धर्मशास्त्रहरू
एनोश १


एनोशको पुस्तक

अध्याय १

एनोश शक्तिका साथ प्रार्थना गर्दछन् र उनका पापहरूबाट छुटकारा पाउँदछन्—परमप्रभुको आवाज उनको मस्तिष्कमा आउँछ, भविष्यको एउटा दिनमा लमानीहरूका निम्ति मुक्तिको वाचा गर्दै—नफीहरू लमानीहरूलाई फर्काउने प्रयास गर्छन्—एनोश उद्धारकर्तामा आनन्दित हुन्छन्। लगभग ई.पू. ४२०।

हेर, यस्तो हुन गयो कि म एनोशलाई, मेरो पिता न्यायोचित मानिस हुनहुन्थ्यो भन्ने थाहा भएकोले—किनकि मलाई उहाँले उहाँको भाषामा, अनि परमप्रभुको पालनपोषणमा र सदुपदेशमा समेत सिकाउनुभएको थियो—अनि मेरो परमेश्वरको नाउँको धन्य होस्।

अनि मैले मेरो पापको छुटकारा पाउनुभन्दा पहिले परमेश्वरअगाडि भएको मेरो सङ्घर्षको बारेमा म भन्दछु।

हेर, म जनावरको शिकार गर्न जङ्गलमा गएँ; अनन्त जीवनको, अनि सन्तहरूको आनन्दको बारेमा मेरो पिताले पटक पटक बोल्ने गरेका वचनहरू मेरो हृदयमा गहिरोसँग डुबे।

अनि मेरो आत्मा भोको थियो; अनि मैले मेरो निर्मातासामु घुँडा टेकेँ, अनि शक्तिशाली प्रार्थना र मेरो आफ्नो आत्माको निम्ति याचनामा उहाँसामु रोएँ; अनि सारा दिनभरि म उहाँसामु पुकारेँ, हो, अनि जब रात आयो मैले मेरो स्वर अझ उचालेँ कि यो स्वर्गहरूमा पुग्यो।

अनि त्यहाँ एउटा अवाज मेरासामु आयो, यसो भन्दै: एनोश, तिम्रा पापहरूबाट तिमीलाई क्षमा गरिएको छ, अनि तिमी आशीषित हुनेछौ।

अनि म एनोशलाई थाहा थियो कि परमेश्वर झुट हुन सक्नुहुन्नथ्यो; यसकारण, मेरा दोष बढारिए।

अनि मैले भनेँ: परमप्रभु, यो कसरी गरिन्छ?

अनि उहाँले मलाई भन्नुभयो: तिमीले यसभन्दा पहिले कहिले नदेखेको र नसुनेको ख्रीष्टमाथिको तिम्रो आस्थाका कारणले। अनि उहाँ शरीरमा आफैँ प्रकट हुनु भन्दा अगाडि धेरै वर्षहरू बित्ने छन्; यसकारण, जाऊ, तिम्रो आस्थाले तिमीलाई पूर्ण बनाएको छ।

अब, यस्तो हुन गयो कि जब मैले यी वचनहरू सुनेँ मैले मेरा बन्धु, नफीहरूका कल्याणका निम्ति चाहानाको अनुभब गर्न सुरु गरें; यसकारण, मैले मेरो पूरा आत्मा उनीहरूका निम्ति परमेश्वरसामु खान्याएँ।

१० अनि जब म आत्मामा यसरी सङ्घर्ष गर्दै थिएँ, हेर, परमप्रभुको अवाज मेरो मस्तिस्कमा यसो भन्दै आयो: म तिम्रा बन्धुहरूलाई मेरा आज्ञाहरू प्रतिको उनीहरूका लगनशीलताअनुसार भेट्ने छु। मैले उनीहरूलाई यो भूमि दिएको छु, अनि यो पवित्र भूमि हो; अनि दुष्टताको कारणबाहेक मैले यसलाई सराप्दिन; यसकारण, मैले भनेअनुसार म तिम्रा बन्धुहरूलाई भेट्ने छु; अनि दु:खकासाथ म उनीहरूका उल्लङ्घनहरू उनीहरूका शिरहरूमाथि ल्याउनेछु।

