धर्मशास्त्रहरू
याकूब ५


अध्याय ५

याकूब घरेलु र जङ्गली जैतुनका वृक्षहरूको दृष्टान्त कथा येनोशबाट उद्धृत गर्छन्। तिनीहरू इस्राएल र गैह्र-यहूदीहरूको समरुपी छन्—इस्राएलको छरपष्टिनु र भेला पुर्वनिर्धारित छ—नफीहरू, लमानीहरू र इस्राएलका घरानाका सबैको अप्रत्यक्ष उल्लेख गरिएको छ—गैह्र-यहूदीहरूलाई इस्राएलमा कलमी गरिन्छ—अन्तत: बाटिकालाई जलाइनेछ। लगभग ई.पू. ५४४–४२१।

हेर, मेरा बन्धुहरू, के तिमीहरूले पढेका अगमवक्ता येनोशका वचनहरू सम्झ्दैनौ, जुन उनले इस्राएलका घरानालाई यसो भन्दै बोलेका थिए:

सुन, हे तिमी इस्राएलका घराना, अनि सुन म परमप्रभुका अगमवक्ताका वचनहरूलाई।

किनकि, हेर, परमप्रभु यसो भन्नुहुन्छ, म तिमीलाई दाँज्नेछु, हे इस्राएलको घराना, एक घरेलु जैतुनको वृक्षसँग, जुन एक मानिसले लग्यो र आफ्नो बाटिकामा पालनपोषण गऱ्यो; अनि यो बढ्यो र बूढो भयो, अनि कुहिन थाल्यो।

अनि यस्तो हुन गयो कि बाटिकाको मालिक अघि गयो र उसले देख्यो कि जैतुनको वृक्ष कुहिन थाल्यो र उसले भन्यो: म यसलाई छिमल्ने छु, अनि यसको वरिपरि गोड्नेछु र यसको पालनपोषण गर्नेछु,ताकि यसले नयाँ र कलिला हाँगाहरू हाल्ने छ, अनि यसको विनाश हुनेछैन।

अनि यस्तो हुन गयो कि उसले आफ्ना वचनअनुसार यसलाई छिमल्यो, यसको वरिपरि गोड्यो, अनि यसको पालनपोषण गऱ्यो।

अनि यस्तो हुन गयो कि धेरै दिनपछि यसले हदसम्मका साना, भरखरका र कलिला हाँगाहरू हाल्न थाल्यो तर हेर त्यहाँको मुख्य टुप्पो त्यसबाट नासिन थाल्यो।

अनि यस्तो हुन गयो कि बाटिकाको मालिकले यो देख्यो, अनि उसले आफ्नो सेवकलाई भन्यो: मलाई यो चिन्ता लाग्छ कि म यो वृक्ष गुमाऊँ; यसकारण जा र एउटा जङ्गली जैतुनको वृक्षबाट हाँगाहरू छिमलेर ल्या; अनि तिनीहरूलाई मेरासामु ल्या हामी ती मुख्य हाँगाहरूलाई छिमल्ने छौं जुन सुक्न थालेका छन्; अनि हामी तिनीहरूलाई आगोमा फाल्ने छौँ ताकि तिनीहरूलाई जलाइने छ।

अनि हेर बाटिकाको मालिक भन्छ, म यी भर्खरका र कलिला हाँगाहरूमध्येका धेरैलाई लैजान्छु र म जहाँ चाहान्छु तिनीहरूलाई त्यहीँ कलमी गर्नेछु र त्यो महत्वपूर्ण छैन कि यस्तो होस् कि यो वृक्षका जरा नासिएमा, म यसका फलहरू मेरा निम्ति संरक्षण गर्न सक्छु; यसकारण म यी भर्खरका र कलिला हाँगाहरू लैजानेछु, अनि म तिनीहरूलाई मैले जहाँ चाहान्छु त्यहीँ कलमी गर्नेछु।

तँ जंगली जैतुनका वृक्षका हाँगाहरूलाई लैजा, अनि उनीहरूका सट्टामा तिनीहरूको कलमी गर्; र यी जसलाई मैले उखालेको छु तिनीहरूलाई म आगोमा फ्याक्ने छु र जलाउने छु, ताकि तिनीहरूले मेरो बाटिकामा अवरोध गर्नेछैनन्।

