धर्मशास्त्रहरू
अल्मा ६२


अध्याय ६२

मोरोनी गिदोनको सहरमा पहोरानलाई सहयोग गर्न अघि बढ्छन्—आफ्नो देशको सुरक्षागर्न अस्वीकार गर्ने राजावादीहरूलाई मारिन्छ—पहोरान र मोरोनीले नफीहाह फिर्ता लिन्छन्—धेरै लमानीहरू अम्मोनका जनसँग सम्मिलित हुन्छन्—तेयान्कुमले अम्मोरोनको बध गर्दछन् र बदलामा उनको बध गरिन्छ—लमानीहरूलाई भूमिबाट लखेटिन्छ र शान्ति स्थापना गरिन्छ—हेलामान सेवामा फर्कन्छन् र चर्च बनाउँछन्। लगभग ई.पू. ६२–५७।

अनि अब यस्तो हुन गयो कि जब मोरोनीले यो पत्र प्राप्त गरेका थिए उनको हृदयले साहास लियो र पहोरानको वफादारिताका कारण अत्यन्त खुसीले भरिए, कि उनी पनि स्वतन्त्रता र आफ्नो देशको कारणका निम्ति विश्वासघाती थिएनन्।

तर उनले पहोरानलाई न्यायको आसनबाट लखेट्ने तिनीहरूका दुष्टताका कारण अत्यन्त शोक गरे, हो, निष्कर्षमा तिनका कारण जसले आफ्ना देशका विरुद्ध र आफ्ना परमेश्वरका विरुद्ध पनि विद्रोह गरेका थिए।

अनि यस्तो हुन गयो कि मोरोनीले एक सानो सङ्ख्यामा मानिसहरू लिए, पहोरानको चाहनाअनुसार, अनि उनका बाँकी सेनाको जिम्मेवारी लही र तेयान्कुमलाई दिए र गिदोनको भूमितर्फको आफ्नो यात्रामा लागे।

अनि उनले आँफूले प्रवेश गरेका स्थानहरूमा स्वतन्त्रताको ध्वजा उठाए र गिदोनतर्फको आफ्ना सबै यात्रामा जति फौज प्राप्त गर्न सक्थे त्यति जम्मा गरे।

अनि यस्तो हुन गयो कि हजारौँ उनको ध्वजातिर जम्मा भए र आफ्ना तरबारहरू उनीहरूको स्वतन्त्राको सुरक्षामा उठाए, कि उनीहरू दासत्वमा आउन नपरोस्।

अनि यसरी, जब मोरोनीले आफ्नो सम्पूर्ण यात्रामा आफूले सक्ने जति मानिसहरू एक साथ जम्मा गरेका थिए, उनी गिदोनको भूमिमा आए; अनि आफ्ना फौजहरू पहोरानका फौजहरूसँग एकीकृत भएकाले उनीहरू अत्यन्त बलिया भए, पकुसका मानिसहरूभन्दा पनि बलिया भए, जो भिन्न मतधारीहरूका राजा थिए जसले स्वतन्त्रताबादीहरूलाई जरहेम्लाको भूमिबाट लखेटेका थिए र भूमिलाई अधीनमा लिएका थिए।

अनि यस्तो हुन गयो कि मोरोनी र पहोरान आफ्ना सेनाहरूका साथ जरहेम्लाको भूमिसम्म गए र सहरविरुद्ध गए, अनि पकुसका मानिसहरूलाई भेटे, यतिसम्म कि उनीहरू लड्न आए।

अनि हेर, पकुसको बध गरियो र उनका मानिसहरूलाई कैदी बनाएर लगियो र पहोरानलाई उनको न्यायको आसनमा पुनर्स्थापना गरियो।

अनि पकुसका मानिसहरूले उनीहरूको जाँच, कानुनअनुसार प्राप्त गरे र ती राजावादीहरूले पनि जसलाई समातिएको थियो र कारागरमा फ्याँकिएको थियो; र उनीहरूलाई कानुनअनुसार मृत्युदण्ड दिइयो; हो, ती पकुसका मानिसहरू र राजावादीहरू, ज-जसले आफ्ना देशको सुरक्षामा हतियार लिन चाहेनन्, तर यसका विरुद्ध लड्न चाहे, उनीहरूलाई मारियो।

