अध्याय २९
मोसीयाहले राजाका सट्टामा न्यायकर्ताहरू छान्न प्रस्ताव राख्छन्—अधर्मी राजाहरूले उनीहरूका जनलाई पापतिर अगुवाइ गर्छन्—कान्छो अल्मालाई जनताको मतद्वारा प्रधान न्यायकर्ता हुन छानिन्छ—उनी चर्चमाथिका उच्च पादरी पनि हुन्छन्—जेठो अल्मा र मोसीयाहको मृत्यु हुन्छ। लगभग ई.पू. ९२–९१।
१ अब जब मोसीयाहले यो गरेका थिए, उनले, सबै जनमाझ, उनीहरूको राजा को हुनुपर्दछ भन्ने इच्छा जान्ने चाहानाले भूमिभरि पठाए।
२ अनि यस्तो हुन गयो कि जनताको मत आयो, यसो भन्दै: हामी इच्छुक छौं कि तिम्रो छोरा हारुन हाम्रो राजा र हाम्रो शासक हुनुपर्दछ।
३ अब हारुन नफीको भूमिसम्म गएका थिए त्यसकारण राजाले अधिराज्य उनलाई प्रदान गर्न सकेनन्; न त हारुनले अधिराज्य लिन चाहे; न त मोसीयाहका छोराहरूमध्ये कसैले अधिराज्य लिन चाहे।
४ त्यसकारण मोसीयाह राजाले पुन: जनमाझ पठाए; हो, एक लिखित वचन उनले जनमाझ पठाए। अनि लेखिएका वचनहरू यी थिए, यसो भन्दै:
५ हेर, हे तिमी मेरा जन, अथवा मेरा बन्धुहरू, किनकि म तिमीहरूलाई यस्तै ठान्दछु, म चाहान्छु कि तिमीहरूले त्यो विचार गर्नुपर्छ जुन विचार गर्न तिमीहरूलाई बोलाइएको छ—किनकि तिमीहरू राजा पाउन इच्छुक छौ।
६ अब म तिमीहरूसामु घोषणा गर्दछु कि यो अधिराज्य कानूनअनुसार जसको मातहतमा हुनुपर्ने हो उसले अस्वीकार गरेको छ र अधिराज्य उसले लिने छैन।
७ अनि अब यदि उसको सट्टामा अर्कोलाई नियुक्त गर्ने हो भने, हेर म त्रसित छु त्यहाँ तिमीहरूमाझ कलह उठ्न सक्छ। अनि कसलाई थाहा छ तर मेरो छोरा, जसको मातहतमा यो अधिराज्य हो, ऊ रिसाउन सक्छ र यी जनमध्ये एक भागलाई आफू तिर लैजान सक्छ, जुन तिमीहरूमाझ युद्ध र कलहको कारण बन्न सक्दछ, जसले धेरै रगत बगाउन सक्छ र परमप्रभुका बाटाहरू भ्रष्ट गर्न सक्छ, हो र धेरै जनको जिवात्माको विनाश हुन सक्छ।
८ अब म तिमीहरूसामु भन्छु हामी विवेकी होऊँ र यी कुराहरूलाई विचार गरौँ, किनकि हामीलाई मेरो छोराको विनाश गर्ने अधिकार छैन, न त हामीसँग अर्कालाई विनाश गर्ने अधिकार नै छ यदि उसको सट्टामा उसलाई नियुक्त गरिनु पर्दछ भने।
९ अनि यदि मेरो छोरा उसको घमण्ड र व्यर्थका कुराहरूमा फर्क्यो उसले भनेका कुराहरूलाई फिर्ता लियो र अधिराज्यको उसको अधिकारलाई दावा गऱ्यो, जुनले उसलाई र यी जनलाई पनि धेरै पाप गर्न लगाउनेछ।
१० अनि अब हामी विवेकी बनौँ र यी कुराहरूको बाटो हेरौँ र त्यो गरौँ जुनले यी जनमाझ शान्ति ल्याउनेछ।
११ त्यसकारण म मेरा बाँकी दिनहरूमा तिमीहरूको राजा हुनेछु; तैपनि, हामीले न्यायकर्ताहरूको नियुक्ति गरौँ, हाम्रा व्यवस्थाअनुसार यी जनको न्याय गर्न; र हामी यी जनको कारोबारको नयाँ व्यवस्था गर्नेछौँ, किनकि हामी विवेकी मानिसहरूलाई न्यायकर्ता हुन नियुक्त गर्नेछौँ, जसले परमेश्वरको आज्ञाहरूअनुसार यी जनको न्याय गर्नेछ।
