अध्याय ५१
राजावादीहरूले कानुन परिवर्तन गर्न र राजाको स्थापना गर्न खोजे—पहोरान र स्वतन्त्रताबादीहरूलाई जनताको आवाजद्वारा समर्थन गरिन्छ—मोरोनीले राजावादीहरूलाई उनीहरूको देशको सुरक्षा गर्न वा मृत्यु भोग्न बाध्य गराउँछन्—अमलिकीयाह र लमानीहरूले किल्लाले घेरिएका धेरै सहरहरूलाई अधीनमा लिन्छन्—तेयान्कुमले लमानीहरूको आक्रमणलाई पछाडि धकेल्छन् र उसको पालमा अमलिकीयाहको बध गर्छन्। लगभग ई.पू. ६७–६६।
१ अनि नफीका जनमाथिको न्यायकर्ताहरूको शासनको पच्चीसौँ वर्षको प्रारम्भमा अब यस्तो हुन गयो, उनीहरूले लहीका जन र मोरियान्तोनका जनका बीच उनीहरूका भूमिहरूका बारेमा शान्ति स्थापना गरिएकाले र पच्चीसौँ वर्ष शान्तिमा आरम्भ भएकाले;
२ तैपनि, उनीहरूले भूमिमा त्यति लामो समयसम्म पूर्ण शान्ति कायम गर्न सकेनन्, किनकि प्रधान न्यायकर्ता पहोरानका बारेमा जनमाझ कलह हुन थाल्यो; किनकि हेर, जनका एक भागले कानुनको केही विशेष बुँदाहरू बदलिनु पर्दछ भनेर चाहे।
३ तर हेर, पहोरानले न त बदले न त कानुन बदल्न दिए; त्यसकारण, उनले कानुन बदल्नाका बारेमा आवेदनको साथ आफ्ना आवाजहरू पठाएकाहरूलाई सुनेनन्।
४ त्यसकारण, ती जो इच्छुक थिए कि कानुन बदलिन पर्दछ तिनीहरू उनीसँग रिसाए र चाहे कि उनी अबदेखि भूमिमाथि प्रधान न्यायकर्ता हुनुहुँदैन; त्यसकारण त्यहाँ त्यस विषयका बारेमा उत्तेजित बहस उठ्यो, तर रक्तपातसम्म पुगेन।
५ अनि यस्तो हुन गयो कि ती जो पहोरानलाई न्यायको आसनबाट पदच्यूत गर्न चाहन्थे उनीहरूलाई राजावादीहरू भनिन्थ्यो, किनकि उनीहरू इच्छुक थिए कि स्वतन्त्र सरकारलाई हराएर भूमिमाथि राजाको स्थापना गर्ने तरिकाले कानुन बदल्नु पर्दछ।
६ अनि ती जो इच्छुक थिए कि पहोरान भूमिमाथिको प्रधान न्यायकर्ता रहनु पर्छ उनीहरूले आफैँलाई स्वतन्त्रताबादीहरूको नाउँ लिए; अनि उनीहरूमाझको विभाजन यस्तो थियो, किनकि स्वतन्त्रताबादीहरूले स्वतन्त्र सरकारद्वारा उनीहरूका अधिकारहरू र सुबिधाहरू कायम राख्न कसम खाएका थिए अथवा करार गरेका थिए।
७ अनि यस्तो हुन गयो कि यसप्रकारको उनीहरूको कलह जनताको मतद्वारा मिलाइयो। अनि यस्तो हुन गयो कि जनताको मत स्वतन्त्रताबादिहरूका समर्थनमा आयो र पहोरानले न्यायको-आसन कायम राखे, जुनले पहोरानका बन्धुहरू र स्वतन्त्रताका जनमध्ये अधिकांसमा धेरै खुसियाली ल्यायो, जसले राजाबादिहरूलाई पनि शान्त पारे, कि उनीहरूले विरोध गर्ने आँट गरेनन् तर उनीहरूलाई स्वतन्त्रताको कारणलाई कायम राख्न बाध्य बनाइयो।