१० अनि यसरी यो आवश्यक हुन गयो कि यो कानुन देशको सुरक्षाका निम्ति कडाइका साथ पालना गर्नु पर्दछ; हो, अनि जसले आफ्नो स्वतन्त्रताको अस्वीकार गरेको पाइयो उसलाई द्रूतगतिका साथ कानुनअनुसार मृत्युदण्ड दिइयो।

११ अनि यसरी नफीका जन माथिको न्यायकर्ताहरूको शासनको तिसौँ वर्षको अन्त्य भयो; मोरोनी र पहोरानले जरहेम्लामा उनीहरूका आफ्ना जनमाझ शान्ति पुनर्स्थापना गरेर; ती सबैमाथि मृत्यु ल्याएर जो स्वतन्त्रताको कारणप्रति विश्वासिला थिएनन्।

१२ अनि यस्तो हुन गयो कि नफीका जनमाथिको न्यायकर्ताहरूको शासनको एकतीसौँ वर्षको प्रारम्भमा, मोरोनीले अह्राए कि बन्दोवस्तीका सामानहरू तुरुन्त पठाइनुपर्छ र छहजार मानिसहरूको सेना पनि हेलामानसामु उनलाई भूमिको त्यो भागको संरक्षण गर्न सहयोग गर्न पठाइनुपर्छ।

१३ अनि उनले यो पनि अह्राए कि छहजार मानिसहरूका सेना, पर्याप्त मात्राको खानाका साथ, लही र तेयान्कुमका सेनाहरूसमक्ष पठाइनु पर्दछ। अनि यस्तो हुन गयो कि यो भूमिलाई लमानीहरूविरुद्ध बलियो बनाउन गरिएको थियो।

१४ अनि यस्तो हुन गयो कि मोरोनी र पहोरान, जरहेम्लाको भूमिमा मानिसहरूको एक ठूलो समूहलाई छाडेर, लमानीहरूलाई नफीहाहको भूमिमा हराउन निश्चय गर्दै, मानिसहरूको ठूलो समूहका साथ त्यो सहरतर्फ बढे।

१५ अनि यस्तो हुन गयो कि जब उनीहरूले भूमितर्फ बढिरहेका थिए, उनीहरूले लमानीहरूका ठूलो समूहलाई लिए र तिनीहरूमध्ये धेरैको बध गरे र उनीहरूका बन्दोवस्तीका सामानहरू र तिनीहरूका युद्धका हतियारहरू लिए।

१६ अनि यस्तो हुन गयो कि उनीहरूले तिनीहरूलाई लिएपछि, उनीहरूले तिनीहरूलाई करारमा प्रवेश गर्न लगाए कि तिनीहरूले नफीहरूविरुद्ध युद्धका हतियारहरू अब अरु उठाउन हुँदैन।

१७ अनि जब उनीहरूले करारमा प्रवेश गरेका थिए, उनीहरूले तिनीहरूलाई अम्मोनका जनका साथ बस्न पठाए र उनीहरू सङ्ख्यामा लगभग चार हजार थिए जसको बध गरिएको थिएन।

१८ अनि यस्तो हुन गयो कि उनीहरूले तिनीहरूलाई आफ्नो यात्रा नफीहाहको भूमितर्फ जारी राख्न पठाए। अनि यस्तो हुन गयो कि जब उनीहरू नफीहाहको सहर आएका थिए, उनीहरूले नफीहाहको मैदानहरूमा पाल टाँगे, जुन नफीहाहको सहरनजिक छ।

१९ अब मोरोनी इच्छुक थिए कि लमानीहरू उनीहरूविरुद्ध मैदानहरूमा लड्न आऊन्; तर लमानीहरू, उनीहरूको अत्यन्त महान् साहासको ज्ञान भएकाले र उनीहरूको ठूलो सङ्ख्याको ज्ञान भएकाले, त्यसकारण तिनीहरू उनीहरूविरुद्ध आउन आँट गरेनन्; त्यसकारण तिनीहरू त्यस दिनमा लड्न आएनन्।

२० अनि अब जब रात भयो, मोरोनी रातको अन्धकारमा अघि गए र लमानीहरू उनीहरूका सेनाका साथ सहरको कुन भागमा बसेका छन् भनी जासुस गर्न पर्खालमाथि आए।