१२ अब एक मानिसलाई मानिसबाट न्याय गरिएकोभन्दा परेश्वरबाट न्याय गरिएको राम्रो हो, किनकि परमेश्वरका न्यायहरू सदैव न्यायोचित हुन्छन्, तर मानिसका न्यायहरू सदैव न्यायोचित हुँदैनन्।
१३ त्यसकारण, यदि यो सम्भव भए कि न्यायोचित मानिसहरू तिमीहरूको राजा हुने भए, जसले परमेश्वरको व्यवस्थाको स्थापना गर्ने भए र उहाँको आज्ञाअनुसार यी जनको न्याय गर्ने भए, हो, यदि मेरा पिता बेन्यामिनले यी जनलाई गरेजस्तै गर्ने मानिसहरू तिमीहरूका राजा हुने भए—म तिमीहरूलाई भन्दछु, यदि यो सदैव तिमीहरूको अवस्था हुने भए तब यो आवश्यक हुने थियो कि तिमीहरूमाथिका शासक सदैव राजा हुनु पर्थ्यो।
१४ अनि म आफैँले समेत मेरो स्वामित्वमा भएको सबै शक्ति र सामर्थ्यका साथ, तिमीहरूलाई परमेश्वरका आज्ञाहरू सिकाउन र भूमिभरि शान्ति स्थापना गर्न परिश्रम गरेको छु, कि त्यहाँ कुनै युद्ध र झगडाहरू, कुनै चोरी, कुनै लूट, कुनै हत्या, कुनै प्रकारको दुष्ट्ता नहोस्।
१५ अनि जसले दुष्ट्याइँ गरेको छ, उसले गरेको अपराधअनुसार, हाम्रा पितापुर्खाहरुले हामीलाई दिएको नियमअनुसार उसलाई मैले सजाय दिएको छु।
१६ अब म तिमीहरूलाई भन्दछु, कि किनभने सबै मानिसहरू न्यायोचित छैनन् यो उचित छैन कि तिमीहरूलाई शासन गर्न राजा अथवा राजाहरू हुनुपर्छ।
१७ किनकि हेर, एक दुष्ट राजाले कति दुष्ट्याइँ गराउन सक्दछ, हो र कति विशाल विनाश!
१८ हो, नोआ राजालाई, उनका दुष्टता र उनका कुकर्महरूलाई र उनका जनको दुष्टता र कुकर्महरूलाई सम्झ। हेर कति विशाल विनाश उनीहरूमाथि आयो; र उनीहरूका दुष्टताहरूको कारणले उनीहरूलाई दासत्वमा ल्याइएको थियो।
१९ अनि यदि उनीहरूका सर्व-ज्ञानी सृष्टिकर्ताको अवरोध नभएको भए र यो उनीहरूको हार्दिक पश्चात्तापको कारण नभएको भए, उनीहरू अहिलेसम्म अनिवार्य रुपमा दासत्वमा रहने थिए।
२० तर हेर, उहाँले उनीहरूलाई मुक्त गर्नुभयो किनभने उनीहरूले उहाँअगाडि आफूलाई विनम्र तुल्याए; र किनभने उनीहरूले उहाँसामु शक्तिपूर्वक पुकारेको हुनाले उहाँले उनीहरूलाई दासत्वबाट मुक्त गर्नुभयो; अनि यसरी परमप्रभुले मानिसका छोराछोरीहरूमाझ सबै अवस्थामा, कृपाका बाहु उहाँमा भरोसा राख्नेहरूतिर फैल्याउने कार्य गर्नुहुन्छ।
२१ अनि हेर, अब म तिमीहरूसामु भन्दछु, धेरै लडाइँमार्फत् र धेरै रगत बगाएरबाहेक तिमीहरूले एक दुराचारपूर्ण राजालाई सत्ताच्यूत गर्न सक्दैनौ।
२२ किनकि हेर, उससँग दुष्ट्याइँमा उसका साथीहरू छन् र ऊ आफ्ना रक्षकहरू उसको वरिपरि राख्दछ; र उसका अगाडि धार्मिकतामा शासन गर्नेहरूका नियमहरूलाई ऊ च्यात्छ; र ऊ परमेश्वरका आज्ञाहरूलाई आफ्नो पाउ मुनि कुल्चन्छ।
२३ अनि उसले नियमहरू बनाउँदछ र तिनीहरूलाई उसका जनमाझ पठाउँदछ, हो, उसका दुष्टताका प्रकारका नियमहरू; अनि जसले उसको नियम मान्दैन उसले उसको विनाश गर्न अह्राउँदछ; अनि जसले उसको विरुद्ध विद्रोह गर्दछ उनीहरूका विरुद्ध युद्ध गर्न उसका सेनाहरू पठाउँदछ र यदि उसले सकेमा ऊ तिनीहरूको विनाश गर्दछ; अनि यसरी अधर्मी राजाले सबै धार्मिकताका नियमहरू भ्रष्ट र्पादछ।
