धर्मशास्त्रहरू
अल्मा ४९


अध्याय ४९

आक्रमण गर्ने लमानीहरूले सुरक्षित अम्मोनीहाह र नोआका सहरहरूलाई लिन असक्षम हुन्छन्-अमलिकीयाह परमेश्वरलाई श्राप दिन्छ र मोरोनीको रगत पिउने कसम खान्छ-हेलामान र उनका बन्धुहरूले चर्चलाई बलियो बनाउन कायम राख्छन्। लगभग ई.पू. ७२।

अनि यस्तो हुन गयो उन्नाइसौँ वर्षको एघारौँ महिनामा, महिनाको दशौँ दिनमा, लमानीहरूका सेनाहरू अम्मोनीहाहको भूमितिर आउँदै गरेको देखिए।

अनि हेर, सहरको पुनर्निर्माण गरिएको थियो र मोरोनीले सहरको सिमानामा एक सेना तैनाथ गरेका थिए र उनीहरूले वरिपरि लमानीहरूको बाणहरू ढुङ्गाहरूबाट आफूहरूलाई जोगाउन माटो थुपारेका थिए; किनकि हेर, उनीहरू ढुङ्गा र बाणहरूले लड्दथे।

हेर, मैले भनेँ कि अम्मोनीहाहको सहर पुनर्निर्माण गरिएको थियो। म तिमीहरूसामु भन्दछु, हो, कि यो आंशिक रुपमा पुनर्निर्माण गरिएको थियो; र किनभने जनको दुष्टताका कारण लमानीहरूले एक पटक त्यसको विनाश गरेका थिए, उनीहरूले अनुमान गरे कि उनीहरूका निम्ति यो फेरि सजिलो शिकार बन्नेछ।

तर हेर, उनीहरूको निराशा कति महान् थियो; किनकि हेर, नफीहरूले आफू वरिपरि माटाको ढिस्को खनेका थिए, जुन यति अग्लो थियो कि लमानीहरूले उनीहरूका ढुङ्गाहरू र बाणहरू फ्याँक्न सकेनन् कि तिनले प्रभाव पार्न सकून्, न त लमानीहरू नफीहरूको प्रवेशको स्थानबाट बाहेक उनीहरूमाथि आउन सक्थे।

अब यस समयमा नफीहरूका स्थानहरूको सुरक्षाको तयारीमा उनीहरूको विवेकका कारण, लमानीहरूका मुख्य कप्तानहरू अत्यन्त आश्चर्यचकित भए।

अब लमानीहरूका अगुवाहरूले अनुमान गरेका थिए, उनीहरूको ठूलो सङ्ख्याको कारण, हो, उनीहरूले अनुमान गरेका थिए कि उनीहरूले अहिलेसम्म गरे जस्तै नफीहरूमाथि आउन सुबिधा पाउनुपर्दछ; हो, अनि उनीहरूले आफैँलाई ढालहरूले र वक्षकवचहरूले पनि तयार गरेका थिए; अनि उनीहरूले आफैँलाई छालाका वस्त्रहरूले पनि तयार गरेका थिए, हो, आफ्नो नग्नतालाई ढाक्न ज्यादै बाक्लो वस्त्रहरूले।

अनि त्यसरी तयार भएकाले उनीहरूले अनुमान गरे कि उनीहरूले सजिलै जित्नेछन् र उनीहरूका बन्धुहरूलाई दासत्वको जुवाको अधीनमा राख्नेछन्, अथवा उनीहरूको इच्छाअनुसार उनीहरूको बध गर्नेछन् र हत्या गर्नेछन्।

तर हेर, उनीहरूका सबभन्दा आश्चर्यका निम्ति, उनीहरू लहीका छोराछोरीहरूमाझ कहिल्यै थाहा नभएको तरिकाले उनीहरू लमानीहरूका निम्ति तयार थिए। अब मोरोनीको निर्देशनअनुसार लड्न उनीहरू लमानीहरूका निम्ति तयार थिए।

अनि यस्तो हुन गयो कि लमानीहरू, अथवा अमलिकीयाहीहरू, उनीहरूको युद्ध तयारीको तरिकामा अत्यन्तै आश्चर्यचकित भए।

१० अब, यदि अमलिकीयाह राजा नफीको भूमिबाट, आफ्ना सेनाको प्रमुखका रुपमा, तल आएको भए, सम्भवत: उसले लमानीहरूलाई नफीहरूमाथि अम्मोनिहाहको सहरमा आक्रमण गर्न लगाउथ्यो होला; किनकि उसले आफ्ना जनको रगतको कुनै वास्ता गर्दैनथ्यो।

