अध्याय ५५
मोरोनी कैदीहरू साट्न अस्वीकार गर्छन्—लमानीहरूका रक्षकहरूलाई मातिन लोभ्याइन्छ र नफी कैदीहरूलाई मुक्त गरिन्छ—गिदको सहर रक्तपातबिना लिइन्छ। लगभग ई.पू. ६३–६२।
१ अब यस्तो हुन गयो कि जब मोरोनीले यो पत्र प्राप्त गरेका थिए उनी अझ बढी रिसाए, किनभने अम्मोरोनलाई उसको कपटको पूर्ण ज्ञान थियो; हो, उनलाई थाहा थियो कि अम्मोरोनलाई थाहा थियो कि नफीका जनविरुद्ध युद्ध गर्न यो न्यायोचित कारण थिएन।
२ अनि उनले भने: हेर, उसले आफ्ना प्रयोजनहरू नहटाउन्जेलसम्म म अम्मोरोनसँग कैदीहरूको आदानप्रदान गर्दिनँ, जसरी मैले मेरो पत्रमा उल्लेख गरेको थिएँ; किनकि म उसलाई दिनेछैन कि उससँग भएको भन्दा अरु बढी शक्ति उससँग होओस्।
३ हेर, लमानीहरूले कैदमा लगेका मेरा जनलाई उनीहरूले कहाँ राखेका छन् त्यो ठाउँ मलाई थाहा छ; अनि जब अम्मोरोनले मेरो पत्रमा सोधेको उत्तर दिँदैन भने, हेर, म मेरा वचनहरूअनुसार उसलाई गर्नेछु; हो, म उनीहरूले शान्तिका निम्ति बिन्ती नगरुन्जेलसम्म उनीहरूमाझ मृत्यु खोज्नेछु।
४ अनि अब यस्तो हुन गयो कि जब मोरोनीले यी वचनहरू भनेका थिए, उनले अह्राए कि उनका जनमाझ खोजी गरिनुपर्छ, कि सम्भवत: उनले उनीहरूमाझ एक मानिस पाउन सकून् जो लमानका सन्तति थिए।
५ अनि यस्तो हुन गयो कि उनीहरूले एउटालाई फेला पारे, जसको नाउँ लमान थियो; र उनी अमलिकीयाहद्वारा हत्या गरिएका राजाका सेवकहरूमध्ये एक थिए।
६ अब मोरोनीले अह्राए कि लमान र उनका सानो सङ्ख्याका मानिसहरू नफीहरू माथिका रक्षकहरू समक्ष जानुपर्छ।
७ अब नफीहरूलाई गिदको सहरमा थुनिएको थियो; त्यसकारण मोरोनीले लमानीलाई नियुक्त गरे र अह्राए कि मानिसहरूको सानो सङ्ख्या उनीसँग जानुपर्छ।
८ अनि जब साँझ भयो लमान नफीहरूलाई थुन्ने रक्षकहरूसामु गए र हेर, उनीहरूले उनलाई आइराखेको देखे र उनीहरूले उनलाई बोलाए; तर उनले उनीहरूलाई भने: नडराऊ; हेर, म एक लमानी हुँ। हेर, हामी नफीहरूबाट भागेका छौँ, अनि उनीहरू सुत्छन्; र हेर हामीले केही मदिरा लिएका छौ र हामीसँग ल्याएका छौँ।
९ अब जब लमानीहरूले यी वचनहरू सुने उनीहरूले खुसीका साथ उनलाई स्वागत गरे; अनि उनीहरूले उनीसामु भने: तिम्रो केही मदिरा हामीलाई देऊ, कि हामी पिउन सकौँ; हामी खुसी छौँ कि तिमीहरूले आफूसँग यसरी मदिरा ल्याएका छौ किनकि हामी थकित छौँ।
१० तर लमानले उनीहरूसामु भने: हामी हाम्रो मदिरा हामी नफीहरूविरुद्द लड्न नगइन्जेलसम्मलाई राखौँ। तर यो भनाइले उनीहरूलाई मदिरा पिउन अझ बढी इच्छुक बनायो।