१० अनि यस्तो हुन गयो कि बाटिकाको मालिकको सेवकले बाटिकाको मालिकका वचनअनुसार गऱ्यो र जङ्गली जैतुनका हाँगाहरूको कलमी गऱ्यो।

११ अनि बाटिकाको मालिकले यसो भन्दै उसको सेवकलाई यसको वरिपरि गोड्न र छिमल्न र पालनपोषण गराउन अह्रायो: यसले मलाई चिन्ता छ कि यो वृक्ष मैले गुमाउन परोस्; यसकारण, कि सम्भवत त्यसको जराहरू बचाउन सकूँ ताकि तिनीहरूको विनाश नहोस्, ताकि तिनीहरूलाई मेरो आफ्नो निम्ति बचाउन सकूँ, मैले यो कुरा गरेको हुँ।

१२ यसकारण, तेरो बाटो जा, वृक्षको हेरचाह गर् र यसको पालनपोषण गर्, मेरा वचनहरूअनुसार।

१३ अनि यी सबै म मेरो बाटिकाको भित्री भागमा राख्नेछु, मलाई जहाँ चाहाना छ, तँलाई यसको महत्व छैन, अनि म यसो गर्छु कि मैले मेरा निम्ति वृक्षको प्राकृतिक हाँगाहरूका संरक्षण गर्न सकूँ; अनि अरु, ताकि म त्यसबाट भावी मौसमका निम्ति फल जम्मा गर्न सकूँ, मेरा आफ्ना निम्ति; किनकि यसमा मलाई चिन्ता छ कि म यो वृक्ष र त्यसका फल गुमाउन परोस्।

१४ अनि यस्तो हुन गयो कि बाटिकाको मालिक आफ्नो बाटो गयो, अनि घरेलु जैतुनको वृक्षका प्राकृतिक हाँगाहरू बाटिकाको भित्रि भागहरूमा लुकायो, केही एकमा र केही अर्कोमा, उसको इच्छा र चाहानाअनुसार।

१५ अनि यस्तो हुन गयो कि एउटा लामो समय बित्यो, अनि बाटिकाको मालिकले उसको सेवकलाई भन्यो: आऊ हामी बाटिकासम्म जाऔँ, ताकि हामी बाटिकामा परिश्रम गर्न सकौँ।

१६ अनि यस्तो हुन गयो कि बाटिकाको मालिक र सेवक बाटिकामा परिश्रम गर्न गए। अनि यस्तो हुन गयो कि सेवकले मालिकलाई भन्यो: हेर्नुहोस्, यहाँ देख्नुहोस्, वृक्षलाई हेर्नुहोस्।

१७ अनि यस्तो हुन गयो कि बाटिकाको मालिकले हेर्र्यो र त्यो वृक्षलाई देख्यो जसमा जङ्गली जैतुनका हाँगाहरू कलमी गरिएको थियो, अनि यो बढेको थियो र फल फल्न थालेको थियो। अनि उसले देख्यो कि यो असल थियो र त्यसको फल प्राकृतिक फल जस्तै थिए।

१८ अनि उसले सेवकलाई भन्यो: हेर्, जङ्गली वृक्षका हाँगाहरूले जराका पानीलाई समातेका छन्, ताकि त्यसका जराले धेरै शक्ति ल्याएको छ, अनि त्यसका जराको धेरै शक्तिका कारणले जङ्गली हाँगाहरूले घरेलु फल दिएका छन्। अब यदि हामीले यी हाँगाहरूको कलमी नगरेको भए त्यो वृक्षको विनाश हुने थियो। अनि अब, हेर्, म धेरै फल जम्मा गर्नेछु जुन यो वृक्षले दिएको छ र त्यसको फल जम्मा गर्नेछु भावी मौसमका निम्ति, मेरै आफ्नै लागि।

१९ अनि यस्तो हुन गयो कि बाटिकाको मालिकले सेवकलाई भन्यो: आइज, हामी बाटिकाको भित्रि भागतिर जाऔँ, अनि हेर् यदि वृक्षका प्राकृतिक हाँगाहरूले धेरै फल ल्याएको छैन भने पनि म भावी मौसमका लागि त्यसबाट फल जम्मा गर्न सकूँ, मेरै आफ्नै लागि।