८ अब उनीहरू जो राजाहरूका समर्थनमा थिए उनीहरू उच्च खानदानका थिए र उनीहरू राजाहरू हुन खोजे; अनि उनीहरूलाई जनमाथि शक्ति र अधिकार खोज्नेहरूद्वारा समर्थन गरिएको थियो।
९ तर हेर, यो नफीका जनमाझ त्यस्ता कलहहरू हुन संवेदनशील समय थियो; किनकि हेर, अमलिकीयाहले लमानीहरूका जनका हृदयहरूलाई नफीका जनका विरुद्ध फेरि उक्साएको थियो, अनि उसले उसको भूमिको सबै भागहरूबाट सिपाहीहरू, उनीहरूलाई हतियारले सज्जाउँदै र सबै लगनशीलताका साथ युद्दका निम्ति तयारी गर्दै एक साथ जम्मा गरिरहेको थियो, किनकि उसले मोरोनीको रगत पिउने कसम खाएको थियो।
१० तर हेर, हामीले देख्ने छौ कि उसले गरेको आफ्नो बाचा विचार बिनाको थियो; तैपनि, उसले आफैँलाई र आफ्ना सेनाहरूलाई नफीहरूका विरुद्ध लड्न आउन तयार गऱ्यो।
११ अब उसका सेनाहरू यसभन्दा अगाडि भए जति थिएनन्, नफीहरूका हातहरूबाट बध गरिएका धेरै हजारहरूका कारण; तर उनीहरूको ठूलो क्षति हुँदाहुँदै पनि, अमलिकीयाहले चमात्कारयोग्य विशाल सेना एकसाथ जम्मा गरेको थियो, यतिसम्म कि ऊ जरहेम्लाको भूमिसम्म तल आउन डराएन।
१२ हो, अमलिकीयाह आफैँ समेत तल आयो, लमानीहरूका अगाडि। अनि यो न्यायकर्ताहरूको शासनको पच्चीसौँ वर्षमा थियो; अनि यो त्यही समय थियो कि उनीहरूले प्रधान न्यायकर्ता पहोरानको बारेका कलहलाई साम्य बनाउन थालेका थिए।
१३ अनि यस्तो हुन गयो कि जब मानिसहरू जो राजावादीहरू कहलाइएका थिए उनीहरूले सुनेका थिए कि लमानीहरू उनीहरूका विरुद्ध लड्न आइरहेका थिए, उनीहरू आफ्ना हृदयमा खुसी भए; अनि उनीहरूले हतियारहरू उठाउन अस्वीकार गरे, किनकि उनीहरू प्रधान न्यायकर्ता र स्वतन्त्रताका जनसँग त्यति धेरै क्रोधित भए, कि उनीहरूले आफ्नो देशको संरक्षण गर्न हतियारहरू उठाएनन्।
१४ अनि यस्तो हुन गयो कि जब मोरोनीले यो देखे, अनि लमानीहरू भूमिका सिमानामा आइरहेको पनि देखे, उनी आफूले संरक्षण गर्न त्यति धेरै लगनशिलताका साथ परिश्रम गरेका ती जनका हठीपनाका कारण अत्यन्तै क्रोधित भए; हो, उनी अत्यन्तै क्रोधित भए; उनको आत्मा उनीहरूविरुद्धको रिसले भरिएको थियो।
१५ अनि यस्तो हुन गयो कि उनले एक बिन्तीपत्र पठाए, जनको मतका साथ, भूमिका राज्यपालकासामु, यो चाहाँदै कि उनले त्यसलाई पढ्नु पर्छ र उनलाई (मोरोनीलाई) भिन्न मतधारीहरूलाई या त आफ्नो देशको सुरक्षा गर्न बाध्य बनाउन या त तिनीहरूलाई मार्न शक्ति दिनुपर्छ।
१६ किनकि जनमाझको कलहहरू र मतभेदहरूलाई अन्त्य गर्नु यो उनको पहिलो जिम्मेवारी थियो; किनकि हेर, यो अहिलेसम्मका उनीहरूको सबै विनाशको कारण थियो। अनि यस्तो हुन गयो कि जनताका मतअनुसार यो प्रदान गरियो।