११ अनि म एनोशले यी वचनहरू सुनेपछि, मेरो आस्था परमप्रभुमा स्थिर हुन सुरु भयो; अनि मैले धेरै लामा सङ्घर्षहरूका साथ मेरा बन्धुहरू लमानीहरूका निम्ति उहाँसामु प्रार्थना गरेँ।

१२ अनि यस्तो हुन गयो कि मैले लगनशीलताकासाथ परिश्रम र प्रार्थना गरेपछि, परमप्रभुले मलाइ भन्नुभयो: म तिम्रो आस्थाका कारण तिम्रो चाहनाहरूअनुसार तिमीलाई दिनेछु।

१३ अनि अब हेर, यो मेरो चाहना थियो जुन मैले चाहेको थिएँ—कि यदि यस्तो हुनु छ भने, कि मेरा जन, नफीहरू उल्लङ्घनमा पतन भए भने, अनि कुनै तरिकाले उनीहरूको विनाश भयो भने, कि परमप्रभु परमेश्वरले मेरा जन नफीहरूका अभिलेखलाई जोगाउनु हुनेछ; उहाँका पवित्र बाहुहरूद्वारा भए पनि, कि लमानीहरूमाझ भविष्यको कुनै दिन यसलाई ल्याए पनि, कि, सम्भवत:, उनीहरूलाई मुक्तिमा ल्याउन सकियोस्।

१४ किनकि वर्तमानमा उनीहरूलाई सत्य आस्थातिर पुनार्स्थापित गर्ने हाम्रा सङ्घर्षहरू निरर्थक भए। अनि उनीहरूले आफ्नो क्रोधमा कसम खाए कि, यदि सम्भव भए, उनीहरूले हाम्रो अभिलेख र हामीलाई र हाम्रा पितापुर्खाहरुका सारा परम्परालाई पनि विनाश गर्ने थिए।

१५ यसकारण परमप्रभु परमेश्वर हाम्रा अभिलेखहरू संरक्षण गर्न सक्नुहुन्छ भन्ने थाहा भएर, मैले उहाँकहाँ निरन्तर आवाज उठाएँ, किनकि उहाँले मलाई भन्नुभयो: आस्थाका साथ प्राप्त गर्छु भन्ने विश्वास गरेर ख्रीष्टको नाउँमा जे अनुरोध गरे पनि, तिमीले त्यो प्राप्त गर्नेछौ।

१६ अनि मसँग आस्था थियो, अनि मैले परमेश्वरसामु पुकारेँ कि उहाँले यी अभिलेखहरूका संरक्षण गर्नुहोस्; अनि उहाँले मसँग करार गर्नुभयो कि उहाँले उहाँको आफ्नो उचित समयमा त्यसलाई लमानीहरूसामु ल्याउनुहुनेछ।

१७ अनि म, एनोशलाई उहाँले मसँग गरेको करारअनुसार हुनेछ भनी थाहा थियो; यसकारण मेरो आत्माले आराम पायो।

१८ अनि परमप्रभुले मलाई भन्नुभयो: तिम्रा बुबाहरूले पनि मबाट यही कुराको चाहाना गरेका थिए; अनि उनीहरूका आस्थाअनुसार ती हुनेछ; किनकि उनीहरूका विश्वास तिम्रो जस्तै थियो।

१९ अनि अब यस्तो हुन गयो कि म एनोश आगामी कुराहरूका अगमवाणी गर्दै, अनि मैले सुनेका र देखेका कुराहरूका गवाही दिँदै नफीका मानिसहरूमाझ गएँ।

