धर्मशास्त्रहरू
अल्मा १८


अध्याय १८

लमोनी राजाले ठान्दछन् कि अम्मोन महान् आत्मा हुन्—अम्मोनले राजालाई सृष्टिका बारेमा, मानिसहरूका साथको परमेश्वरका व्यवहारको बारेमा र ख्रीष्टमार्फत् आउने उद्धारका बारेमा सिकाउँछन्—लमोनीले विश्वास गर्छन् र मरेझैँ पृथ्वीमा ढल्छन्। लगभग ई.पू. ९०।

अनि यस्तो हुन गयो कि लमोनी राजाले अह्राए कि उनका सेवकहरू खडा हुनुपर्दछ र यस विषयका बारेमा देखेका सबै कुराहरूको गवाही दिनु पर्दछ।

अनि जब उनीहरू सबैले आफूले देखेका कुराहरूको गवाही दिएका थिए र उनले अम्मोनको आफ्नो बथानको संरक्षण गर्नमा उनको वफादारी बारे र उनलाई बध गर्न खोज्नेहरूविरुद्दको लडाइँमा उनको महान् शक्तिका बारे पनि जानेका थिए, उनी अत्यन्त आश्चर्यचकित भए र भने: निश्चय नै, यी मानिसभन्दा बढी हुन्। हेर, के यी उनीहरूका हत्याहरूका कारण यी जनमाथि त्यस्तो महान् सजायहरू पठाउने महान् आत्मा होइनन्?

अनि उनीहरूले राजालाई उत्तर दिए र भने: उनी महान् आत्मा हुन् कि मानिस, हामी जान्दैनौ, तर हामी यति जान्दछौं, कि उनलाई राजाका शत्रुहरूद्वारा बध गर्न सक्दैनन्; जब उनी हामीसँग छन्, उनको सिल्पकारिताको र महान्‌ताका कारण, न त उनीहरूले राजाका बथानलाई तितर-बितर गर्न सक्छन्; त्यसकारण हामीलाई थाहा छ कि उनी राजाका एक मित्र हुन्। अनि अब, हे राजा, हामी विश्वास गर्दैनौ कि मानिससँग त्यस्तो महान् शक्ति हुन्छ, किनकि हामीलाई थाहा छ उनको बध गर्न सकिदैन।

अनि अब, जब राजाले यी वचनहरू सुने, उनले उनीहरूसामु भने: अब मलाई थाहा छ कि यी महान् आत्मा हुन्; र उनी यो समयमा तिमीहरूका जीवनहरूको संरक्षण गर्न तल आए, कि मैले तिमीहरूका बन्धुहरूलाई गरेझैं तिमीहरूको बध गर्न नसकूँ। अब यी हाम्रा पितापुर्खाहरुले बोलेका महान् आत्मा हुन्।

अब यो लमोनीको परम्परा थियो, जुन उनले आफ्ना पिताबाट प्राप्त गरेका थिए, कि महान् आत्मा थियो। उनीहरूले महान् आत्मामा विश्वास गर्दागर्दै पनि उनीहरूले ठान्दथे कि उनीहरूले जे गरे त्यो सही थियो; तैपनि, लमोनी अत्यन्त डराउन थाले, कथंकदाचित् उनका सेवकहरूको बध गर्दा उनले गलत गरेका थिए।

किनकि उनले उनीहरूमध्ये धेरैको बध गरेका थिए किनभने उनीहरूका बन्धुहरूले उनीहरूका बथान पानीको स्थानमा तितर-वितर गरेका थिए; र त्यसरी, उनीहरूको बध गरियो किनभने तिनीहरूले उनीहरूका बथानलाई तितर-वितर पारेका थिए।

अब सेबसको पानी नजिक खडा भएर जनका बथान तितर-वितर गर्ने यी लमानीहरूको चलन थियो, कि त्यसबाट उनीहरूले तितर-वितर भएका धेरैलाई उनीहरूका आफ्ना भूमितिर धपाउन सकून्, यो उनीहरूमाझ लुट्ने चलन भएकाले।

अनि यस्तो हुन गयो कि लमोनी राजाले उनका सेवकहरूलाई सोधे, यसो भन्दै: त्यस्तो महान् शक्ति भएको यो मानिस कहाँ छ?

