अध्याय ७
शेरेमले ख्रीष्टको अस्वीकार गर्छ, याकूबसँग झगडा गर्छ, एउटा चिन्ह माग्छ, अनि परमेश्वरबाट प्रहरि गरिन्छ—सबै अगमवक्ताहरूले ख्रीष्ट र उहाँको प्रायश्चित्तको बारेमा बोलेका छन्—नफीका मानिसहरूले आफ्ना दिनहरू घुमन्तेहरूका रुपमा, दु:खमा जन्मिएर र लमानीहरूबाट घृणित भएर बिताए। लगभग ई.पू. ५४४–४२१।
१ अनि अब यस्तो हुन गयो कि केही वर्षहरू बिते पछि, नफीका जनमाझ एउटा मान्छे आयो, जसको नाम शेरेम थियो।
२ अनि यस्तो हुन गयो कि उसले जनमाझ प्रवचन दिन, अनि उनीहरूलाई ख्रीष्ट हुनुहुन्न भनेर घोषणा गर्न सुरु गऱ्यो। अनि उसले धेरै कुराहरूका प्रवचन दियो जुनले मानिसहरूलाई फुर्क्यायो; अनि उसले यसो गऱ्यो ताकि उसले ख्रीष्टको सिद्धान्तलाई हराउन सकोस्।
३ अनि उसले लगनशीलताका साथ परिश्रम गऱ्यो कि उसले मानिसहरूका हृदयलाई अगुवाइ गरेर लैजान सकोस्, त्यहाँसम्म कि उसले धेरै हृदयहरूलाई अगुवाइ गरेर लग्यो; अनि म याकूबसँग आउनुहुने ख्रीष्टमा आस्था छ भनेर उसलाई थाहा हुँदाहुँदै, उसले मसमक्ष आउनका लागि धेरै अवसर खोज्यो।
४ अनि ऊ शिक्षित थियो, त्यसैले उससँग मानिसहरूका भाषाको पूर्ण ज्ञान थियो; यसकारण, ऊ प्रयोग गर्न सक्थ्यो धेरै चाप्लुसीको र धेरै वोलीको शक्तिको, सैतानको शक्तिअनुसार।
५ अनि ऊसँग मलाई आस्थाबाट हल्लाउने आशा थियो,यी कुराहरूका सम्बन्धमा मैले धेरै र धेरै कुराहरू देखेको हुँदाहुँदै पनि, किनकि मैले साँचि नै स्वर्गदूतहरूलाई देखेको थिएँ, अनि उनीहरूले मेरो सेवा गरेका थिए। अनि परमप्रभुको आवाज मेरोसामु त्यही शब्दमा बोलेको सुनेको थिएँ, समय समयमा; यसकारण, मलाई हल्लाउन सकिँदैनथ्यो।
६ अनि यस्तो हुन गयो कि ऊ मेरासामु आयो, अनि यसप्रकारले उसले मसामु यसरी बोल्यो: बन्धु याकूब, मैले तिम्रासामु बोल्ने अवसरको धेरै खोजी गरेको छु; किनकि मैले सुनेको र थाहापाएको पनि छु कि तिमी त्यसको बारेमा धेरै प्रचार गर्दै जान्छौ जुन तिमी सुसमाचार अर्थात ख्रीष्टको सिद्दान्त भन्दछौ।
७ अनि तिमीले यी जनमध्ये धेरैलाई अगुवाइ गरेर लग्यौ कि तिनीहरूले परमेश्वरको सही मार्गलाई पथभ्रष्ट गरेका छन्, अनि मोशाका व्यवस्थालाई पालना गरेका छैनन् जुन सही मार्ग हो; अनि मोशाको व्यवस्था त्यस्तो व्यक्तिको आराधनामा परिवर्तन गरेका छन् जुन व्यक्ति आजबाट सयौँ वर्ष पछि आउनेछ भनि तिमी भन्छौ। अनि अब हेर, म शेरेम घोषणा गर्छु कि यो ईश्वर निन्दा हो; किनकि कुनै मानिसलाई यस्ता कुराहरू थाहा छैन; किनकि उसले आगामी कुराहरू भन्न सक्दैन। अनि यस प्रकारले मेरा विरुद्धमा शेरेमले झगडा गऱ्यो।
८ तर हेर, परमप्रभु परमेश्वरले उहाँको आत्मा मेरो हृदयमा खन्याउनुभयो जहाँसम्म कि मैले उसलाई उसका सारा वचनहरूमा पराजित गरेँ।