११ तर हेर, अमलिकीयाह आफैँ लड्न तल आएन। अनि हेर, उसका मुख्य कप्तानहरूले अम्मोनिहाहको सहरमा नफीहरूलाई आक्रमण गर्ने आँट गरेनन्, किनकि मोरोनीले नफीहरूमाझको व्यवस्थापनलाई बदलेका थिए, यतिसम्म कि लमानीहरू आफ्ना शरणका स्थानहरूमा निराश भए र उनीहरू नफीहरूमाथि जाइलाग्न सकेनन्।

१२ त्यसकारण उनीहरू उजाड स्थानतिर हटे र आफ्नो शिविर उठाए र नोआको भूमितिर अघि बढे, नफीहरू विरुद्ध आउन उनीहरूका निम्ति त्यो अर्को सबभन्दा राम्रो स्थान हो भन्ने अनुमान गर्दै।

१३ किनकि उनीहरूलाई थाहा थिएन कि मोरोनीले बलियो बनाएका थिए, अथवा सुरक्षाका किल्लाहरू बनाएका थिए; किनकि सम्पूर्ण भूमिका प्रत्येक सहर वरिपरि; त्यसकारण, उनीहरू अटल निर्णयका साथ नोआको भूमितर्फ अघि बढे; हो, उनीहरूका मुख्य कप्तानहरू अघि आए र शपथ लिए कि उनीहरूले त्यो सहरका जनलाई विनाश गर्नेछन्।

१४ तर हेर, उनीहरूको आश्चर्यका निम्ति, नोआ सहर, जुन अहिलेसम्म कमजोर स्थान भएको थियो, अहिले, मोरोनीका माध्यमहरूद्वारा, शक्तिशाली बनेको थियो, हो अम्मोनिहाह सहरको शक्तिलाई समेत उछिन्ने गरी।

१५ अनि अब, हेर, मोरोनीमा यो विवेक थियो; किनकि उनले अनुमान गरेका थिए कि उनीहरू अम्मोनिहाह सहरमा डराउने छन्; र किनभने नोआको सहर भूमिको अहिले सम्मको कमजोर भाग भएको थियो, त्यसकारण उनीहरूले त्यहाँ लड्न अघि बढ्ने छन्; अनि यसरी यो उनको चाहनाअनुसार थियो।

१६ अनि हेर, मोरोनीले लहीलाई त्यो सहरका मानिसहरूमाथिका मुख्य कप्तान हुन नियुक्त गरेका थिए; र यी सोही लही थिए जसले उपत्यकामा सिदोनको नदीको पूर्वमा लमानीहरूसँग लडेका थिए।

१७ अनि अब हेर यस्तो हुन आयो, कि जब लमानीहरूले पत्ता लगाए कि त्यो सहर लहीको नियन्त्रणमा थियो उनीहरू फेरि निराश भए, किनकि उनीहरू लहीसँग अत्यन्त डराउँथे, तैपनि उनीहरूका मुख्य कप्तानहरूले एक शपथका साथ कसम खाएका थिए, त्यसकारण, उनीहरूले आफ्ना सेनाहरू ल्याए।

१८ अनि हेर, उठाइएको किनाराको उचाइका र वरिपरि खनिएका खाडलको गहिराइका कारण, लमानीहरू नफीहरूका सुरक्षाका किल्लाहरू भित्र प्रवेश द्वारबाहेक अरु कुनै बाटोबाट जान सक्दैनथिए।

१९ अनि यसरी नफीहरू अन्य कुनै बाटोबाट प्रवेश गर्न चढ्ने प्रयास गर्नेहरू सबै त्यस्ताको ढुङ्गाहरू र बाणहरू उनीहरूलाई हानेर विनाश गर्न तयार थिए।

२० यसरी, हो, उनीहरूका सबभन्दा बलिया मानिसहरूको समूह, उनीहरूका तरबारहरू र उनीहरूका गुलेलीहरूका साथ, प्रवेशगर्ने स्थाननेर आफ्ना सुरक्षाका स्थानभित्र आउन प्रयास गर्ने सबैलाई प्रहार गर्न उनीहरू तयार थिए; अनि यसरी लमानीहरूविरुद्ध आफैँ सुरक्षा गर्न तयार थिए।