अनि उनीहरूले उनीसामु भने: हेर, उनी तपाईँ घोडाहरूलाई खुवाउँदैछन्। अब राजाले उनका सेवकहरूलाई, उनका बथानलाई पानी दिने समयभन्दा पहिले, उनका घोडाहरू र रथ तयार गर्न र उनलाई नफीको भूमितिर लैजान आज्ञा दिएका थिए; किनकि नफीको भूमिमा लमोनीका पिताद्वारा विशाल भोजको व्यवस्था गरिएको थियो, जो सम्पूर्ण भूमिका राजा थिए।

१० जब लमोनी राजाले अम्मोनले उनका घोडाहरू र रथहरू तयार गरिरहेका थिए भन्ने सुने उनी झन् आश्चर्यचकित भए, अम्मोनको इमान्दारीको कारणले, यसो भन्दै: निश्चय नै, यी मानिस जत्तिको इमान्दार सेवक मेरा सेवकहरूमध्ये कुनै सेवक पनि भएको छैन; किनकि उनले मेरा सबै आज्ञाहरू पालना गर्न समेत सम्झन्छन्।

११ अब मलाई निश्चय नै थाहा छ कि यी महान् आत्मा हुन् र म उनीसँग चाहान्छु कि उनी ममा आऊन्, तर आँट गर्न सक्दिनँ।

१२ अनि यस्तो हुन गयो कि जब अम्मोनले राजा र उनका सेवकहरूका निम्ति घोडाहरू र रथहरू तयार पारेका थिए, उनी राजासामु गए र उनले देखे कि राजाको मुहार परिवर्तन भएको थियो; त्यसकारण उनी तिनको उपस्थितिबाट फर्कन लागे।

१३ अनि राजाका सेवकहरूमध्ये एकले उनीसामु भन्यो, रब्बानाह, जुन भाषान्तरण गर्दा शक्तिशाली अथवा महान् राजा हो, उनीहरूका राजाहरूलाई शक्तिशाली भएको ठान्दै; अनि त्यसरी उसले उनीसामु भन्यो: रब्बानाह, राजा चाहान्छन् तपाईँ बसिदिनुहोस्।

१४ त्यसकारण अम्मोन आफैँ राजातिर फर्के र उनीसामु भने: तपाईँ के चाहानुहुन्छ कि मैले तपाईँका निम्ति गर्नुपर्छ, हे राजन्? अनि राजाले, उनीहरूको समयअनुसार, एक घण्टाको अन्तरालसम्म उनलाई उत्तर दिएनन्, किनकि उनलाई थाहा थिएन कि उनले तिनलाई के उत्तर दिनुपर्छ।

१५ अनि यस्तो हुन गयो कि अम्मोनले उनीसामु पुन: भने: तपाईँ मबाट के चाहनुहुन्छ? तर राजाले उनलाई उत्तर दिएनन्।

१६ अनि यस्तो हुन गयो कि अम्मोन, परमेश्वरको आत्माले भरिएकाले, त्यसकारण राजाका सोचाइहरू महसुस गरे। अनि उनले तिनीसामु भने: के यो हो कि तपाईँले सुन्नुभएको छ कि मैले तपाईँका सेवकहरूको र तपाईँका बथानको संरक्षण गरेँ गुलेली र तरबारद्वारा उनीहरूका बन्धुहरूमध्ये सात को बध गरेँ र अरुका पाखुराहरू काटेँ, तपाईँका बथान र तपाईँका सेवकहरूको संरक्षण गर्न, के यो यही हो कि तपाईँका आश्चर्यका कारण?