११ किनकि, उनीहरूले भने: हामी थकित छौँ, त्यसकारण हामी मदिरा लिऊँ र एक छिन पछि हामीले हाम्रो रासनका निम्ति मदिरा प्राप्त गर्नेछौँ, जसले हामीलाई नफीहरूविरुद्ध जान बलियो बनाउने छ।
१२ अनि लमानले उनीहरूसामु भने: तिमीहरूले आफ्ना चाहनाहरूअनुसार गर्न सक्छौ।
१३ अनि यस्तो हुन गयो कि उनीहरूले प्रचूर मात्रामा मदिरा लिए; अनि उनीहरूका स्वादमा त्यो आनन्ददायी थियो, त्यसकारण उनीहरूले त्यसलाई अझ प्रचूरमात्रामा लिए, अनि यो कडा थियो, त्यसको कडाइका लागि तयार पारिएको हुनाले।
१४ अनि यस्तो हुन गयो उनीहरूले पिए र मोज गरे र एक छिनपछि उनीहरू सबै मातिएका थिए।
१५ अनि अब जब लमान र उनका मानिसहरूले देखे कि उनीहरू सबै मातिएका थिए र गहिरो निन्द्रामा थिए, उनीहरू मोरोनीसामु फर्के र भएका सबै कुराहरू उनलाई भने।
१६ अनि अब यो मोरोनीको योजनाअनुसार थियो। अनि मोरोनीले आफ्ना मानिसहरूलाई युद्धका हतियारहरू सहित तयार गरेका थिए; र उनी गिदको सहरमा गए, जब कि लमानीहरू एक गहिरो निन्द्रामा थिए र मातिएका थिए, अनि युद्धका हतियारहरू कैदीहरूसामु फ्याँके, यतिसम्म कि उनीहरू सबै हतियारले सज्जित भए।
१७ हो, उनीहरूका आइमाईहरूलाई र उनीहरूका ती सबै बालबालिकाहरूलाई समेत, जतिले युद्धका हतियारहरू प्रयोग गर्न सक्थे, जब मोरोनीले ती सबै कैदीहरूलाई हतियारले सज्जाएका थिए; अनि ती सबै कुराहरू अत्यन्त शान्तिपूर्वक गरिएको थियो।
१८ तर यदि उनीहरूले लमानीहरूलाई उठाएको भए, हेर उनीहरू मातेका थिए र नफीहरूले उनीहरूको बध गर्न सक्थे।
१९ तर हेर, यो मोरोनीको योजना थिएन; उनी हत्या अथवा रक्तपातमा आनन्दित हुँदैनथे, तर उनी आफ्ना जनलाई विनाशबाट बचाउनमा आनन्दित हुन्थे; र यस कारणका निम्ति उनले आफूमाथि अन्याय आइ नपरोस्, उनी लमानीहरूमाथि जाइ लागेर उनीहरूलाई उनीहरूको मत्याईमा विनाश गर्न चाहादैनथे।
२० तर उनले आफ्ना चाहनाहरू प्राप्त गरेका थिए; किनकि उनले सहरको पर्खाल भित्र भएका नफीहरूका ती कैदीहरूलाई हतियारले सज्जाएका थिए र उनीहरूलाई पर्खालहरू भित्र भएका ती भागहरूलाई अधीनमा प्राप्त गर्ने शक्ति दिएका थिए।
२१ अनि उनले आफूसँग भएका मानिसहरूलाई उनीहरूबाट एक कदम पछाडि हट्न र लमानीहरूका सेनाहरूलाई घेर्न अह्राए।
२२ अब हेर यो रातिको समयमा गरिएको थियो, त्यसैले जब लमानीहरू बिहानमा उठे उनीहरूले देखे कि उनीहरूलाई बाहिरबाट नफीहरूद्वारा घेरिएको थिए र भित्र उनीहरूका कैदीहरू हतियारहरूले सज्जित थिए।
