धर्मशास्त्रहरू
मोसीयाह ९


जेनिफको अभिलेख—उनका जनको एक विवरण, उनीहरूले जरहेम्लाको भूमि छाडेदेखि लमानीहरूका हातहरूबाट मुक्ति नपाइन्जेलसम्मको।

अध्याय ९ देखि २२ सम्म

अध्याय ९

जेनिफ लही-नफीको भूमि स्वामित्वमा लिन एक समूहलाई जरहेम्लाबाट अगुवाइ गर्छन्—त्यो भूमि रिक्थमा लिन लमानी राजाले उनीहरूलाई अनुमति दिन्छन्—त्यहाँ लमानीहरू र जेनिफका जनबीच युद्ध हुन्छ। लगभग ई.पू. २००–१८७।

म, जेनिफ, नफीहरूका सबै भाषामा सिकाइएकाले र नफीको भूमि, अथवा हाम्रा पितापुर्खाहरुको प्रथम रिक्थको भूमिका बारेमा ज्ञान भएकोले र जासुसको रुपमा लमानीहरूमाझ उनीहरूका फौजहरूको जासुस गर्न पठाइएकाले, कि हाम्रा सेना उनीहरूमाथि आक्रमण गरुन् र उनीहरूको विनाश गरून्—तर जब मैले त्यो देखेँ जुन उनीहरूमाझ असल थियो म इच्छुक भएँ कि उनीहरूको विनाश हुनुहुँदैन।

त्यसकारण, मैले मेरा बन्धुहरूसँग उजाड-स्थानमा झगडा गरें, किनकि म चाहान्थे कि हाम्रा शासक उनीहरूसँग सन्धि गरून्; तर उनी एक रूखो र रक्तपिपासु मानिस भएकोले आज्ञा दिए कि मेरो बध गरिनु पर्छ; तर धेरै रगत बगाइएर मलाई बचाइएको थियो; किनकि उजाड स्थानमा हाम्रो सेनामध्ये यहूलो सङ्ख्याको विनाश नभइन्जेलसम्म पिता-पिताविरुद्ध लडे, र दाजुभाइ-दाजुभाइ बिरुद्ध लडे; अनि हामी फर्कियौँ, हामीमध्ये ती जो जोगिएका थिए, जरहेम्लाको भूमिमा, उनीहरूका पत्नीहरू र उनीहरूका छोराछोरीहरूलाई त्यो घटना सुनाउन।

अनि अझै, म हाम्रा पितापुर्खाहरुको भूमि रिक्थमा प्राप्त गर्न अति उत्सुक भएकाले, त्यो भूमिलाई स्वामित्वमा लिन इच्छुक जति थिए सबैलाई जम्मा गरेँ र त्यो भूमितिर जान उजाड स्थानमा हाम्रो यात्रा पुन: सुरु गरें; तर हामीहरू अनिकाल र कष्टप्रद पीडाले प्रहारित भयौँ; किनकि हामी परमप्रभु परमेश्वरलाई सम्झन सुस्त थियौँ।

तैपनि, उजाड स्थानमा धेरै दिनहरूसम्म बरालिएपछि हामीले हाम्रो पाल त्यो स्थानमा टाङ्ग्यौँ जहाँ हाम्रा बन्धुहरूको बध गरिएको थियो, जुन हाम्रा पितापुर्खाहरुको भूमिनजिक थियो।

अनि यस्तो हुन गयो कि म पुन: मेरा मानिसहरूमध्ये चार जनासँग त्यो सहरमा गएँ, राजासामु, कि मैले राजाको मनोभाव जान्न सकूँ र म जान्न सकूँ यदि म मेरा जनसँग जान सक्छु र शान्तिका साथ त्यो भूमि स्वामित्वमा लिन सक्छु।

अनि म राजासामु गएँ, अनि उनले मसँग करार गरे कि मैले त्यो लही-नफीको भूमि र शिलोमको भूमि स्वामित्वमा लिन सक्छु।

अनि उनले आज्ञा पनि दिए कि उनका जन त्यस भूमिबाट प्रस्थान गर्नुपर्दछ, अनि म र मेरा जन त्यो भूमिमा गयौँ ताकि हामीले यो स्वामित्वमा लिन सकूँ।

अनि हामीले भवनहरू बनाउन र सहरका पर्खालहरू,हो, लही-नफी सहर र शिलोम सहरका पर्खालहरूसमेत मर्मत गर्न प्रारम्भ गर्र्यौं।