१७ म तपाईँसामु भन्दछु, के हो यो, कि तपाईँका आश्चर्यहरू त्यति महान् छन्? हेर, म एक मानिस हुँ र तपाईँको सेवक हुँ; त्यसकारण, तपाईँ जे चाहनुहुन्छ जुन सही छ, त्यो म गर्नेछु।

१८ अब जब राजाले यी वचनहरू सुनेका थिए, उनले पुन: आश्चर्य माने, किनकि उनले देखे कि अम्मोनले उनका विचारहरूलाई देख्न सक्थे; तर यो हुँदाहुँदै पनि, राजा लमोनीले आफ्नो मुख खोले र उनीसामु भने: तिमी को हौ? के तिमी सबै कुराहरू जान्ने त्यो महान् आत्मा हौ?

१९ अम्मोनले उत्तर दिए र उनीसामु भने: म होइन।

२० अनि राजाले भने: मेरा हृदयका विचारहरू तिमी कसरी जान्दछौ? तिमी साहासपूर्वक बोल्न सक्छौ र यी कुराहरूका बारेमा मलाई भन्न सक्छौ; र कुन शक्तिद्वारा मेरा बथानलाई तितर-वितर पार्ने मेरा बन्धुहरूको बध गऱ्यौ र उनीहरूको पाखुराहरू काट्यौ त्यो पनि मलाई भन—

२१ अनि अब, यदि तिमीले यी कुराहरूका बारेमा मलाई भन्यौ भने, तिमी जे चाहन्छौ म तिमीलाई दिनेछु; र यदि आवश्यक भए, म मेरा सेनाहरूले तिम्रो रक्षा गर्नेछु; तर मलाई थाहा छ कि तिमी तिनीहरू सबैभन्दा शक्तिशाली छौ, तैपनि तिमी मबाट जे चाहन्छौ त्यो म तिमीलाई दिनेछु।

२२ अब अम्मोन विवेकी, तैपनि हितकारी भएकोले, उनले लमोनीसामु भने: के तपाईँ मेरा वचनहरूलाई सुन्नुहुन्छ, यदि मैले तपाईँलाई कुन शक्तिद्वारा यी कुराहरू गर्छु भनेर भनेँ भने? अनि यो कुरा हो जुन म तपाईँबाट चाहनुहुन्छ।

२३ अनि राजाले उनलाई उत्तर दिए र भने: हो, म तिम्रा सबै वचनहरूलाई विश्वास गर्नेछु। अनि यसरी उनी चलाखीमा परे।

२४ अनि अम्मोनले साहासका साथ बोल्न थाले र उनीसामु भने: के तपाईँ विश्वास गर्नुहुन्छ कि परमेश्वर हुनुहुन्छ?

२५ अनि उनले उत्तर दिए र उनीसामु भने: त्यसको अर्थ के हो म जान्दिनँ।

२६ अनि तब अम्मोनले भने: के तपाईँ विश्वास गर्नुहुन्छ कि एक महान् आत्मा हुनुहुन्छ?

२७ अनि उनले भने, गर्दछु।

२८ अनि अम्मोनले भने: उहाँ परमेश्वर हुनुहुन्छ। अनि अम्मोनले उनीसामु पुन: भने: के तपाईँ विश्वास गर्नुहुन्छ कि यो महान् आत्मा, जो परमेश्वर हुनुहुन्छ, उहाँले स्वर्गमा र पृथ्वीमा हुने सबै कुराहरूको सृष्टि गर्नुभयो?

२९ अनि उनले भने: हो, म विश्वास गर्छु कि उहाँले पृथ्वीमा हुने सबै कुराहरूको सृष्टि गर्नुभयो; तर मलाई स्वर्गहरू थाहा छैन।

३० अनि अम्मोनले उनीसामु भने: स्वर्ग एक स्थान हो जहाँ परमेश्वर र उहाँका सबै पवित्र स्वर्गदूतहरू बास गर्छन्।

३१ अनि लमोनी राजाले भने: के यो पृथ्वीमाथि छ?