२४ अनि अब हेर म तिमीहरूसामु भन्छु, यो उचित छैन कि त्यस्तो कुकर्महरू तिमीहरूमाथि आउनु पर्छ।
२५ त्यसकारण, तिमीहरू यी जनको आवाजबाट छान, न्यायकर्ताहरू, कि तिमीहरू हाम्रा पितापुर्खाहरुले तिमीहरूलाई दिएका नियमहरूअनुसार न्याय पाउन सक, जुन सही छन् र जुन परमेश्वरका हातद्वारा उनीहरूलाई दिइएको थियो।
२६ अब यो सामान्य होइन कि जनको मतले असलको विपरीत चाहान्छ, तर जनको सानो भागले गलत चाहनु सामान्य हो; त्यसकारण तिमीहरूले यो मान्नेछौ र यो तिमीहरूको नियम बनाउने छौ—जनताको मतद्वारा तिमीहरूको कारोबार गर्न।
२७ अनि यदि यस्तो समय आउँछ कि जनताको मतले दुष्ट्याइँ चुन्दछ भने, तब त्यो समयमा परमेश्वरको न्याय उनीहरूमाथि आउनेछ; हो, तब त्यो समय हो यसभन्दा पहिले उहाँ यो भूमिमा आएजस्तै ठूलो विनाशका साथ उहाँले तिमीहरूलाई भेट्न आउनुहुनेछ।
२८ अनि अब यदि तिमीहरूका न्यायकर्ताहरू छन् र उनीहरूले दिइएको नियमअनुसार तिमीहरूको न्याय गरेनन् भने, तिमीहरूले उनीहरूको माथिल्लो न्यायकर्तालाई न्याय गर्न अह्राउन सक्छौ।
२९ यदि तिमीहरूको माथिल्लो न्यायकर्ताहरूले धार्मिक न्याय गरेनन् भने, तिमीहरूले अह्राउन सक्छौ कि तल्लो न्यायकर्ताहरूको एउटा सानो सङ्ख्या एकसाथ भेला हुनु पर्दछ र उनीहरूले तिमीहरूको माथिल्लो न्यायाकर्ताहरूको न्याय गर्नेछन्, जनताको मतअनुसार।
३० अनि परमप्रभुको भयमा यी कुराहरू गर्न म तिमीहरूलाई आज्ञा दिन्छु; र म तिमीहरूलाई यी कुराहरू गर्न आज्ञा दिन्छु र तिमीहरूको राजा छैनन्; कि यदि यी जनले पापहरू र दुष्टताहरू गरे भने तिनको उत्तर उनीहरूका शिरमाथि दिइनेछ।
३१ किनकि हेर म तिमीहरूलाई भन्दछु, धेरै जनका पापहरू उनीहरूका राजाका दुष्ट्याइँका कारणले भएका छन्; त्यसकारण उनीहरूका दुष्ट्याइँका उत्तर उनीहरूका राजाका शिरमाथि हुन्छ।
३२ अनि अब म चाहान्छु कि यो असमानता यो भूमिमा अब हुनुहुँदैन, विशेष गरी यी मेरा जनमाझ; तर म चाहान्छु कि यो भूमि स्वतन्त्रताको भूमि बनोस् र प्रत्येक मानिसले उसको अधिकार र सुबिधाहरू बराबरी प्रयोग गर्न पाऊन्, जहाँसम्म परमप्रभुले उनीहरूलाई यो भूमिमा जिउन र रिक्थमा प्राप्त गर्न योग्य ठान्नुहुन्छ, हो, जहाँसम्म हाम्रा सन्ततिमध्ये कोही यो भूमिको सतहमा रहन्छन्।
३३ अनि मोसीयाह राजाले उनीहरूसामु अरु धेरै कुराहरू लेखे, एक धर्मी राजाका सबै परीक्षाहरू र समस्याहरू उनीहरूसामु खुलाउँदै, हो, उनका जनका निमित्त जीवात्माका सबै दु:खहरू र जनका उनीहरूका राजाप्रतिका सबै गनगनहरू पनि; अनि उनले यो सबै उनीहरूसामु व्याख्या गरे।
३४ अनि उनले उनीहरूलाई भने कि यी कुराहरू हुनुहुँदैन; तर कि बोझ सबै जनमाथि हुनुपर्दछ, कि प्रत्येक मानिसले आफ्नो भाग बोकोस्।
