनीहरूका हातहरूबाट मुक्त गरेका थिए र उनीहरूले भने कि यी महान् आत्मा थिए जसले उनीहरूका बन्धुहरू, लमानीहरूमध्ये त्यति धेरैलाई विनाश गरेका थिए।

२८ त्यसरी उनीहरूमाझको झगडा अत्यन्त तिब्र हुन थाल्यो। अनि जब उनीहरू यसरी झगडा गर्दै थिए, त्यी महिला सेवक जसले भिडलाई एक साथ भेला हुन अह्राएकी थिइन् उनी आइन् र जब उनले भीडमाझको झगडालाई देखिन्, उनी आँसु झर्ने गरी अत्यन्त दुखित भइन्।

२९ अनि यस्तो हुन गयो कि उनी गइन् र रानीलाई हातमा लिईन्, कि सम्भवत: उनले रानीलाई जमिनबाट उठाउन सकून्; अनि उनीले उनको हात छुने बित्तिकै रानी उठिन र उनको खुट्टामा उभिन् र ठूलो आवाजले कराइन्, यसो भन्दै: हे आशीषित येशू, जसले मलाई त्यो भयावह नरकबाट बचाउनुभएको छ! हे आशीषित परमेश्वर, यी जनमा कृपा गर्नुहोस्!

३० अनि जब उनले यो भनेकी थिइन्, उनले, हर्षले भरिएर, बुझ्न नसकिने धेरै वचनहरू बोल्दै उनका हातहरूले ताली बजाइन्; अनि जब उनले यो गरेकी थिइन्, उनले राजा, लमोनीलाई, हातमा लिइन् र हेर उनी उठे र उनको खुट्टामा खडा भए।

३१ अनि उनले तुरुन्तै, आफ्ना जनमाझको कलहलाई देखेर, अघि गए र उनीहरूलाई हप्काउन र उनीहरूलाई उनले अम्मोनको मुखबाट सुनेका वचनहरू सिकाउन थाले; र उनका वचनहरू सुन्ने जत्तिले विश्वास गरे र परमप्रभुमा परिवर्तित भए।

३२ तर त्यहाँ उनीहरूमध्ये धेरै थिए जसले उनका वचनहरू सुनेनन्; त्यसकारण उनीहरू आफ्नो बाटो लागे।

३३ अनि यस्तो हुन गयो कि जब अम्मोन उठे उनले पनि उनीहरूको सेवा गरे र लमोनीका सेवकहरूले पनि त्यसै गरे; र उनीहरू सबैले त्यही कुरा जनसामु घोषणा गरे—कि उनीहरूका हृदयहरू बदलिएका थिए; कि उनीहरूलाई खराब गर्ने अरु चाहाना थिएन।

३४ अनि हेर, धेरैले जनसामु घोषणा गरे कि उनीहरूले स्वर्गदूतहरू देखेका थिए र उनीहरूसँग वार्तालाप गरेका थिए; अनि यसरी उनीहरूले आफूलाई परमेश्वरका र उहाँको धार्मिकताका कुराहरू भनेका थिए।

३५ अनि यस्तो हुन गयो कि उनीहरूका वचनहरूमा विश्वास गर्नेहरू धेरै थिए; र विश्वास गर्ने जतिले बप्तिस्मा लिए; र उनीहरू धर्मी जन बने र उनीहरूले आफूमाझ चर्चको स्थापना गरे।

३६ अनि यसरी परमप्रभुको कार्य लमानीहरूमाझ आरम्भ भयो; यसरी परमप्रभुले आफ्नो आत्मा उनीहरूमाथि खन्याउन थाल्नुभयो; र हामी देख्छौँ कि उहाँको बाहु पश्चात्ताप गर्ने र उहाँको नाउँमा विश्वास गर्ने सबै जनतिर फैलिएको छ।