३२ अनि अम्मोनले भने: हो, अनि उहाँले मानिसका सबै छोराछोरीहरूलाई तल हेर्नुहुन्छ; र उहाँलाई हृदयका सबै विचारहरू र इच्छाहरू थाहा छ; किनकि उहाँको हातद्वारा प्रारम्भदेखि सबैको सृष्टि गरिएको थियो।

३३ अनि लमोनी राजाले भने: म तिमीले बोलेका सबै कुराहरूमा विश्वास गर्दछु। के तिमीलाई परमेश्वरबाट पठाइएको हो?

३४ अम्मोनले उनीसामु भने: म मानिस हुँ; अनि मानिस प्रारम्भमा परमेश्वरको स्वरुपमा सृष्टि गरिएको थियो र मलाई यी जनसामु यी कुराहरू सिकाउन पवित्र आत्माद्वारा बोलाइएको हो, कि उनीहरूलाई सही र सत्यको ज्ञानमा ल्याउन सकियोस्;

३५ अनि त्यो आत्माको एक भाग ममा बास गर्छ, जुनले मलाई, परमेश्वरमा भएको मेरो आस्था र इच्छाहरूअनुसार, ज्ञान र शक्ति पनि दिन्छ।

३६ अब जब अम्मोनले यी वचनहरू भनेका थिए, उनले संसारको सृष्टिमा थाले र आदमको सृष्टि पनि र मानिसको पतनको बारेमा सबै कुराहरू उनलाई भने र अगमवक्ताहरूद्वारा बोलिएका, उनीहरूका पिता, लहीले यरुशलेम छाड्ने समयसम्म समेतका अभिलेखहरू र जनका पवित्र धर्मशास्त्रहरू वर्णन गरे र उनका अगाडि राखे।

३७ अनि उनले यो पनि उनीहरूसामु (किनकि यो राजा र उनका सेवकहरूसामु थियो) उनीहरूका पितापुर्खाहरुका उजाड स्थानका यात्राहरू सबैको र उनीहरूको भोक र तिर्खाका कष्टहरू सबैको र उनीहरूका पीडाहरू सबैको र आदि-इत्यादिको वर्णन गरे।

३८ अनि उनले उनीहरूसामु लामान र लमुएल र इश्माएलका छोराहरूका विद्रोहहरूका बारेमा पनि वर्णन गरे, हो, उनले उनीहरूका सबै विद्रोहहरू उनीहरूसामु बताए र उनले उनीहरूसामु लहीले यरुशलेम छाडेदेखि वर्तमान समयसम्मका सबै अभिलेखहरू र धर्मशास्त्रहरूको व्याख्या गरे।

३९ तर त्यति मात्र होइन; किनकि उनले उनीहरूसामु उद्धारको योजनाको व्याख्या गरे, जुन संसारको उत्पत्तिदेखि तयार गरिएको थियो; र उनले ख्रीष्टको आगमनका बारेमा पनि उनीहरूसामु अवगत गराए र उनले उनीहरूसामु परमप्रभुका सबै कार्यहरूको अवगत गराए।

४० अनि यस्तो हुन गयो कि उनले राजासामु यी सबै कुराहरू भने र व्याख्या गरेपछि, कि राजाले उनका सबै वचनहरू विश्वास गरे।

४१ अनि उनले परमप्रभुलाई पुकार्न थाले, यसो भन्दै: हे परमप्रभु, कृपा गर्नुहोस्; तपाईँको प्रचूर कृपाअनुसार, जुन हजुरले नफीका जनलाई गर्नुभएको थियो, मलाई र मेरा जनलाई गर्नुहोस्।

४२ अनि अब, जब उनले यो भनेका थिए, उनी मरे जस्तैगरी पृथ्वीमा ढले।

४३ अनि यस्तो हुन गयो कि उनका सेवकहरूले उनलाई लगे र उनकी पत्नीसामु पुऱ्याए र विस्तारामा सुताए; उनी दुई दिन र दुई रातको अन्तरालसम्म मृतकझैं सुते; र उनका पत्नी र उनका छोराहरू र उनका छोरीहरूले उनको शोक गरे, लमानीहरूको चलनअनुसार, उनको मृत्युको धेरै विलाप गर्दै।