१७ अनि यस्तो हुन गयो कि मोरोनीले आज्ञा दिए कि उनका सेना ती राजावादीविरुद्ध उनीहरूको घमण्ड र उनीहरूको अहमतालाई झार्न जानुपर्दछ र उनीहरूलाई पृथ्वीमा ढाल्नुपर्छ, या त उनीहरूले उनीहरूले हतियार लिनुपर्दछ र स्वतन्त्रताको कारणलाई समर्थन गर्नुपर्छ।
१८ अनि यस्तो हुन गयो कि सेनाहरू उनीहरूका विरुद्ध अघि बढे; र उनीहरूले आफ्नो घमण्ड र अहमलाई तल झारे, यतिसम्म कि जब उनीहरूले मोरोनीका मानिसहरूविरुद्ध लड्न उनीहरूका युद्धका हतियारहरू उठाए, उनीहरूलाई काटेर ढालियो र जमिनसम्म झारियो।
१९ अनि यस्तो हुन गयो कि तरबारद्वारा काटेर ढालिएका ती विमति राख्नेहरू चार हजार थिए; अनि लडाइँमा बध नगरिएका उनीहरूका अगुवाहरूलाई लगिएको थियो र कारागारमा फ्याँकिएको थियो, किनकि उनीहरूको मुद्दाका लागि यस वेलामा कुनै समय थिएन।
२० अनि ती भिन्न मतधारीहरूका बाँकीले, तरबारद्वारा जमिनमा प्रहारित भइ ढल्न भन्दा, स्वतन्त्रताको ध्वजामा समर्पण गरे र उनीहरूलाई उनीहरूका धरहराहरूमा र उनीहरूका सहरहरूमा स्वतन्त्रताको ध्वजा उचाल्न र आफ्नो देशको सुरक्षामा हतियारहरू लिन बाध्य बनाइयो।
२१ अनि यसरी मोरोनीले ती राजावादीहरूको अन्त्य गरे, कि त्यहाँ राजावादी भनेर चिनिने कोही थिएनन्; अनि यसरी उनले उत्तम रगतको दावा गर्ने ती जनको हठीपना र घमण्डलाई अन्त्य गरे; तर उनीहरूलाई आफ्ना बन्धुहरू जस्तै विनम्र हुन र दासत्वबाटको उनीहरूको स्वतन्त्रताका निम्ति सहासका साथ लड्न तल झारियो।
२२ हेर, यस्तो हुन गयो कि जबकि मोरोनी उनका आफ्ना जनमाझका युद्धहरू र कलहहरूलाई तोडिरहेका थिए र उनीहरूलाई शान्ति र सभ्यताको बसमा ल्याइरहेका थिए र लमानीहरूविरुद्ध युद्धको तयारीका निम्ति विनियम बनाउँदै थिए, हेर, लमानीहरू समुन्द्र तटका सिमानामा रहेको मोरोनीको भूमिमा आएका थिए।
२३ अनि यस्तो हुन गयो कि नफीहरू मोरोनीको सहरमा पर्याप्त मात्रामा शक्तिशाली थिएनन्; त्यसकारण अमलिकीयाहले धेरैको बध गर्दै उनीहरूलाई धपाए। अनि यस्तो हुन गयो कि अमलिकीयाहले सहरलाई अधीनमा, हो, उनीहरूका सबै किल्लाहरूलाई अधीनमा लिए।
२४ अनि मोरोनीको सहरबाट भागेकाहरू नफीहाहको सहरमा आए; अनि लहीका सहरका जन पनि एकसाथ जम्मा भए र तयारीहरू गरे र लडाइँ गर्नका निम्ति लमानीहरूलाई भेट्न तयार थिए।
२५ तर यस्तो हुन गयो कि अमलिकीयाहले लमानीहरू नफीहाहको सहरविरुद्ध लड्न जान सहेन, तर प्रत्येक सहरमा त्यसलाई कायम राख्न र सुरक्षा गर्न मानिसहरू छोड्दै, उनीहरूलाई समुन्द्रको किनारा नजिक राख्यो।