२१ अनि यस्तो हुन गयो कि उनीहरू पूर्वमा, प्रवेशद्वार नजिक थिए; र उनीहरू निन्द्रामा थिए। अनि अब मोरोनी आफ्ना सेनामा फर्के र अह्राए कि माथिबाट पर्खालको भित्री भागमा झर्न उनीहरूले शीघ्र बलिया डोरीहरू र भाऱ्याङ्गहरू तयार गर्नुपर्छ।

२२ अनि यस्तो हुन गयो कि मोरनीले अह्राए कि उनका मानिसहरू अघि बढ्नुपर्छ र पर्खालको माथि आउनुपर्छ र आफैँलाई सहरको त्यस भागमा झार्नुपर्छ, हो पश्चिममा समेत, जहाँ लमानीहरू उनीहरूका सेनाहरूसँग बसेका थिएनन्।

२३ अनि यस्तो हुन गयो कि उनीहरू रातिमा, उनीहरूका बलिया डोरीहरू र भाऱ्याङ्गहरूको माध्यमद्वारा सहर भित्र झरे; यसरी जब बिहान भयो उनीहरू सबै सहरको पर्खाल भित्र थिए।

२४ अनि अब, जब लमानीहरू उठे र देखे कि मोरोनीका सेनाहरू पर्खालहरू भित्र थिए, उनीहरू अत्यन्तै डराए, यतिसम्म कि उनीहरू द्वार हुँदै भागे।

२५ अनि अब जब मोरोनीले देखे कि उनीहरू उनका अगाडि भागिरहेका थिए, उनले अह्राए कि उनका मानिसहरू तिनीहरूका विरुद्ध अघि बढ्नु पर्दछ र धेरैको बध गरे र अरु धेरैलाई घेरे र तिनीहरूलाई कैदीहरू बनाए; अनि तिनीहरूका बाँकी मोरोनीको भूमितिर भागे, जुन समुन्द्र तटका सिमानामा थियो।

२६ यसरी मोरोनी र पहोरानले एक जीवात्मा पनि नगुमाई नफीहाहको सहरलाई अधीनमा प्राप्त गरे; अनि लमानीहरूमध्ये धेरै थिए जसको बध गरिएको थियो।

२७ अब यस्तो हुन गयो कि धेरै जसो लमानीहरू जो कैदीहरू थिए उनीहरू अम्मोनका जनसँग सम्मिलित हुन र स्वतन्त्र जन बन्न इच्छुक थिए।

२८ अनि यस्तो हुन गयो कि जति इच्छुक थिए, उनीहरूलाई तिनीहरूको इच्छाअनुसार दिइयो।

२९ त्यसकारण, लमानीहरूका सबै कैदी अम्मोनका जनसँग सम्मिलित भए र भूमि जोत्दै, हरेक प्रकारका अन्न उब्जाउँदै र प्रत्येक किसिमका बथान र हुलहरू हुर्काउँदै अत्यन्त परिश्रम गर्न थाले; अनि त्यसरी नफीहरूलाई ठूलो बोझबाट भारमुक्त गरिएको थियो; हो, यतिसम्म कि उनीहरूलाई सबै लमानी कैदीहरूबाट भारमुक्त गरिएको थियो।

३० अनि यस्तो हुन गयो कि मोरोनी, नफीहाहको सहरलाई अधीनमा लिएपछि, धेरै कैदीहरू लिएकाले, जुनले लमानीहरूका सेनाहरूको सङ्ख्या अत्यन्त घटायो र कैदमा लिएका नफीहरूमध्ये धेरैलाई पुन: प्राप्त गरेकाले, जसले मोरोनीका सेनाहरूलाई अत्यन्तै बलियो बनायो; त्यसकारण मोरोनी नफीहाहको भूमिबाट लहीको भूमितर्फ अघि गए।

३१ अनि यस्तो हुन गयो कि जब लमानीहरूले देखे कि मोरोनी उनीहरूविरुद्ध आइरहेका थिए, उनीहरू फेरि डराए र मोरोनीका सेना अगाडि भागे।