२१ अनि यस्तो हुन गयो कि लमानीहरूका कप्तानहरूले आफ्ना सेनाहरू प्रवेश गर्ने स्थानअगाडि ल्याए र नफीहरूसँग लड्न प्रारम्भ गरे, नफीहरूको सुरक्षाको स्थानभित्र छिर्न; तर हेर, उनीहरूलाई समय-समयमा धपाइयो, यति सम्म कि उनीहरूलाई महान् संहारले बध गरियो।

२२ अब जब उनीहरूले पत्ता लगाए कि उनीहरूले प्रवेशद्वारबाट नफीहरूमाथि शक्ति प्राप्त गर्न सक्दैनन्, उनीहरू नफीहरूका माटोका किनारहरूलाई खन्न थाले कि उनीहरूका सेनाहरूलाई प्रवेशद्वार प्राप्त हुन सकोस्, कि उनीहरूलाई लड्ने बराबरी अवसर मिलोस्, तर हेर, यी प्रयासहरूमा उनीहरूमा प्रहार गरिएका ढुङ्गाहरू र बाणहरूले उनीहरू हटाइए; अनि खाडलहरूलाई माटाका किनारहरूले भर्नुको सट्टा, उनीहरू आफैँ एक हदसम्म मृतक र घाइते शरीरहरूले पुरिए।

२३ यसरी नफीहरूले उनीहरूका शत्रुहरूमाथि सबै शक्ति पाएका थिए र यसरी लमानीहरूले आफ्ना मुख्य कप्तानहरूको बध नभएसम्म नफीहरूलाई विनाश गर्ने प्रयास गरे; हो, हजार भन्दा बढी लमानीहरूको बध गरिएको थियो; जब कि, अर्को पक्षमा, नफीहरूको एक जीवात्माको पनि बध गरिएको थिएन।

२४ त्यहाँ लगभग पचास जना घाइते थिए, जो प्रवेशद्वार मार्फत् आएका लमानीहरूका बाणहरूप्रति रक्षारहित थिए, तर उनीहरू उनीहरूका ढालहरूले र कवचहरूले र उनीहरूका शिर-कवचहरूले ढाकिएका थिए, यतिसम्म कि उनीहरूका घाऊहरू उनीहरूका खुट्टाहरूमा थिए, जुनमध्ये धेरै गम्भीर थिए।

२५ अनि यस्तो हुन गयो, कि जब लमानीहरूले देखे कि उनीहरूका मुख्य कप्तानहरू सबैको बध गरिएको थियो उनीहरू उजाड स्थानतिर भागे। अनि यस्तो हुन गयो कि उनीहरू नफीको भूमितिर फर्के, उनीहरूका राजा, अमलिकीयाहलाई उनीहरूका महान् क्षतिका बारेमा सूचना दिन, जो जन्मबाट नफी थिए।

२६ अनि यस्तो हुन गयो कि ऊ आफ्ना जनसँग अत्यन्त रिसायो, किनभने उसले नफीहरूमाथिका आफ्ना चाहनाहरू प्राप्त गर्न सकेन; उसले उनीहरूलाई दासत्वको जुवाको अधीनमा राखेको थिएन।

२७ हो, ऊ अत्यन्तै क्रुद्ध थियो र उसले परमेश्वरलाई र मोरोनीलाई पनि सराप्यो, एक सपथका साथ कसम खाँदै कि उसले उनको रगत पिउनेछ; अनि यो किनभने मोरोनीले आफ्ना जनको सुरक्षाको तयारीमा परमेश्वरका आज्ञाहरू पालना गरेका थिए।

२८ अनि यस्तो हुन गयो, कि अर्को पक्षमा, नफीका जनले परमप्रभु उनीहरूका परमेश्वरलाई धन्यवाद दिए, उनीहरूका शत्रुहरूबाट उनीहरूलाई मुक्त गर्नमा उहाँका अतुलनीय क्षमताका कारण।

२९ अनि यसरी नफीका जनमाथिको न्यायकर्ताहरूको शासनको उन्नाइसौँ वर्ष अन्त्य भयो।

३० हो, अनि उनीहरूसामु हेलामान र शिब्लोन र कोरियान्तोन र अम्मोन र उनका बन्धुहरू, हो र ती सबै जो परमेश्वरको पवित्र अनुक्रमद्वारा नियुक्त गरिएका, पश्चात्तापका निम्ति बप्तिस्मा लिएर र जनमाझ प्रचार गर्न पठाइएकाहरूद्वारा घोषणा गरिएका वचनहरूप्रति उनीहरूले दिएको ध्यान र लगनशीलताका कारण उनीहरूमाझ निरन्तर शान्ति र चर्चमा अत्यन्त उन्नति भयो।