३५ अनि उनले उनीहरूसामु अधर्मी राजाले उनीहरूमाथि शासन गर्दा उनीहरूले गर्नुपर्ने परिश्रमका सबै बेफाइदाहरू पनि खुलाए।
३६ हो, उसका सबै दुष्टता र कुकर्म र सबै युद्ध र कलह र रक्तपात र चोरी र लुट् र वेश्यावृत्तिका काम र सबै प्रकारका दुष्टता जुन गन्न सकिन्न—उनीहरूलाई भन्दै कि यी कुराहरू हुनुहुँदैन, कि तिनीहरू प्रष्टरुपमा परमेश्वरका आज्ञाहरू विपरित छन्।
३७ अनि अब यस्तो हुन गयो, मोसीयाह राजाले यी कुराहरू जनमाझ पठाएपछि उनीहरूले उनका वचनहरूको सत्यताको बारेमा विश्वास दिलाए।
३८ त्यसकारण उनीहरूले उनीहरूको राजाको इच्छालाई त्यागे र अत्यन्त उत्सुक भए कि सबै भूमिभरि प्रत्येक मानिसले समान अवसर पाउनुपर्दछ; हो, अनि प्रत्येक मानिसले उसको आफ्ना पापहरूको जिम्मेवारी लिन इच्छा व्यक्त गऱ्यो।
३९ त्यसकारण, यस्तो हुन गयो कि, उनीहरूलाई दिइएको नियमअनुसार उनीहरूलाई न्याय दिने न्यायकर्ताहरूको बारेमा उनीहरूका मत खसाल्न, भूमिभरि उनीहरू समूहहरूमा एकसाथ जम्मा भए; अनि उनीहरूलाई दिइएको स्वन्तत्रताको कारण उनीहरू अत्यन्त खुशी भए।
४० अनि उनीहरू मोसीयाह प्रतिको मायामा बलियो हुन गए; हो, उनीहरूले उनलाई एउटा अर्को मानिस भन्दा बढी ठाने; किनकि उनीहरूले उनलाई, हो, जीवात्मालाई भ्रष्ट गर्ने धनको लोभको लाभ खोज्ने निरङ्कुशको रुपमा हेरेनन्; किनकि उनले उनीहरूबाट धन खोजेनन्, न त उनी रगत बगाउनमा आनन्दित भएका थिए; तर उनले भूमिमा शान्ति स्थापना गरेका थिए र उनले उनका जनसामु दिएका थिए कि उनीहरूलाई सबै प्रकारका दासत्वबाट मुक्त गरिनु पर्दछ; त्यसकारण उनीहरूले उनलाई अत्यन्त, नाप्न नसिकने गरी, उच्च ठाने।
४१ अनि यस्तो हुन गयो कि उनीहरूले आफूमाथि शासन गर्न न्यायकर्ताहरू नियुक्त गरे, अथवा नियमअनुसार उनीहरूको न्याय गर्न; अनि उनीहरूले सबै भूमिभरि यसो गरे।
४२ अनि यस्तो हुन गयो कि अल्मालाई उनीहरूको पहिलो प्रधान न्यायकर्ता हुन नियुक्ति गरियो, उनी उच्च पादरी पनि भएकाले, उनका पिताले त्यो जिम्मेवारी उनीमाथि दिएकाले र चर्चको सबै कारोबारहरूका बारेमा उनलाई जिम्मेवारी दिइएको थियो।
४३ अनि अब यस्तो हुन गयो कि अल्मा परमेश्वरका मार्गहरूमा हिँडे र उनले उहाँका आज्ञाहरू पालना गरे र उनले धार्मिक न्याय गरे; र त्यहाँ भूमिभरि निरन्तर शान्ति छायो।
४४ अनि नफीहरू भनिने सबै जनमाझ, जरहेम्लाको सबै भूमिभरि न्यायकर्ताहरूको शासन यसरी आरम्भ भयो; अनि अल्मा पहिलो र प्रधान न्यायकर्ता भए।
४५ अनि यस्तो हुन गयो कि बयासी वर्षको उमेरमा, परमेश्वरका आज्ञाहरू पूरा गर्न बाचेर, उनका पिताको मृत्यु भयो।
४६ अनि यस्तो हुन गयो कि मोसीयाहको पनि, उनको शासनको तेत्तीसौँ वर्षमा, त्रिसठ्ठी वर्षको उमेरमा, मृत्यु भयो; लहीले यरुशलेम छाडेको समयदेखि पाँचसय नौ वर्ष पूरा बनाउँदै।
४७ अनि नफीका जनमाथिको राजाहरूको शासन यसरी अन्त्य भयो; अनि अल्माका दिनहरूको अन्त्य यसरी भयो, जो उनीहरूका चर्चका संस्थापक थिए।