२३ अनि यसरी उनीहरूले देखे कि नफीहरूसँग उनीहरूमाथि शक्ति थियो; र यी परिस्थितिहरूमा उनीहरूले फेला पारे कि यो उचित थिएन कि उनीहरूले नफीहरूसँग लड्नुपर्छ; त्यसकारण उनीहरूका मुख्य कप्तानहरूले उनीहरूका युद्धका हतियारहरू मागे र उनीहरूले तिनलाई ल्याए र, कृपाको बिन्ती गर्दै नफीहरूका खुट्टाहरू अगाडि ती फ्याँके।
२४ अब हेर, यो मोरोनीको चाहाना थियो। उनले तिनलाई युद्धका कैदीहरू बनाएर लगे; अनि सहरलाई अधीनमा लिए; र अह्राए कि सबै कैदीहरूलाई मुक्त गरिनुपर्छ, जो नफीहरू थिए; अनि उनीहरू मोरोनीका सेनासँग सम्मिलित भए र उनका सेनाका लागि महान् शक्ति भए।
२५ अनि यस्तो हुन गयो कि उनले कैदमा लगिएका लमानीहरूलाई अह्राए कि उनीहरूले गिद सहरको वरिपरिका किल्लाहरूलाई बलियो बनाउन परिश्रम गर्न आरम्भ गर्नुपर्छ।
२६ अनि यस्तो हुन गयो कि जब उनले गिद सहरलाई बलियो बनाएका थिए, उनको चाहनाहरूअनुसार, उनले अह्राए कि उनका कैदीहरूलाई बाउन्टिफूल सहर लगिनुपर्छ; र उनले त्यो सहरलाई पनि एक अत्यन्त शक्तिशाली फौजले रक्षा गरे।
२७ अनि यस्तो हुन गयो कि उनीहरूले, लमानीहरूका सबै धूत्याइँहरूका बाबजुद, उनीहरूले लिएका सबै कैदीहरूलाई पाले र सुरक्षा गरे र उनीहरूले फिर्ता लिएका सबै जमिनहरू र फाइदाहरूलाई कायम पनि राखे।
२८ अनि यस्तो हुन गयो कि नफीहरू पुन: विजयी हुन र आफ्ना अधिकारहरू र आफ्ना सुविधाहरू फिर्ता लिन थाले।
२९ धेरै पटक लमानीहरूले उनीहरूलाई रातिमा घेरा हाल्ने प्रयास गरे, तर त्यी प्रयासहरूमा उनीहरूले धेरै कैदीहरू गुमाए।
३० अनि धेरै पटक उनीहरूले नफीहरूलाई मदिराको सेवन गराउने प्रयास गरे, कि उनीहरूले नफीहरूलाई मत्याइले अथवा विषले विनाश गर्न सकून्।
३१ तर हेर, नफीहरू उनीहरूका यी कष्टका समयमा परमप्रभु उनीहरूका परमेश्वरलाई सम्झन सुस्त थिएनन्। उनीहरूलाई जालमा लिन सकिदैनथ्यो; हो, उनीहरूले पहिला केही लमानी कैदीहरूलाई नदिई उनीहरूले उनीहरूको मदिरा पिएनन्।
३२ अनि उनीहरू होसियार थिए कि कुनै विष उनीहरूमाझ दिनु हुँदैनथ्यो; किनकि यदि उनीहरूको मदिरा लमानीलाई विष हुन्थ्यो भने यो नफीलाई पनि विष हुन्थ्यो; अनि यसरी उनीहरूले उनीहरूका सबै मादक पदार्थहरू चाखे।
३३ अनि अब यस्तो हुन गयो कि यो मोरोनीका निम्ति मोरियान्तोन सहरलाई आक्रमण गर्नको लागि तयारी गर्न उचित थियो; किनकि हेर, लमानीहरूले उनीहरूको परिश्रमहरूद्वारा मोरियान्तोन सहरलाई त्यो अत्यन्त बलियो नभइन्जेलसम्म बलियो किल्ला बनाएका थिए।
३४ अनि उनीहरूले नया फौजहरू र बन्दोबस्तीका सामानहरूको नयाँ आपूर्ति पनि निरन्तर त्यो सहरमा गरिरहेका थिए।
३५ अनि यसरी नफीका जन माथिको न्यायकर्ताहरूको शासनको उनन्तीसौँ वर्ष अन्त्य भयो।