२० अनि म गवाही दिन्छु कि नफीका मानिसहरूले लमानीहरूलाई परमेश्वरको सत्य आस्था प्रति पुनर्स्थापना गर्न लगनशीलताका साथ खोजी गरे। तर हाम्रो परिश्रम व्यर्थ भयो; किनकि उनीहरूका घृणा निर्धारित थियो, अनि उनीहरू उनीहरूका दुष्ट प्रकृतिले डोऱ्याइएको हुनाले, उनीहरू जङ्गली र डरलाग्दा र एक रक्त-पिपासु जन, पूर्णरुपले मुर्तिपूजा गर्ने र घिनलाग्दा जन बने; शिकार गरिएका जन्तुहरूका आहारा गर्दै; पालहरूमा बसाइ गर्दै, अनि उनीहरूका कम्मरमा एउटा छोटो छाला बेरिएर र उनीहरूका टाउको खौरीएर उजाड-स्थानमा घुम्दै; अनि उनीहरूका सिप धनु, अनि खुँडा, र बन्चरोमा थियो। अनि उनीहरूमध्ये धेरैले काँचो मासुबाहेक केही खादैनथे; अनि उनीहरू निरन्तर हामीलाई नाश गर्न खोज्दथे।

२१ अनि यस्तो हुन गयो कि नफीका मानिसहरूले भूमिमा खेती गरे र सबै प्रकारका अन्नहरू, अनि फलहरू, अनि बथानका झुण्डहरू, अनि सबै प्रकारका प्रत्येक किसिमका गाईवस्तुहरू, अनि बाख्राहरू, अनि जङ्गली बाख्राहरू, अनि धेरै घोडाहरू पाले।

२२ अनि त्यहाँ हामीहरूमाझ अत्यन्त धेरै अगमवक्ताहरू थिए। अनि ती जन बुझ्नलाई कठीन, हठी जन थिए।

२३ अनि त्यहाँ अत्यन्त कठोरता, युद्धहरूको प्रवचन र अगमवाणी र कलहका र विनाशका र निरन्तररुपमा तिनीहरूलाई मृत्युको बारेमा सम्झाउन, अनि अनन्तको अन्तराल र परमेश्वरको न्याय र शक्ति, अनि यी सबै कुराहरूबाहेक त्यस्तो अरु केही थिएन—उनीहरूलाई परमप्रभुको भयमा निरन्तर उक्साउन। अनि अत्यन्त स्पष्ट भाषामा भन्दा, यी बाहेक अरु केही थिएन, तिनीहरूलाई द्रूतगतिमा विनाशतिर ओरालो लाग्नबाट बचाउन। अनि यसप्रकारले उनीहरूका बारेमा म लेख्दछु।

२४ अनि मेरा दिनहरूको अन्तरालमा मैले नफीहरू र लमानीहरूका माझ युद्धहरू देखेँ।

२५ अनि यस्तो हुन गयो कि म बूढो हुन थालेँ, अनि हाम्रा पिता लहीले यरुशलेम छाडेको समयदेखि एक सय उनासी वर्ष बितेको थियो।

२६ अनि मैले देखेँ कि म तुरुन्त मेरो समाधिस्थानतिर जानु पर्छ, परमेश्वरको शक्तिद्वारा ममाथि काम गरेकोले कि मैले यी मानिसहरूसामु प्रचार र अगमवाणी गर्नुपर्थ्यो, ख्रीष्टमा भएको सत्यअनुसार वचनहरू घोषणा गर्नु पर्थ्यो। मैले मेरा सारा दिनहरूमा यी घोषणा गरेको छु, अनि संसारमा भएको भन्दा बढी यसमा आनन्दित भएको छु।

२७ अनि म मेरो आरामको स्थानतिर तुरुन्त जाँदैछु, जुन मेरो उद्धारकर्तासँग हो; किनकि मलाई थाह छ कि उहाँमा मैले विश्राम गर्नेछु। म मेरो मरणशीलताले अमरत्व धारण गर्ने त्यो दिनमा आनन्दित हुन्छु, अनि उहाँ अगाडि खडा हुनेछु; अनि मैले हर्षका साथ उहाँको अनुहार देख्नेछु, अनि उहाँले मलाई भन्नुहुनेछ: मसमक्ष आऊ, तिमी आशीषित, तिम्रालागि त्यहाँ मेरा पिताको महलमा स्थान तयार पारेको छ। आमिन।