९ अनि मैले उसलाई भने: के तिमी आउनुहुने ख्रीष्टलाई अस्वीकार गर्छौ? अनि उसले भन्यो: यदि त्यहाँ ख्रीष्ट हुने भए, म उहाँलाई अस्वीकार गर्दिनथें; तर मलाई थाहा छ कि ख्रीष्ट हुनुहुन्न, न त हुनुहुन्थ्यो, न त कहिले नै हुनुहुने नै छ।
१० अनि मैले उसलाई भनेँ: के तिमी धर्मशास्त्रहरूमा विश्वास गर्छौ? अनि उसले भन्यो, गर्छु।
११ अनि मैले उसलाई भनेँ: त्यसो भए तिमीले तिनलाई बुझ्दैनौ; किनकि तिनीहरूले साँचैनै ख्रीष्टको गवाही दिन्छन्। हेर, म तिमीलाई भन्दछु कि कुनै पनि अगमवक्ताहरूले यी ख्रीष्टका बारेमा बोल्नुबाहेक अरु न त लेखेकै छन्, न त अगमवाणी गरेकै छन्।
१२ अनि यति मात्र होइन—यो मलाइ प्रकट गरिएको छ, किनकि मैले सुनेको र देखेको छु; अनि पवित्र आत्माको शक्तिमार्फत् मलाइ प्रकट गरिएको छ, यसकारण, मलाई थाहा छ यदि प्रायश्चित्त नहुने हो भने सारा मानव जाति हराउने छ।
१३ अनि यस्तो हुन गयो कि उसले मलाई भन्यो: यो पवित्र आत्माको शक्तिमार्फत् मलाई एउटा चिन्ह देखाऊ, जसमा तिमीलाई यति धेरै ज्ञान छ।
१४ अनि मैले उसलाई भनेँ: म के हुँ कि परमेश्वरलाई म तिमीलाई सत्य हो भन्ने थाह भएको कुरामा चिन्ह दिन लोभ्याऊँ? तैपनि तिमी त्यसलाई अस्वीकार गर्छौ, किनकि तिमी सैतानका हौ। तैपनि मेरो इच्छा पूरा नहोस्; तर यदि परमेश्वर तिमीलाई प्रहार गर्नुहुन्छ भने, त्यो तिमीलाई चिन्ह होओस् कि उहाँसँग शक्ति छ, स्वर्गमा र पृथ्वीमा दुबैमा; अनि अरु, ख्रीष्ट आउनुहुनेछ। अनि तपाईँको इच्छा, हे परमप्रभु, पूरा होओस्, अनि मेरो होइन।
१५ अनि यस्तो हुन गयो कि जब म याकूबले यी वचनहरू बोलेको थिएँ, परमप्रभुको शक्ति उसमा आयो, जहाँसम्म कि ऊ पृथ्वीमा ढल्यो। अनि यस्तो हुन गयो कि धेरै दिनहरूका अन्तरालसम्म उसको पालनपोषण गरियो।
१६ अनि यस्तो हुन गयो कि उसले जनलाई भन्यो: भोलि एक साथ जम्मा होऊ, किनकि म मर्नेछु; यसकारण, म मर्नु अगाडि मानिसहरूसामु बोल्न चाहान्छु।
१७ अनि यस्तो हुन गयो कि भोलिपल्ट भीड जम्मा भएको थियो; अनि उसले स्पष्टसँग बोल्यो र उसले सिकाएका कुराहरूका अस्वीकार गऱ्यो, अनि ख्रीष्टलाई र पवित्र आत्माको शक्तिलाई र स्वर्गदूतहरूका सेवालाई स्वीकाऱ्यो।
१८ अनि उसले स्पष्टसँग उनीहरूसामु बोल्यो, कि उसलाई सैतानको शक्तिद्वारा छकाइएको थियो। अनि उसले नरकको बारेमा, अनन्तकालको बारेमा र अनन्त दण्डको बारेमा बोल्यो।