२६ अनि यसरी उसले कायम राख्यो, धेरै सहरहरूलाई अधीनमा लिँदै, नफीहाहको सहर र लहीको सहर र मोरियान्तोनको सहर र ओम्नेरको सहर र गिदको सहर र मुलेकको सहर, जुनमध्ये सबै समुन्द्र तटका पूर्वी सिमानाहरूमा थिए।
२७ अनि यसरी लमानीहरूले, अमलिकीयाहको धुर्त्याइँद्वारा, त्यति धेरै सहरहरू, उनीहरूका अनगिन्ति सैन्यहरूद्वारा, प्राप्त गरेका थिए, जुनमध्ये सबै मोरोनीका किल्लाहरूका प्रकारले बलियो नमुनामा सुरक्षित गरिएका थिए; जुनमध्ये सबै लमानीहरूका निम्ति किल्लाहरू बने।
२८ अनि यस्तो हुन गयो कि उनीहरू बाउन्टिफूलका सिमानाहरूतिर, आफूहरूअगाडि नफीहरूलाई लखेट्दै र धेरैको बध गर्दै अघि बढे।
२९ तर यस्तो हुन गयो कि उनीहरू मोरियान्तोमको बध गर्ने र आफ्ना जनको अगुवाइ गर्ने तेयान्कुमद्वारा भेटिए।
३० अनि यस्तो हुन गयो कि उनले अमलिकीयाहलाई पनि रोके, किनभने ऊ आफ्ना अनगिन्ती सेनासँग अघि बढिरहेको थियो कि उसले बाउन्टिफूल भूमिलाई र उत्तरतर्फको भूमिलाई पनि अधीनमा लिन सकोस्।
३१ तर हेर तेयान्कुम र उनका मानिसहरूद्वारा पछाडि लखेटिदा ऊ बेखुसी भयो, किनकि उनीहरू महान् योद्धाहरू थिए; किनकि तेयान्कुमका प्रत्येक मानिस उनीहरूको शक्तिमा र उनीहरूको युद्धको शिपमा लमानीहरूलाई उछिन्थे, यतिसम्म कि उनीहरूले लमानीहरूमाथि लाभ प्राप्त गरे।
३२ अनि यस्तो हुन गयो कि तिनीहरूले उनीहरूलाई दु:ख दिए, यतिसम्म कि अँध्यारो नभइन्जेलसम्म उनीहरूले उनीहरूको बध गरे। अनि यस्तोसम्म हुन गयो कि तेयान्कुम र उनका मानिसहरूले बाउन्टिफूल भूमिका सिमानाहरूमा आफ्ना पालहरू टाँगे; अनि अमलिकीयाहले आफ्ना पालहरू समुन्द्रको किनारा नजिकको तटका सिमानाहरूमा टाँगे, अनि यसर प्रकारले उनीहरूलाई लखेटिएको थियो।
३३ अनि यस्तो हुन गयो कि जब रात आएको थियो, तेयान्कुम र उसका सेवकहरूले राति सुटुक्क निस्के र बाहिर गए र अमलिकीयाहको शिविरमा गए; अनि हेर, दिनका परिश्रम र तापबाटको उनीहरूको धेरै थकाइका कारण निन्द्राले उनीहरूलाई समातेको थियो।
३४ अनि यस्तो हुन गयो कि तेयान्कुम सुटुक्क गोप्य रुपमा राजाको पालमा गए र उसको मुटुमा भाला रोपे; अनि उनले राजाको मृत्यु तुरुन्तै गराए कि उसले आफ्ना सेवकहरूलाई उठाएन।
३५ अनि उनी गोप्य रुपमा उनको आफ्नो शिविरमा फर्के र हेरे, उनका मानिसहरू निन्द्रामा थिए, अनि उनले उनीहरूलाई उठाए र उनीहरूलाई आफूले गरेका सबै कुराहरू भने।
३६ उनले अह्राए कि आफ्ना सेनाहरू तयारीमा सतर्क हुनुपर्दछ, कथंकदाचित लमानीहरू व्युँझिए र उनीहरूमाथि आइलाग्ने छन्।
३७ अनि यसरी नफीका जनमाथिको न्यायकर्ताहरूको शासनको पच्चीसौँ वर्ष अन्त्य भयो; अनि यसरी अमलिकीयाहका दिनहरूको अन्त्य भयो।