२० अनि यस्तो हुन गयो कि उनीहरू त्यहाँ अघि बढे जहाँ मालिकले वृक्षका प्राकृतिक हाँगाहरू लुकाएको थियो र उसले सेवकलाई भन्यो: यिनलाई हेर्, अनि उसले पहिला देख्यो कि यसले धेरै फल दिएको थियो र उसले यो पनि देख्यो कि यो असल थियो। अनि उसले सेवकलाई भन्यो: यसका फललाई लैजा, अनि भावी मौसमका निम्ति जम्मा गर्, ताकि मैले यसलाई मेरै निम्ति जगेर्ना गर्न सकूँ, किनकि हेर्, उसले भन्यो, लामो समय यसलाई पालनपोषण गरेको छु, अनि यसले धेरै फल दिएको छ।

२१ अनि यस्तो हुन गयो कि सेवकले मालिकसामु भन्यो: तपाईँ यो वृक्ष या यो वृक्षका हाँगाहरू रोप्न यता किन आउनुहुन्छ? किनकि हेर्नुहोस्, यो भाग त हजुरको बाटिकाको भूमिकै सबभन्दा रुखो भाग हो।

२२ अनि बाटिकाको मालिकले उसलाई भन्यो: मलाई सल्लाह नदे मलाई थाहा थियो कि यो जमिनको रुखो ठाउँ हो भनेर, यसकारण म तँलाई भन्दछु, मैले यसको यति लामो समय पालनपोषण गरेको छु, तैँले देखिस् कि यसले धेरै फल दिएको छ।

२३ अनि यस्तो हुन गयो कि बाटिकाको मालिकले उसको सेवकलाई भन्यो: यता हेर्, हेर् मैले वृक्षको अर्को हाँगा पनि रोपेको छु, अनि तँलाई थाहा छ कि जमिनको यो भाग पहिलेको भन्दा रुखो थियो। तर, वृक्षलाई हेर्। मैले यसको यति लामो समय पालनपोषण गरेको छु, अनि यसले धेरै फल दिएको छ, त्यसकारण, यी बटुल् र भावी मौसमका निम्ति यसलाई जम्मा गर्, ताकि म मेरा आफ्नै निम्ति यी संरक्षण गर्न सकूँ।

२४ अनि यस्तो हुन गयो कि बाटिकाको मालिकले उसको सेवकलाई पुन: भन्यो: यता हेर्, वृक्षको अर्को हाँगा पनि हेर् जुन मैले रोपेको छु, हेर् कि मैले यसको पालनपोषण पनि गरेको छु, अनि यसले धेरै फल दिएको छ।

२५ अनि उसले सेवकलाई भन्यो: यता हेर्, अन्तिमलाई हेर्। हेर् यसलाई मैले जमिनको असल भागमा रोपेको छु, अनि मैले यसको लामो समयसम्म पालनपोषण गरेको छु, अनि यस वृक्षको एउटा भागले मात्र घरेलु फल दिएको छ र अरु भागले जङ्गली फल दिएको छ, मैले यो वृक्षलाई अरुलाई जस्तै पोषण गरेको छु।

२६ अनि यस्तो हुन गयो कि बाटिकाको मालिकले सेवकलाई भन्यो: असल फल नल्याउने हाँगाहरूलाई उखाल्, तिनीहरूलाई आगोमा फ्याँक्।

२७ तर हेर्नुहोओस्, सेवकले उसलाई भन्यो: यसलाई छिमलौँ र वरिपरि गोडौँ, केही समय पालनपोषण गरौँ, कि सम्भवत यसले तपाईँको निम्ति असल फल ल्याउन सकोस्, अनि कि तपाईँ भावी मौसमका निम्ति यसलाई जम्मा गर्न सक्नुहोओस्।

२८ अनि यस्तो हुन गयो कि बाटिकाको मालिकले र बाटिकाको मालिकको सेवकले बाटिकाको सबै फलहरूको पालनपोषण गरे।

२९ अनि यस्तो हुन गयो कि एउटा लामो समय बितेको थियो, अनि बाटिकाको मालिकले उसको सेवकलाई भन्यो: आइज बाटिकासम्म जाऔँ, कि हामी बाटिकामा फेरि परिश्रम गर्न सकौँ। किनकि हेर् समय नजिकिँदै छ, अनि अन्त्य छिटै आउँदै छ, यसकारण, मैले भावी मौसमका निम्ति फल जम्मा गर्नु पर्दछ, मेरो आफ्नै लागि।