अनि हामीले जमिन जोत्न प्रारम्भ गर्यौ, हो, हरेक प्रकारका बिउहरूसहित, मकैका बिउहरू र गहुँका र जौका र नेससहित र शमसहित र सबै प्रकारका फलफूलहरूका बीउहरूसहित; अनि हामीले यो जमिनमा फैलिन र उन्नति गर्न प्रारम्भ गऱ्यौँ।

१० अब यो लामान राजाको धूर्तता र कपट थियो, मेरा जनलाई दासत्वमा ल्याउन, कि उनले यो भूमि दिए ताकि हामीले यसलाई स्वामित्वमा लिन सकूँ।

११ त्यसकारण यस्तो हुन गयो, कि हामी यो भूमिमा बाह्र वर्षको अन्तरालसम्म बास बसेपछि कि लामान राजा असहज बन्न सुरु गरे, अन्यथा कुनै कारणद्वारा मेरा जन बलिया होऊन्, अनि कि उनीहरूले उनीहरूलाई जित्न नसकून् र उनीहरूलाई दासत्वमा ल्याउन नसकून्।

१२ अब उनीहरू अल्छी र मूर्तिपूजक मानिस थिए; त्यसकारण उनीहरू हामीहरूलाई दासत्वमा ल्याउन इच्छुक थिए कि उनीहरू हाम्रो हातको परिश्रमबाट आफैँ घिच्न पाऊन्; हो, कि हाम्रा खेतका बथानमा उनीहरूले आफैँ भोज गर्न सकून्।

१३ त्यसकारण यस्तो हुन गयो कि लामान राजाले उनका जनलाई भड्काउन प्रारम्भ गरे कि उनीहरूले मेरा जनविरुद्ध झगडा गर्नु पर्दछ; त्यसकारण त्यहाँ युद्ध र कलह हुन सुरु भयो।

१४ किनकि, नफीको भूमिमा मेरो शासनको तेह्रौँ वर्षमा, शिलोमको भूमिभन्दा सुदूर दक्षिणमा, जब मेरा जन उनीहरूका बथानलाई पानी र दाना दिँदै थिए र उनीहरूका जमिन जोत्दै थिए, लमानीहरूका अनगिन्ति सैन्यहरू उनीहरूमाथि आए र उनीहरूको बध गर्न र उनीहरूका खेतका बथान र मकै खोस्न सुरु गरे।

१५ हो, अनि यस्तो हुन गयो कि उनीहरू भागे, ती सबै जो भेट्टाइएका थिएनन्, नफीको सहर भित्रसमेत, अनि सुरक्षाको निम्ति मलाई पुकारे।

१६ अनि यस्तो हुन गयो कि मैले उनीहरूलाई धनुहरूले र वाणहरूले, तरबारहरूले र खुँडाहरूले र गदाहरूले र गुलेलीहरूले र हामीले आविष्कार गरेका सबै प्रकारका हतियाहरहरूले सुसज्जित गरेँ, अनि म र मेरा जन लमानीहरूविरुद्ध लडाइँ गर्न अघि गयौँ।

१७ हो, परमप्रभुको शक्तिमा हामी लमानीहरूका विरुद्ध लडाइँ गर्न अघि गयौँ; किनकि म र मेरा जनले परमप्रभुसामु शक्ति पुर्वक पुकाऱ्यौं कि उहाँले हामीहरूलाई हाम्रा शत्रुका हातहरूबाट मुक्ति दिनुहुन्छ, किनकि हामी हाम्रा पितापुर्खाहरुका मुक्तिको सम्झनाले ब्यूँझाइएका थियौँ।

१८ अनि परमेश्वरले हाम्रा पुकाराहरूलाई सुन्नुभयो र हाम्रा प्रार्थनाहरूको उत्तर दिनुभयो; र उहाँको शक्तिमा हामी अघि गयौँ; हो, हामी लमानीहरूको विरुद्धमा अघि गयौँ, अनि एक दिन र एक रातमा हामीले तीन हजार त्रिचालिसको बध गऱ्यौँ; हामीले उनीहरूलाई हाम्रो भूमिबाट नधपाइन्जेलसम्म उनीहरूको बध गऱ्यौँ।

१९ अनि म, आफैँले, मेरा आफ्नै हातहरूले, उनीहरूका मरेकालाई गाड्न सहयोग गरेँ। अनि हेर, हाम्रो महान् दु:ख र विलापमा, हाम्रा बन्धुहरूमध्ये दुई सय उनासीको बध गरिएको थियो।