३२ अनि यस्तो हुन गयो कि मोरोनी र उनका सेनाले उनीहरूलाई लही र तेयान्कुमद्वारा नभेटिन्जेलसम्म उनीहरूलाई सहरदेखि सहरसम्म लखेटे; र लमानीहरू लही र तेयान्कुमदेखि भागे, तल समुन्द्रका किनारा तटका सिमानाहरूसम्म समेत, उनीहरू मोरोनीको भूमिमा नआइन्जेलसम्म।

३३ अनि लमानीहरूका सेना एक साथ भेला भएका थिए, यतिसम्म कि उनीहरू सबै एक समूहमा मोरोनीको भूमिमा थिए। अब लमानीहरूका राजा अम्मोरोन पनि उनीहरूसँग थिए।

३४ अनि यस्तो हुन गयो कि मोरोनी र लही र तेयान्कुम उनीहरूका सेनाहरूसँग मोरोनीको भूमिका सिमानाहरू वरपर बास बसे, यतिसम्म कि लमानीहरू दक्षिणमा उजाड स्थानका सिमानाहरूमा र पूर्वमा उजाड स्थानका सिमानाहरूमा वरिपरि घेरिएका थिए।

३५ अनि यसरी उनीहरूले रातका निम्ति बास बसे। किनकि हेर, नफीहरू र लमानीहरू यात्राको विशालताका कारण थकित थिए; त्यसकारण तेयान्कुमबाहेक उनीहरूले रातको समयमा कुनै चालबाजीको निर्णय गरेनन्; किनकि उनी अम्मोरोनसँग अत्यन्त रिसाएका थिए यतिसम्म कि उनले सोचे कि अम्मोरोन र उनका दाइ अमलिकीयाह, उनीहरू र लमानीहरूबीचको भयानक र लामो युद्धको कारण भएका थिए, जुन त्यति धेरै युद्ध र रक्तपात, हो त्यति धेरै अनिकालको समेत कारण भएको थियो।

३६ अनि यस्तो हुन गयो कि तेयान्कुम उनको रिसमा लमानीहरूको शिविरमा गए र आफैँलाई सहरका पर्खालहरूबाट तल झारे। अनि उनी एक डोरीका साथ गएका थिए, एक स्थानबाट अर्को स्थानसम्म, यतिसम्म कि उनले राजालाई फेला पारे; र उनले तिनीमाथि भाला प्रहार गरे, जसले तिनलाई मुटुनजिकै छेड्यो। तर हेर, राजाले मर्नुअगाडि आफ्ना सेवकहरूलाई उठाए, यतिसम्म कि उनीहरूले तेयान्कुमलाई लखेटे र उनको बध गरे।

३७ अब अनि यस्तो हुन गयो कि जब लही र मोरोनीले थाहा पाए कि तेयान्कुम मरे उनीहरू अत्यन्तै दुखी भए; किनकि हेर, उनी एक मानिस थिए जसले आफ्नो देशका निम्ति सहासका साथ लडेका थिए; हो, स्वतन्त्रताका एक सच्चा मित्र; अनि उनले धेरै कष्टदायी पीडाहरू सहेका थिए। तर हेर, उनी मरे र सारा पृथ्वी मार्गबाट गएका थिए।

३८ अनि यस्तो हुन गयो कि मोरोनी भोलिपल्ट अगाडि बढे र लमानीहरूमाथि जाइलागे, यतिसम्म कि उनीहरूले एक महान् संहारका साथ तिनीहरूको बध गरे; र उनीहरूले तिनीहरूलाई भूमिबाट लखेटे; र उनीहरू भागे, यो समेत कि उनीहरू त्यो समयमा नफीहरूविरुद्द फेरि आएनन्।

३९ अनि यसरी नफीका जनमाथिको न्यायकर्ताहरूको शासनको एकतिसौँ वर्ष अन्त्य भयो; र यसरी उनीहरूमाझ धेरै वर्षको अन्तरालसम्म युद्धहरू र रक्तपातहरू र अनिकालहरू र कष्टहरू भएका थिए।

४० अनि नफीका जनमाझ हत्या र कलह र मतभेद र सबै प्रकारका दुष्टता भएका थिए; तैपनि धर्मीहरूका निमित्त, हो, धर्मीहरूका प्रार्थानाहरूका कारण, उनीहरूलाई छाडिएको थियो।