३० अनि यस्तो हुन गयो कि बाटिकाको मालिक र सेवक बाटिकामा गए, अनि तिनीहरू त्यो वृक्षसम्म आए जसका प्राकृतिक हाँगाहरू भाचिएका थिए, अनि जङ्गली हाँगाहरू कलमी गरिएको थियो, अनि हेर सबै प्रकारका फलले वृक्ष भरिएको थियो।

३१ अनि यस्तो हुन गयो कि, बाटिकाको मालिकले फल चाख्यो, यसको संख्याअनुसारको प्रत्येक प्रकारको। अनि बाटिकाको मालिकले भन्यो: हेर् यति लामो समयसम्म यस वृक्षको मैले पालनपोषण गरेको छु, अनि मैले आफ्नो भावी मौसमको निम्ति धेरै फल जम्मा गरेको छु।

३२ तर हेर, यस समय यसले धेरै फल ल्याएको छ, त्यहाँ कुनै पनि फल छैन जुन असल छ। अनि हेर्, त्यहाँ सबै प्रकारका खराब फल छन्, हाम्रो सबै परिश्रम हुँदाहुँदै, यसले मलाई केही मुनाफा भएन, अनि अब मलाई चिन्ता छ कि मैले यो वृक्ष गुमाउन पर्नेछ।

३३ अनि बाटिकाको मालिकले सेवकलाई भन्यो: यो वृक्षलाई हामी के गरौँ, ताकि म फेरि यसका असल फलहरूलाई मेरा लागि जोगाउन सकूँ?

३४ अनि सेवकले उसको मालिकलाई भन्यो: हेर्नुहोस्, किनभने तपाईँले जङ्गली जैतुनका वृक्षका हाँगाहरू कलमी गर्नुभएको थियो तिनीहरूले जराको पालनपोषण गरेका छन्, ताकि तिनीहरू जीवित छन् र तिनीहरू नाश भएका छैनन्; यसकारण तपाईँले देख्नुहुन्छ कि तिनीहरू अझै असल छन्।

३५ अनि यस्तो हुन गयो कि बाटिकाको मालिकले उसको सेवकलाई भन्यो: यो वृक्षले मलाई मुनाफा दिँदैन, अनि यसका जराहरूले मलाई केही मुनाफा दिँदैनन् जब सम्म यसले खराब फल दिन्छ।

३६ तैपनि, मलाई थाहा छ कि जराहरू असल छन्, अनि मेरा आफ्नै प्रयोजनका निम्ति मैले तिनीहरूका संरक्षण गरेको छु, तिनीहरूका धेरै शक्तिको कारण जङ्गली हाँगाहरूबाट अहिले सम्म तिनीहरूले असल फल ल्याएका छन्।

३७ तर हेर, जङ्गली हाँगाहरू बढेका छन् र त्यसका जराहरूलाई अतिक्रमण गरेका छन् र किनभने जङ्गली हाँगाहरूले त्यसका जराहरूलाई जितेकाले यसले धेरै खराब फलहरू ल्याएको छ, र किनभने यसले यति धेरै खराब फल ल्याएको छ कि यसको विनाश हुन थाल्छ, अनि यो छिट्टै पाक्नेछ, ताकि यदि यसलाई जोगाउन हामीले केही गरेनौँ भने यसलाई आगोमा फ्याल्नु पर्नेछ।

३८ अनि यस्तो हुन गयो कि बाटिकाको मालिकले उसको सेवकलाई भन्यो: हामी बाटिकाको भित्री भागसम्म जाऔँ, अनि हेरौँ यदि प्राकृतिक हाँगाहरूले पनि खराब फल ल्याएका छन्।

३९ अनि यस्तो हुन गयो कि तिनीहरू बाटिकाको भित्री भागहरूसम्म गए। अनि यस्तो हुन गयो कि तिनीहरूले देखे कि प्राकृतिक हाँगाहरूका फल पनि भ्रष्ट भएका थिए; हो, पहिलोको र दोस्रोको र अन्तिमको पनि, अनि तिनीहरू सबै भ्रष्ट भएका थिए।

४० अनि अन्तिमको जङ्गली फलले असल फल ल्याउने वृक्षको भागलाई जितेको थियो, यतिसम्म कि हाँगा ओइलाएको र मरेको थियो।

४१ अनि यस्तो हुन गयो कि बाटिकाको मालिक रोयो, अनि सेवकलाई भन्यो: मेरो बाटिकालाई मैले अरु के गर्न सक्थेँ?

