धर्मशास्त्रहरू
अल्मा २३


अध्याय २३

धार्मिक स्वन्तत्रताको घोषणा गरिन्छ—सात भूमिहरू र सहरहरूका लमानीहरू परिवर्तित हुन्छन्—उनीहरू आफैँलाई अन्टी-नफी-लहीहरू भन्छन् र श्रापबाट मुक्त हुन्छन्—अमालेकीहरू र अमुलोनीहरू सत्यको अस्वीकार गर्छन्। लगभग ई.पू. ९०–७७।

हेर, अब यसो हुन गयो कि लमोनी राजाले उनका सम्पूर्ण जनमाझ एक घोषणा पठाए, कि उनीहरूले अम्मोन, अथवा हारुन, अथवा ओम्नेर, अथवा हिम्नीमाथि हात हाल्नु हुँदैन, न त उनीहरूका बन्धुहरू कसैलाई जो परमेश्वरका वचनहरूको प्रचार गर्न जान्छन्, उनीहरू उनीहरूको भूमिको कुनै भागको जुनसुकै स्थानमा भए पनि।

हो, उनले तिनीहरूमाझ एक उर्दी जारी गरे, कि तिनीहरूलाई बाँध्न, अथवा तिनीहरूलाई कारागारमा फ्याँक्न उनीहरूमाथि तिनीहरूले आफ्ना हातहरू हाल्न हुँदैन; न त उनीहरूले तिनीहरूलाई थुक्न, न त प्रहार गर्न, न त तिनीहरूलाई उनीहरूका सभा-घरहरूबाट फ्याँक्न, न त कोर्रा हान्न हुन्छ; न त उनीहरूले तिनीहरूलाई ढुङ्गा हान्न हुन्छ, तर कि तिनीहरूले उनीहरूका घरहरूमा र उनीहरूका मन्दिरहरूमा र उनीहरूका आरक्षणहरूमा स्वतन्त्र प्रवेश गर्न पाउनुपर्छ।

अनि यसरी उनीहरू अघि जान सकून् र आफ्ना इच्छाहरूअनुसार वचनको प्रचार गर्न सकून्, किनकि राजा र उनका सम्पूर्ण गृहस्थ परमप्रभुमा परिवर्तित भएका थिए, त्यसकारण उनले आफ्नो घोषणा उनका जनसामु भूमिभरि पठाए, कि परमेश्वरका वचनहरूलाई कुनै अड्चन नआओस्, तर यो सम्पूर्ण भूमिभरि जान सकोस्, कि उनका जनले उनीहरूका पितापुर्खाहरुका परम्पराहरूको दुष्टताहरू बारेमा विश्वास गर्न सकून् र उनीहरू विश्वास गरून् कि उनीहरू सबै बन्धुहरू थिए र उनीहरूले हत्या गर्न हुँदैन, न त लुट्न, न त चोर्न, न त व्यभिचार गर्न, न त कुनै प्रकारका दुष्टताहरू गर्न हुन्छ।

अनि अब यस्तो हुन गयो कि जब राजाले यो घोषणा पठाए, कि हारुन र उनका बन्धुहरू सहरदेखि सहरसम्म र एक आराधना घरदेखि अर्कोसम्म, चर्चहरूको स्थापना गर्दै र लमानीहरूमाझ भूमिभरि उनीहरूमाझ परमेश्वरका वचनको प्रचार गर्न र सिकाउन पादरीहरू र शिक्षकहरूलाई पवित्रीकृत गर्दै अघि गए; अनि यसरी उनीहरूले विशाल सफलता पाउन थाले।

अनि हजारौंलाई परमप्रभुको ज्ञानमा ल्याइयो, हो, हजारौंलाई नफीहरूको परम्परामा विश्वास गर्न ल्याइयो; र उनीहरूलाई वर्तमान समयसम्म समेत हस्तान्तरण गरिएका अभिलेखहरू र अगमवाणीहरू सिकाइयो।