४१ तर, हेर, नफीहरू र लमानीहरूबीचको अत्यन्त लामो युद्धका कारण धेरैजना कठोर बनेका थिए, अति नै लामो युद्धका कारण; उनीहरूका कष्टका कारण धेरै नरम बनेका थिए, यतिसम्म कि उनीहरूले परमेश्वरअगाडि आफैँलाई, विनम्रताको गहिराइसम्म, विनम्र बनाए

४२ अनि यस्तो हुन गयो कि मोरोनीले लमानीहरूबाट रक्षारहित भएका भूमिका धेरै जसो भागहरूलाई, ती पर्याप्त बलियो नभइन्जेलसम्म, बलियो बनाएपछि, उनी जरहेम्लाको सहरमा फर्के; अनि हेलामान पनि आफ्नो रिक्थको भूमिमा फर्के; अनि फेरि एक पटक नफीका जनमाझ शान्ति स्थापना भयो।

४३ अनि मोरोनीले सेनाको नेतृत्व उनका छोराका हातहरूमा समर्पण गरे, जसको नाउँ मोरोनीहाह थियो; र उनले तिनको आफ्नो घरमा अवकाश लिए कि उनले आफ्ना बाँकी दिनहरू शान्तिमा बिताउन सकून्।

४४ अनि पहोरान आफ्नो न्याय आसनमा फर्के; हेलामानले जनसामु फेरि परमेश्वरका वचन सुनाउन थाले; किनकि त्यति धेरै युद्ध र कलहका कारण, यो आवश्यक बनेको थियो कि चर्चमा फेरि विनियम बनाउनुपर्छ।

४५ त्यसकारण, हेलामान र उनका बन्धुहरू अघि गए र धेरै जनलाई उनीहरूको दुष्टताको विश्वास दिलाउनमा धेरै शक्तिका साथ परमेश्वरका वचन घोषणा गरे, जसले उनीहरूलाई आफ्ना पापहरूको पश्चात्ताप गर्न र परमप्रभु उनीहरूका परमेश्वरमा बप्तिस्मा लिन लगायो।

४६ अनि यस्तो हुन गयो कि उनीहरूले सम्पूर्ण भूमि भरि परमेश्वरको चर्च फेरि स्थापना गरे।

४७ हो, अनि कानुनका बारेमा विनियमहरू बनाइयो। अनि उनीहरूका न्यायकर्ताहरू र उनीहरूका प्रधान न्यायकर्ताहरू चुनियो।

४८ अनि नफीका जन भूमिमा फेरि उन्नति गर्न थाले र भूमिमा फेरि बढ्न र अत्यन्त बलिया हुन थाले। अनि उनीहरू अत्यन्त धनी बन्न थाले।

४९ तर उनीहरूका धन, अथवा शक्ति, अथवा उनीहरूको उन्नति हुँदाहुँदै, उनीहरू आफ्ना आँखाका घमण्डमा उचालिएका थिएनन्; न त उनीहरू परमप्रभु उनीहरूका परमेश्वरलाई सम्झन सुस्त नै थिए; तर उनीहरू उहाँसामु आफैँ अत्यन्त विनम्र भए।

५० हो, उनीहरूले सम्झे परमप्रभुले उनीहरूका लागि कति महान् कुराहरू गर्नु भएको थियो, कि उहाँले उनीहरूलाई मृत्युबाट र बन्धनबाट र कैदबाट र सबै प्रकारका कष्टबाट मुक्त गर्नु भएको थियो र उहाँले उनीहरूलाई शत्रुका हातहरूबाट मुक्त गर्नुभएको थियो।

५१ अनि उनीहरूले निरन्तर रुपमा परमप्रभु उनीहरूका परमेश्वरसामु प्रार्थना गरे, यतिसम्म कि परमप्रभुले आफ्ना वचनअनुसार उनीहरूलाई आशीष दिनुभयो, ताकि उनीहरू भूमिमा बलिया बने र उन्नति गरे।

५२ अनि यस्तो हुन गयो कि यी सबै कुराहरू गरिएको थियो। अनि नफीका जनमाथिको न्यायकर्ताहरूको शासनको पैंतीसौँ वर्षमा हेलामानको मृत्यु भयो।