४२ हेर्, मलाई थाहा थियो कि यीबाहेक बाटिकाका सबै फल भ्रष्ट भएका थिए। अनि अब यी जसले एक पटक असल फल ल्याएका थिए ती पनि भ्रष्ट भएका छन्, अनि अब मेरा बाटिकाका सबै वृक्षहरू काटेर ढाली आगोमा फाल्न बाहेक केहीका लागि उपयोगी छैनन्।

४३ अनि हेर् यो अन्तिम, जसका हाँगाहरू ओइलाएर गएका छन्, मैले जमिनको असल भागमा रोपेको थिएँ, हो, कि जुन मेरा लागि मेरा बाटिकाका अरु भागहरू भन्दा रोजा थियो।

४४ अनि तैंले देख्छस् कि मैले जमिनको यो भागमा अवरोध गर्ने त्यसलाई पनि काटेँ, ताकि त्यसको सट्टा यो वृक्ष रोप्न सकूँ।

४५ अनि तैंले देखिस् कि त्यसको एक भागले असल फल ल्याएको थियो र त्यसको एक भागले जङ्गली फल ल्याएको थियो, अनि किनभने मैले त्यसका हाँगाहरूलाई ऊखालिनँ र तिनीहरूलाई आगोमा फालिनँ, हेर्,तिनीहरूले असल हाँगाहरूलाई जितेका छन् कि यो ओइलाएर गएको छ।

४६ अनि अब, हेर्, हामीले मेरो बाटिकालाई सारा हेरचाह गर्दागर्दै पनि, त्यसका वृक्षहरू भ्रष्ट भएका छन्, कि तिनीहरूले असल फल ल्याएनन्, अनि मैले तिनलाई जोगाउने आशा गरेको थिएँ, मेरा आफ्ना भावी मौसमका निम्ति फल जम्मा गर्न। तर, हेर्, तिनीहरू जङ्गली जैतुनको वृक्षजस्तै बनेका छन्, अनि तिनीहरूलाई काटेर ढाली आगोमा फाल्न बाहेक अरु कुनै मूल्य छैन, अनि मलाई चिन्ता छ कि मैले यसलाई गुमाउन पर्नेछ।

४७ तर मेरो बाटिकामा अरु मैले के गर्न सक्थेँ त? के मैले मेरा हातमा अल्छी गरेको थिएँ, कि मैले यसको पालनपोषण गरिनँ?हैन, मैले यसको पोषण गरेँ र यसको वरिपरि गोडेँ, अनि यसलाई छिमलेँ, अनि गोबरको मल हालेँ; मैले सारा दिनभरि मेरा हात खियाएँ, अनि अन्त्य नजिकिँदै छ। अनि यो मलाई चिन्ता छ कि मैले मेरो बाटिकाका सबै वृक्षहरूलाई काटेर ढाल्नु पर्नेछ र आगोमा फाल्नुपर्नेछ कि तिनीहरूलाई जलाइयोस्। यो को हो जसले मेरो बाटिकालाई भ्रष्ट बनायो?

४८ अनि यस्तो हुन गयो कि सेवकले उसको मालिकलाई भन्यो: के यो तपाईँको बाटिकाको घमण्ड होइन—के त्यसका हाँगाहरूले असल जराहरूलाई जितेका छैनन्? अनि किनभने हाँगाहरूले त्यसका जराहरूलाई जितेका छन्, हेर्नुहोस् तिनीहरू जराहरूका बल भन्दा छिटो बढे, आफूमा शक्ति लिएर। हेर्नुहोस्, म भन्दछु, के यो नै तपाईँको बाटिकाका वृक्षहरू भ्रष्ट बन्नुको कारण होइन?

४९ अनि यस्तो हुन गयो कि बाटिकाको मालिकले सेवकलाई भन्यो: हामी जाऔँ र बाटिकाका वृक्षहरूलाई काटेर ढालौँ र आगोमा फालौँ कि तिनले मेरो बाटिकाको जमिनलाई अवरोध नगरून्, किनकि मैले सबै गरेको छु। मैले मेरो बाटिकाको निम्ति अरु के नै गर्न सक्थेँ?