१९ अनि उसले भन्यो: मलाई डर छ कथंकदाचित मैले अक्षम्य पाप गरेको छु, किनकि मैले परमेश्वरलाई ढाँटेको छु; किनकि मैले ख्रीष्टलाई अस्वीकार गरेँ, अनि भने कि मैले धर्मशास्त्रहरूमा विश्वास गर्दछु; अनि तिनीहरूले साँचै नै उहाँको गवाही दिन्छन्। अनि किनभने मैले यसरी परमेश्वरलाई ढाँटे मलाई ठूलो डर छ कथंकदाचित मेरो अवस्था भयावह हुनेछ; तर परमेश्वरसामु म स्वीकार्दछु।
२० अनि यस्तो हुन गयो कि जब उसले यी वचनहरू भनेको थियो उसले अरु बोल्न सकेन, अनि उसले आत्मा त्याग गऱ्यो।
२१ अनि जब भीडले देख्यो कि उसले आत्माको त्याग गर्न लाग्दा यी कुराहरू बोल्यो, उनीहरू अत्यन्त चकित परे; जहाँसम्म कि परमेश्वरको शक्ति उनीहरूमाथि आयो, अनि उनीहरू विह्वल भए कि उनीहरू पृथ्वीमा लडे।
२२ अब, म याकूबकालागि यी कुराहरू खुशीका थिए, किनकि मैले स्वर्गमा रहनुभएका मेरो पितासँग यो अनुरोध गरेको थिएँ; किनकि उहाँले मेरो पुकारालाई सुन्नुभयो र मेरो प्रार्थनाको उत्तर दिनुभयो।
२३ अनि यस्तो हुन गयो कि शान्ति र परमेश्वरको प्रेम जनमाझ पुनर्स्थापित गरियो; अनि उनीहरूले धर्मशास्त्रहरू खोजी गरे, अनि यो दुष्ट मान्छेको वचनहरूलाई अरु सुनेनन्।
२४ अनि यस्तो हुन गयो कि लमानीहरूलाई सत्यताको ज्ञानतिर फर्काउन र पुनर्स्थापित गर्न धेरै उपायहरू रचियो; तर ती सबै व्यर्थ भए, किनकि उनीहरू युद्दमा र रक्तपातमा आनन्दित हुन्थे र उनीहरूसँग हामी उनीहरूका दाजुभाइविरुद्ध अनन्त घृणा थियो। अनि उनीहरू आफ्नो हतियारहरूका शक्तिद्वारा हाम्रो विनाश गर्न निरन्तर प्रयास गर्दथे।
२५ यसकारण, नफीका जनले उनीहरूका हतियारहरूका साथ, अनि उनीहरूका सारा शक्तिकासाथ, परमेश्वर अनि उनीहरूका मुक्तिका चट्टानमा भर गरेर उनीहरूका विरुद्ध बलियो बने; यसकारण उनीहरू अझ, उनीहरूका शत्रुहरूमाथिको बिजेता बने।
२६ अनि यस्तो हुन गयोकी म याकूब बूढो हुन थाले; अनि जनका अभिलेख नफीका अर्को पाताहरूमा राखिएको हुनाले, यसकारण, म यो अभिलेखको अन्त्य गर्दछु, मैले सकेसम्म मेरो ज्ञानअनुसार लेखको छु भन्ने घोषणा गर्दै, हाम्रो समय बित्दै गयो, स्वप्न जस्तै हाम्रो जीवन पनि वित्दै गयो भन्दै, हामी एक्लो र गम्भीर, घुमन्ते, यरुशलेमबाट निकालिएको, दु:खमा, उजाड स्थानमा जन्मिएको, अनि आफ्ना बन्धुहरूले युद्ध र कलह गराउने खालको घृणा गरिएका जन भएकाले हामी हाम्रा दिनहरूमा शोक गऱ्यौं।
२७ अनि म याकूबले देखेँ कि म तुरुन्त समाधिस्थानतिर जानु पर्छ; यसकारण, मैले मेरो पुत्र एनोशलाई भने: यी पाताहरू लेऊ। अनि मैले उसलाई मेरो दाजु नफीले दिएको आज्ञाहरूका कुराहरू भने, अनि उसले ती आज्ञाहरू प्रति आज्ञाकारिताको वाचा गऱ्यो। अनि म मेरो लेखाइको अन्त्य गर्दछु, जुन सानो भएको छ; अनि पाठकलाई म बिदाइ गर्छु, आशा छ कि मेरा बन्धुहरूमध्ये धेरैले मेरा वचनहरू पढ्न सक्नेछन्। बन्धुहरू, बिदा।