अनि जसरी परमप्रभु जिउँदो हुनुहुन्छ भनी निश्चित छ, त्यसरी नै जतिले विश्वास गरे, अथवा, जतिलाई सत्यताको ज्ञानमा ल्याइयो, अम्मोन र उनका बन्धुहरूको प्रवचनद्वारा, प्रकाशको र अगमवाणीको आत्मा र परमेश्वरको शक्तिले उनीहरूमाथि गरेको आश्चर्य कर्मद्वारा—हो, म तिमीहरूसामु भन्दछु, जसरी परमप्रभु जिउँदो हुनुहुन्छ, उनीहरूका प्रवचनहरूमा विश्वास गर्ने लमानीहरू जति सबै, परमप्रभुमा परिवर्तित भए, कहिल्यै पतन भएनन्।

किनकि उनीहरू धर्मी जन बने; उनीहरूले आफ्ना विद्रोहका हतियारहरू त्यागे, कि उनीहरूले परमेश्वरविरुद्द अरु लड्न चाहेनन्, न त उनीहरूका बन्धुहरूविरुद्ध।

अब, तिनीहरू यी हुन् जो परमप्रभुमा परिवर्तित भएका थिए:

इश्माएलको भूमिमा भएका लमानीहरूका जन;

१० र मिद्दोनीको भूमिमा भएका लमानीहरूका जन पनि;

११ र नफीको सहरमा भएका लमानीहरूका जन पनि;

१२ र शिलोमको भूमिमा भएका, शेम्लोनको भूमिमा र लेमुएलको सहरमा र शिम्निलोमको सहरमा भएका लमानीहरूका जन पनि।

१३ अनि यी परमप्रभुमा परिवर्तित भएका लमानीहरूका सहरहरू हुन्; र तिनीहरू ती हुन् जसले विद्रोहका हतियारहरू, हो, उनीहरूका युद्धका सबै हतियारहरू त्यागे र उनीहरू सबै लमानीहरू थिए।

१४ अनि अमालेकीहरू परिवर्तित भएनन्, एकजना बाहेक; न त अमुलोनीहरूमध्ये कोही थिए; तर उनीहरूले आफ्ना हृदयहरू कठोर बनाए; र जहाँ बसेको भए पनि, भूमिका अन्य भागहरूमा, हो र उनीहरूका सबै गाउँहरूमा र उनीहरूका सबै सहरहरूमा बस्ने लमानीहरूका हृदयहरू पनि।

१५ त्यसकारण, हामीले लमानीहरूका सबै सहरहरूको नाउँ दिएका छौँ जुनमा उनीहरूले पश्चात्ताप गरे र सत्यताको ज्ञानमा आए र परिवर्तित भए।

१६ अनि अब यस्तो हुन गयो कि राजा र परिवर्तित भएकाहरू इच्छुक थिए कि उनीहरूको एक नाउँ होस्, कि जसबाट उनीहरूलाई उनीहरूका बन्धुहरूबाट छुट्याउन सकियोस्, त्यसकारण राजाले हारुन र उनीहरूका पादरीहरूमध्ये धेरैसँग सल्लाह लिए, उनीहरूले आफैँले लिने नाउँका बारेमा, कि उनीहरू छुट्टिऊन्।

१७ अनि यस्तो हुन गयो कि उनीहरूले आफ्नो नाउँ अन्टी-नफी-लहीहरू राखे; र उनीहरूलाई यो नाउँद्वारा बोलाइयो र त्यस उपरान्त लमानीहरू भनिएन।

१८ अनि उनीहरू ज्यादै उद्यमी जन बन्न थाले; हो र उनीहरू नफीहरूसँग मैत्रीपूर्ण हुन थाले; त्यसकारण, उनीहरूले नफीहरूसँग सम्पर्क खोले र परमेश्वरको श्रापले उनीहरूलाई यस उपरान्त पछ्याएन।