५० तर, हेर्नुहोस् सेवकले बाटिकाको मालिकलाई भन्यो: यसलाई केही समय छाडिदिनुहोस्।

५१ अनि मालिकले भन्यो: हो, म यसलाई केही समयका लागि छाडिदिन्छु, किनकि मलाई चिन्ता छ कि मैले मेरा बाटिकाका यी वृक्षहरूलाई गुमाउनु पर्नेछ।

५२ यसकारण, हामी मेरो बाटिकाको भित्री भागमा मैले रोपेका यी हाँगाहरू लैजाऔँ, अनि ती जहाँबाट आएका थिए त्यही वृक्षमा कलमी गरौँ, अनि जुन हाँगाका फलहरू तिता छन् तिनीहरूलाई वृक्षबाट काटौँ, अनि तिनका सट्टामा वृक्षका प्राकृतिक हाँगाहरू कलमी गरौँ।

५३ अनि म यो गर्नेछु कि वृक्षको नाश नहोस्, कि, सम्भवत:, म त्यसका जराहरूलाई आफ्नो निम्ति मेरो आफ्नो प्रयोजनका लागि जोगाउन सकूँ।

५४ अनि, हेर्, मलाई चाहाना भएअनुसार रोपेका प्राकृतिक हाँगाहरूका वृक्षका जराहरू अझै पनि जीवित छन्; यसकारण कि मेरो आफ्नो प्रयोजनका लागि पनि म तिनको संरक्षण गर्नेछु, यो वृक्षका हाँगाहरूलाई म लैजान्छु, अनि म तिनीहरूलाई तिनमा कलमी गर्नेछु। हो, तिनीहरूमा तिनीहरूका मातृ वृक्षका हाँगाहरू कलमी गर्नेछु, कि म मेरो आफ्नो निम्ति जराहरूलाई जोगाउन सकूँ, कि जब ती यथेष्ट बलिया हुनेछन् सम्भवत: मेरा निम्ति तिनीहरूले असल फल ल्याउनेछन्, अनि म मेरो बाटिकाको फलमा अझै महिमा पाउन सक्नेछु।

५५ अनि यस्तो हुन गयो कि तिनीहरूले जङ्गली हुन पुगेको प्राकृतिक वृक्षलाई लिए र प्राकितिक वृक्षहरूमा कलमी गरे, ती समेत जङ्गली बनेका थिए।

५६ अनि तिनीहरूले जङ्गली बनेका प्राकृतिक वृक्षहरूलाई पनि लिए, अनि मातृ वृक्षमा कलमी गरे।

५७ अनि बाटिकाको मालिकले सेवकलाई भन्यो: जङ्गली हाँगाहरूलाई वृक्षहरूबाट नउखाल ती जुन सबै भन्दा तिता बाहेक; अनि तिनीहरूमा मैले भनेअनुसार तिमीहरूले कलमी गर्नू।

५८ अनि हामी बाटिकाका वृक्षहरूलाई पालनपोषण गर्नेछौँ, अनि तिनीहरूका हाँगाहरू छिमल्ने छौँ, हामी ती हाँगाहरूलाई उखाल्ने छौँ जुन पाकेका छन्, तिनको विनाश हुनु पर्नेछ, अनि आगोमा हालिनेछ।

५९ अनि म यो गर्दछु कि, सम्भवत:, त्यसका जराहरूले तिनीहरूका असलपनाका कारणले र हाँगाहरूको परिवर्तनका कारणले शक्ति लिन सकून्, कि असलले खराबमाथि विजय पाउन सकोस्।

६० अनि किनभने मैले प्राकृतिक हाँगाहरूको र तिनका जराहरू जोगाएको छु, र प्राकृतिक हाँगाहरूलाई मैले तिनीहरूका मातृ वृक्षमा कलमी गरेको छु, अनि तिनीहरूका मातृ वृक्षको जराहरूलाई जोगाएकोछु, कि, सम्भवत:, मेरो बाटिकाका वृक्षहरूले फेरि असल फल ल्याउन सकून्, र मेरो बाटिकाको फलमा मैले पुन: हर्ष मनाउन सकूँ, अनि, सम्भवत:, कि मैले अत्यन्त खुसी मनाउन सकूँ कि मैले पहिलो फलका हाँगाहरू र जराहरूलाई जोगाएको छु।

६१ यसकारण, जा, अनि सेवकहरूलाई बोला, कि हामी बाटिकामा हाम्रो शक्तिका साथ लगनशीलतापूर्वक परिश्रम गर्न सक्नेछौं, कि हामीले बाटो तयार गर्न सकौँ, कि मैले फेरि प्राकृतिक फल ल्याउन सकूँ, जुन प्राकृतिक फल असल छ अनि अरु सबै फल भन्दा मूल्यवान छ।

६२ यसकारण, हामी जाऔँ अनि हाम्रो शक्तिका साथ यो अन्तिम पटक परिश्रम गरौँ. किनकि हेर् अन्त्य नजिकिँदैँ छ, अनि यो अन्तिम पटकका लागि हो कि मैले मेरो बाटिका छिमल्ने छु।

६३ हाँगाहरू कलमी गर्, अन्तिमबाट सुरु गर् ताकि तिनीहरू पहिलो होऊन्, र पहिलो अन्तिम होऊन्, अनि वृक्षहरूको वरिपरि गोड्, वृद्ध र तरुण दुबै, पहिलो र अन्तिमको, अनि अन्तिमको र पहिलो, कि सबैले फेरि अन्तिम एक पटकका लागि पालनपोषण पाऊन्।

६४ यसकारण, तिनीहरूका वरिपरि गोड्, अनि तिनीहरूलाई छिमल्, अनि तिनीहरूलाई मल हाल्, अन्तिम पटकको निम्ति, किनकि अन्त्य नजिकिँदै छ। अनि यदि यस्तो हुन गयो कि यी अन्तिम कलमी बढे, अनि प्राकृतिक फल दिए, तिनीहरूका लागि तिमीहरूले बाटो तयार पार्नु, कि तिनीहरू बढ्न सकून्।

६५ अनि ती बढ्न थालेपछि, तैँले ती हाँगाहरूलाई हटाउनु जसले तिता फल दिएका छन्, असलको शक्ति र त्यसको आकारअनुसार; अनि तैंले एकै चोटिमा त्यसको सबै खराबलाई नहटाउनु, कथंकदाचित् त्यसका जराहरू कलमीको निम्ति अधिक बलियो होऊन्, अनि त्यसको कलमी नाश हुनेछ, अनि मैले मेरो बाटिकाका वृक्षहरू गुमाउँनेछु।

६६ किनकि मलाई चिन्ता छ कि म मेरा बाटिकाका वृक्षहरू गुमाउन परोस्; यसकारण जसरी असल बढ्दै जान्छ त्यसरी तिमीहरूले खराबलाई हटाउनु, कि जरा र टुप्पो शक्तिमा बराबरी होऊन्, असलले खराबमाथि विजय नपाएसम्म, अनि खाराबलाई काटेर ढाली आगोमा नजलाएसम्म, कि तिनीहरूले मेरो बाटिकाको जमिनमा अवरोध नदिऊन्; अनि यसरी म मेरो बाटिकाको खराब हाँगालाई बढार्नेछु।

६७ अनि प्राकृतिक वृक्षका हाँगाहरूलाई म फेरि प्राकृतिक वृक्षमा कलमी गर्नेछु।

६८ अनि प्राकृतिक वृक्षका हाँगाहरूलाई म त्यस प्राकृतिक वृक्षका हाँगाहरूमा कलमी गर्नेछु, अनि यसरी म तिनीहरूलाई फेरि साथ ल्याउनेछु, कि तिनीहरूले प्राकृतिक फल ल्याउनेछन्, अनि तिनीहरू एक हुनेछन्।

६९ अनि खराबलाई फ्याकिने छ, हो, मेरो बाटिकाको सारा जमिनबाट समेत बाहिर; किनकि हेर्, म यो एक पटक मात्र मेरो बाटिकालाई छिमल्नेछु।

७० अनि यस्तो हुन गयो कि बाटिकाको मालिकले उसको सेवकलाई पठायो अनि सेवक गयो र मालिकको आज्ञाअनुसार गऱ्यो, अनि अरु सेवकहरूलाई ल्यायो, अनि तिनीहरू थोरै थिए।

७१ अनि बाटिकाको मालिकले तिनीहरूलाई भन्यो: जाओ, अनि बाटिकामा परिश्रम गर्, तिमीहरूका शक्तिका साथ। किनकि हेर्, यो अन्तिम पटक हो कि मैले मेरो बाटिकाको पालनपोषण गर्नेछु; किनकी अन्त्य नजिकिँदै छ, मौसम द्रूतगतिले आँउदैछ; अनि यदि तिमीहरूले आफ्ना शक्तिका साथ मसँग परिश्रम गर्र्यौ भने तिमीहरूले फलमा आनन्द पाउनेछौ जुन म तुरुन्त आउने भावी समयका लागि आफ्नै निम्ति जम्मा गर्नेछु।

७२ अनि यस्तो हुन गयो कि सेवकहरू गए अनि आफ्ना शक्तिका साथ परिश्रम गरे; अनि बाटिकाको मालिकले पनि उनीहरूसँग परिश्रम गऱ्यो; अनि सबै कुराहरूमा बाटिकाको मालिकका आज्ञाहरू तिनीहरूले पालना गरे।

७३ अनि बाटिकामा फेरि प्राकृतिक फल हुन थाल्यो; अनि प्राकृतिक हाँगाहरू अत्याधिक रुपमा बढ्न र फस्टाउन थाले; अनि जङ्गली हाँगाहरू उखेलिन र फ्याकिन थाले; अनि तिनीहरूले जरा र त्यसको टुप्पोलाई बराबरी राखे, तिनिको शक्तिअनुसार।

७४ अनि यसरी तिनीहरूले परिश्रम गरे, लगनशीलताकासाथ, बाटिकाको मालिकका आज्ञाहरूअनुसार खराबलाई बाटिकाबाट बाहिर नफ्याँकिन्जेलसम्म, अनि मालिकले आफ्नै निम्ति जोगाएको थियो कि वृक्षहरूले फेरि प्राकृतिक फल दिएका थिए; अनि तिनीहरू एक शरीर जस्तै बनेका थिए; अनि फलहरू सबै बराबरी थिए; बाटिकाको मालिकले प्राकृतिक फल आफ्नै निम्ति संरक्षण गरेको थियो, जुन उसका निम्ति प्रारम्भदेखिनै मूल्यवान थियो।

७५ अनि यस्तो हुन गयो कि जब बाटिकाको मालिकले देख्यो कि फल असल थियो, अनि कि उसको बाटिका अब अरु भ्रष्ट थिएन, उसले आफ्ना सेवकहरूलाई बोलायो, अनि उनीहरूलाई भन्यो: हेर, यो अन्तिम पटक हामीले बाटिकाको पालनपोषण गरेकाछौं; अनि मेरो इच्छाअनुसार मैले गरेको छु भन्ने तिमीहरूले देखेका छौ; अनि मैले प्राकृतिक फलको संरक्षण गरेको छु, कि यो असल छ, सुरुमा जस्तो थियो त्यस्तै समेत। अनि तिमीहरू आशीषित होओ; किनकि तिमीहरूले लगनशीलताका साथ मेरो बाटिकामा मसँग परिश्रम गरेकाछौ, अनि मेरा आज्ञाहरू पालन गरेकाछौ, अनि मेरा निम्ति तिमीहरूले फेरि प्राकृतिक फल ल्याइदिएकाछौ, कि मेरो बाटिका अब अरु भ्रष्ट छैन, अनि खराब हाँगाहरु फ्याँकिए, हेर मेरो बाटिकाको फलको कारणले तिमीहरू आनन्दित हुनेछौ।

७६ किनकि हेर, लामो समय म मेरो बाटिकाको फल मेरा निम्ति जम्मा गर्नेछु भावी मौसमका निम्ति, जुन छिटै आउनेछ; र अन्तिम पटकका निम्ति, मैले मेरो बाटिकाको पालनपोषण गरेको छु र यसलाई छिमलेको छु र यसको वरिपरि गोडेको छु र गोबरको मल हालेको छु; यसकारण म मेरो आफ्नै निम्ति फल जम्मा गर्नेछु, लामो समयका लागि, मैले बोलेअनुसार।

७७ अनि जब समय आउँछ कि खराब फल फेरि मेरो बाटिकामा आउनेछ, तब मैले असललाई र खराबलाई जम्मा गराउनेछु; र असललाई म मेरो निम्ति संरक्षण गर्नेछु र खराबलाई म उसको आफ्नो स्थानमा फ्याल्नेछु। अनि तब मौसम र अन्त्य आउनेछ र मेरो बाटिकालाई आगोले जलाउनेछु।

प्रिन्ट गर्नुहोस्